एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा

एमालेले धोका दिएको भन्दै माओवादीद्वारा गठबन्धन टुटेको घोषणा

भक्तपुर, कात्तिक २० । भक्तपुरमा नेकपा एमाले र माओवादी केन्द्रबीचको गठबन्धन टुटेको छ। भक्तपुर क्षेत्र नं १ को प्रदेश क मा एमालेका बागी उम्मेदवारले नाम फिर्ता नलिएपछि माओवादी केन्द्र भक्तपुरले बाम गठबन्धन टुटेको घोषणा गरेको हो।

बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो।

बाम गठबन्धनको निर्णयानुसार उक्त प्रदेशमा माओवादी केन्द्रको तर्फबाट देवीप्रसाद ढकालको उम्मेदवारी दर्ता गरिएको थियो तर गठबन्धनका उम्मेदवारविरुद्ध एमालेले छुट्टै बागी उम्मेदवारी दर्ता गराएको थियो।

एमालेले आधिकारिक पत्र पठाएर जिल्ला सचिव हरिशरण लामिछानेको उम्मेदवारी दर्ता गरेको हो। उनको उम्मेदवारीको प्रस्तावकमा एमालेका केन्द्रीय सदस्य एवं भक्तपुरको चाँगुनारायण नपाका प्रमुख सोमप्रसाद मिश्र रहेका छन् भने समर्थकमा साविक चाँगुनारायण गाविसका पूर्वअध्यक्ष एवं एमाले जिल्ला नेता मोहनवीर श्रेष्ठ रहेका छन्।

एमालेले आइतबारसम्ममा उम्मेदवारी फिर्ता हुने आश्वासन दिएको तर उम्मेदवारी फिर्ता नगरेर माओवादी केन्द्रलाई धोका दिएको जिल्ला सचिवालय सदस्य सुनिल गोठेले बताए।

‘आइतबार एमालेको तर्फबाट बागी उम्मेदवारी फिर्ता नभएकाले हामीले गठबन्धन टुटेको घोषणा गरेका छौं’, उनले भने, ‘एमालेले षडयन्त्र गर्‍यो।’
वाम गठबन्धनबाट भक्तपुर निर्वाचन क्षेत्र नं १ मा माओवादीका मिलन सुवाल र क्षेत्र नं १ को प्रदेश क मा माओवादीकै देवीप्रसाद ढकाल र प्रदेश ख मा एमालेका रोमन शिलाकारको उम्मेदवारी दर्ता गरिएको थियो।

क्षेत्र नं २ मा प्रतिनिधि सभाका लागि एमालेका महेश बस्नेत, उक्त क्षेत्रका क र ख दुईटै प्रदेशमा एमालेकै क्रमशः शशिजंग थापा र राजेन्द्रमान श्रेष्ठको उम्मेदवारी दर्ता गरिएको थियो। गठबन्धनले क्षेत्र नं १ का तीनै उम्मेदवारले माओवादीको चुनाव चिह्न र क्षेत्र नं २ मा एमालेको निर्वाचन चिह्न लिएर चुनाव लड्ने सहमतिसमेत गरेका छन्।

यता एमाले भक्तपुरले भने गठबन्धन कायमै रहेको दावी गरेको छ। एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथलाले निर्वाचन क्षेत्र नं १ को प्रदेश क मा परेको उम्मेदवारी फिर्ता नभएकै कारण गठबन्धन नटुट्ने बताएका हुन्।

उक्त प्रदेशमा एमालेको वागी उम्मेदवार भए पनि पार्टीले वाम गठबन्धनकै उम्मेदवारलाई मतदान गर्ने उनको भनाइ थियो। उक्त प्रदेशमा एमालेकै अर्का नेताले समेत स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमाले चाँगुनारायण नगर समितिका पूर्वअध्यक्ष रमेश बुढाथोकीले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय