खुल्यो शिक्षक लाइसेन्स, चैत २४ गते परीक्षा

खुल्यो शिक्षक लाइसेन्स, चैत २४ गते परीक्षा

काठमाडौं, शिक्षक सेवा आयोगले माध्यमिक तहको अस्थायी अध्ययन अनुमतिपत्रका लागि आवेदन माग गरेको छ । ।

शिक्षक सेवा आयोगले प्रकाशन गरेको सूचना अनुसार, लाइसेन्स लिन इच्छुक शिक्षकहरुले फागुन २० सम्म आवेदन दिन सक्नेछन् । दोब्बर दस्तूरका लागि ७ दिनको म्याद समेत थप गरिएको छ ।

लाइसेन्सको परीक्षा आगामी चैत २४ गते हुने छ ।

अध्यापन अनुमतिपत्रको परीक्षामा सहभागी हुन स्नातकोत्तर उतिर्ण हुनुपर्ने र सेवा सुरु गरेको २ वर्षभित्र १० महिने तालिम वा बिएड गरेको हुनुपर्ने शर्त समेत सूचनामा उल्लेख छ ।

तर पहिले नै तालिम वा वि एड गरेकाले भने प्रक्रिया अनुसार स्थायी लाईसेन्स नै पाउने भएका छन् ।  आयोगले दरखास्त दिन ५ वटा कार्यालयहरु तोकेको छ । जसमा जिल्ला शिक्षा कार्यालय झापा, जिल्ला शिक्षा कार्यालय काठमाण्डौ, जिल्ला शिक्षा कार्यालय कास्की, जिल्ला शिक्षा कार्यालय बाँके, जिल्ला शिक्षा कार्यालय कञ्चनपुर रहेका छन् ।

परीक्षा संचालन हुने स्थान दरखास्त संकलन केन्द्र रहेको जिल्लामै रहने भएपनि केन्द्र भने पछि तोकिने आयोगले जानएको छ । लिखित परीक्षाको पूर्णाङ्क एक सय र उत्तीर्णाङ्क पचास राखिएको छ । परिक्षमका लागि माध्यमिक तहको स्थायी अध्यापन अनुमति पत्रकै पाठ्यक्रम लागू हुने आयोगले जनाएको छ ।

आयोगवाट स्वीकृत अध्यापन अनुमति पत्रको दरखास्त फारामको नमूना र पाठ्यक्रम आयोगको वेबसाइटबाट प्राप्त गर्न सकिने आगोगले जानकारी दिएको छ ।

तिहारको रौनक बढ्दै, घरघरमा गरियो लक्ष्मी पूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइएको छ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ। यसै आधारमा बिहीबार बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ। आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ। यस पर्वलाई दीपमालिका भनिन्छ। लक्ष्मीपूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो। लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ। दीपावली गरिसकेपछि पूजा कोठामा दीयो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ।  

दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच साफ महिला च्याम्पियनसिप जारी

काठमाडौं । दशरथ रंगशालामा नेपाल र बंगलादेशबिच हुने साफ महिला च्याम्पियनसिप जारी छ । दुई देश बीचको  उपाधि भिडन्त हेर्न दर्शकको बाक्लो उपस्थिति छ।    जारी खेलमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् ।

बेल्जियमको राजदूतमा सेवा लम्सालको नाम अनुमोदन

काठमाडौँ ।  संसदीय सुनुवाइ समितिले परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालको नाम बेल्जियमका लागि राजदूतमा अनुमोदन गरेको छ । बुधबार बसेको संसदीय सुनुवाइ समितिको बैठकले उनको नाम नाम सर्वसम्मतले अनुमोदन गरेको हो । बैठकले सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिको बैठकले अनुमोदन गर्नेरनगर्ने विषयमा सुनुवाइ गरेको थियो। उनीविरूद्ध इजरायलका कार्यवाहक राजदूत कुमारबहादुर श्रेष्ठको उजुरी परेको थियो। संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भइसकेकी लम्साललाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन्।

आज काग तिहार

काठमाडौं । आज काग तिहार । घरघरमा कागको पूजा गरी मनाइँदै छ । कागलाई सन्देशवाहक पक्षीको रूपमा पूजा गर्ने चलन रहेको छ । काग करायो भने केही सन्देश या पाहुना आउने मान्यता रहेको छ ।  आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार संख्याअनुसार यम दीपदान गर्ने हिन्दुहरुमा चलन रहि आएको छ । यसरी दीपदान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धार्मिक क्षेत्रका विद्धानहरु बताउछन् ।

आज काग तिहार

लोकप्रिय