ख्याल ख्यालमा बल्झियो साँच्चैको व्यथा

ख्याल ख्यालमा बल्झियो साँच्चैको व्यथा

शब्द /तस्बीर श्रीधर न्यौपाने

सिन्धुपाल्चोक, चैत २० ।
कार्यक्रम ख्याल ख्याल तर भैदियो साँच्चै । “घटनास्थल : सिन्धुपाल्चोक सदरमुकाम चौतारा । समय शुक्रबार विहान ९ : ३० बजे । जिल्ला समन्वय समितिका अधिकृत एवं विपद जोखिम न्युनिकरण समितिका सम्पर्क व्यक्ति अनिरुद्र नेपालले सिन्धुपाल्चोकमा फेरि अर्को भूकम्पको ठूलो धक्काले जनधनको क्षति भएको जानकारी दिए । उनले घरबाटै बाहिरै सुरक्षित स्थानमा बस्न सर्बसाधारणलाई आव्हान गरे ।

उनैले जिल्ला दैविप्रकोप उद्धार समितिको बैठक बस्न लागेको जानकारी गराए । उनलाई जिल्ला प्रशासन कार्यालयका अधिकृत हेमराज फुँयालले पनि सघाए । करिब ५ मिनेट पछि बाक्लो संख्यामा सुरक्षाकर्मीहरु चौतारा टुँडिखेलमा आईपुगे । प्रमुख जिल्ला अधिकारी अन्तरबहादुर सिलवाल, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित विषयगत कार्यालयका प्रमुखहरु सहित दैविप्रकोप उद्धार समितिको बैठक बस्यो, मिनेट मिनेटमा विपदबाट भएको मानविय एवं भौतिक क्षतिबारे जानकारी गराईयो ।

केहीबेरपछि सञ्चारकर्मीहरु पनि पुगे । स्थानीय रेडियोहरुले घटनाको प्रत्यक्ष प्रशारण गरे । प्रमुख जिल्ला अधिकारीले विपदको सामना गर्न सरकार एक्लैको प्रयास पर्याप्त नरहेको भन्दै तत्काल जिल्लामा कार्यरत एनजिओ, आईएनजिओलाई सहकार्यका लागि आग्रह गरे । त्यस लगत्तै गैरसरकारी संस्था महासंघ सिन्धुपाल्चोकका सचिव राजेन्द्र शर्माले घरबार विहिन बनेका महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका नागरिहरु र अरु सर्बसाधारणलाई दिउँसो खानको व्यवस्था गर्न सकिने जानकारी गराए ।

त्यतिबेला सम्म सुरक्षा निकायहरुसंग समन्वय गरि रेडक्रस लगाएतका संस्थाहरुले भूकम्पमा परि घरभित्रै फसेका, पुरीएका मानिसहरुलाई उद्धार गरेर टुँडिखेल ल्याईपुर्याए । जिल्ला अस्पतालको टोलीले उपचारमा ध्यान दियो । खानेपानी तथा सरसफाई डिभिजन कार्यालयको नेतृत्वमा रहेको वास क्लष्टरले अक्सफाम तथा वल्डभिजनको सहयोगमा तत्काल खानेपानीको ब्यवस्था गर्यो । शिक्षा कार्यालयले विपदमा फसेका विद्यार्थीको उद्धारमा ध्यान दियो । महिला बालबालिका कार्यालयले महिला बालबालिकाहरुकै ध्यान दियो र आफ्नो कार्यालय भत्किएर कर्मचारी पुरिएकोले उद्धार गर्न आग्रह गर्यो । जिल्ला दैवि प्रकोप उद्धार समितिको दोस्रो बैठकले सुरक्षा निकायलाई सो सरकारी भवन खाली गर्न र बाटो हिड्न खतरा भएकोले खोजि र उद्धार पछि भत्काउन निर्देशन दियो । सुरक्षाकर्मीले त्यहि अनुसार काम गरे ।

त्यतिबेलासम्म जिल्ला कृषिविकास कार्यालयको नेतृत्वमा रहेको खाद्यान्ह क्लष्टरले तत्कालका लागि आबस्यक पर्ने खाना जुटाएको जानकारी गरायो । अनि भबन निर्माण विभाग संगको समन्वयमा रहेको आवास क्लष्टरले अस्थाई बसोबासको ब्यवस्था गरिएको जानकारी दियो । भूकम्पमा परि ज्यान गएकाहरुको शब टुँडिखेलको एकाकुनामा जम्मा गरियो । घाईतेलाई उपचार अनि बेपत्ता भएकाहरुको खोजि जारी राखियो । पटक पटक आईरहेका पराकम्पनको सुचना दिंदै सुरक्षित रहन दैविप्रकोप उद्धार समितिले आग्रह गरिरह्यो ।

केही बेरमा डोजर चलाएर भुकम्पले भत्कीएर बाटोमा जोखिमपुर्ण अबस्थामा रहेको घर पनि भत्काउन थालियो । घटनास्थल वरपर रातो डोरी टाँगेर सर्बसाधारणलाई प्रवेशमा रोक लगाईयो । ठिक त्यहि बेला नजिकको स्याउलेबाट आईपुग्यो अनि राहतका लागि आग्रह गर्यो । अधिकारीहरुले धैर्य गर्न भन्दै थियो । समुहले एउटा गाडिमा आएको राहतको सामाग्री लुट्न थाल्यो । प्रहरीले बल प्रयोग गरेर सामान फिर्ता लियो । टुँडिखेलमा कतै घाईतेको रुवावासी, कतै आफन्त गुमाएकाहरुको रुवाबासी, कतै राहतका लागि नाराबाजी कतै शान्त रहन आब्हान चलिरह्यो । ” यस्तै देखियो शुक्रबार दिनभर चौतारामा ।
चुनाबी माहौलले रन्किएको बेला शुक्रबार सिन्धुबासी अर्कै तयारीमा थिए ।

जिल्ला दैविप्रकोप उद्धार समितिको संयोजनमा विषयगत सरकारी कार्यालयका अधिकारीहरु, गैरसरकारी क्षेत्र, सुरक्षाकर्मी र सर्बसाधारणको बाक्लो उपस्थितिमा भूकम्पमा आधारित कृतिम घटना अभ्यासको कार्यक्रम थियो । वि स २०७२ साल बैशाख १२ गतेको जस्तै भूकम्प वा त्यति नै क्षति पुर्याउने खालको अर्को बिपत्ती आयो भने कसरी सामना गर्न सकिएला भनेर कृतिम अभ्यास आयोजना गरिएको जिल्ला दैविप्रकोप उद्धार समितिले जनाएको छ ।
त्यहि अभ्यासका क्रममा भईदियो साँचिकै अर्को अर्को घटना ।

पछिल्लो तीन वर्ष, २०७१ सालमा जुरे पहिरोले सयौंको ज्यान लिएको र भोटेकोशी नदिनै थुनिएको संकट खेपेको सिन्धुपाल्चोकले २०७२ साल बैशाख १२ को भूकम्पमा देशभर ज्यान गुमाएमा मध्य आधा ३ हजार पाँच सय ७० जनाले ज्यान गुमाए । फेरि ७३ सालमा भोटेकोशी बाढीका कारण सिन्धुपाल्चोकले ठूलो क्षति बेहोर्नु पर्यो । ति विपदहरु र खासगरि भूकम्पमा उद्धार गरिएका, आफै उद्धारमा खटेका र पराकम्पनबाट घाईते भएकाहरु पनि कृतिम अभ्यासमा सहभागी थियो ।

उद्धार र रातको काम अनि माहौल । उपस्थित मध्य ४ जना फरक फरक समयमा टुँडिखेलमा लडे र बेहोस भए । प्राथमिक उपचार पछि होस खुल्दा पो थाहा भयो, उनीहरु कोही भूकम्पले पुरिएर बाँचेका, कोही सख्त घाईते भई बल्ल निको भएका, कोही आफन्त गुमाएकाहरु रहेछन् । किन यस्तो भएछ त, जिज्ञासामा जनहितका राजेन्द्र शर्माले भने, पुरानो घटनाले व्यथा बल्झिएछ, ख्याल ख्याल भनेको साँच्ची भयो । विनाशकारी भूकम्प गएको २ वर्ष बितिसक्दा पनि भूकम्पको त्रासले सिन्धुका सर्वधारणको मानसपटलमा बास जमाईरहेको प्रमाण थियो त्यो ।

विपदले हामीलाई पछ्याईरहेको छ, हामी संधैभरी सचेत रहनुपर्ने अबस्था छ, गैरसरकारी संस्था महासंघका जिल्ला सचिब समेत रहेका जनहित ग्रामिण सेवा समितिका कार्यकारी निर्देशक राजेन्द्र शर्मा भन्छन उद्धार, राहत र पुनःर्थापनाको कार्यक्रममा गैरसरकारी संस्थाहरुको जिम्मेवारी अझ महत्वपुर्ण देखिएको छ । उनल कृतिम अभ्यासबाट तत्काल खोज तथा उद्धार र तात्कालीन राहतका लागि सबै तयारी अबस्थामा रहेको पाईएको सुनाए ।

कृतिम अभ्यासको चाँजोपाँजोमा सक्रिय जनहितकै विपद जोखिम न्युनिकरण अधिकृत चिरन कट्टेलले भूकम्पमा आधारित कृतिम अभ्यासमा संलग्न भईरहँदा आफूलाई दुईबर्ष अघिको भूकम्पमा उद्धारमा खटेको झल्झली याद आएको बताए । हाल अक्सफामसँगको साझेदारीमा जनहितले जिल्लाका साबिकका २२ गाविसमा सञ्चालन गरेको स्थानीय विपद जोखिम न्युनिकरण व्यवस्थापन योजना बनाई सकेका उनी उद्धारमै लागेको बेला गएको पराकंपनमा लडेको घरले किचेर गम्भीर घाईते बनेका थिए ।

घाउ थाक्दै गर्दा आगामी दिनमा आईपर्नसक्ने अप्ठेरो र तयारीबारे उनले सबैलाई सचेत गराए । विपद सामाना गर्न हामी कत्तीको तयार छौं भनेर पनि यस्ता कृतिम अभ्यास गर्नुपर्ने खाँचो रहेको अक्सफामका विपद जोखिम न्युनिकरण अधिकृत द्रोण उप्रेतिको तर्क छ । विपद जानकारी दिएर आउँदैन, जुनसुकै बेला तयारी अबस्थामै रहनुपर्छ, उनले थप प्रष्ट पारे ।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।