एमाले केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज रामपृत रामद्वारा पार्टी परित्याग

एमाले केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज रामपृत रामद्वारा पार्टी परित्याग

सिरहा। नेकपा एमालेका केन्द्रीय सदस्य तथा सिरहा जिल्ला सह–इन्चार्ज रामपृत रामले पार्टी परित्याग गरेका छन्।
पार्टीले केन्द्रीय कमिटीको निर्णय विपरित घोर दक्षिणपन्थी र एकल क्षेत्रीय राट्रवादीहरुसँग अपवित्र गठबन्धन गरेको भन्दै उनले एमाले परित्याग गरेका हुन्। आज (सोमबार) सिरहाको गोलबजारमा पत्रकार सम्मेलन रामले आफू एमालेको पार्टी सदस्य समेत नरहने घोषणा गरेका हुन्।

पार्टी केन्द्रीय कमिटीको बैठकले प्रतिनिधि तथा प्रदेश सभामा कुनै पनि दलसँग गठबन्धन नगर्ने निर्णय गरे पनि केही नेताहरुको व्यक्तिगत स्वार्थ पूरा गर्न पार्टी निर्णय विरुद्ध दक्षिणपन्थी र नाकाबन्दी गर्नेहरुसँग गठबन्धन गर्नु जनता र देशविरोधी गतिविधि भएको रामले बताए।

एमाले जनवर्गीय संगठन जातीय मुक्ति समाजको केन्द्रीय सचिवसमेत रहेका रामले भने, ‘नाकाबन्दीको विरोध गरेर खोक्रो राष्ट्रवादीको छवि बनाएका केपी ओलीले उपेन्द्र यादव र राजेन्द्र लिङ्देनहरुसँग साँठगाँठ गरेर आफ्नो वास्तविक चरित्र देखाएका छन्।’

पार्टीको सम्पूर्ण इज्जत नै ध्वस्त पार्ने गरी गणतन्त्रविरोधी, राजसंस्था स्थापना, हिन्दु राष्ट्रको माग गर्नेहरुसँग साँठगाँठ गरेर एमालेले जनविरोधी र परिवर्तन विरोधी काम गरेको उनको भनाई छ।

‘कमल थापाजस्तो कुख्यात व्यक्तिलाई पार्टीको चुनाव चिन्हमा उम्मेदवारी गराउनुले झन् पार्टी नेतृत्व एकल, अपारदर्शी र अराजक ढङ्गले अगाडि बढेको हुँदा यो पार्टीमा बसिरहनुको अर्थ छैन।’

जिल्लादेखि केन्द्रसम्म नेतृत्वमा रहेका निश्चित व्यक्तिले बैठकमा प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटीले पार्टी निश्चित व्यक्तिको कब्जामा रहेको रामको आरोप छ। उनले भने, ‘बैठकहरुमा कुनै प्रस्ताव मागिन्छ, न त त्यसको निर्णय प्रकृयामा कसैलाई सहभागी गराइन्छ, नेताले आफ्नो अनुकुलको प्रस्ताव ल्याउने र निर्णय गराउने परिपाटी छ। यस्तो पार्टीमा बसिरहनुको कुनै अर्थ छैन।’

उनले थपे, ‘जिल्लाका नेताहरुको एकलौटी, आफू अनुकुल पार्टीलाई प्रयोग गरिरहेका छन्, जसका कारण धेरै इमान्दार नेता कार्यकर्ता उकुसमुस भएका छन्, त्यहाँ जुनसुकै बेला विद्रोह हुन सक्छ।’

उनले पत्रकार सम्मेलनमै आफ्नो पार्टी परित्यागको घोषणासँगै विभिन्न खालको आरोप आउने पनि बताए। उनले भने, ‘मैले पार्टी परित्यागको घोषणासँगै विभिन्न आरोपहरु लगाउन सक्छन्, त्यसको म सधैं जमेर प्रतिवाद गर्न तयार छु।’ बृहत कम्युनिष्ट एकीकरणको आवश्यकता औंल्याउने रामले आफू तत्काल कुनै राजनीतिक दलमा नजाने बताए।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय