ट्राफिक प्रहरी नै इम्बोस्ड नम्बर प्लेटबाट झुक्कियो

ट्राफिक प्रहरी नै इम्बोस्ड नम्बर प्लेटबाट झुक्कियो

काठमाडौँ । इम्बोस्ड नम्बर प्लेट राखेर चलेका सवारी साधनदेखि ट्राफिक प्रहरी झुक्किने गरेका छन् ।

इम्बोस्ड नम्बरप्लेट जडान शुरु भएको नम्बर अंग्रेजीमा लेखिँदा र उक्त नम्बर प्लेटमा ट्राफिक व्यवस्थापन गर्न बानी नपर्दा झुक्किने गरेका हुन् । मन्त्रिपरिषद्को निर्णयअनुसार प्रदेशमा आधारित इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने व्यवस्था गरेको हो ।

दरबारमार्ग ट्राफिक कार्यालयमा कार्यरत एक प्रहरी जवान इम्बोस्ड नम्बर प्लेटका सवारीसाधनबाट आफू झुक्किने गरेको बताउनुहुन्छ । “नेपाली नम्बर प्लेटका सवारीसाधनको व्यवस्थापन गर्दै आएकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन आउँदा शुरुशुरुमा कुन सवारीसाधन होला भनेर अन्योल हुँदो रहेछ,”– उहाँ भन्नुहुन्छ ।

उपत्यकामा इम्बोस्ड नम्बरप्लेटका सवारीसाधन गुड्न थालेपछि सर्वसाधारण मात्र नभई अधिकांश ट्राफिक प्रहरी नै झुक्किने गरेका छन् । इम्बोस्ड नम्बरप्लेटको ज्ञान नहुनु र जडान कार्य शुरु भएकाले अधिकांश ट्राफिक प्रहरी झुक्किने गरेका हुन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख सर्वेन्द्र खनाल इम्बोस्ड नम्बरको सवारीसाधनलाई व्यवस्थापन गर्नका लागि यातायात कार्यालयसँग समन्वयन गरेर ट्राफिक प्रहरीलाई तालीमको व्यवस्था गर्न लागिएको बताउनुहुन्छ । “नेपालमा इम्बोस्ड नम्बरप्लेटको थालनी भर्खरै भएकाले शुरुमा झुक्किनु स्वभाविक हो, हामी सबै ट्राफिक प्रहरीलाई इम्बोस्ड नम्बरप्लेटबारे चाँडै नै तालीम दिन्छौँ,”– उहाँ भन्नुहुन्छ ।

सरकारले वाग्मती अञ्चलमा दर्ता भएका चारपांग्रे्रे सवारीसाधनमा अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेपछि अहिले धमाधम इम्बोड नम्बरप्लेट राख्ने काम भइरहेको छ ।

यातायात व्यवस्था विभागले वाग्मती अञ्चलमा दर्ता भएका सरकारी र संस्थानका सवारीका लागि आगामी चैत मसान्तभित्र र अरु सवारीसाधनलाई २०७५ असार मसान्तसम्म अनिवार्यरुपमा इम्बोस्ड नम्बरप्लेट जडान गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसपछि क्रमशः अरु सवारीसाधनमा इम्बोस्डप्लेट जडान कार्य गरिनेछ ।

सरकारले अहिले पाँच प्रकारको इम्बोड नम्बरप्लेटको व्यवस्था गरेको छ । जसमध्ये राष्ट्रपतिको सवारीसाधनलाई निशान छापसहितको नम्बर, सरकारी र संस्थानलाई सेतो प्लेटमा रातो नम्बर, कूटनीतिक सेतो प्लेटमा निलो नम्बर, निजी सेतो प्लेटमा कालो नम्बर र भाडाका सवारीसाधनलाई पहेँलो प्लेटमा कालो नम्बर राख्ने व्यवस्था गरेको छ ।

यसैगरी इम्बोस्ड नम्बरको शुरुको अक्षर क्रमशः मोटरसाइकलको ‘ए’, कार, जिप डेलीभरी भ्यानको ‘वी’, टेम्पो र अटोरिक्साको ‘सी’, पावर टिलरको ‘डि’, ट्र्याक्टरको ‘इ’ मिनिवसको ‘एफ’, ट्रक बस ‘जी’ गरी राखिएको छ ।

इम्बोस्ड नम्बर लिनुभन्दा अगाडि यातायात कार्यालयमा अहिलेसम्म बाँकी रहेको सवारी कर बुझाएर मात्र आवेदन दिनुपर्ने हुन्छ । पहिलो चरणमा चारपाँग्रे साना तथा ठूला सवारी धनीले मात्रै इम्बोस्डप्लेटका लागि आवेदन दिन सक्नेछन् ।

यातायात व्यवस्था विभागका महानिर्देशक रुपनारायण भट्टराई हालसम्म एक हजार २०० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान गरिसकिएको बताउनुहुन्छ । “दैनिक १०० देखि १५० सवारीसाधनमा इम्बोस्ड नम्बरप्लेट जडान भइरहेको छ,”– उहाँ भन्नुहुन्छ । कार्यालयमा हालसम्म इम्बोस्ड नम्बरप्लेट राख्नका लागि करिब चार हजार आवेदन परिसकेको महानिर्देशक भट्टराई बताउनुहुन्छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय