क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा, इंग्ल्याण्डलाई हराउन जादू देखाउने खेलाडी यी हुन् ?
मस्को, असार २८ । क्रोएसिया पूर्व विश्वकप विजेता इंग्ल्याण्डलाई हराउँदै पहिलो पटक रुसमा जारी विश्वकप फुटबलको फाइलनमा पुगेको छ । गएराती भएको खेलमा इग्ल्याण्डलाई २ १ ले हराउँदै क्रोएसिया पहिलो पटक विश्वकपको फाइनलमा पुगेको हो । क्रोएसियाको जितमा मारियो मान्जुकिचले अतिरिक्त समयमा निर्णायक गोल गरे।
१०९ औं मिनेटमा मान्जुकिचले गरेको गोलमा क्रोएसियाले एेतिहासिक सफलता हात पारेको हो। क्रोएसियाले आईतबार उपाधिका लागि पुर्व विजेता फ्रान्ससँग खेल्ने छ। सन् १९९० मा युगोस्लाभियाबाट छुट्टिएयता क्रोएसिया यसअघि सेमिफाइनलसम्म पुगेको थियो। क्रोएसिया अन्तिमपटक सन् १९९८ को विश्वकपमा सेमिफाइनलसम्म पुगेको थियो। इङ्ल्यान्डविरुद्ध सुरुवाती अग्रता लिन असफल क्रोएसियाले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गरेको थियो।

युभेन्ट्सका ३२ वर्षीय स्ट्राइकर मान्जुकिचले इभान पेरिसिचको पासमा गोल गरेका थिए। यसअघि निर्धारित ९० मिनेटको खेल १-१ गोलको बराबरीमा सकिएपछि अतिरिक्त समयमा पुगेको थियो। क्रोएसियाका इभान पेरिसिचले ६८ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए। २९ वर्षीय मिडफिल्डर पेरिसिचले लामो क्रसमा आएको बललाई सिक्स यार्ड सर्कलबाट गोलपोष्टको दिशा दिएका थिए।

खेलको सुरुवातमै इङ्ल्यान्डले अग्रता लिएको थियो। पाँचौं मिनेटमा कायरन ट्रिपियरले फ्रिकिक गोल गरे। डिबक्सबाहिरबाट उनले गरेको गोल साइड बार च्यापेर गोल भएको थियो। २७ वर्षीय डिफेन्डर ट्रिपियरको यो पहिलो अन्तर्राष्ट्रिय गोल थियो।

५२ वर्षपछि विश्वकपको फाइनलमा पुग्ने इङ्ल्यान्डको प्रयास सफल हुन सकेन। इङ्ल्यान्डले सन् १९६६ मा विश्व विजेता बनेयता यो प्रतियोगितामा फेरी फाइनल पुग्न सकेको छैन। इङ्ल्यान्ड २८ वर्षपछि विश्वकपको सेमिफाइनल पुगेको थियो। यसअघि मंगलबार राती भएको सेमिफाइनलमा फ्रान्सले बेल्जियमलाई १-० गोलले हराएको थियो।
-एजेन्सी
एन्फा टेक्निकल सेन्टर कास्कीको धितालमै बन्नुपर्छ : प्रचण्ड
काठमाडौं। नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका, धितालमा प्रस्तावित अखिल नेपाल फुटबल संघ (एन्फा) टेक्निकल सेन्टरको निर्माण कार्य तत्काल अगाडि बढाउनुपर्ने बताउनुभएको छ। बिहीबार धितालस्थित भेडाबारीका स्थानीय जग्गादाता, विभिन्न राजनीतिक दलका प्रतिनिधि, र जनप्रतिनिधिहरूको टोलीले अध्यक्ष प्रचण्डलाई भेटी निर्माण प्रक्रिया अघि नबढेको भन्दै पहल गरिदिन अनुरोध गरेको थियो। टोलीले सो क्षेत्रमा सर्वेक्षण, वातावरणीय प्रभाव मूल्यांकन, माटो परीक्षणलगायत प्रारम्भिक कार्यहरू सम्पन्न भइसकेको र गाउँपालिकाको पहलमा जग्गा हस्तान्तरणसमेत भइसकेको जानकारी गराएको थियो। प्रतिनिधिहरूले प्रारम्भिक चरणमा बजेट विनियोजन र टेन्डर प्रक्रिया सम्पन्न भए पनि पछिल्लो समय यो योजना अलपत्र परेकोमा चिन्ता व्यक्त गरे। उनीहरूले निर्माण कार्यलाई तीव्रता दिन सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराउन प्रचण्डसँग आग्रह गरे। प्रतिनिधिहरूको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले भन्नुभयो, “तपाईंहरूले यो योजनालाई अगाडि बढाउन देखाउनुभएको चिन्ता र चासोप्रति म धन्यवाद दिन चाहन्छु। यो योजना पहिलेदेखि नै अघि बढिरहेको छ र अब यो अवश्य बन्नुपर्छ। यो सेन्टर कास्कीको धितालमै बन्नुपर्छ भन्ने मेरो दृढ अडान हो।” प्रचण्डले नेकपा (माओवादी केन्द्र) को तर्फबाट यो योजनालाई कार्यान्वयन गर्न पार्टीका प्रतिनिधि, जग्गादाता, र स्थानीय जनप्रतिनिधिहरूसँग मिलेर आवश्यक पहल गरिने आश्वासन दिनुभयो। उहाँले यो योजनालाई सफल बनाउन आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
साफ महिला च्याम्पियनसिपः श्रीलंकालाई हराउँदै भुटान शीर्ष स्थानमा
काठमाडौं। श्रीलंकालाई हराउँदै भुटान साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह ‘बी’ को अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार सम्पन्न दोस्रो खेलमा भुटानले श्रीलंकलाई ४-१ ले पराजित गरेको हो। जितसँगै भुटानले दुई खेलबाट चार अंक जोडेको छ। पहिलो खेलमा भुटानले घरेलु टोली नेपाललाई गोलरहित बराबरीमा रोकेको थियो। श्रीलंकाको यो पहिलो हार हो। पहिलो खेलमा श्रीलंकाले माल्दिभ्सलाई १० ले पराजित गरेको थियो।
रियल म्याड्रिडले रच्यो इतिहास, लिभरपुललाई हराउँदै उचाल्यो यूरोपियन च्याम्पियनशीपको ट्रफी
काठमाडौं । रियल म्याड्रिडले १४ औं पटक युरोपियन च्याम्यिन्स लिगको उपाधी जित्ने इतिहास रचेको छ । आज राती भएको उपाधि खेलमा लिभर पुललाई १ ० ले हराउँदै रियल म्याड्रीडले ट्रफी उचालेको हो । स्टेडियम बाहिर दर्शकहरुबीच झडप भएको कारण ३७ मिनेट ढिला सुरु भएको लिगमा भिनिसियस जुनियरले ५९ औं मिनेटमा हानेको गोल नै रियल म्याड्रिडको इतिहास रच्न पुगेको हो । योसँगै म्याड्रिडका कोच कार्लो एन्सेलोट्टीले समेत चारपटक च्याम्पियन्स लिग जिताउन सफल कोचको रेकर्ड कायम राखेका छन् ।
नेपालले ओमान र टिमोर लिस्टेसँग मैत्रीपूर्ण फुटबल खेल्ने
नेपालले ओमान र टिमोर लिस्टेसँग कतारको दोहामा मैत्रीपूर्ण फुटबल खेल्ने भएको छ । एएफसी एसियन कप छनोटअघि नेपालले मैत्रीपूर्ण खेल खेल्न लागेको हो । कतार फुटबल सङ्घले बुधबार मैत्रीपूर्ण खेलबारे तालिका सार्वजनिक गरे अनुसार नेपालले यही जेठ १४ गते टिमोर लिस्टेसँग तथा जेठ २० गते ओमानसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएकोछ । कतारमा मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली त्यतैबाट कुवेत जाने छ । नेपाल एएफसी एसियन कप, २०२३ तेस्रो चरण छनोटको समूह ‘ए’ मा रहेको छ । उक्त समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन छन् । छनोट खेलहरु जेठ २५ देखि ३१ गतेसम्म सञ्चालन हुनेछन् । नेपालले पहिलो खेल जेठ २५ गते जोर्डनसँग खेल्ने तय भएको छ । नेपालले दोस्रो खेल जेठ २८ गते कुवेतसँग तथा अर्को खेल जेठ ३१ गते इन्डोनेसियासित खेल्नेछ ।



