अमेरिकी पूर्वसभामुखले दलाई लामालाई भेट्ने, चीनको कडा चेतावनी

अमेरिकी पूर्वसभामुखले दलाई लामालाई भेट्ने, चीनको कडा चेतावनी

काठमाडौं । अमेरिकाका पूर्वसभामुख न्यान्सी पेलोसीसहितको एक प्रतिनिधिमण्डलले भारतको हिमाञ्चल प्रदेशमा गएर तिब्बती धर्म गुरु दलाई लामालाई आज (बुधबार) भेट्ने भएको छ।

उक्त भेटघाटका क्रममा अमेरिकी सदनमा चीन–तिब्बत विवादलाई लिएर हालै पारित भएको एक विधेयकका विषमा समेत चर्चा हुने जनाइएको छ। यसरी अमेरिकी पूर्वसभामुख समेत रहेको टोलीले दलाई लामासँग भेट्न लागेको विषयलाई लिएर चीनले कडा असन्तुष्टि जनाएको छ।चीनले भनेको छ, “यदि, अमेरिका तिब्बतलाई चीनको हिस्सा नमानेर आफ्नो प्रतिबद्धताको सम्मान गर्दैन भने चीनले यसमा कडा कदम चाल्नेछ।” 

चीनका विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले १४ औँ दलाई लामा कुनै विशुद्ध धार्मिक व्यक्ति नभएको बताएका छन् । धर्मको आडमा चीन विरोधी पृथकतावादी गतिविधिमा लिप्त एक निर्वासित राजनीतिक व्यक्ति भएको टिप्पणी रहेको छ । 

लिनले खासगरी अमेरिकी राष्ट्रपति जो बाइडेनले कांग्रेसमा पारित भएको  चीन–तिब्बत विवाद सुल्झाउने वकालत गरिएको कानुनको समर्थन नगर्न अपिल गरेका छन् । लिनले भनेका छन्, “अमेरिकाले यो विधेयकमा हस्ताक्षर गरेर यसलाई कानुन बनाउनु हुँदैन। चीन आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितलाई दृढताका साथ रक्षा गर्न कडा कदम उठाउनेछ ।” 

भारतस्थित चिनियाँ दूतावासले पनि लामो वक्तव्य जारी गर्दै अमेरिकी पक्षसँग दलाई लामा समूहको चीन विरोधी पृथकतावादी प्रकृतिलाई पहिचान गर्न आग्रह गरेको छ । “शिजांग चीनले तिब्बतलाई भन्ने नामसँग जोडिएको मुद्दामा अमेरिकाले चीनसँग गरेको प्रतिबद्धताका सम्मान गरोस् र दुनियालाई गलत सन्देश दिने काम बन्द गरियोस्,” दूतावासले जनाएको छ ।  

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले शिजांग हमेसा चीनको हिस्सा रहेको बताएका छन् । उनले शिजांग चीनको आन्तरिक मामिला भएको बताएका छन् । 

“कुनै पनि बाहिरी हस्तक्षेपको कहिल्यै पनि अनुमति दिइने छैन । कुनै पनि व्यक्ति वा ताकतले कहिल्यै पनि चीनलाई नियन्त्रित गर्ने र दबाउन शिजांगलाई अस्थिर गर्ने प्रयास नगरोस् । यस्तो प्रयास कहिल्यै पनि सफल हुनेछैन,” उनले भनेका छन् । 

उनले अमेरिकासँग शिजांगलाई चीनको हिस्सा मान्ने आफ्नो प्रतिबद्धतामा कायम रहन पनि आग्रह गरेका छन् । उनले शिजांगको स्वतन्त्रताको समर्थन नगरे चीनले आफ्नो सम्प्रभुता, सुरक्षा र विकासको हितको रक्षार्थ कडा कदम उठाउने चेतावनी दिएका छन् । 

दलाई लामा भेट्न खोज्ने अमेरिकी प्रतिनिधिमण्डलमा न्यान्सीबाहेक टेक्सासका रिपब्लिकन नेता तथा अमेरिकी कांग्रेसमा विदेश मामिला समितिका अध्यक्ष माइकल मैककाल पनि सामेल छन् ।
बीबीसी

युवकमाथि निर्घात कुटपिट गर्ने असई भुजेल निलम्बित

काठमाडौं । चितवनमा एक व्यक्तिमाथि निर्घात कुटपिट गर्ने प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेल निलम्बनमा परेका छन् ।  भरतपुर महानगरपालिका–११ स्थित बसेली अस्थायी प्रहरी बिटका प्रमुखसमेत रहेका असई भुलेजले  एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो भाइरल भएपछि उनी निलम्बनमा परेका हुन् । गएको १५ पुसमा प्रहरी चेकिङका क्रममा एक युवकमाथि निर्घाट कुटपिट भएको थियो । सो भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि चितवन प्रहरीले डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा छानबिन समिति बनाएको थियो ।

इजरायलद्धारा ९० प्यालेस्टिनी बन्दीको रिहाइ

काठमाडौं । गाजामा युद्धविराम सम्झौता लागू भएसँगै इजरायलले ९० जना प्यालेस्टिनी कैदीको रिहा गरेको छ ।हमासले तीनजना इजरायली महिलालाई रिहा गरेसँगै इजरायलले पनि ९० जना प्यालेस्टाइनी बन्दीको रिहाइ गरेको हो  इजरायलले सम्झौताको पहिलो चरणअन्तर्गत ती बन्दीको रिहाइ गरेको बीबीसीले उल्लेख गरेको छ ।हमासले ९० जनाको रिहाइको पुष्टि गर्दै तीमध्ये ६९ महिला र २१ किशोरकिशोरी तथा बालबालिका रहेको बताएको छ । रोयटर्सका अनुसार यीमध्ये अधिकांशलाई हालै पक्राउ गरिएको थियो । तर उनीहरूलाई कुनै पनि मुद्दामा कारबाही वा सजाय दिइएन ।युद्धविराम लागू भएको केही घण्टापछि हमासले तीन इजरायली बन्धकलाई रिहा गरेको थियो । सम्झौताको पहिलो चरणमा इजरायलले १ हजार ९०० प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने छ । उही समयमा हमासले बदलामा ३३ इजरायली बन्धकलाई रिहा गर्नेछ । इजरायल र हमासबीचको यो युद्धविराम सम्झौता तीन चरणमा लागू हुने छ । पहिलो चरणमा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको सट्टामा हमासले बन्धकहरूलाई रिहा गर्नुपर्ने छ । त्यसपछि इजरायली सेना बिस्तारै गाजाबाट हट्नेछ र अन्तिम चरणमा गाजाको पुनर्निर्माणको काम हुनेछ ।

प्रहरीले युवक कुटेको भिडिओ भाइरल, छानबिन गरिदै

काठमाडौं । प्रहरीले एक युवकलाई कुटपिट गरेको भिडिओ हिजोआज सामाजिक सञ्जाल फेसबुकलगायतमा भाइरल भैरहेको छ । पावर देखाएको भन्दै प्रहरीले युवकलाई निर्घात कुटपिट गरेको भिडिओमा देखिन्छ ।उक्त भिडियो सामाजिक सञ्जालमा आएपछि चितवन प्रहरीले घटनाबारे छानबिन सुरू गरेको छ। सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको प्रहरी प्रवक्ता एवं डिआइजी दिनेशकुमार आचार्यले जानकारी दिए। घटना केही समय अगाडि भएको उनले बताए।अहिले भाइरल बनेको भिडिओ पुस १४/१५ गते चितवनमा भएको बताइएको छ ।

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

काठमाडौं । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । बैठक सोमबार बिहान साढे ११ बजे बस्दैछ । बैठकमा राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुखहरुसँग छलफल हुने जनाइएको छ ।

लोकप्रिय