उत्तर कोरियाबारे गोप्य छलफल गर्न ट्रम्पले बोलाए व्हाइट हाउसमा सय सिनेटर

उत्तर कोरियाबारे गोप्य छलफल गर्न ट्रम्पले बोलाए व्हाइट हाउसमा सय सिनेटर

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र परीक्षण विरुद्ध नयाँ प्रतिबन्धहरु लगाउन राष्ट्रसंघीय सुरक्षा परिषद तयार हुनुपर्ने बताएका छन् । सुरक्षा परिषदका सदस्य राष्ट्रका राजदूतहरुलाई बोलाएर उनले उत्तर कोरिया विश्वका लागि वास्तविक खतरा रहेको र यथास्थिति अस्वीकार्य रहेको धारणा राखेका हुन्।

उत्तर कोरियाले आफ्नो सशस्त्र बल स्थापना भएको ८५ औँ वर्षगाँठ मनाउने तयारी गरिरहेको छ र यस्ता अवसरहरुमा प्योङयाङले प्राय जसो व्यालेस्टिक क्षेप्यास्त्रको परीक्षण गर्ने गरेको छ । राष्ट्रपति ट्रम्पले उत्तर कोरिया सम्बन्धी गोप्य व्रिफिङका लागि बुधवार सिनेटका सबै १०० जना सदस्यहरुलाई व्हाइट हाउसमा बोलाएका छन्।

सामान्य

उक्त ब्रिफिङमा अमेरिकी विदेशमन्त्री रेक्स टिलरसन र रक्षा मन्त्री जेम्स म्याटिस पनि सहभागी हुनेछन्। पछिल्ला दिनमा वासिङटन उत्तर कोरियाको परमाणु र क्षेप्यास्त्र कार्यक्रम उसका छिमेकी र अमेरिकाका लागि जोखिमपूर्ण बन्दै गइरहेको निष्कर्षमा पुगेको जस्तो देखिन्छ। उत्तर कोरियाको मुख्य साझेदार चीनले सबै पक्षलाई संयम अपनाउन आग्रह गरिरहेको छ।

चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति ट्रम्पबीच शनिबार भएको टेलिफोन कुराकानीमा पनि उत्तर कोरियाको प्रसङ्ग उठेको थियो। चिनियाँ विदेश मन्त्रालयका अनुसार राष्ट्रपति सीले सबै पक्षले संयम अपनाउनुपर्ने र तनाव बढाउनसक्ने कुनै पनि गतिविधि गर्न नहुनेमा जोड दिएका थिए।

राष्ट्रपति ट्रम्पले चाहिं उनकै शब्दमा कोरियाले निरन्तर रुपमा युद्धमा देखाउने जस्तो व्यवहार प्रदर्शन गरेर कोरियाली प्रायद्वीपमा अस्थिरता निम्त्याएको आरोप लगाए। ह्वाइट हाउसका अधिकारीहरु राष्ट्रिय सुरक्षाका बिषयमा जानकारी दिन अमेरिकी संसदमा निरन्तर जाने गर्छन् तर यसरी ह्वाइट हाउसमा सिनेटका सबै सदस्यलाई बोलाइनु चाहिं असामान्य हो।

ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसरलाई नियमित पत्रकार सम्मेलनमा यसबारे प्रश्न पनि सोधिएको थियो तर उनले त्यसको जवाफ सिनेटका बहुमत पक्षधर नेता मिच मेकोनलसँग सोध्न आग्रह गरे। श्रोतहरुले रोयर्टस समाचार संस्थालाई अमेरिकी तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभले पनि कोरियाबारे त्यस्तै ब्रिफीङ चाहिरहेको बताएका छन्।

युद्धपोत

वासिङटनले आक्रमणकारी दस्ता सहितको कार्ल भिन्सन नामक उसको युद्धपोत केही दिनमै कोरियाली प्रायद्वीपमा पुग्न लागेको जनाएको छ। यसअघि उक्त युद्धपोत कहाँ पुग्यो भन्नेबारेमा एक आपसमा बाझिने विवरण आएका थिए।

उत्तर कोरीयाली सञ्चार माध्यमहरुले चाहिं उक्त युद्धपोतलाई नष्ट गरिदिने गरि तम्त्यार अवस्थामा देशको सेना रहेको जनाएका छन्। उत्तर कोरियाले अमेरिकी चेतावनीलाई बेवास्ता गर्दै आफ्नो क्षेप्यास्त्र परिक्षणहरु जारी राख्ने वाचा गरेको छ र विज्ञहरुले उसले अर्को परमाणु परीक्षणको तयारी गरिरहेको जनाएका छन्।

एप्रिल १६ मा उसले गरेको व्यालेस्टीक क्षेप्यास्त्रको परीक्षण विफल भएको थियो। प्योङयाङले अमेरिकासम्म परमाणु बम पुर्याउनसक्ने क्षेप्यास्त्र प्रविधि विकास गर्ने हो कि भन्ने चिन्ता वासिङटनको रहेको छ।

बेइजिङ चाहिं कोरियाली प्रायद्वीपमा हुने युद्धको अवस्थाले उत्तर कोरियाली नेता किम जङ उनको शासन ढल्न सक्ने आंशका गरिरहेको छ। त्यस्तो अवस्थामा शरणार्थी समस्या सृजना हुनसक्ने र त्यसले आफ्नो सीमा क्षेत्रमा अमेरिकी उपस्थिति निम्त्याउन सक्ने चिन्ता चीनको छ।

बीबीसी नेपालीबाट साभार

आतिशी बन्ने भइन् दिल्लीमा मुख्यमन्त्री

काठमाडौं । भारतको दिल्लीमा नयाँ मुख्यमन्त्रीको नाम घोषणा भएको छ । अब आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी नयाँ मुख्यमन्त्री बन्न लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेकी हुन् । रायले भनेका छन्- भारतीय जनता पार्टीले आम आदमी पार्टी फुटाउने तथा सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उसका हरेक प्रयासलाई विफल पारेका छौँ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने निर्णय गरेको हो । उनलाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको रूपमा अघि सारिएको रायले बताएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल जेलमा हुँदा आतिशीले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । केजरीlलले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेसँगै आम आदमी पार्टीले उनैलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको हो ।

इजरायलको आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा ठुलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरको समेत मृत्यु भएको छ। पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन्। रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ। प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो। इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजार भन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ। इजरायल अधीनस्थ वेस्ट बैंकको दक्षिणी सहर तुबासको शिविरमा रहेका उनलाई यसरी गोली हानिएको हो। यसअघि बुधबार तुबासमा हवाई आक्रमणमा इजरायली सेनाले प्रहार गरेको गोलीबाट ५ जनाको ज्यान गएको थियो। गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धले हरेक दिन यस्ता बिभत्स घटना भएका छन्। यसैबिच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको कुरा जानकारी गराएको छ। यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ। युद्ध विरामको प्रयासमा हमासका नेता सकारात्मक भएको मध्यस्थता गरिरहेका दुई पार्टी इजिप्ट र कतारको तर्फबाट बाहिर आइसकेको छ। यत्ति मात्र होइन इजरायलको थप आशयको बारे पनि चर्चा हुन थालेको छ। कतारस्थित हमाम विब खालिफा रङ्गशालाका एक प्राध्यापकका अनुसार इजरायलको ध्यान दक्षिण र उत्तर जोड्ने गाजाको कोरिडोरमा केन्द्रित छ।

दक्षिणपन्थी बार्नियरलाई प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा देशव्यापी प्रदर्शन

पेरिस । हालै सम्पन्न निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको वामपन्थी गठबन्धन नयाँ लोकप्रिय मोर्चा (NPF) लाई उपेक्षा गर्दै दक्षिणपन्थी राजनीतिज्ञ मिशेल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा बिरोध चर्किएको छ।  राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रेड यूनियन र NPF को आव्हानमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले  जनमतको उपेक्षा गर्दै दक्षिणपन्थी व्यक्तिलाई प्रधानमन्त्रीका उम्मेदवार बनाएको बिरोध गरेका छन् । गृह मन्त्रालयले शनिबार देशभर १,१०,००० जना प्रदर्शनकारी भेला भएको जनाएको छ तर प्रदर्शनकारीले भने तीन लाख बढी जनता प्रदर्शनमा सहभागी भएको दावी गरेका छन् । र्याडिकल फ्रान्स अनबाउड पार्टीका अनुभवी नेता जीन-लुक मेलेन्कोनले राष्ट्रिय प्रदर्शनमा "जति सक्दो बलियो एक्यवद्धता" का लागि आह्वान गरेका छन्। आन्दोलनकारीहरुले देशैभरी करिब १३० वटा विरोध कार्यक्रमहरूको तालिका बनाइएको थियो, जसमा सबैभन्दा ठूलो प्रदर्शन शनिबार दिउँसो पेरिसको केन्द्रीय भागबाट सुरु भयो। वामपन्थी नेता मेलेन्कोन पेरिसको प्रदर्शनमा सामेल भए, र "लोकतन्त्रका लागि  म्याक्रोनको कू रोको" लेखिएको नारासहितको गाडीको पछाडि उभिएर भाषण दिए। वामपन्थीहरू आफ्नै प्रधानमन्त्रीका उम्मेदवार लुसी कास्टेट्सलाई म्याक्रोनले अस्वीकार गरेकोमा क्रोधित छन्।

नयाँ युग निर्माणका लागि साझा भविष्यसहितको साझेदारी आवश्यक: राष्ट्रपति शी

बेइजिङ— चिनियाँ राष्ट्रपति सी जिनपिङले नयाँ युग निर्माणका लागि उत्पीडित देशहरुबीच साझेदारी आवश्यक भएकोमा जोड दिएका छन् । बिहीबार बेइजिङमा आयोजित चीन-अफ्रिका सहयोग मञ्च (FOCAC) को २०२४ शिखर सम्मेलनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै शी ले चीनसँग कूटनीतिक सम्बन्ध भएका सबै अफ्रिकी देशहरूसँगको द्विपक्षीय सम्बन्धलाई रणनीतिक सम्बन्धको स्तरमा रुपान्तरण गर्न समेत प्रस्ताव गरे। सीले भने, "झण्डै ७० वर्षको अथक प्रयासहरूको लागि धन्यवाद, चीन-आफ्रिका सम्बन्ध अहिले इतिहासको उत्कृष्ट अवस्थामा छ।" बीजिङ, सेप्टेम्बर ५ (सिन्ह्वा) — चिनियाँ राष्ट्रपति सी जिनपिङले बिहीबार चीन अफ्रिकासँग मिलेर आधुनिकीकरणलाई संयुक्त रूपमा अगाडि बढाउन १० साझेदारी कार्य योजनाहरू कार्यान्वयन गर्न तयार रहेको बताए। समान हितमा आधारित साझा मानव भविष्य निर्माणमा जोड दिँदै शीले भने, “विश्वको एक तिहाइ जनसंख्या चीन र अफ्रिकामा बस्छ, र चीन र अफ्रिकाको आधुनिकीकरणबिना विश्वव्यापी आधुनिकीकरण सम्भव छैन।” सम्बोधनका क्रममा शीले चीन र अफ्रिकाबीच आगामी तीन वर्षमा कार्यान्वयन गरिने १० साझेदारी कार्ययोजनाहरू समेत प्रस्तुत गरे। सभ्यताहरूमाझ आपसी सिकाइ, व्यापार समृद्धि, औद्योगिक श्रृंखला सहकार्य, सम्पर्कता, विकास सहकार्य, स्वास्थ्य, कृषि र जनजीवन, जनस्तरको र सांस्कृतिक आदानप्रदान, हरित विकास र साझा सुरक्षाका क्षेत्रहरूलाई नयाँ साझेदारीले समेट्ने उनले बताए। यसअघि राष्ट्रपति सी जिनपिङले बुधबार आयोजित भोजमा अफ्रिकी नेताहरूलाई स्वागत गरेका थिए। उक्त अवसरमा उनले चीन र अफ्रिकाका जनताहरू साझा लक्ष्यहरूद्वारा एकताबद्ध भएर आधुनिकीकरणतर्फको यात्रामा नयाँ र अझ ठूलो उपलब्धिहरू हासिल गर्न सक्छन् भन्ने विश्वास पुनः पुष्टि गरेको चाइनाडेलीले जनाएको छ। चिनियाँ राष्ट्रपतिले चीन र अफ्रिकाबीचको स्थायी सम्बन्धलाई "परम्परागत मित्रतामा आधारित" र साम्राज्यवाद, उपनिवेशवाद, र प्रभुत्ववादविरुद्धको संघर्षले बलियो बनाएको सम्बन्धको रूपमा वर्णन गरे। आवरण तस्वीर: wang zhuangfei/chinadaily

लोकप्रिय