कोशीका मुख्यमन्त्री कार्कीले बिश्वासको मत लिदैं, मत पाउँन कठिन

कोशीका मुख्यमन्त्री कार्कीले बिश्वासको मत लिदैं, मत पाउँन कठिन

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शनिबार विश्वासको मत लिदै छन् ।

गत बुधबार बसेको प्रदेशको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कार्कीले यही २० गते विश्वासको मत लिने समझदारी बनेको थियो । संविधानको धारा १६८ को उपधारा ३ अनुसार कार्की गत भदौ २२ गते मुख्यमन्त्री बनेका हुन् । उनी सर्वोच्च अदालतको परमादेशबाट मुख्यमन्त्री बनेका हुन् ।

संविधानअनुसार मुख्यमन्त्री भएको ३० दिनभित्र अर्थात् यही असोज २० गतेभित्र कार्कीले विश्वासको मत लिइसक्नुपर्नेहुन्छ । तर विश्वासको मत पाउन भने मुस्किल हुने देखिएको छ । प्रदेशसभामा एमालेका ४० सांसद छन् । त्यसैगरी नेपाली कांग्रेसका २९,माओवादी केन्द्रका १३,राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ जना,नेकपा एकीकृत समाजवादीका ४ जना र जनता समाजवादी पार्टीका १ जना सांसद रहेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा विश्वासको मतका लागि ४७ सांसद आवश्यक पर्छ । बिवश्वासका मतमा बहुमतका लागि मुख्यमन्त्री कार्कीले कांग्रेस र माओवादीमध्ये एक पार्टीको सहयोग लिनुपर्ने हुन्छ । एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी बाहेकका दलहरु गठबन्धनका रहेका छन् । कांग्रेस, माओवादी,एकीकृत समाजवादी र जनता समाजवादीले अहिलेकै अवस्थामा कार्कीलाई सहयोग गर्ने अवस्था देखिएको छैन ।

कार्कीको रणनीति गठबन्धनमा रहेका दलहरुलाई फुटाएर बहुमत जुटाउन सकिन्छकि भन्ने रहेको छ । त्यसका नेकपा एकीकृत समाजवादीका ४ मध्ये २ जना सांसद आफ्नो पक्षमा ल्याउने र राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ लिने कार्कीको प्रयास छ । यसो गर्दा कार्कीको पक्षमा ४८ जना सांसद पुग्नेछन् । राप्रपाले पहिलादेखि नै कार्कीलाई सघाउँदै आएको छ । तर कतिपयले नेकपा एकीकृतका सांसदहरु मुख्यमन्त्री कार्कीको पक्षमा नजाने र कार्कीले बिश्वासको मत नपाएर सरकार ढल्ने बताएका छन् ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय