अझैसम्म १३५ घरधुरी शौचालयविहीन

अझैसम्म १३५ घरधुरी शौचालयविहीन

पाल्पा, मङ्सिर २७ । पाल्पा जिल्लामा करिब १३५ घरपरिवारमा अझै शौचालय निर्माण हुन सकेको छैन् । सन् २०१६ भित्र जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने भनिए पनि १० गाविसका प्रत्येक घरमा शौचालयविहीन अवस्थामा घरपरिवार रहेपछि कार्यान्वयन गर्न थप समस्या भएको हो ।

जिल्लाको रामपुर नगरपालिकामा ७५, तानसेन नगरपालिकामा १० र सिद्देश्वर गाविसमा २५ घर परिवारमा शौचालय बनाउन बाँकी रहेको जिल्ला विकास समिति पाल्पाका कार्यक्रम अधिकृत विनोद नेपालले बताए।

अन्य १० गाविसमा २५ वटा घरधुरीमा शौचालय निर्माण हुने बाँकी रहेको हो । मस्याम, ज्यामिरे, सोमादी, कसेनी, छहरा, फेक, तेल्घा, रिङ्गनेरह, जुठापौवा लगायतका गाविसमा शौचालय प्रत्येक घरमा निर्माण हुन नसक्दा खुला दिसामुक्त गाविस घोषणा हुन सकेको छैन ।

प्रत्येक घरमा शौचालय निर्माण हुन नसकेका गाविस अझै खुला दिसामुक्त गाविस घोषणा हुन नसकेका हुन । कार्यक्रम अधिकृत नेपालका अनुसार पुस महिनामा सबै गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने तयारीमा रहेको त्यसका लागि प्रत्येक घरमा शौचालय निर्माण कार्य भइरहेको छ ।

जिल्ला सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा भइसकेका गाविसको अवस्था अध्ययन गर्ने र मस्याम, ज्यामिरे गाविसलाई खुला दिसामुक्त गाविस घोषणा गर्ने जनायो ।

जिल्लाका अझै १० गाविसमा शौचालय निर्माण कार्य पूरा हुने बित्तिकै ती गाविसलाई खुला दिसामुक्त घोषणा गर्ने तयारीमा रहेको छ । गाविसमा शौचालय निर्माण भएपछि जिल्लालाई समेत खुला दिसामुक्त गर्ने अभियान अन्तिम चरणमा पुगेको जिविसले जनाएको हो ।

जिल्लाका ५० गाविस खुला दिसामुक्त घोषणा भइसके पनि शौचालयमा नै दिसापिसाब गर्ने चलनको विकास हुन सकेको छैन । पानीको अभावका कारण खुला दिसामुक्त गाविस प्रभावहीन अवस्थामा रहेका छन् ।

ताहु गाविस–१ लाई पूर्ण सरसफाइयुक्त वडा घोषणा गर्ने स्थलगत अध्ययनका लागि चार सदस्य समिति निर्माण गरेको छ ।

सिलुवा र वाकामलाङ गाविसलाई पूर्ण सरसफाइ गाविसका क्रियाकपाल सञ्चालन गर्ने सुआहारले अनुमति प्राप्त गरेको छ ।

प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले खुला दिसामुक्त जिल्ला घोषणा गर्दा राजमार्ग क्षेत्रमा सार्वजनिक शौचालय निर्माण कार्यलाई पहिलो प्राथमिकतामा पार्नुपर्ने बताए ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

अखिल क्रान्तिकारीले १३ गते सम्मेलन सम्पन्न गर्ने (कार्यतालिकासहित)

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन असोज १० गते उद्घाटन गरेर १३ गतेसम्म नयाँ नेतृत्व चयन गर्दै १३ गते पत्रकार सम्मेलन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ ।  बिहीबार बसेको अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो । प्रवत्ता मैनालीले सम्मेलनलाई विद्याथी आन्दोलनको महोत्सवको रुपमा लिई भव्य उत्साहका साथ सफल पार्न विद्यार्थीहरुलाई अपिल समेत गरेका छन् ।क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन काठमाडौंमा हुने भएको छ । यस्तो छ कार्यतालिका १। उद्घाटन कार्यक्रम, बाल्मिकी क्याम्पस प्राङ्गण, असोज १० गते ११ बजे ।  २। विधान प्रतिवेदन प्रस्तुत, ११ गते  ३। निर्वाचन, १२ गते । ४। पत्रकार सम्मेलन १३ गते ।  

दरबारमार्गमा सरकारी कन्सर्ट : प्रधानमन्त्रीसहित मन्त्रीहरू सहभागी

काठमाडौँ ।  राजधानीको दरबारमार्गमा जारी  ‘नेशनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओलीसहित मन्त्रीहरु सहभागी हुनुभएको छ । 'प्रधानमन्त्री ओली बिहीबार साँझ दरबारमार्ग पुगेर संविधान दिवसको अवसरमा नागरिकस्तरबाट आयोजना गरिएको कन्सर्टमा सहभागी भएर कलाकार, दर्शक एवम् सम्पूर्ण देशवासी नागरिकलाई शुभकामना दिनुभयो।' उहाँको सचिवालयले भनेको छ । अनौपचारिक पोसाक जिन्स पाइन्ट र जाकेटमा पुग्नुभएका प्रधानमन्त्री ओलीले हातमा नेपालको राष्ट्रिय झण्डा समात्नुभयो । उहाँसँगै पत्नी राधिका शाक्य, अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रमेश लेखकलगायत उपस्थित हुनुभएको छ। नागरिकस्तरबाट कन्सर्ट सञ्चालन गरिएको भनिए पनि सरकारले बाक्लो संख्यामा सादा पोसाकका सुरक्षाकर्मी परिचालन गरेर अभियान नै चलाएर कन्सर्ट गरेको हो । कन्सर्टमा युवाहरु विशेषगरी एमाले नेता कार्यकर्तालाई ठुलो संख्यामा नेपाली झण्डासहित उपस्थित गराइएको छ । साथै कन्सर्टमा सरकारी कर्मचारीहरुलाई परिवारसहित उपस्थित हुन आग्रह गरिएको थियो ।कन्सर्टमा प्रमोद खरेल, सुगम पोखरेल, आनन्द कार्की, कुन्ती मोक्तान, देविका बन्दना, सुगम पोखरेल, दीपक लिम्बू, सुवानी मोक्तान लगायतले प्रस्तुति दिने छन् । अन्य धेरै कलाकार र सेलिब्रेटीहरु कार्यक्रममा सहभागी हुने आयोजकले जनाएको छ । 

अखिल क्रान्तिकारीको सम्मेलन असोज १० गते देखि गर्ने निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को विद्यार्थी संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन असोज १० गतेदेखि १४ गतेसम्म काठमाडौंमा हुने भएको छ । बिहीबार बसेको अखिल(क्रान्तिकारी)को केन्द्रीय कार्यालय बैठकले सम्मेलनको मिति तोकेर केन्द्रीय सम्मेलनमा होमिने निर्णय गरेको प्रवक्ता गणेश मैनालीले जानकारी दिए ।  यसअघि असोज २ बुधबारदेखि असोज ५ गतेसम्म काठमाडौंमा तय भएको अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलन अन्तिम समयमा स्थगित भएको थियो ।

लोकप्रिय