आईपीएल : सीएसकेविरुद्ध टस जितेर ब्याटिङ गर्दै आरसीबी

आईपीएल : सीएसकेविरुद्ध टस जितेर ब्याटिङ गर्दै आरसीबी

काठमाडौं, २४ असोज : इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत चेन्नई सुपर किंग्स (सीएसके)विरुद्ध रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबीले टस जितेर ब्याटिङ रोजेको छ । यी दुई टिमबीचको खेल ७ः४५ बजेदेखि सुरु हुँदैछ ।

आरसीबीले आज प्लेइङ ११ मा दुई खेलाडी परिवर्तन गरेको छ । उसले मोइन अलि र मोहम्मद सिराजलाई विश्राम दिँदै क्रिस मोरिस र गुरकीरत सिंहलाई मौका दिएको छ ।

सीएसकेले आज एक खेलाडी परिवर्तन गरेको छ । उसले केदार जाधवको स्थानमा नारायण जगदीशनलाई प्लेइङ-११ मा मौका दिएको छ ।

सीएसकेले अहिलेसम्म छ खेल खेलेको छ। जसमा २ खेल मात्रै जितेको छ। आरसीबीले पाँचमध्ये तीन खेल जितेको छ।

दुबई अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा महेन्द्रसिंह धोनीको कप्तानीमा रहेको चेन्नई तेस्रो खोजीमा हुनेछन्। चेन्नई ४ अंकसहित अंक तालिकाको छैटौं स्थानमा रहेको छ। तर, चेन्नई बैंग्लोरलाई हराएर अंक तालिका सुधार गर्न चाहन्छ।

विराट कोहलीको कप्तानीमा मैदान उत्रने बैंग्लोरलाई हराउन चेन्नईलाई सहज भने छैन। बैंगलोर पनि चेन्नईलाई हराएर शीर्ष तीनमा उक्लने लक्ष्यमा हुनेछ। ६ अंक जोडेको अंक तालिकाको बैंग्लोर पाँचौँ स्थानमा रहेको छ।

फर्ममा वाटसन र डुप्लेसिस

दुबै सीएसकेका ओपनर ब्याट्सम्यान शेन वाटसन र फाफ डुप्लेसिस राम्रो लयमा छन्। उनीहरुले टोलीका लागि रन बनाइरहेका छन्।

रवीन्द्र जडेजाले तल्लो क्रममा शानदार ब्याटिङ गरिरहेका छन्। तर, टोलीको सबैभन्दा ठूलो समस्या मध्यक्रम हो। जुन पूर्ण रूपमा असफल भइरहेको छ।

केदार जाधव र एमएस धोनीको ब्याटबाट रन निस्कन सकिरहेको छैन्। अम्बाती रायुडू पनि खासै फर्ममा छैनन्। यस्तो स्थितिमा मध्यक्रमका ब्याट्सम्यान रन बनाउन आवश्यक छ।

उसका बलरहरुले अहिलेसम्म राम्रो प्रदर्शन गरिरहेको छ। दीपक चहर, साम करन, शार्दुल ठाकुरले राम्रो प्रदर्शन गरेका छन्।

पछिल्लो खेलमा एमएसले करन शर्मालाई पियुष चावलाको स्थानमा अवसर दिएका थिए। करणले चार ओभरमा २६ रन खेर्चर दुई विकेट लिएका थिए। त्यसकारण आजको खेलमा उनले खेल्ने सम्भावना छ।

बैंग्लोरको ब्याटिङ बलियो

बैंग्लोरको ब्याटिङ लाइनअप बलियो छ। उसका शीर्ष चार ब्याट्सम्यानहरूले रन बनाइरहेका छन्। आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली र एबी डिभिलियर्ससँग कुनै पनि टिमविरुद्ध रन बनाउने क्षमता छ। विराट फर्ममा आएर टिमका लागि उत्कृष्ट छ।

बलिङमा नवदीप सैनी र ईसुरु उडानाले राम्रो प्रदर्शन गरिरहेका छन् भने लेगस्पिनर युजवेन्द्र चहल यस टीमका मुख्य बलर हुन्। जारी लिगमा उनले पनि राम्रो प्रदर्शन गरेका छन्। पछिल्लो लिग खेलमा वाशिंगटन सुन्दरले धेरै राम्रो बलिङ गरेका थिए।

सीएसकेकाे प्लेइङ-११ : शेन वाटसन, फाफ डु प्लेसिस, अम्बाती रायडू, केदार जाधव, महेन्द्रसिंह धोनी (कप्तान/विकेटकीपर), रवीन्द्र जडेजा, ड्वेन ब्रावो, साम करन, शार्दुल ठाकुर, दीपक चाहर र करन शर्मा।

आरसीबीको प्लेइङ-११ : आरोन फिन्च, देवदत्त पाडिक्कल, विराट कोहली (कप्तान), एबी डिविलियर्स (विकेटकीपर), गुरकीरत सिंह, शिवम दुबे, ईसुरु उडाना, वाशिङटन सुन्दर, नवदीप सैनी, क्रिस मोरिस र युजवेन्द्र चहल।

जय ट्रफी पुरुष एलिट कपको उपाधि नेपाल पुलिस क्लबलाई

काठमाडौं — जय ट्रफी पुरुष एलिट कप क्रिकेट प्रतियोगिताको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। मुलपानी क्रिकेट मैदानमा भएको फाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबलाई ४ विकेटले पराजित गर्‍यो। आर्मीले दिएको २२७ रनको लक्ष्य पुलिसले ६ विकेट गुमाएर पूरा गर्‍यो। दोस्रो इनिङ्समा रासिद खानले ८१ र कुशल भुर्तेलले ५१ रनको अर्धशतक प्रहार गरे। दिलसाद अली अविजित ३१ रनमा रहे। आर्मीका साहब आलम र पवन कार्कीले २–२ विकेट लिए। त्यसअघि आर्मीले पहिलो इनिङ्समा २२६ रन बनाएको थियो। आकाश चन्द ३७, कुशल मल्ल ३६, साहब आलम ३३ र भीम सार्की ३२ रन बनाए। पुलिसका सागर ढकालले ४ तथा ललित राजवंशी र करण केसीले ३–३ विकेट लिए। पहिलो इनिङ्समा दुवै टोलीले २२१–२२१ रन बनाएका थिए। पुलिसका लागि करण केसीले अविजित ७२ र अरिफ शेखले ४४ रन जोडे। आर्मीका सोमपाल कामीले ५ विकेट लिए। पहिलो इनिङ्समा आर्मीका इमरान शेखले ५०+ र भीम सार्कीले ३९ रन बनाए। पुलिसका रासिद खानले ४ विकेट लिए। रासिद खान प्लेयर अफ द म्याच घोषित भए।

नेपाल र वेस्ट इन्डिजबीच आज दोस्रो टी-२० खेल

काठमाडौँ । नेपालले वेस्ट इन्डिजविरुद्धको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेल आज खेल्दै छ। शारजाह क्रिकेट रंगशालामा नेपाली समयअनुसार बेलुका ८:१५ बजे सुरु हुने यो खेलमा नेपाल शृंखला जित्ने लक्ष्यमा छ। पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गरेको थियो। उक्त खेलमा नेपालका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरेका थिए, र आज पनि त्यस्तै प्रदर्शनको अपेक्षा गरिएको छ। जित हासिल गरेमा नेपालले एक खेल बाँकी छँदै शृंखला कब्जा गर्नेछ। दुई टोलीबीचको तेस्रो तथा अन्तिम खेल भोलि मङ्गलबार हुनेछ। नेपाली टोली: रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), कुशल भुर्तेल, लोकेस बम, कुशल मल्ल, आसिफ सेख, आदील आलम, करण केसी, नन्दन यादव, सन्दीप लामिछाने, सन्दीप जोरा, आरिफ सेख, ललितनारायण राजवंशी, गुल्शन झा, सोमपाल कामी, साहब आलम। वेस्ट इन्डिज टोली: अकिल होसेन (कप्तान), फाबियन एलेन, जेवेल एन्ड्र्यू, अकीम अगस्ट, नविन बिडाइस, जेडियाह ब्लेड्स, किएसी कार्टी, करिमा गोरे, जेसन होल्डर, अमिर जान्गू, काइल मेयर्स, ओबेड मेकोए, जिसान मोटारा, रामोन सिमन्ड्स, शमार स्प्रिङ्गर।

नेपाली क्रिकेट टोलीको ऐतिहासिक जितमा प्रचण्डको बधाई

काठमाडौं- नेकपा (माओवादी केन्द्र)का महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड'ले युएईमा जारी युनिटी कपअन्तर्गत पहिलो खेलमा नेपालको राष्ट्रिय क्रिकेट टोलीले दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिजलाई हराएर प्राप्त गरेको ऐतिहासिक विजयको प्रशंसा गर्दै बधाई दिनु भएको छ ।    सामाजिक सञ्जालमार्फत बधाई सन्देश जारी गर्दै प्रचण्डले यो सफलताले नेपाली युवाशक्तिको उत्कृष्ट क्षमता, अनुशासन र राष्ट्र निर्माणप्रतिको सङ्कल्पलाई पुष्टि गरेको बताउनुभयो। उहाँले भन्नुभयो, "यो जितले नेपाली युवाहरू हरेक चुनौती सामना गर्न सक्षम छन् भन्ने देखाएको छ।" प्रचण्डले नेपाली टोलीले युनिटी कपको आगामी खेलहरूमा पनि उत्कृष्ट प्रदर्शनमार्फत देशलाई गौरवान्वित बनाउने विश्वास व्यक्त गर्नुभयो।  

फाइनलमा आज नेपाल र सिंगापुर भिड्दै

काठमाडौं । एसीसी इस्ट जोन कपको फाइनलमा आज नेपाल र  सिंगापुरसँग खेल्दै छन् । बिहीबार सिंगापुरले हङकङलाई पराजित गरेपछि नेपालसँग फाइलमा भिडन्त तय भएको थियो ।  खेल बिहान पौने ८ बजे मलेसियाको बांगीस्थित वाईएसडी यूकेएम ओभल क्रिकेट रंगशालामा हुनेछ । समूह चरणमा सिंगापुर नेपालसँग पराजित भएको थियो । २२ जुनमा सम्पन्न खेलमा नेपालले सिंगापुरलाई ६ विकेटले पराजित गरेको थियो ।