गिरिराजमणिको घरदैलो: मतदाताको सद्भाव, कार्यकर्ता उत्साही

गिरिराजमणिको घरदैलो: मतदाताको सद्भाव, कार्यकर्ता उत्साही

महोत्तरी । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गिरिराजमणि पोखरेल पाँच दलीय वाम-लोकतान्त्रिक गठबन्धनको तर्फबाट महोत्तरी क्षेत्र नम्बर १ का साझा उम्मेदवार हुन् । माओवादी केन्द्रका उपमहासचिव पोखरेल यो निर्वाचन क्षेत्रबाट पटक पटक निर्वाचित हुँदै आएका छन् ।

यो क्षेत्रमा पोखरेल पुनः उम्मेदवार भएपछि महोत्तरी १ का जनता उत्साही देखिएका छन् । बर्दिबासलाई यत्तिको उचाइमा पुर्‍याउन र राष्ट्रिय स्तरमै बर्दिबासको पहिचान स्थापित गराउन गिरिराजमणिले नेतृत्वदायी भूमिका खेलेको भन्दै स्थानीयहरू उनको प्रशंसा गर्छन् । हुन पनि पोखरेलले सडक, पुल पुलेसा जस्ता विकासका कार्य मात्र नभएर बर्दिबासलाई चिनाउन रणनीतिक महत्त्वका कामलाई पनि रणनीतिक हिसाबले नै अगाडि बढाएका छन् ।

गिरिराजमणिकै पहल कदमीमा बर्दिबासले आजको यो उचाइ छोएको र चर्चा बटुलेको महोत्तरी-१ का मतदाताहरू नै बताउँछन् । पोखरेलको घरदैलो र गाउँगाउँमा भएका भेटघाटमा मतदाताले भन्ने गरेका छन्, ‘बर्दिबासले अहिले जुन चर्चा पाएको छ, जसरी यसको विकास भइरहेको छ त्यसमा तपाईंको ठूलो योगदान छ ।’

त्यसो त पोखरेलले महोत्तरी १ को विकासका लागि निकै मेहनत गरेका छन् । उनले सडक, पुलपुलेसा, खानेपानी जस्ता योजनालाई त अगाडि बढाएका छन् नै सँगै दुरगामी महत्त्वका आयोजनाहरू मेडिकल कलेज, प्राविधिक कलेजहरूको विकासमा पनि रणनीतिक रूपमा पहलकदमी र अगुवाइ गरेका छन् ।
‘उहाँ (पोखरेल) ले नेतृत्व गरेपछि बर्दिबासको चर्चा चुलियो । प्रदेश २ का प्राय सबै ठूला गोष्ठी सेमिनारहरू बर्दिबासमा हुन थालेका छन् । यो प्रदेश २ को मात्र नभएर १ र २ नम्बर प्रदेशकै केन्द्र बन्ने दिशामा अघि बढेको छ,’ स्थानीयहरू भन्छन् ।

त्यसो त बर्दिबासलाई पोखरेलले शिक्षा र स्वास्थ्यको हब बनाउने दिशामा पनि योजनाबद्ध रूपमा काम गरिरहेका छन् । मेडिकल कलेज तथा प्राविधिक कलेज स्थापनाको पहल कदमी त्यसैको निरन्तरता हो ।

पोखरेलको चुनावी अभियानमा सक्रिय गठबन्धनका एक कार्यकर्ता भन्छन्, ‘महोत्तरी १ मा अन्य क्षेत्रमा जस्तै सडक पुलपुलेसा जस्ता विकासका कामहरू पनि उहाँ (पोखरेल) ले अगाडि बढाउनुभएको छ । अझ यो क्षेत्रको समग्र विकास र यसलाई यो स्तरको चर्चित ठाउँ बनाउन उहाँको निकै ठूलो योगदान छ । गिरिराजजी नभएको भए सायद बर्दिबासले यति छिटै यो स्तरको चर्चा नपाउन पनि सक्थ्यो ।’

पोखरेलले चुरे संरक्षण तथा पर्यटनको क्षेत्रमा पनि निकै काम गरेका छन् । बर्दिबासमा ठूलो लगानी केन्द्रित भइरहेको छ, ठूलठूला होटलहरू बनेका छन् । स्वस्थ्य क्षेत्रमा पनि बर्दिबासले निकै फड्को मारेको छ । त्यसका लागि पोखरेलले रणनीतिक रूपमा योजनाबद्ध हिसाबले काम गरे । जसका कारण बर्दिबासले आज यो चर्चा पाएको स्थानीयहरू बताउँछन् । उनीहरूका अनुसार गिरिराज नभएको भए बर्दिबासले यो हाइट पाउँदैनथ्यो । ‘एक दशक अघिको बर्दिबास र अहिलेको बर्दिबासको तुलनै हुँदैन,’ स्थानीयहरू भन्छन्, ‘यसमा गिरिराजमणिको ठूलो योगदान छ ।’

त्यसो त पोखरेलले सिँचाइ र खानेपानीको विकासका लागि पनि योजनाबद्ध रूपले काम अघि बढाएका छन् । ‘मरिणको पानि ल्याएर महोत्तरीमा मिलाउन सकिन्छ कि भनेर खानेपानी मन्त्रालयबाट हामीले अध्ययन गराएका छौँ,’ पोखरेल भन्छन्, ‘पूरै क्षेत्रमा हामीले काम गर्नुपर्नेछ ।’

महोत्तरीको समस्या र जनताका पीडालाई नजिकबाट देखेका पोखरेलले यो क्षेत्रबाट धेरै युवा कामको खोजिमा विदेशिने गरेको उल्लेख गर्दै आफूले उनीहरूलाई स्वदेशमै रोजगारी उपलब्ध गराउन खोजेको पनि बताएका छन् ।

‘महोत्तरीबाट धेरै युवाहरू बाहिर जानुहुन्छ । म चाहन्छु देशभित्रै युवाहरूले काम गर्ने वातावरण होस्,’ पोखरेलले भनेका छन्, ‘आउने दिनमा देशभित्र रोजगारी, स्वरोजगारीको अभियान छेड्न जरूरी छ ।’

विगतमा जस्तै महोत्तरी १ का जनताले यसपटक पनि माया गर्नेमा आफू विश्वस्त रहेको पोखरेल बताउँछन् । पोखरेलप्रति मतादाताको निकै सद्भाव रहेको उनको अभियानमा खटिएकाहरूको प्रतिक्रिया छ । आफ्ना उम्मेदवारप्रति मतदाताको सकारात्मक प्रतिक्रिया पाउँदा अभियानमा खटिएका नेता-कार्यकर्ताहरू थप उत्साही बनेका छन् ।

सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा मतपत्र सहित र निर्वाचन सामग्री ढुवानी भइसक्यो: आयोग

काठमाडौँ । निर्वाचन आयोगले देशभरका सबै निर्वाचन क्षेत्रमा मतपत्र सहित अन्य निर्वाचन सामग्री ढुवानी गर्ने कामलाई तीव्र पारेको छ । हालसम्म सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा आयोगले मतपत्र ढुवानी गरिसकेको छ । अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री ढुवानीको काम गरिरहेको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली र समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ यसअघि नै सम्पन्न भइसकेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ ७७ जिल्लाका १६५ निर्वाचन क्षेत्रका लागि दुई करोड तीन लाख २३ हजार मतपत्र छपाइ तथा प्याकिङ गरेर निर्वाचन क्षेत्रमा पठाइएको छ । आयोगले गत माघ २९ गतेदेखि कर्णाली प्रदेशबाट मतपत्र ढुवानी सुरु गरेको थियो । त्यसपछि आयोगले सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशमा नियमित रूपमा मतपत्र ढुवानी गरेको थियो । यस्तै, वाग्मती सहित र अन्य प्रदेशमा पनि नियमित रूपमा मतपत्र तथा निर्वाचन सामग्री नियमित रूपमा ढुवानी गरिरहेको छ । आयोगले अन्य प्रदेशमा ढुवानी कार्य जारी रहेको जानकारी दिँदै राजधानी काठमाडौँभित्रका मतदान केन्द्रमा पनि केही दिनमा पुर्‍याइने जनाएको छ । आयोगले मतपत्र बाहेकका अन्य निर्वाचन सामग्री ढुवानी सम्पन्न भइसकेको उल्लेख गरेको छ । मतपत्र छपाइतर्फ आयोगले तोकेको क्यालेण्डर अनुसार जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा गत पुस २२ गतेबाट मतदाता शिक्षा प्रयोजनका लागि छपाइ सुरु भएको थियो । आयोगले १० लाख ९८ हजार २०० नमुना मतपत्र छपाइ गरेको थियो । यस्तै, गत पुस २६ गतेबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ सुरु गरी गत माघ १३ गतेसम्म सम्पन्न गरेको छ । समानुपातिकतर्फ दुई करोड आठ लाख ३० हजार समानुपातिक मतपत्र छपाइ गरेको थियो ।

४१ राजनीतिक दलले निर्वाचन आयोगमा बुझाए पार्टीको घोषणापत्र

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा होमिएकामध्ये ४१ दलले पार्टीको घोषणापत्र निर्वाचन आयोगमा बुझाएका छन् । आयोगले शुक्रबार (फागुन ८) काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ४१ वटा दलले पार्टीको घोषणापत्र बुझाएको जानकारी दिएको हो ।  आयोगले फागुन ४ गते अगाडि नै घोषणापत्र बुझाउन भने पनि दलहरूले अहिलेसम्म पनि घोषणापत्र बुझाइरहेको आयोगकी सहायक प्रवक्ता सीता पुनले जानकारी दिइन् । उमेदवारहरूको हकमा भने जिल्ला तहको निर्वाचन कार्यालयमा बुझाउन सक्ने व्यवस्था रहेकाले पूर्ण विवरण आउन बाँकी रहेको उनले बताइन् । सहायक प्रवक्ता पुनले प्रत्यक्षतर्फको १६५ निर्वाचन क्षेत्रको सबै मतपत्र छपाइ सम्पन्न गरी प्याकिङको काम सकिएको र समानुपातिकतर्फ सुदूरपश्चिम, कर्णाली, कोसी प्रदेशमा ढुवानी गरिसकेको जानकारी दिइन् । उनले निर्वाचनका लागि छापिएका नमुना मतपत्रहरू लिएर आयोगका स्वयंसेवकहरूले मतदातालाई मतदान शिक्षा प्रदान गरिरहेको उल्लेख गरिन् । त्यस्तै, निर्वाचन प्रचारप्रसारका लागि उमेदवारले बैंक खाता खोल्नुपर्ने प्रावधान रहेकोमा हालसम्म सात वटा राजनीतिक दल र आठ हजार ८६७ उमेदवारले निर्वाचन बैंक खाता खोलेको रिपोर्ट प्राप्त भएको बताइन् । 

राष्ट्रिय संकटको घडीमा लोकतन्त्र, स्थायित्व र समृद्धिको नेतृत्व लिन नेकपा तयार

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीले देश जटिल, संवेदनशील र ऐतिहासिक मोडमा उभिएको उल्लेख गर्दै लोकतन्त्रको रक्षा, राजनीतिक स्थायित्वको सुनिश्चितता र समृद्ध भविष्य निर्माणका लागि आफ्नो पार्टी नै सक्षम, जिम्मेवार र विश्वसनीय शक्ति भएको स्पष्ट गरेको छ । पार्टीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा निर्वाचन प्रचार समितिका संयोजक अग्नि प्रसाद सापकोटाले वर्तमान राष्ट्रिय परिस्थितिमा स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गर्नु लोकतन्त्रको मजबुतीका लागि अनिवार्य रहेको बताउनुभयो । उहाँले देशलाई संकटबाट बाहिर निकाल्दै स्थायित्व र समृद्धिको मार्गमा अघि बढाउन आफ्नो पार्टी दृढतापूर्वक प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो। कठिन परिस्थितिमा पनि निर्वाचनको पक्षमा दृढ अडान पत्रकार सम्मेलनमा जारी वक्तव्यमा देश जटिल र संवेदनशील अवस्थाबाट गुज्रिरहेको उल्लेख गर्दै युवापुस्ताको आन्दोलनपछि उत्पन्न परिस्थितिलाई सामान्य बनाउन पार्टीले जिम्मेवार र इमानदार भूमिका खेलेको बताइएको छ । सरकारले निर्वाचन घोषणा गरेपछि केही राजनीतिक शक्तिहरूले निर्वाचनको विरोध गर्दै लोकतान्त्रिक प्रक्रियामाथि प्रश्न उठाएको अवस्थामा पनि आफ्नो पार्टीले संविधान र जनमतको सम्मान गर्दै निर्धारित समयमै निर्वाचन हुनुपर्छ भन्ने स्पष्ट र दृढ अडान लिएको वक्तव्यमा उल्लेख गरिएको छ । पार्टीले अहिलेको अवस्था आफ्नो निर्णयको सही मूल्यांकन भएको प्रमाण भएको बताउँदै लोकतान्त्रिक प्रक्रियाको निरन्तरताका लागि आफ्नो भूमिका ऐतिहासिक रूपमा महत्वपूर्ण रहेको जनाएको छ । संघर्ष, स्पष्ट विचार र कार्ययोजनाले जनविश्वास सुदृढ पार्टीले विगतदेखि नै जनतासँग प्रत्यक्ष सम्बन्ध कायम गर्दै संघर्ष, विचार र स्पष्ट कार्यदिशासहित अघि बढेको उल्लेख गरेको छ । पार्टीले आफ्ना कमी–कमजोरीहरूलाई आत्मसमीक्षा गर्दै सुधारका लागि स्पष्ट प्रतिबद्धता व्यक्त गरेको र यही कारण देशभर पार्टीप्रति जनविश्वास तीव्र रूपमा बढिरहेको दाबी गरेको छ । पार्टीको नेतृत्वमा भएको बलिदानीपूर्ण संघर्ष र नेपाली जनताको ऐतिहासिक आन्दोलनहरूको परिणामस्वरूप संविधान जारी भएको स्मरण गराउँदै त्यसपछि शासकीय सुधार, निर्वाचन प्रणालीको सुदृढीकरण, उन्नत संघीय लोकतान्त्रिक गणतन्त्र, सुशासन, सामाजिक न्याय र आत्मनिर्भर अर्थतन्त्र निर्माणका एजेन्डाहरूलाई निरन्तर अघि बढाइएको उल्लेख गरिएको छ । उत्पादन वृद्धि, रोजगारी सिर्जना, आर्थिक स्वावलम्बन र राष्ट्रिय समृद्धिको स्पष्ट दृष्टिकोणसहित पार्टीले अघि सारेका एजेन्डाहरू आज राष्ट्रिय सहमतिका साझा एजेन्डा बन्न सफल भएको पार्टीको दाबी छ । लोकतन्त्रविरोधी अतिवादको स्पष्ट र सशक्त विरोध पार्टीले वर्तमान अवस्थामा देशले दुई प्रकारका अतिवादको चुनौती सामना गरिरहेको उल्लेख गर्दै लोकतन्त्रको रक्षा र राष्ट्रिय संस्थाको सम्मान अपरिहार्य रहेको बताएको छ । एकातर्फ सुशासन, पारदर्शिता र अभिव्यक्ति स्वतन्त्रताको माग गर्दै सडकमा उत्रिएका युवाहरूको आन्दोलनलाई दमन गर्ने प्रवृत्ति र अर्कोतर्फ जनभावनाको दुरुपयोग गर्दै राष्ट्रपति भवन, व्यवस्थापिका संसद, सिंहदरबार तथा सर्वोच्च अदालत जस्ता राष्ट्रिय संस्थामाथि आक्रमण गर्ने गतिविधि दुवै लोकतन्त्रका लागि गम्भीर खतरा भएको पार्टीको स्पष्ट धारणा रहेको छ । पार्टीले हिंसा, अराजकता र राजनीतिक स्वार्थका लागि गरिने कुनै पनि गतिविधिलाई अस्वीकार्य ठहर गर्दै लोकतान्त्रिक मूल्य, विधिको शासन र राष्ट्रिय एकताको रक्षा आफ्नो सर्वोच्च प्राथमिकता भएको जनाएको छ । सञ्चारमाध्यमलाई जिम्मेवार पत्रकारिताको आग्रह पत्रकार सम्मेलनमा केही सीमित सञ्चारमाध्यमहरूले भ्रामक र तथ्यहीन सूचना प्रवाह गरी पार्टीको छवि कमजोर बनाउने प्रयास गरेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । पार्टीले पत्रकारिताको मूल्य, मर्यादा र नैतिकताको सम्मान गर्दै तथ्यमा आधारित, निष्पक्ष र जिम्मेवार पत्रकारिता गर्न सम्पूर्ण सञ्चारमाध्यमलाई आग्रह गरेको छ । यस सन्दर्भमा नेपाल प्रेस काउन्सिललाई निर्वाचन आचारसंहिताको निष्पक्ष र प्रभावकारी अनुगमन गर्न तथा पत्रकारिताको मर्यादा कायम गर्न सक्रिय भूमिका निर्वाह गर्न अपील गरिएको छ । निष्पक्ष निर्वाचन सुनिश्चित गर्न आयोगको भूमिकामा जोड पार्टीले वर्तमान संवेदनशील परिस्थितिमा निर्वाचन आयोगको भूमिका अझ महत्वपूर्ण भएको उल्लेख गर्दै निष्पक्ष, स्वतन्त्र र भयमुक्त निर्वाचन सुनिश्चित गर्न आयोगले कडा निगरानी, स्पष्ट निर्णय र आचारसंहिताको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । निर्वाचन प्रक्रियामाथि जनविश्वास कायम राख्न आयोगले कुनै पनि प्रकारको आचारसंहिता उल्लङ्घनलाई कडाइका साथ नियन्त्रण गर्दै सबै दलप्रति समान व्यवहार गर्नुपर्ने पार्टीको धारणा रहेको छ । पार्टीले आयोगले आफ्नो संवैधानिक दायित्व कुशलतापूर्वक निर्वाह गर्दै लोकतन्त्रको सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरेको छ । विवेकपूर्ण निर्णयका लागि जनतालाई भावनात्मक र ऐतिहासिक आह्वान पार्टीले आफ्नो प्रतिबद्धता, योजना र दृष्टिकोण सार्वजनिक गरिसकेको उल्लेख गर्दै सम्पूर्ण नेपाली जनतालाई देशको भविष्य निर्धारण गर्ने महत्वपूर्ण अवसरका रूपमा आगामी निर्वाचनलाई ग्रहण गर्न आग्रह गरेको छ । जनतालाई सबै राजनीतिक दलहरूको विगत, वर्तमान भूमिका, विचारधारा, कार्यशैली र भविष्यको स्पष्ट दृष्टिकोणको गहिरो मूल्यांकन गरी विवेकपूर्ण निर्णय लिन आग्रह गरिएको छ । इतिहासका उपलब्धिहरूको रक्षा गर्दै लोकतन्त्र, स्थायित्व, विकास र समृद्धिको पक्षमा उभिन पार्टीले सबै नागरिकलाई आह्वान गरेको छ ।

झापा–४ मा नेकपाका उम्मेदवार चुडालको स्पष्ट प्रतिबद्धता: शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारमार्फत समृद्ध क्षेत्र निर्माण गर्ने संकल्प

झापा । प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ अन्तर्गत झापा क्षेत्र नं. ४ बाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार पुरुषोत्तम चुडाल (राजु) ले समग्र क्षेत्रको दिगो विकास, जनताको आधारभूत अधिकारको सुनिश्चितता र समृद्ध भविष्य निर्माण गर्ने स्पष्ट मार्गचित्रसहित आफ्नो प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन् ।  उनले श्रमजीवी जनताको अधिकार सुनिश्चित गर्ने ऐन कानुन निर्माणदेखि शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, उद्योग, पर्यटन, सूचना प्रविधि र सामाजिक न्यायका क्षेत्रमा ठोस योजना अघि सार्दै आफू निर्वाचित भए क्षेत्रको विकासलाई तीव्र गतिमा अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।  शिक्षा र स्वास्थ्यलाई पहिलो प्राथमिकता उम्मेदवार चुडालले झापा गाउँपालिकामा स्नातक तह अध्ययनका लागि बहुमुखी क्याम्पस स्थापना गर्ने, कन्काई, सतासी र शिवगञ्जका बहुमुखी क्याम्पसहरूको स्तर उन्नति गर्ने तथा कन्काई बहुमुखी क्याम्पसलाई शैक्षिक हबका रूपमा विकास गर्ने योजना अघि सारेका छन् ।  झिलझिलेस्थित गणेशमानसिंह स्मृति अध्ययन प्रतिष्ठानलाई सामुदायिक अस्पतालका रूपमा विकास गर्दै मेडिकल कलेज सञ्चालनमा ल्याउने पहल गरिनेछ । साथै, क्षेत्रका नगर अस्पतालहरूको स्तर उन्नति, सामुदायिक विद्यालयहरूको भौतिक तथा प्राविधिक सुधार, अंग्रेजी र नेपाली दुवै माध्यमबाट गुणस्तरीय शिक्षा र ‘एक शिक्षक एक ल्यापटप’ कार्यक्रममार्फत डिजिटल शिक्षालाई विस्तार गरिनेछ । सडक, पुल र पूर्वाधारमा व्यापक विस्तार क्षेत्रका सबै सडक सञ्जालको स्तरोन्नति गर्दै उत्तर–दक्षिण जोड्ने सडकहरू कालोपत्रे गरिनेछ । २८ वटै वडाका बजारलाई व्यवस्थित, स्वच्छ र आधुनिक बनाइनेछ भने कन्काई र कुञ्जीबारी छोटी भन्सारको स्तर उन्नति गरिनेछ । कन्काई नदी, विरिङ्ग नदी लगायतका स्थानमा आवश्यक पुल निर्माण गरिनेछ भने सुरुङ्गा बजारस्थित एसियन हाईवेमा आकाशे पुल निर्माणका लागि पहल गरिनेछ । जीर्ण विद्यालय भवनहरू हटाई आधुनिक सुविधा सम्पन्न भवन निर्माण गरिने योजना पनि प्रतिबद्धतामा समेटिएको छ । कृषि आधुनिकीकरण र किसानलाई प्रत्यक्ष सहयोग कृषिलाई आधुनिक, यान्त्रिक र व्यवसायिक बनाउने लक्ष्यसहित कन्काई सिंचाई आयोजनाको स्तरोन्नति, डिप बोरिङ्ग र ट्युबवेल अनुदान, कृषि क्याम्पस सञ्चालन तथा अनुसन्धान केन्द्र स्थापना गरिनेछ । किसानलाई गुणस्तरीय बीउ, मलखाद, कृषि यन्त्र, तालिम र अनुदान उपलब्ध गराउनुका साथै पानी तान्ने मोटर निःशुल्क उपलब्ध गराउने व्यवस्था गरिनेछ । सुकुम्वासी समस्या समाधान र सामाजिक न्याय भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पत्र उपलब्ध गराउन अधिकार सम्पन्न आयोग गठन गरिनेछ । महिला, बालबालिका, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि प्रत्येक वडामा सामुदायिक भवन, स्वास्थ्य सेवा, कानुनी परामर्श र सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरिनेछ । युवा, उद्योग र रोजगारी सिर्जनामा जोड प्रत्येक वडामा खेलमैदान र व्यायामशाला निर्माण, क्षेत्रीय खेलकुद कार्यक्रम आयोजना र युवालाई बिनाधितो व्यवसायिक कर्जा उपलब्ध गराउने योजना अघि सारिएको छ । कम्तिमा एक पालिका एक ठूलो उद्योग स्थापना गर्ने, लगानीकर्तालाई सस्तो ब्याजमा ऋण उपलब्ध गराउने र उद्योग व्यवसायको सुरक्षा सुनिश्चित गर्ने नीति अपनाइनेछ । विद्युतीय सवारी साधनको पहुँच विस्तार गरी वातावरणमैत्री यातायात प्रणालीलाई प्रोत्साहन गरिनेछ । पर्यटन, संस्कृति र प्रविधिमैत्री समाज निर्माण धार्मिक तथा पर्यटकीय स्थलहरूको विकास, धार्मिक महोत्सव आयोजना र चुरे क्षेत्र संरक्षण गर्दै पर्यटन प्रवर्द्धन गरिनेछ । सार्वजनिक स्थल, विद्यालय र बजारमा निःशुल्क इन्टरनेट सुविधा उपलब्ध गराउँदै प्रविधिमैत्री समाज निर्माण गरिनेछ भने ई–पेमेंट प्रणालीमार्फत सेवा प्रवाहलाई सहज बनाइनेछ । ऊर्जा, वातावरण र विपद् व्यवस्थापनमा विशेष योजना बिजुली नपुगेका बस्तीमा विद्युत विस्तार, ३० युनिटसम्म निःशुल्क विद्युत उपलब्ध गराउने पहल, नदी नियन्त्रणका लागि तटबन्ध निर्माण र जङ्गली जनावरबाट हुने क्षति न्यूनीकरणका कार्यक्रम सञ्चालन गरिनेछ । सामुदायिक वन संरक्षण, जडीबुटी उत्पादन तथा निर्यात प्रवर्द्धन र जलवायु परिवर्तन न्यूनीकरणका लागि वैज्ञानिक योजना लागू गरिनेछ । श्रमिक र बौद्धिक सम्पत्तिको संरक्षण श्रमजीवी मजदुरहरूको दुर्घटना बिमा, सामाजिक सुरक्षा कोषमा अनिवार्य सहभागिता र विदेशबाट फर्किएका युवाको ज्ञान र सीपलाई विकासमा उपयोग गर्ने विशेष योजना लागू गरिनेछ । उम्मेदवार चुडाल ले आफ्नो प्रतिबद्धता–पत्रमार्फत झापा क्षेत्र नं. ४ लाई शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, पर्यटन र पूर्वाधारका क्षेत्रमा नमूना क्षेत्रका रूपमा विकास गर्ने स्पष्ट दृष्टिकोण प्रस्तुत गरेका छन् । स्थानीय स्रोत, जनशक्ति र आधुनिक प्रविधिको उपयोगमार्फत समृद्ध, आत्मनिर्भर र आधुनिक झापा निर्माण गर्ने उनको प्रतिबद्धता यतिबेला मतदातामाझ आशाको केन्द्र बन्न पुगेको छ ।  

लोकप्रिय