कृषि विकास बैंकको सेवा प्रभावकारी बन्न नसकेकाे भन्दै सेवाग्राहीको गुनासो

कृषि विकास बैंकको सेवा प्रभावकारी बन्न नसकेकाे भन्दै सेवाग्राहीको गुनासो

चितवन । कृषि प्रधान देश नेपालमा कृषि विकास बंैकको सेवा प्रभावकारी हुन नसकेको भन्दै यहाँका जनप्रतिनिधिले गुनासो गरेका छन् ।

सेवा छिटो छरितो हुन नसकेको, अन्य बैंकको ब्याजदरभन्दा महँगो भएको भन्दै उनीहरूले गुनासो व्यक्त गरेका हुन् । कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जले आइतबार साँझ यहाँ आयोजना गरेको ‘स्थानीय तहमा कृषि विकास बैंक’ विषयक कार्यक्रममा जनप्रतिनिधिले यस्तो गुनासो गरेका हुन् ।

सो अवसरमा भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले सरकारी बैंक भएकाले कम ब्याज र सहज तरिकाबाट किसान र सर्वसाधारणलाई ऋण प्रवाह गर्नुपर्ने बताउनुभयो । जनतालाई सहज सुविधा दिन नसके उनीहरूको आकर्षण निजी क्षेत्रको बैंकमा हुने उहाँले धारणा राख्नुभयो ।

भरतपुर महानगरपालिकाकी उपप्रमुख पार्वती शाहले कृषि विकास बैंकले किसानलाई उपेक्षा गरेको भन्ने गुनासो रहेको भन्दै त्यसलाई मेट्ने गरी काम गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा माडी नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले चेक भुक्तानी, सामाजिक सुरक्षा भत्ता, कृषि ऋण लिन झण्झटिलो भएको गुनासो रहेको हुंँदा अन्य व्यावसायिक बैंकजस्तै प्रतिस्पर्धात्मक रुपमा सेवा दिनुपर्ने बताउनुभयो । सरकारको ५१ प्रतिशत र जनताको ४९ प्रतिशत लगानी रहेको बैंकले जनताको अपनत्व हुने गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

त्यसैगरी रत्ननगर नगरपालिकाका प्रमुख नारायण वनले अहिलेसम्मका पुस्ताले बैंकलाई विश्वास गर्ने वातावरण रहे पनि भावी पुस्ताले पनि कृषि विकास बैंकको अनुभूति गर्ने गरी सेवा सुविधालाई चुस्त दुरुस्त राख्दै लैजानुपर्ने बताउनुभयो ।

अन्तक्र्रिया कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख चुननारायण श्रेष्ठले आफ्नो नगरपालिकामा कृषि विकास बैंकको शाखा एउटा पनि नरहेकाले सामाजिक भत्ता अन्य बैंकबाट दिनुपर्ने बाध्यता रहेको बताउनुभयो ।

कार्यक्रमका अन्य सहभागीले ऋण दिँदा शेयर काट्ने तर भुक्तानी गर्दा त्यसको हिसाब किताब नगर्ने, साना किसानलाई उपेक्षा गरेको भन्दै असन्तुष्टि जनाएका थिए । कृषि विकास बैंकले कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बैंक भएता पनि कृषि क्षेत्रलाई प्राथमिकता नदिएको उनीहरूको गुनासो थियो ।

सो अवसरमा कृषि विकास बैंक, क्षेत्रीय कार्यालय, वीरगञ्जका निर्देशक बाबुकाजी थापाले बैंकले अघिल्ला वर्षमा भन्दा अहिले सेवा सुविधामा विशिष्टीकरण गरेको दाबी गर्दै देशभरका स्थानीयतहसंँग सहकार्य र हातेमालो गर्न तत्पर रहेको बताउनुभयो ।

कृषि विकास बैंकलाई आफ्नै घर आँगनको बैंक सम्झेर यसलाई कसरी अगाडि बढाउने, बैंकको दायित्वलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा आफूले सुझाव सल्लाहको अपेक्षा गरेको उहाँले बताउनुभयो । रासस

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय