एक्काइस जिल्लामा सीपमूलक तालिम दिइने

एक्काइस जिल्लामा सीपमूलक तालिम दिइने

काठमाडौँ, मङ्सिर २३ । घरेलु तथा साना उद्योग विकास समितिले रु सात करोड ८९ लाख लागतमा २१ जिल्लामा सीपमूलक तालिम दिने भएको छ ।

गत वर्ष वैशाख १२ गतेको भूकम्पले पु¥याएको क्षतिको पुनःनिर्माण गर्न समितिले भूकम्प प्रभावित २१ जिल्लाका दुई हजार आठ सय युवालाई तालिम दिन लागेको हो । समितिले गत वर्ष भूकम्प प्रभावित १६ जिल्लामा विभिन्न सीप विकास तालिम सञ्चालन गरी एक हजार नौ सय ३३ जनालाई प्रशिक्षित गराएको समितिका सूचना अधिकारी देवप्रसाद गुरागार्इंले जानकारी दिए ।

उनले भने, “यस वर्ष डकर्मी, सिकर्मी, हाउस वायरिङ र प्लम्बिङ र कपाल काट्ने तालिम दिएका हौँ ।” तालिमबाट दक्ष, कुशल जनशक्ति उत्पादन गर्ने लक्ष्य रहेको घरेलु तथा साना उद्योग विकास समिति राखेको छ । समितिले प्रत्येक जिल्लामा एक सयदेखि दुई सयको सङ्ख्यामा तालिम दिँदै आएको छ भने भूकम्पबाट क्षति भएका घर, उद्योग, विद्यालय, मठमन्दिर निर्माण र पुनः निर्माणलाई अभियानकै रुपमा निरन्तर अगाडि बढाउँदै आएको छ ।

यस्तै, भूकम्पपश्चात् सहरी तथा ग्रामीण क्षेत्रमा दक्ष जनशक्तिको अभाव रहँदा घरेलु तथा साना उद्योग विकास समितिले आवश्यक सङ्ख्यामा पुनःनिर्माणका लागि दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ । कतिपय जिल्लामा जनशक्ति उत्पादन गर्ने अवधिमै भूकम्पप्रतिरोधी भवन निर्माणसमेत गरेको समितिले जनाएको छ ।

निर्माण भएका भूकम्पप्रतिरोधी भवनमध्ये लमजुङमा मिश्र सेवा समाजको आधुनिक पक्की भवन, नुवाकोटको थानसिंहमा गाविसको भवन, नुवाकोटको ककनीमा विद्यालय भवन, रसुवामा तामाङ भवन, नुवाकोटको विदुरमा घरेलु तथा साना उद्योग विकास समितिको शाखा कार्यालय रहेका छन् । समितिले दिने यस्तो तालिम दुई महिनाको हुनेछ ।

समितिले विपद्को समयमा गाउँघरमै गएर तालिम दिँदा सीप मात्र नदिएर रोजगारीको अवसरसमेत प्रदान गरेको छ । समितिले भूकम्प अतिप्रभावित गुल्मी, ओखलढुङ्गा, खोटाङ, सोलुखुम्बु, तनहुँ, पर्वत, बाग्लुङ, म्याग्दी, अर्घाखाँची, भोजपुर, सङ्खुवासभा, धनकुटा, नुवाकोट, रसुवा, धादिङ, गोरखा, सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली र लमजुङमा तालिम दिएको हो ।

पछिल्लो समय युवा विदेश जाने गरेको भन्दै यसलाई रोक्न यस्ता तालिमले ठूलो सहयोग पुगेको समितिले जनाएको छ । तालिममा सहभागी हुने युवालाई कामको प्रकृति हेरेर दैनिक रु सयदेखि रु तीनसयसम्म भत्ताको व्यवस्था मिलाइएको समितिका निमित्त कार्यकारी निर्देशक रमेशचन्द्र उपाध्यायले बताए ।

ग्रामीण क्षेत्रका युवा मनग्य आम्दानी गर्ने उद्देश्यका साथ विदेसिएको समयमा भूकम्पबाट क्षति पुगेका भवन निर्माणका लागि आवश्यक पर्ने जनशक्ति नहुँदा घर, भवन बन्न नसकेको बेला समितिले दिएको सीपमूलक तालिमले घर निर्माण गर्न सफल भएको उपाध्यायले बताउनुभयो । तालिम अवधिमा निर्माण भएका घर, भवन, विद्यालय सबै भूकम्प प्रतिरोधी रहेको समितिले दाबी गरेको छ । तालिममा पुरुष र महिला दुवैलाई उच्च प्राथमिकतामा राखिएको समितिले जनाएको छ ।

समितिले लघु, घरेलु तथा साना उद्योगको विकास, विस्तार र प्रवद्र्धनसम्बन्धी कार्यलाई मात्र जोड दिइरहेको समयमा भूकम्पपश्चात् पुनःनिर्माण एवम् नवनिर्माण कार्यमा समेत सहयोग गरेको निमित्त कार्यकारी निर्देशक उपाध्यायले बताए । रासस

यस्तो छ, आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलरको मूल्य आज घटबढ भएको छैन ।  अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ५३ पैसा कायम भएको छ । आइतबार पनि यही मूल्य कायम भएको थियो ।     आजका लागि युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैया ३५ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ एक पैसा कायम गरिएको छ। आइतबार भने युरोपियन युरो एकको खरिददर एक सय ४८ रुपैयाँ ४९ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ १६ पैसा कायम गरिएको थियो। यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

पाल्पाली ढाकालाई आधुनिकीकरण र ब्रान्डिङ गर्न अध्यक्ष ढकालको प्रस्ताव

पाल्पा ।उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  पाल्पा उद्योग वाणिज्य संघको ७० औँ वार्षिक साधारणसभाको आज उद्घाटन गर्दै अध्यक्ष ढकालले नेपालको निर्यात बजारलाई प्रवद्र्धन गर्न सकिने नेपालका यस्ता कैयौँ मौलिक उत्पादनहरु भए पनि तिनको बजारीकरणमा राज्य पछि परेको धारणा राख्नुभयो ।  अध्यक्ष ढकालले भन्नुभयो ‘पाल्पाले बेच्न सक्ने त पर्यटन हो तर पनि पाल्पाको ढाका र करुवाले राष्ट्रिय पहिचान नै बनाएकाले यी उत्पादनको ब्रान्डिङ र बजारीकरणमा के गर्न सकिन्छ यहाँका व्यवसायीहरु योजना बनाएर आउनुस्, हामी के गर्न सक्छौँ गर्छौँ ।’ अध्यक्ष ढकालले अहिले बैंकको ब्याज पनि सस्तो भएको र देशमा लगानीको वातावरण पनि सहज बन्दै गएको अवस्थामा यस्ता राष्ट्रिय पहिचान बनाइसकेका उत्पादनमा लगानी गरी मुनाफा लिने कामबाट पछि पर्न नहुने पनि बताउनुभयो ।  उहाँले पाल्पा पर्यटनमा पनि देशको एक प्रख्यात ठाउँ भएकाले पर्यटकीय पूर्वाधारको निर्माण गरी स्वदेश र विदेशका बढी भन्दा बढी पर्यटक भित्र्याउने काममा लाग्नुपर्ने पनि बताउनुभयो ।  उहाँले भन्नुभयो ‘पाल्पामा रहेको रानीमहल एक ऐतिहासिक सम्पदा हो र योसँग नेपालको एक शताब्दि भन्दा लामो इतिहास छ । यसको विकास गरेर पर्यटक आकर्षण गर्नसक्ने सम्भावनाको खोजी गर्नुपर्छ । यी सम्पादहरुको संरक्षण, प्रवद्र्धन र प्रचारप्रसारबाट पर्यटकीय क्रियालकलापहरुमा बढावा दिन सक्नुपर्छ ।’  आफू सानो छँदा पनि बागलुङका नागरिकहरु स्वास्थ्य उपचारदेखि स्थानीय बजारसम्मका लागि पाल्पा आउने गरेको आफूलाई थाहा भएको प्रसंग उल्लेख गर्दै पाल्पासँग आफ्नो पनि भावनात्मक सम्बन्ध रहेको बताउनुभयो । सोही अनुसार अहिलेको पाल्पाले पनि बजार होस् या अन्य काममा पनि अगुवा भइ अघि बढ्न सक्ने उहाँको भनाई थियो ।

यस्तो छ सोमबारको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । आज २०८१ साल भदौ २४ गते सोमबार सन् २०२४ सेप्टेम्बर ९ तारिखका लागि नेपाल राष्ट्र बैंकले विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १३४ रुपैयाँ ०२ पैसा र बिक्री दर १३४ रुपैयाँ ६२ पैसा पुगेको छ। युरो एकको खरिद दर १४८ रुपैयाँ ५६ पैसा र बिक्री दर १४९ रुपैयाँ २३ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १७५ रुपैयाँ ९१ पैसा र बिक्री दर १७६ रुपैयाँ ७० पैसा पुगेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७७ पैसा र बिक्री दर ३६ रुपैयाँ ९३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ। आजको विदेशी मुद्राको विनिमय दर

दसैँका सामान बोकेका कन्टेनर खासा र न्यालम क्षेत्रमा अलपत्र

काठमाडौं । दसैँ लक्षित सामान बोकेर चीनबाट तातोपानी आउन लागेका ९३ वटा कन्टेनरहरू खासा र न्यालम क्षेत्रमा तीन सातादेखि अलपत्र अवस्थामा रोकिएका छन्। चीनले खासा बजारकोबीच भागमा सुरङ निर्माण गरिरहेकाले नेपाली व्यापारीले काठमाडौँ ल्याउन लागेका फलफूल र लत्ताकपडा लगायतका सामान खासा र न्यालम क्षेत्रमा नै रोकिएको तातोपानी सुख्खा बन्दरगाह भन्सार कार्यालयका प्रमुख कमलकुमार भट्टराईले बताउनुभयो। सुरुङ निर्माण कहिले सकिन्छ र सामान तातोपानी भित्राउला भन्ने चिन्तामा व्यापारीहरू रहेका छन् । फलफूल बोकेका २३ वटा र ७० वटा दसैँका लत्ताकपडा, जुक्ता लगायतका सामान बोकेका गाडीहरू चिनियाँ क्षेत्रमै रोकिएपछि व्यापारीहरू चिन्तित भएका हुन्। चीन सरकारले खासालाई स्मार्ट सिटी बनाउनका लागि सुरुङ, सडक लगायत निर्माणका काम गरिरहेको छ। उसले ५० प्रतिशत पुराना भवनहरू भत्काएर पुनर्निर्माण गरिरहेको छ। अगस्ट ३० देखि सेप्टेम्बर ३ सम्म सुरुङको ढलान गर्ने कामका कारण पनि अझै केही दिन रोकिएका कन्टेनर खासासम्म पनि आउन पाउने छैनन्। सुरुङ र सडक निर्माणका समयभन्दा बिहान र बेलुकीको समयमा रोकिएका कन्टेनर छाडिदिन चिनियाँ पक्षसँग पहल भइरहेको नेपाल हिमालय सीमापार वाणिज्य सङ्घका अध्यक्ष रामहरि कार्कीले जानकारी दिनुभएको छ। चिनियाँ भूमिमा रोकिएका कन्टेनर तातोपानी नाका भित्राउन नेपाल सरकार, सम्बन्धित मन्त्रालय, सरोकारवाला निकाय, नाका आबद्ध व्यापारिक सङ्घसंस्थाहरू लागिरहेको उहाँले बताउनुभएको छ। चिनियाँ क्षेत्रमा रोकिएका एक कन्टेनर बराबर नेपाली तीन कन्टेनर सामान हुन्छ। स्याउ, सुन्तला, अनार लगायतका फलफूल बोकेका गाडीहरूमा फलफूल कुहिने अवस्थामा पुगेका छन्। अन्य सामानहरूमा ढुसी लाग्ने अवस्थामा पुगेका छन्। लामो समय कन्टेनर अड्किएपछि लागत रकम पनि महँगो हुने भएको छ। सामान राजधानी आइपुग्न ढिला हुँदाको बैङ्कको ब्याज, खाना बस्न, पार्किङ शुल्क लगायतका रकम जोडिँदा उपभोक्ताले महँगोमा खरिद गर्नु पर्ने समस्या देखिन्छ।

लोकप्रिय