कलाकार केसीको जन्मदिनको अवसरमा नयाँ चलचित्र ‘दालभात’को घोषणा

कलाकार केसीको जन्मदिनको अवसरमा नयाँ चलचित्र ‘दालभात’को घोषणा

गतवर्ष नेपाली चलचित्र ‘शत्रु गते’ ले बम्पर कमाई गरेपछि निर्माता किरण केसीले नयाँ चलचित्रको घोषणा गरेका छन् । यो चलचित्रलाई किरण केसीका छोरा सुजन केसीले निर्देशन गर्ने भएका छन् ।

कलाकार केसीको जन्मदिनको अवसर पारेर शुक्रबार आयोजना गरिएको कार्यक्रममा ‘दालभात’ नामक चलचित्रको घोषणा गरिएको हो ।

चलचित्रलाई मह संचारको प्रस्तुतिमा किरण केसीले निर्माण गर्दैछन् ।

यस चलचित्रमा ‘शत्रु गते’ कै टिम हुने बताइएको छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, किरण केसीको साथमा दिपकराज गिरी र दीपाश्री निरौलाको पनि मुख्य भूमिका रहने वुझिएको छ । तर, किरण केसीको जन्मदिनको अवसरमा भने कलाकारको घोषणा गरिएन ।

कार्यक्रममा हाँस्य व्यङ्ग्य क्षेत्रमा योगदान पुर्याएको भन्दै कलाकार सन्तोष पन्तलाई सम्मान गरिएको थियो ।

यस्तै, पत्रकारिताको माध्यमबाट हाँस्य ब्यङ्ग्य क्षेत्रमा योगदान पुर्‍याएको भन्दै पत्रकार विदुर गिरीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा हाँस्य ब्यङ्ग्य क्षेत्रका अधिकांश कलाकारहरुको सहभागीता थियो । उनीहरुले किरण केसीको समाजसेवा र व्यक्तित्वको बिषयमा चर्चा गरेका थिए ।

‘एक्टर’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक

काठमाडौं । पोस्ट प्रोडक्सनमा रहेको फिल्म ‘एक्टर: टेक वान’को दोस्रो अफिसियल थिम पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आज थिम पोस्टर सार्वजनिक गरेको हो । पोस्टरमा फिल्मका मुख्य कलाकार प्रदीप खड्कालाई देख्न सकिन्छ । लामो कपालमा रहेका उनको अनुहारभरी घाउचोट लागेको आलो रगत छ । यसले उनी कसैको आक्रमणमा परेको प्रष्ट बुझिन्छ । कालो टिसर्टमा रहेका उनी कुनै होटेल वा पवमा रहेका हुन् कि भन्ने पृष्ठभूमी हेरेर अनुमान लगाउन सकिन्छ । तर प्रष्ट भने छैन । यद्यपि, कालो टिसर्ट, मुख्य पात्रमाथिको आक्रमण र पृष्ठभूमीको कलरले कतै चलचित्रले स्याड स्टोरी त भनेको छैन भन्ने अनुमान लगाउन सकिन्छ । तर निर्माणपक्षले स्टोरी खुलाएको छैन । कात्तिक १५ गते रिलिज हुने फिल्म ‘एक्टर’मा प्रदीपसँगै डेव्यु अभिनेत्री दिव्या रायमाझी, आना शर्मा, राजवल्लभ कोइराला, दिव्य देव, सुशील सिटौलालगायत कलाकारको अभिनय रहनेछ । अभिनेता खड्काले पहिलो पटक फिल्मको पर्दामा आना र दिव्यासँग सहकार्य गर्न लागेका हुन् । राजन भुसालको निर्देशन रहेको फिल्मका निर्माता थमन कुमारी भण्डारी हुन् । क्रेयटिभ प्रोडुसर मोती कार्की रहेको फिल्मको लाइन प्रोड्युसरमा तोरन क्षेत्री हुन् । फिल्मको कथा आकाश बराल र राजन स्वयंले लेखेका छन् । अदृत फिल्मस् र मोती फिल्मस्को प्रस्तुतिमा रहेको फिल्मलाई नरेन्द्र मैनालीले खिचेका छन् । ट्राइडेन कन्सेप्टको पोस्टर डिजाइन रोयल भिमसेनले गरेका हुन् । फिल्ममा रोयल भिमसेन र सुजन श्रेष्ठको पब्लिसिटी तथा पोस्टर डिजाइन, शिशिर खाती र किरण थापा कोरियोग्राफी, अष्टम महर्जनको द्वन्द्व कृष्णमान तामाङको आर्ट डिरेक्सन, हर्कुलस बस्नेत, रोहित शाक्य र एलिस कार्कीको संगीत रहेको छ । मुख्य सहायक निर्देशकमा आकाश उखेडा र राजेश विश्वकर्मा रहेको सिनेमामा विशाल जंग, समय थपलिया, जीवन ढुंगेल, सुमन कार्की सह निर्देशक रहेका छन् । यसैगरि फिल्ममा निमेश श्रेष्ठको सम्पादन, राजेन्द्र मुक्ताङको कलर, सायल खानको पोट प्रोडक्सन सुपरभाइजर, रेलिजा श्रेष्ठको प्रोडक्सन डिजाइनर, नविन श्रेष्ठको साउण्ड, रोमन बज्राचार्यको ब्याकराउण्ड स्कोर, विवेक खकुरेलको सोसल मिडिया म्यानेजर, सोसल मिडिया कन्सेप्ट राइटरमा ज्ञानु संगम खड्का, काव्य थापाको मेकअप, बसन्त बुढा र अनिका श्रेष्ठको कस्ट्युम डिजाइन रहेको छ । यो फिल्मको वितरणको जिम्मा एप्पल इन्टरटेन्टमेन्ट र डिसिएनले लिएको छ ।

‘दुई कदम’ हङकङमा

काठमाडौं । गत मंसिर २९ गतेबाट प्रदर्शनमा आएको फिल्म ुदुई कदमु हङकङमा प्रदर्शन हुने भएको छ । नयाँ वर्षको अवसर पारेर आगामी ३१ डिसेम्बर अर्थात् पौष १५ गते हङकङमा प्रिमियर गर्न लागिएको हो । फिल्मको प्रिमियरमा सहभागी हुन मुख्य कलाकार डेव्यु अभिनेता इओन लिम्बु हङकङ प्रस्थान गरेका छ्न । फिल्मको त्यहाँ शोको आयोजना गंगा लिम्बुले गरेकी हुन् । जिएच वाम्पोअ सिनेमामा दुई कदमको शोको आयोजना गरिएको हो । उदय सुब्बा निर्देशित फिल्ममा इओन र सिमोनका अलावा गौरव पहारी, विमला लिम्बु, सुनिल थापा, कविता आले, सुरवीर पन्डित, प्रेम सुब्बा, बुद्धि तामाङ, अर्जुन गुरुङ, जीवन लिम्बु, चन्दा दाहाल, प्रितिका शर्मा आदिको पनि अभिनय छ । फिल्मको एक गीतमा विल्सन विक्रम राई, वर्षा सिवाकोटी र गीता ढुंगानाले पनि नृत्य गरेका छन् । अजम्बरी फिल्मस्को ब्यानरमा निर्माण भएको फिल्ममा तारा देवी लिम्बु र गंगा लिम्बुले लगानी छ । पूर्वको धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा खिचिएको फिल्मको एक गीत मुस्ताङमा छायांकन गरिएको थियो । फिल्ममा विक्रम डिसीको छायांकन, दयाराम घिमिरेको कथा तथा पटकथा, ताराप्रकाश लिम्बु, विकास चौधरी र आशिष अविरलको संगीत, डिपी खनालको गीत लेखन, रामजी लामिछानेको कोरियोग्राफी, राजु किराँतीको द्वन्द्व निर्देशन र प्रविन ढकालको सम्पादन छ ।

अभिनेता सारुक ताम्राकार घरमा मृत भेटिए

काठमाडौं । अभिनेता सारुक ताम्राकार काठमाडौं रातोपुलस्थित घरमा मृत भेटिएका छन् । उनी बिहीवार राति ११ बजे झुण्डिएको अवस्थामा मृत फेला परेको काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए । घटनास्थलको मुचुल्कापछि उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा लगिएको छ । उनको मृत्युको कारणबारे नखुलेको र अनुसन्धान भैरहेको समेत प्रवक्ता रिजालले बताए । सारुक कलाकार सानु ताम्राकारका छोरा हुन् । उनी पछिल्लो समय अभिनेत्री नम्रता श्रेष्ठ अभिनीत फिल्म ‘ह्यासट्याग माया’मा अभिनयरत थिए । फिल्म हाल छायाङ्कनरत छ । फिल्मको मुख्य अभिनेता समेत रहेका उनी बिहीबार बिहान ४ बजेसम्म फिल्मको सुटिङ गरेर घर फर्किएका थिए । ‘ईन्टु मिन्टु लण्डनमा’, ‘मेरी मामु’, ‘रानी’ , ‘नमरी बाचे’ लगायत फिल्म अभिनय गरेका सारुकको छायाङ्कनरत फिल्म ‘ह्यासट्याग माया’को ४५ प्रतिसत मात्र छायाङ्कन सकिएको छ । उनी अभिनीत ‘इन्टु मिन्टु लण्डनमा’ प्रदर्शनमा आउन बाँकी छ ।

नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा

काठमाडौं । नेपाली चलचित्र ‘परस्त्री’ नेपाल र भारतमा एकसाथ प्रदर्शनमा आएको छ । प्रायः शुक्रबार नयाँ चलचित्र प्रदर्शन हुने गरे पनि विशेष कारणले आज नै प्रदर्शन गरिएको निर्देशक सुरज पाण्डेले जानकारी दिए । चलचित्र ‘परस्त्री’ का वितरक करण श्रेष्ठले एक दिन अगाडि प्रदर्शन हुने विषयमा चलचित्र भवनले प्रचार गरिसकेको जानकारी दिए । उनले भने, ‘विदेशी चलचित्रसमेत आज नै आउँदैछ । त्यसैले हामीले पनि यही समय रोजेका हौँ ।’ चलचित्रमा कोसिस क्षेत्री, शिल्पा मास्के, गौरव विष्ट, एलिसा क्षेत्री, अशान्त शर्मा, गीत विष्ट, रामबाबु रेग्मी, सरस्वती अधिकारी, अर्पित न्यौपानेलगायतले अभिनय गरेका छन् । शर्मिला पाण्डेको निर्माण, निर्देशक दीपेन्द्रकुमार खनालको लेखन रहेको उत्तल चलचित्रलाई काठमाडौँमा करण श्रेष्ठ र मोफसलमा अशोक शर्माले वितरण गरेका हुन् ।

लोकप्रिय