अस्तित्व रक्षाकाे संकटमा कांग्रेस नेता सिटाैला

अस्तित्व रक्षाकाे संकटमा कांग्रेस नेता सिटाैला

झापा, कात्तिक १९ । पार्टीले समानुपातिकको सूचीमा राखेकोमा असन्तुष्टी जनाउँदै प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्बर ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अहिले संकटमा परेका छन ।

०६४ सालको पहिलो संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजय बेहोरेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला त्यसको एक दशकपछि पुनः संकटमा परेका छन् । मंसिर २१ गते हुने निर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका सिटौलालाई जित हात पार्न त्यति सजिलो छैन । एमाले, माओवादी केन्द्र र राप्रपाले सिटौलाविरुद्ध मोर्चाबन्दी कसेपछि संकट चुलिएको हो ।

०४८ सालदेखि झापाबाट निर्वाचित हुँदै आएका सिटौला पहिलो संविधानसभाको निर्वाचनमा माओवादी उम्मेदवार पूर्णसिंह राजवंशीसँग पराजित भएका थिए । यद्यपि, ०७० को दोस्रो संविधानसभाको निर्वाचनमा भने सिटौला झापा–३ बाटै विजयी भएका थिए ।

तर, यसपटक स्थिति सहज छैन । दोस्रो संविधानसभा निर्वाचनमा सिटौलासँगै पराजित राप्रपा महामन्त्री राजेन्द्र लिङ्देन यसपटक पनि सिटौलासँगै भिड्दैछन् । लिङ्देनले यसपटक एमाले र माओेवादी केन्द्रको समेत समर्थन पाएपछि सिटौला झस्किएका हुन् ।

नेपाली कांग्रेसभित्र तेस्रो धारको रुपमा आफूलाई स्थापित गराउँदै लगेका सिटौलालाई पार्टीले समानुपातिकको सूचीमा राखे पनि उनले त्यसलाई अस्वीकार गर्दै प्रत्यक्ष चुनावमा होमिने निर्णय लिए । सिटौला भन्छन्, ‘जित–हारको फैसला जनताले गर्नेछन् तर, मैले जनताकै चाहनाको प्रतिनिधित्व खोजेको हुँ ।’

यसपटकको निर्वाचन सिटौलाका लागि चुनौती र अवसर दुबै एकसाथ आएको छ । किनभने उनकै कारण राप्रपासँग पार्टीको सम्बन्ध बिग्रन पुग्यो भने तिनै राप्रपाका महामन्त्री लिङ्देनसँग उनको प्रतिष्पर्धा हुँदैछ । पार्टीभित्र तेस्रो धारको प्रतिनिधित्वको विषयलाई टिकाइ राख्न सिटौलालाई यसपटक चुनाव जित्नैपर्ने बाध्यता पनि छ ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय