गएकाे आर्थिक वर्षमा कुन कम्पनीले कति दिए लाभांश ? (४५ कम्पनीको सूचिसहित)

गएकाे आर्थिक वर्षमा कुन कम्पनीले कति दिए लाभांश ? (४५ कम्पनीको सूचिसहित)

काठमाडाैँ, असोज २० ।काठमाडौं । नेप्सेमा सूचीकृत कम्पनीहरुले गत आर्थिक वर्ष २०७३/७४ को नाफाबाट धमाधम लाभांश घोषणा गर्ने लहर चलेको छ । लाभांश प्रस्तावसहित कतिपय कम्पनीले साधारण सभा पनि बोलाउन सुरु गरिसकेका छन् भने केहीको त साधारणसभाबाट समेत पारित भैसकेको छ ।

२०७३/७४ सालको कमाइबाट प्रस्तावित बोनस शेयर तथा नगद लाभांश घोषणा गर्ने कम्पनीहरुः

वाणिज्य बैंक समूहः

१.एनआइसी एशिया बैंक लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत

२.सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडः बोनस शेयर १६ प्रतिशत, नगद लाभांश १ प्रतिशत

३.नबिल बैंक लिमिटेडः बोनस शेयर ३० प्रतिशत, नगद लाभांश १८ प्रतिशत

४.सानिमा बैंक लिमिटेडः बोनस शेयर १६ प्रतिशत

५.नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडः बोनस शेयर १५ प्रतिशत, नगद लाभांश २५ प्रतिशत

६.सनराइज बैंक लिमिटेडः बोनस शेयर १५ प्रतिशत

७.नेपाल बंगलादेश बैंक लिमिटेडः बोनस शेयर १२ प्रतिशत, नगद लाभांश ३.७९ प्रतिशत

इन्स्योरेन्स कम्पनी समूहः

१.नेको इन्स्योरेन्स कम्पनीः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५२ प्रतिशत

२.प्राइम लाइस इन्स्योरेन्स कम्पनीः बोनस शेयर २५ प्रतिशत

३.नेपाल इन्स्योरेन्स कम्पनीः बोनस शेयर ५ प्रतिशत

४.प्राडेन्सियल इन्स्योरेन्स लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत

५.प्रभु इन्स्योरेन्स लिमिटेडः बोनस शेयर १९.२० प्रतिशत

विकास बैंक समूहः

१.देव विकास बैंकः बोनस शेयर १७.१ प्रतिशत, नगद लाभांश ०.९ प्रतिशत

२.मिशन डेभलपमेन्ट बैंक लिमिटेडः बोनस शेयर २२ प्रतिशत, नगद लाभांश १.१४ प्रतिशत

३.मितेरी डेभलपेन्ट बैंक लिमिटेडः बोनस शेयर ३१.४८, नगद लाभांश १.६६ प्रतिशत

४.कैलाश विकास बैंक लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ९.५ प्रतिशत

५.सप्तकोशी डेभलपमेन्ट बैंकः बोनस शेयर ११ प्रतिशत

६.शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकः बोनस शेयर २५ प्रतिशत

७.पूर्णिमा विकास बैंकः बोनस शेयर रु.८ करोड ४५ लाख ५० हजार र नगद लाभांश रु. ४४ लाख ५० हजार

८.तिनाउ विकास बैंकः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ५ प्रतिशत

९.एक्सेल डेभलपमेन्ट बैंकः बोनस शेयर ३०.१२ प्रतिशत, नगद लाभांश १.५८५२६ प्रतिशत

फाइनान्स समूहः

१.आईसिएफसी फाइनान्सः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ११.०५ प्रतिशत

२.युनाइटेड फाइनान्सः बोनस शेयर १९प्रतिशत

लघुवित्त कम्पनी समूहः

१.छिमेक लघुवित्त विकास बैंक लिमिटेडः बोनस शेयर १९.८९ प्रतिशत, नगद लाभांश २५.११ प्रतिशत

२.स्वरोजगार लघुवित्त विकास बैंकः बोनस २५ प्रतिशत, नगद लाभांश १.३२ प्रतिशत

३.स्वदेशी लघुवित्त लघुवित्त वित्तीय संस्थाः वोनस शेयर १५ प्रतिशत

४.फस्र्ट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंकः बोनस शेयर १५ प्रतिशत, नगद लाभांश ०.७९ प्रतिशत

५.एनएमबी माइक्रोफाइनान्सः बोनस शेयर २५ प्रतिशत, नगद लाभांश १.३१५८ प्रतिशत

६.मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाः बोनस शेयर ३० प्रतिशत, नगद लाभांश १२.१०५ प्रतिशत

७.रिलायवल माइक्रोफाइनान्सः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.०५ प्रतिशत

८.नेरुडे लघुवित्त विकास बैंक लिमिटेडः बोनस शेयर १३ प्रतिशत, नगद लाभांश ७.६८ प्रतिशत

९.साना किसान विकास बैंकः बोनस शेयर २५ प्रतिशत, नगद लाभांश १.३१६ प्रतिशत

१०.आरएसडिसी लघुवित्त वित्तीय संस्थाः बोनस शेयर १३ प्रतिशत, नगद लाभांश ०.६८ प्रतिशत

११.नेशनल माइक्रोफाइनान्स वित्तिय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १५ प्रतिशत

१२.लक्ष्मी लघुवित्त वित्तीय संस्थाः बोनस शेयर १० प्रतिशत, नगद लाभांश १६.३२ प्रतिशत

१३.समता माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश ११.५८ प्रतिशत

१४.वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडः बोनस शेयर २० प्रतिशत, नगद लाभांश १.१०८ प्रतिशत

१५.निर्धन उत्थान बैंकः बोनस शेयर ६६.६७ प्रतिशत, नगद लाभांश १४.०४ प्रतिशत

म्युचल फन्ड कम्पनी समूहः
१.एनएमबि सुभल इन्भेष्टमेण्ट फण्ड १स् नगद लाभांश २१.०५६३ प्रतिशत

२.सिद्धार्थ लगानी वृद्धि ओरियन्टेड स्कीमः नगद लाभांश २५ प्रतिशत

हाइड्रोपावर समूहः
१.अरुण भ्याली हाइड्रोपावर लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५३

२.ङादी ग्रुप कम्पनी लिमिटेडः बोनस शेयर १० प्रतिशत, नगद लाभांश ०.५३ प्रतिशत

३.रिडी हाइड्रोपावरः बोनस शेयर ६ प्रतिशत, नगद लाभांश ०.३१५७

नागरिक लगानी कोषः बोनस शेयर २१.८५ प्रतिशत, नगद लाभांश १.१५ प्रतिशत

युनिलिभर नेपालः नगद लाभांश रु.११०० तथा विशेष लाभांश रु.१७० गरी रु.१२७०

-दैनिकि न्युजबाट

तेलको मूल्य यस वर्षैभरि १०० डलर नाघ्ने प्रक्षेपण, विश्व अर्थतन्त्रमा दबाब बढ्ने संकेत

काठमाडौं । विश्व बजारमा कच्चा तेलको मूल्य यस वर्षभरि नै प्रति ब्यारेल एकसय अमेरिकी डलरको हाराहारीमा रहने प्रक्षेपण सार्वजनिक भएको छ । अमेरिकी बहुराष्ट्रिय वित्तीय संस्था जेपी मोर्गनले तेल आपूर्तिमा देखिएको अस्थिरता र मध्यपूर्वी तनावका कारण मूल्य उच्च रहने अनुमान गरेको हो । बीबीसीका अनुसार जेपी मोर्गनले सार्वजनिक गरेको विश्लेषणमा विश्वव्यापी आपूर्ति सहज हुने अवस्था तत्काल नदेखिएकाले कच्चा तेलको मूल्य यस वर्षको बाँकी अवधिभरि प्रति ब्यारेल एकसय डलर आसपास रहने उल्लेख गरिएको छ । बैंकले सन् २०२६ मा पनि औसत मूल्य ९७ डलर रहने प्रक्षेपण गरेको छ । विशेषगरी विश्व ऊर्जा आपूर्तिको प्रमुख मार्ग मानिने स्ट्रेट अफ हर्मुजमा देखिएको अवरोध र आपूर्ति शृंखलामा कायम असहजताले बजारमा दबाब बढाएको विश्लेषण गरिएको छ । विश्वको करिब २० प्रतिशत तेल ढुवानी यही सामुद्रिक मार्ग हुँदै हुने भएकाले यहाँको अस्थिरताले अन्तर्राष्ट्रिय बजारमा सीधा असर पार्ने गरेको छ । मध्यपूर्वमा बढ्दो तनावका बीच युद्ध अन्त्यका लागि इरानले अघि सारेका सर्तहरू स्वीकार गर्न अमेरिका तयार नदेखिएपछि तेल बजार थप प्रभावित बनेको छ । यता, इरानले पनि बाह्य दबाबसामु नझुक्ने अडान दोहोर्‍याउँदै आएको छ, जसले ऊर्जा बजारमा अनिश्चितता झन् बढाएको विश्लेषकहरूको भनाइ छ । यसैबीच, अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट क्रुड आयलको मूल्यमा उल्लेखनीय वृद्धि देखिएको छ । पछिल्लो कारोबारमा यसको मूल्य प्रति ब्यारेल ४ प्रतिशतले बढेर १०५.९४ डलर पुगेको जनाइएको छ । अप्रिल ८ मा युद्धविराम लागू भएपछि केही समय स्थिर देखिएको बजार पुनः उकालो लाग्दै प्रति ब्यारेल १०० डलर माथि पुगेको हो । ऊर्जा मूल्यमा आएको तीव्र उतारचढावले विश्वभरका ठूला ऊर्जा कम्पनीहरूको आम्दानीमा पनि उल्लेखनीय वृद्धि भएको छ । साउदी अराम्कोकाले सन् २०२६ को पहिलो त्रैमासिक आम्दानी अघिल्लो वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशतभन्दा बढीले बढेको जनाएको छ । त्यस्तै, बिपीले आफ्नो नाफा दोब्बरभन्दा बढी भएको प्रतिवेदन सार्वजनिक गरेको छ भने शेललले पनि आम्दानी वृद्धि भएको जानकारी दिएको छ । अराम्कोका प्रमुख कार्यकारी एक अधिकृतले युद्ध अन्त्य भए पनि ऊर्जा बजार तत्काल सामान्य अवस्थामा फर्किन नसक्ने चेतावनी दिएका छन् । उनका अनुसार, “यदि होर्मुज मार्ग तत्काल खुलिहाले पनि आपूर्ति सन्तुलनमा फर्कन समय लाग्नेछ । विश्व ऊर्जा बजार पूर्ण रूपमा सामान्य हुन सन् २०२७ सम्म कुर्नुपर्ने अवस्था आउन सक्छ ।” यता, तेल उत्पादनमा आएको गिरावटले पनि मूल्य बढाउन थप योगदान गरेको देखिएको छ । अाेपीईसीका अनुसार तेल उत्पादनमा दैनिक ८ लाख ३० हजार ब्यारेलले कमी आएको छ । हाल विश्वभर दैनिक करिब २०.०४ मिलियन ब्यारेल तेल उत्पादन भइरहेको छ । विश्व बजारमा तेल र ग्यासको मूल्य निरन्तर उकालो लागिरहँदा यसको असर इन्धन आयातमा निर्भर मुलुकहरू, विशेषगरी नेपालजस्ता अर्थतन्त्रमा थप महँगी र व्यापार घाटा बढ्ने जोखिमका रूपमा देखिएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुकाे सहयाेगमा

चार महिनामा ८३ हजारभन्दा बढी विदेशी पर्यटक मुस्ताङ  घुमे

मुस्ताङ । सन् २०२६ को सुरुआती चार महिनामा ८३ हजार १४९ विदेशी पर्यटक मुस्ताङ घुम्न आएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोम कार्यालयका अनुसार यो सन् २०२५ को सोही अवधिकोभन्दा बढी हो। यहाँ सन् २०२६ को जनवरीमा १० हजार ८०३, फेब्रुअरीमा ९ हजार चार, मार्चमा २३ हजार २०४ र अप्रिलमा ४० हजार १३८ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको एक्याप कार्यालय प्रमुख राजेश गुप्तले जानकारी दिए। यसअघि सन् २०२५ को सोही अवधिमा ५१ हजार ८९६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका थिए । त्यस वर्ष जनवरीमा चार हजार ३४६, फेब्रुअरीमा पाँच हजार ३०३, मार्चमा १९ हजार ९५ र अप्रिलमा २३ हजार १५२ जना विदेशी पर्यटक यहाँ आएका थिए । कार्यालय प्रमुख गुप्तका अनुसार सन् २०२५ को पहिलो चार महिनाको तुलनामा सन् २०२६ को पहिलो चार महिनामा ३१ हजार २५३ जना विदेशी पर्यटकको सङ्ख्या वृद्धि भएको हो । यहाँ भित्रिएका विदेशी पर्यटकमध्ये ८० प्रतिशतभन्दा बढी भारतीय पर्यटक रहेका छन्। यहाँ आउने पर्यटकमध्ये अधिकांशले मुक्तिनाथ दर्शन गरी फर्किने गरेको पाइएको छ। पोखरा–जोमसोम हवाईमार्ग र सडकमार्ग हुँदै आउने तेस्रो मुलुकका (सार्कबाहेक) पर्यटकहरू जोमसोम हुँदै उपल्लो मुस्ताङ प्रस्थान गर्ने गरेको एक्यापले जनाएको छ।

तेलकाे मूल्य वृद्धिसँगै विश्व आर्थिक अवस्था थप चुनौतीपूर्ण बन्ने अनुमान

काठमाडाैँ । अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले पश्चिम एसियामा जारी युद्ध सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा अझ गम्भीर प्रभाव पर्न सक्ने सम्भावना औंल्याएकी छिन्। वासिङ्टन डी.सी.मा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेलको मूल्य प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने र यसले मुद्रास्फीति थप बढाउने सङ्केत गरिन्। उनका अनुसार यस्तो परिस्थितिमा मुद्रास्फीति मात्र बढ्ने होइन, भविष्यमा मूल्य स्थिर रहने विश्वास समेत कमजोर हुन सक्ने देखिन्छ। अन्तर्राष्ट्रिय मुद्रा कोषले वर्तमान अवस्थालाई ‘प्रतिकूल परिदृश्य’ अन्तर्गत राखिसकेको छ, जसमा दीर्घकालीन द्वन्द्व, तेलको उच्च मूल्य र बढ्दो मुद्रास्फीति दबाबजस्ता पक्षहरू समावेश छन्। गत अप्रिलमा सार्वजनिक गरिएका तीन सम्भावित परिदृश्यहरूमध्ये ‘सन्दर्भ पूर्वानुमान’, ‘प्रतिकूल परिदृश्य’ र ‘कठोर परिदृश्य’ समावेश रहेका छन्। प्रतिकूल परिदृश्यअनुसार सन् २०२६ मा विश्व आर्थिक वृद्धि २.५ प्रतिशतमा सीमित हुने तथा मुद्रास्फीति ५.४ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ । अझ गम्भीर ‘कठोर परिदृश्य’ लागू भएमा आर्थिक वृद्धि दर २ प्रतिशतमा झर्ने र मुद्रास्फीति ५.८ प्रतिशतसम्म पुग्ने सम्भावना व्यक्त गरिएको छ। त्यस्तै, छोटो अवधिको द्वन्द्व रहने अनुमान गरिएको ‘सन्दर्भ पूर्वानुमान’ मा आर्थिक वृद्धि ३.१ प्रतिशत र मुद्रास्फीति ४.४ प्रतिशत रहने अपेक्षा गरिएको थियो । तर वर्तमान परिस्थितिलाई हेर्दा यस्तो सकारात्मक परिदृश्य क्रमशः टाढिँदै गएको संकेत गरिएको छ।

काँकरभिट्टाबाट १६ अर्ब ८१ करोडको पेट्रोलियम पदार्थ आयात

झापा । चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्म पूर्वीनाका काँकरभिट्टाबाट १६ अर्ब ८१ करोड ३६ लाख ३० हजारको पेट्रोलियम पदार्थ आयात भएको छ । मेची भन्सार कार्यालयका सूचना अधिकारी तथा भन्सार अधिकृत ईश्वरकुमार हुमागाईंका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटीएफ, कोइलालगायत वस्तु आयात भएका छन् । पेट्रोलियम पदार्थ आयातबाट चालु आवको नौ महिनामा सात अर्ब ४४ करोड ७८ लाख १८ हजार राजस्व संकलन भएको उनले जानकारी दिए । कार्यालयको तथ्यांकअनुसार उक्त अवधिमा सात अर्ब ७५ करोड ९४ लाख मूल्यबराबरको ८३ हजार ४४८ किलोलिटर पेट्रोल आयात भएको छ । त्यसैगरी, पाँच अर्ब ८७ करोड १८ लाख मूल्यबराबरको ५५ हजार २४ किलोलिटर डिजेल आयात भएको छ । त्यसैगरी, एक अर्ब ९० करोड ५९ लाख मूल्यबराबरको १९ हजार १३६.६९३ मेट्रिक टन एलपी ग्यास, ५७ करोड ५१ लाख मूल्यबराबरको पाँच हजार ९८८ किलोलिटर एटीएफ तथा ७० करोड १२ लाख मूल्यबराबरको ३४ हजार ५२४.४९० मेट्रिक टन कोइला आयात भएको सूचना अधिकारी हुमागाईंले बताए ।