कमल चौलागाईसहित नयाँ शक्ति, राप्रपा र विप्लवका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश

कमल चौलागाईसहित नयाँ शक्ति, राप्रपा र विप्लवका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश

भरतपुर, कार्तिक २९ । कमल चौलागाई नेतृत्वको संयुक्त राष्ट्रवादी समाजवादी पार्टीको सिङ्गो पार्टीसहित नयाँ शक्ति नेपाल, विप्लव नेतृत्वको नेकपा र राप्रपाका सयौं नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

बुधबार बिहान चितवनको भरतपुरमा आयोजित विशेष कार्यक्रममा नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेहरुलाई पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले स्वागत गरेको थियो ।

पार्टी प्रवेश गर्ने नेताहरुको नामावली यसप्रकार छ (सूचिसहित)
(क) संयुक्त राष्ट्रिय समाजवादी पार्टीः

१) कमल चौलागाई, केन्द्रीय अध्यक्ष

२) रामशरण पाण्डे, उपाध्यक्ष

३) जनार्दन भण्डारी, उपाध्यक्ष

४) देवी पण्डित रेग्मी, उपाध्यक्ष

५) ओमबहादुर न्यौपाने, उपाध्यक्ष

६) कृष्णबहादुर कार्की, उपाध्यक्ष

७) सुरजकुमार गुप्ता, उपाध्यक्ष

८) दीपेन्द्र खड्का, उपाध्यक्ष

९) लोकेन्द्र सुवेदी, उपाध्यक्ष

१०) शंकरलाल श्रेष्ठ, महासचिव

११) नारायण श्रेष्ठ, उपमहासचिव

१२) सागर पाण्डे, सचिव

१३) दीपक पन्थी, सचिव

१४) किशन अधिकारी, सचिव

१५) सम्झना राई, सचिव

१६) सबिना बुढाथोकी, कोषाध्यक्ष

१७) विणा कुमपाख, सहकोषाध्यक्ष

१८) भाइकाजी सापकोटा, केन्द्रीय सदस्य

१९) नेत्रबहादुर चौलागाई, केस

२०) अशोकलाल श्रेष्ठ, केस

२१) गणेश बुढा, केस

२२) उज्ज्वल बुढा, केस

२३) पवित्रकुमार खड्का, केस

२४) डिकबहादुर बस्नेत, केस

२५) जगदिश पासी, केस

२६) देवीलाल पौड्याल, केस

२७) विकास न्यौपाने, केस

२८) रामचन्द्र खड्का, केस

२९) अरुणमणि आदि, केस

३०) कुमार श्रेष्ठ, केस

३१) होमनाथ आचार्य, केस

३२) दिलबहादुर तामाङ, केस

३३) मायानाथ गौतम, केस

३४) भोला खड्का, केस

३५) शिबकुमार सापकोटा, केस

३६) माधव भण्डारी, केस

३७) हिरण्य लुइटेल, केस

३८) अनिता थापा, केस

३९) आसुका भण्डारी, केस

४०) मदनराज थापा, केस

४१) मोहन बास्तोला, केस

४२) कमलबहादुर न्यौपाने, केस

(ख) नेकपा (विप्लव समूह) चितवनः

४३) बिमल पौडेल, जिल्ला सचिवालय सदस्य

४४) राजु भुसाल, जिसस

४५) हर्कबहादुर बिक, जिसस

४६) मोहन डुम्रे

४७) पूर्णबहादुर भूजेल

४८) कुलबहादुर बस्नेत

४९) पुष्कर भण्डारी

५०) मणिराम ढकाल

५१) बिरु लामा

५२) रीता शर्मा

५३) गोविन्द सापकोटा

५४) पदम ढकाल

५५) मीना लामिछाने

५६) बिना भुसाल

५७) राजकुमार लामा

५८) टेकबहादुर बिक

५९) नापी महतो

६०) लक्ष्मण विक

६१) सम्भू विक

६२) आशाराम महतो

६३) यामबहादुर बिक

६४) प्रकाश लामा

६५) तेजेन्द्र लामा

६६) दधिराम गौतम

६७) दुर्गा भुसाल

(ग) लोकतान्त्रिक फोरमः

६८) हेमबहादुर खड्क, पूर्व जिविस उपसभापति

६९) धीरेन्द्र झा, लोकतान्त्रिक फोरम केन्द्रीय उपाध्यक्ष

७०) दीपक लाभ, केन्द्रीय सदस्य

७१) रामशरण झा, इन्जिनियर

७२) दिगम्बर झा, प्रदेश सभा उम्मेदवार

७३) गोविन्द पाण्डे

७४) सरोज मिश्र

७५) गोपालकुमार झा

७६) सुरेन्द्र साह

७७) राजकुमार जैसवाल

७८) सन्तोषकुमार साह

७९) अनिल दास

८०) फिरेन्द्र मिश्र

८१) रमणकुमार सिंह

८२) सुशीलकुमार सिंह

८३) निलाम्बर झा

८४) विजयकान्त ठाकुर

८५) मिनबहादुर थिङ, राप्रपा केन्द्रीय सदस्य

(घ) नयाँ शक्ति नेपाल

८६) ठाकुरप्रसाद चापागाई (विद्रोही समूह अध्यक्ष) लगायतको नेतृत्वमा १६५ जना।

उर्जामन्त्री र राज्यमन्त्रीले डकैती शैली अपनाए :  सांसद सापकोटा

काठमाडौं । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्का र उर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङले डकैतीको शैली अपनाएको आरोप लगाउनुभएको छ। बुधबार सिंहदरबारमा बसेको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसद सापकोटाले मन्त्री र राज्यमन्त्रीले ४५४ मेगावाटको किमाथांका अरुण परियोजनजामा नियम मिचेर डकैतीको शैलीमा निर्णय गर्ने प्रयत्न गरेको आरोप लगाउनुभएको हो।  जगदुल्ला हाइड्रोपावरको विषयमा मन्त्री खड्काले प्रतिष्पर्धी अन्य सात कम्पनीलाई पछि हट्न लगाइ एउटा कम्पनीले मात्रै छनोट गर्ने काम गरेकोमा सांसद सापकोटाले आपत्ति जनाउनुभयो। उहाँले १९०२ मेगावाटको मुगु कर्णाली जलविद्युत परियोजनामा पनि नियम मिचिएको आरोप लगाउनुभयो। सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग प्रतिशोध साँधेर प्राधिकरणमै मन्त्रीले कार्यकक्ष स्थापना गर्नु देशको बेइज्जती भएको उहाँको भनाई थियो । सरकार र मन्त्रीलाई उत्तरदायी बनाउने काम समितिले गर्नुपर्ने बताउनुभयो। सांसद सापकोटाले कुनै छलफल र परामर्श नगरी होटलमा समितिको बैठक बोलाइएकोप्रति आपत्ति जनाउनुभयो। सरकारले ल्याएको विधेयकमा छलफल गर्न होटल गइरहनु नपर्ने बताउनुभयो। होटलमा बसेर जलश्रोत विधेयक रिराइट गर्नेगरी निर्णय गर्नु आपत्तिजनक रहेको बताउनुभयो ।

पार्टी प्रवेश गर्नेहरुलाई अध्यक्ष प्रचण्डद्वारा स्वागत

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा  विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई स्वागत गर्नुभएको छ। यसरी प्रवेश गर्नेहरुमा नेपाल समाजवादी पार्टीका प्रदेश सदस्यद्वय दीपक घर्ती र चन्द्रबहादुर घर्ती, एमालेका गोपाल बस्नेत, प्रदीप पौडेल र सुशील पण्डित क्षेत्री, चुनबहादुर, काङ्ग्रेसका अरुणकुमार चौधरी,  राप्रपाका चित्रबहादुर सोती लगायत रहनभएको छ। सोही अवसरमा भारतीय सेनाका पूर्व क्याप्टेन केबी गुरुङ पनि माओवादी केन्द्रमा प्रवेश गर्नुभएको थियो। अध्यक्ष प्रचण्डले नवप्रवेशीहरुलाई स्वागत गर्दै सबैलाई यथोचित जिम्मेवारी दिन स्थानीय पार्टी नेतृत्वलाई निर्देशन दिनुभयो । उहाँले पार्टीले सुशासन, सामाजिक न्याय र समृद्धिका पक्षमा थालेको अभियानका कारण देशव्यापी जनाकर्षण बढेको बताउनुभयो ।

शिक्षकका माग समेटेर शिक्षा विधेयक पारित हुन्छ : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा  समेटेर विद्यालय शिक्षा विधेयक पारित हुने बताउनुभएको छ। नवज्योति माध्यमिक विद्यालय गोरखा नगरपालिका ७, डण्डीडाँडा, गोरखाको स्वर्ण महोत्सव समापन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो। आफूले सरकारको नेतृत्व गरेको बेला असाध्यै मेहनत गरेर विद्यालय शिक्षा विधेयक ल्याए पनि अझै पारित हुन नसकेको उल्लेख गर्दै उहाँले शिक्षकहरुले उठाएका महत्त्वपूर्ण एजेन्डा समेटेर विधेयक पारित गरिने बताउनुभयो ।  संविधानमा शिक्षालाई मौलिक हकको रुपमा स्थापित गरिए पनि आवश्यक कानुन र बजेटको अभाव रहेको उल्लेख गर्दै उहाँले राज्यको तर्फबाट पर्याप्त बजेटको व्यवस्था गर्नुपर्ने बताउनुभयो । शिक्षा विधेयक पारित भयो र शिक्षा क्षेत्रमा २० प्रतिशतसम्म बजेट छुट्याउन सकियो भने यो क्षेत्रलाई अघि बढाउन सकिने बताउनुभयो। आफूले निरन्तर देश र जनताका लागि नयाँ थालनी गर्ने गरेको उल्लेख गर्दै उहाँले गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री हुँदा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गर्न पाउनु गौरवको विषय भएको बताउनुभयो । तेस्रोपटक प्रधानमन्त्री हुँदा सुशासन, सामाजिक न्याय र समृद्धिको अभियान थालिएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अब यो अभियान निरन्तर अघि बढ्ने बताउनुभयो ।  सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्नुपर्छ भनेर अभियान चलाउँदा नै भ्रष्ट र बिचौलियाहरुले सरकारबाट हटाएको उल्लेख गर्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको बताउनुभयो । गोरखा क्याम्पसको निरीक्षण यसैबीच पूर्वप्रधानमन्त्री प्रचण्डले गोरखा ५ स्थित गोरखा क्याम्पसको निरीक्षण गर्नुभएको छ। सो क्रममा उहाँले विश्वविद्यालय शिक्षालाई अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले क्याम्पसको भौतिक विकास र दरबन्दी थपका लागि सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बजेटको बीस प्रतिशत शिक्षा क्षेत्रमा लगाउन आवश्यक : अध्यक्ष प्रचण्ड

गोरखा। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देश विकासको प्रमुख आधार शिक्षा भएकाले कुल बजेटको बीस प्रतिशत यो क्षेत्रमा विनियोजन गर्नुपर्ने बताउनुभएको छ। सरस्वती माध्यमिक विद्यालय गोरखा नगरपालिका ८, आहाले गोरखाको स्वर्ण जयन्ती उद्घाटन गर्दै उहाले यस्तो धारणा राख्नुभएको हो। आफू प्रधानमन्त्री हुँदा शिक्षा क्षेत्रमा उल्लेख्य बजेट वृद्धि गरिएको उल्लेख गर्दै उहाँले अध्यक्ष प्रचण्डले भर्खरै सम्पन्न पार्टी केन्द्रीय समितिको बैठकले पनि पार्टीको शिक्षा नीति थप प्रष्ट पारिएको बताउनुभयो । आफू प्रधानमन्त्री हुँदा निकै मेहनत गरेर शिक्षा बिधेयक ल्याएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले यसलाई चाँडोभन्दा चाँडो पारित गर्न जोडबल लगाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । कुनै पनि देशको शिक्षा प्रणालीले त्यहाँको सभ्यताको निर्धारण गर्ने उल्लेख गर्दै उहाँले सामुदायिक विद्यालयमा पर्याप्त विद्यार्थीसहित गुणस्तरीय शिक्षा प्रदान गर्नु आजको महत्त्वपूर्ण पक्ष भएको बताउनुभयो । पछिल्लो समय धेरै सामुदायिक विद्यालयले प्रगति गरिरहेको उल्लेख गर्दै यसलाई अझै बढाएर लैजानुपर्ने बताउनुभयो । आफूले गणतन्त्र नेपालको पहिलो सरकारको नेतृत्व गर्दा मध्यपहाडी लोकमार्गलगायतका केही पूर्वाधार विकासको क्षेत्रमा महत्वपूर्ण थालनी र गरिब किसानको पक्षमा ऋण मोचनजस्ता काम गरिएको उल्लेख गर्दै उहाँले ‘दोस्रोपटक सरकारको नेतृत्व गर्दा राष्ट्रिय एकता कायम गर्दै संविधान कार्यान्वयन र नेपाललाई लोडसेडिङमुक्त बनाउने अभियानको नेतृत्व गरेको बताउनुभयो । उहाँले सुशासन, सामाजिक न्याय र समृद्धिको अभियानमार्फत सरकारको तेस्रो कार्यकाललाई नयाँ ढंगलेअघि बढाउँदा बिचौलिया र भ्रष्टहरुले सरकारबाट हटाएको बताउनुभयो । सुशासनलाई उच्च प्राथमिकता दिएर भ्रष्टाचारमा संलग्न जोकोही भए पनि कारवाही गर्ने प्रक्रियाको थालनी गरियो, यो नै आम जनताका लागि आशाको दियो बन्न पुग्यो’– उहाँले भन्नुभयो– ‘माथिल्लो तहका नेताहरु, कर्मचारी र बिचौलियामाथिको कारवाहीले सुशासनको जग कायम गर्न मात्रै सहयोग गरेन्, जनतामा पुनः आशा र विश्वास पनि पलाउन थाल्यो । राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा यति महत्त्वपूर्ण कामको थालनी गर्न गोर्खाली जनताको मतादेश महत्त्वपूर्ण रहेको औल्याउँदै उहाँले गोरखामो समग्र विकासका लागि सक्दो योगदान गर्ने बताउनुभयो ।

लोकप्रिय