एसियन कपका लागि छानियो खेलाडी, यी हुन् ३६ मा परेकाहरु

एसियन कपका लागि छानियो खेलाडी, यी हुन् ३६ मा परेकाहरु
काठमाडौं, माघ २७ । एएफसी एसियन कप फुटबलका लागि ३६ जना खेलाडी छानिएको छ । नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक ग्योटुकी कोजीले एसियन कप २०१९ का लागि सुरुवाती चरणमा ३६ जना खेलाडी छनौट गरेका हुन् ।

गएको नोबेम्बरमा एएफसी सोलिडारिटी कप जितेको टिमका २३ खेलाडीसहित अरु १३ खेलाडी थपेर ३६ जना बनाइएको हो । छनौटमा परेकाहरुको प्रशिक्षण आगामी फागुन १ गतेदेखि हुने बताइएको छ । मनाङ मर्स्याङ्दी क्लबमा भएका केही खेलाडी पनि ३६ जनाभित्र परेका छन् ।

रबी पासवान, विश्व अधिकारी, बिमल पाण्डे, बिमल बस्नेत र युवराज खड्का पहिलो पल्ट राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाइएका हुन् । जिल्ला जिल्लामा भइरहेका प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा कोजीले उनीहरुलाई राष्ट्रिय टोलीको प्रशिक्षणमा बोलाएका हुन् । एएफसी एसियन कपमा नेपालको पहिलो खेल फिलिपिन्ससँग आगामी चैत १५ गते हुनेछ ।

यी हुन् ३६ मा परेका खेलाडी !

  • बिकेश कुथु
  • रबिन श्रेष्ठ
  • बिराज महर्जन
  • अनन्त तामाङ
  • दिपक गुरुङ
  • आदित्य चौधरी
  • बिमल घर्ती मगर
  • बिशाल राई
  • रञ्जन बिष्ट
  • अनिल गुरुङ
  • हेमन गुरुङ
  • बिक्रम लामा
  • कमल श्रेष्ठ
  • अञ्जन विष्ट
  • सुजल श्रेष्ठ
  • किरणकुमार लिम्बु
  • सुमन लामा
  • नवयुग श्रेष्ठ
  • देबेन्द्र तामाङ
  • बिशाल श्रेष्ठ
  • राजेन्द्र रावल
  • रञ्जित धिमाल
  • एलान न्यौपाने
  • कर्ण लिम्बु
  • युवराज खड्का
  • रबि पाशवान
  • विश्व अधिकारी
  • बिमल पाण्डे
  • सुनिल बल
  • जितेन्द्र कार्की
  • मनबहादुर तामाङ
  • दिनेश राजबंशी
  • रोहित चन्द
  • हेमन्त थापामगर
  • बिमल बस्नेत
  • भरत खवास

रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी

काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।  

नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने

नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।

राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदै

काठमाडौं । राष्ट्रिय महिला फुटबल लिगको दोस्रो संस्करण आजबाट चितवनमा सुरू हुँदैछ । भरतपुरस्थित शारदानगरमा रहेको मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता एपिएफ क्लब र उपबिजेता त्रिभुवन आर्मी क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरू हुनेछ । डबल राउण्ड रोबिनको आधारमा हुने लिगको पहिलो चरणका २८ खेलहरु चितवनमा हुनेछन् । यसैगरी, दोस्रो चरणका २८ खेल विराटनगरमा हुनेछ । यस पटक लिगमा तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) सँगै ८ टिम सहभागी छन् । धनगढी, चन्द्रपुर, विराटनगर, वालिङ र ललितपुर उपमेयर कपबाट महिला लिगका लागि छनौट भएका हुन् । सबै टिमले चार विदेशी खेलाडी खेलाउन पाउनेछन् । लिग विजेताले २० लाख र दोस्रो हुने टोलीले १० लाख रुपैयाँ पुरस्कार पाउनेछ । तेस्रो हुने टोलीले ५ लाख तथा चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्ने एन्फाले जानकारी दिएको छ । यस्तै, फेयर प्ले टिमले १ लाख रुपैयाँ पाउनेछ । लिगको सर्वोकृष्ट खेलाडीले स्कुटर, उत्कृष्ट गोलरक्षक र उत्कृष्ट स्ट्राईकरले समान ५०/५० हजार तथा उदयमान खेलाडीले २५ हजार प्राप्त गर्नेछन् । हरेक खेलको प्लयर अफ दि म्याचले दश हजार प्राप्त गर्नेछन् । लिग सम्पन्न गर्न दुई करोड ६४ लाख खर्च हुने एन्फाको अनुमान छ ।

बिमल घर्तीमगरले गरे नेपालका लागि पहिलो गोल

काठमाडौं । नेपाल र मरिससबीच भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फूटबल खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। खेलको ५४ औं मिनेटमा नेपालका लागि विमल घर्तीमगरले गोल गरेका हुन्।

लोकप्रिय