विश्वव्यापीकरणसँगै विश्वमञ्चमा नेपालीहरूको राम्रो प्रगति छ : प्रधानमन्त्री

विश्वव्यापीकरणसँगै विश्वमञ्चमा नेपालीहरूको राम्रो प्रगति छ : प्रधानमन्त्री

 काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले विश्वका विभिन्न मुलुकमा गएर राम्रो प्रगति पनि गरिरहेको बताएका छन् ।शनिबार बिहान काठमाडौंमा आयोजित प्रा.सूर्य सुवेदी महाविद्यावारिधिदेखि नोबेल पुरस्कार मनोनयनसम्म नामक पुस्तक लोकार्पण समारोहमा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताए।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले भने, 'विश्वव्यापीकरणसँगै विश्वका विभिन्न मुलुकमा नेपालीहरू जाने गरेका छन्। त्यहाँ गएकामध्ये कैयौं नेपालीहरूले राम्रो प्रगति पनि गरेका छन्। त्यसको उदाहरण डा.सूर्य सुवेदी पनि हो।'

उनले थपे 'प्राडा.सूर्य सुवेदीले नेपालको संविधान निर्माण, नेपालले विगतमा विश्वका विभिन्न मुलुकहरूसँग गरिएका सन्धि सम्झौताहरूको पुनरावलोकनबारे मैले सहयोग मागेको थिएँ। उहाँले त्यसमा निकै राम्रो सहयोग गर्नुभयो। पछिल्लो एमसीसी सम्झौतामा पनि उहाँले मध्यमार्गी बिकल्प दिनुभयो र हामीले नै लागू पनि गर्यौँ।'

लोकार्पणमा प्राडा.सूर्य सुवेदीले पुस्तकमा नेपालको लोकतान्त्रिक आन्दोलन, कम्बोडियाको शान्ति प्रक्रिया र अन्तर्राष्ट्रिय कानुनका विषयमा पुस्तकको सारसंक्षेपबारे चर्चा गरे।

‘नमेटिने घाउ’ मा प्रधानमन्त्रीको भूमिकामा केपी ओली, छायांकन सुरु

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली चलचित्र  ‘नमेटिने घाउ’ को छायांकन सुरु गरेका छन् । मंगलबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा उनले फिल्मको सुटिङ सुरु गरेका हुन् । चलचित्रमा प्रधानमन्त्रीको भूमिका रहेका ओली निर्धारित समय भन्दा करिब ४ घण्टा ढिलो पुगेर छायांकन सुरु गरेका थिए ।  चलचित्र  ‘नमेटिने घाउ’ एसिड आक्रमणमा परेकी मुस्कान खातुनको जीवन कथामा बन्न लागेको चलचित्र हो । चलचित्रमा अभिनेता रमित ढुङ्गाना रहेका छन् ।

कतारी राजा शेख बंगलादेशको भ्रमण सकेर नेपाल प्रस्थान

काठमाडौं । कतारी राजा शेख तमिम बिन हमाद अल थानी बंगलादेशको राजकीय भ्रमण सकेर नेपाल प्रस्थान गरेका छन्।  द पेनिन्सुला कतारका अनुसार ढाका विमानस्थलबाट नेपालको दुई दिने राजकीय भ्रमणका लागि काठमाडौं प्रस्थान गरेका हुन् ।  राजा शेखलाई बंगलादेशका विदेशमन्त्री डा. हसन महमदसहितका सरकारी अधिकारीले हजरात शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलबाट विदाइ गरेका छन् ।  त्रिभुवन विमानस्थलका अनुसार उनी क्यूएएफ ६ उडानबाट अपराह्न ४ः४० बजे विमानस्थल अवतरण गर्ने तालिका छ। उनलाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल विमानस्थल जाँदैछन् ।

सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्छौं : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताएका छन् । सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने उनले घोषणा गरेका हुन् । इलाम २ मा आयोजित चुनावी सभामा बोल्दै लामिछानेले यस्तो घोषणा गरेका हुन् । उनले प्रधानमन्त्रीलाई समेत जानकारी गराएर आफूले काम थालेको जानकारी दिए ।

जंगलमा लागेको आगो बस्तीमा पसेर जलायो १२ घरगोठ, एक जना घाईते

पूर्वी नवलपरासी । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका वडा नं १४ को चनौटे र सुर्खा जंगलमा लागेको आगो बस्तीमा पसेर ठूलो क्षति पुर्याएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कमल परियारका अनुसार आगलागीबाट चनौटेका ७ र सुर्खाका ५ घरगोठ जलेर नष्ट भएको छ । आगो निभाउने क्रममा मध्यविन्दु १४ चनौटेमा रहेको जनज्योति प्राविका शिक्षक देवचुली १३ प्रगतिनगर निवासी ५९ बर्षीय गंगा प्रसाद घिमिरे घाइते भएका छन् । उनको दुवै हात जलेको र अवस्था समान्य रहेको प्रहरीले जनाएको छ । आगो स्थानीय बासिन्दा, नगर प्रहरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना लगायतको टोलीले नियन्त्रणमा लिएको थियो । आगलागीमा परी मध्यविन्दु १४ का नवलसिंह ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन र नगद १ लाख ६० हजार, भोगीराम ढेंगाको घरगोठ, लत्ताकपडा, भाडावर्तन, ४ वटा कुखुरा, टेकबहादुर क्षेत्रीको घरगोठ, लत्ताकपडा भाडा वर्तन, ३ वटा बाख्रा, कर्मसिंह सोमैको घरगोठ लत्ताकपडा, भाडावर्तन पूर्ण रुपमा जलेर नष्ट भएको छ । त्यसैगरी, खमबहादुर बारघरेको बाख्राको गोठ, लत्ताकपडा अन्नपात, हस्तबहादुर ढेंगाको बाख्रा गोठ, लत्ताकपडा अन्नपात र श्रीलाल सोमैको बाख्रागोठ लत्ताकपडा अन्नपात पूर्णरुपमा जलेर नष्ट भएको छ । त्यसैगरी मध्यविन्दु १४ सुर्खामा टेकबहादुर सोमै मगरको गोठ, लत्ताकपडा, कमानसिंह सोमै मगरको गाइगोरुको गोठ, लत्ताकपडाअन्नपात, थेबेल सिसंह लम्कामगरको गाईबाख्राको गोठ, गोरु एउटा, बाख्रा ३ वटा, भैसी १ वटा, रणबहादुर सोतीको गोठ र आइतसिंह सोमैको गोठ जलेर नष्ट भएको छ ।

लोकप्रिय