छ दशकमा फेरिएको निर्वाचन शैली: उतिबेला उम्मेदवार, अहिले नोटमा भोट

छ दशकमा फेरिएको निर्वाचन शैली: उतिबेला उम्मेदवार, अहिले नोटमा भोट

चितवन, मंसिर १३ । नेपालमा निर्वाचन शुरु भएको छ दशकमा साधनस्रोतमा मात्रै होइन, शैलीमा पनि परिवर्तन आएको छ ।

विसं २०१५ मा मतदान गरेका वृद्धवद्धाले त्यो बेला र अहिलेको निर्वाचनलाई तुलना गरेका छन् । उनीहरुले अहिलेको शैलीलाई ठूलो तामझामको संज्ञा दिएका छन् ।

पहिलो पटक २०१५ सालमा मतदान गर्ने अहिले ८० वर्ष नाघेका छन् । त्यतिबेला २१ वर्ष उमेर पुगेकाले मात्रै मतदान गर्न पाउने व्यवस्था थियो । नेपालमा पहिलो पटक २००४ सालमा पहिलो म्यूनिसिपल चुनाव भएको इतिहास छ । यद्यपि बालिग मताधिकारको आधारमा भने २००७ सालमा राणा शासन अन्त्य भएपछि २०१५ सालमा भएको आम निर्वाचनलाई पहिलो निर्वाचन मानिएको छ ।

पच्चीस वर्षको उमेरमा पहिलो पटक २०१५ सालमा मतदान गर्नुभएका ८९ वर्षीय प्रागदत्त गौतमलाई अहिलेको निर्वाचन निकै अनौठो लाग्ने गरेको छ । हाल भरतपुर महानगरपालिका–१० मा बसोवास गर्दै आउनु भएका गौतमले पहिलो पटक मतदान गरेको क्षण निकै स्मरणीय भएको बताए ।

उनले भने, “एक दुई जना प्रहरी हुन्थे निकै हार्दिकताका साथ मानिसले मतदान गर्थे, अहिले निर्वाचन निकै भड्किलो भएको छ, यो राम्रो भएन । अहिले पैसा बाँड्ने र भोजभतेर गर्ने नराम्रो चलन बढ्यो ।” पहिलो र्निावचनको सम्झना गर्दै गौतमले भने, “त्यतिखेर मतपत्र लिखित हुन्थ्यो, व्यालेट हुँदैनथ्यो ।” उनले पहिलो पटक कास्कीको खलाङ्गकोटमा मतदान गरेका थिए ।

भरतपुर महानगरपालिका–११ का ८१ वर्षीय लिलाधर धितालले २०१५ सालमा गोरखाको खरिबोटमा मतदान गरेका थिए । त्यतिबेलाको निर्वाचनमा डरत्रास हुँदैनथ्यो । उनले अहिले मारपीटको डर हुने गरेको बताए ।

धितालले गुनासो गरे, “अहिले भोट हाल्न जाँदा पनि मार्छन् कि भन्ने डर हुने गर्छ, त्यतिबेला झण्डा केही हुँदैनथ्यो । शान्तसँग भोट हालिन्थ्यो ।” उनले विगत स्मरण गर्दै भने । निर्वाचन यसरी नै भड्किलो बन्दै गयो भने गाह्रो हुने उनको सुझाव छ ।

भरतपुर महानगरपालिका विशाल चोकका ८५ वर्षीय जगन्नाथ सुवेदीले २०१५ सालमा काठमाडौंमा मतदान गरेका थिए । तनहुँमा पुख्र्यौली थलो भएपनि कामको शिलसिलामा उनी काठमाडौँ बस्थे । त्यतिबेलाका नेता गणेशमान सिंह र पुष्पलाल श्रेष्ठ भएको उनलाई स्मरण छ ।

विसं २०१५ को निर्वाचन स्मरण गर्दै उनले भने, “त्यतिबेला उम्मेदवारले नै टिनको बक्सा बनाएर ल्याउँथे ।” उनले त्यतिबेला अहिलेको जस्तो खुवाउने पिलाउने र धम्क्याउने भन्ने हुन्न्थ्यो । वडा हाकिमले उम्मेदवार टुंग्याउने चलन रहेको उनले बताए । सुवेदीले भने, “त्यो बेला सिस्टम थियो, ईज्ज्त थियो, अहिले त्यस्तो छैन ।”

भरतपुर भोजाडमा बसोबास गर्दै आउनुभएका ८७ वर्षीय गिरिनाथ सापकोटालाई अहिले निर्वाचन देखेर दिक्क लागेको छ । विसं २०१५ मा २६ वर्षको उमेरमा पहिलो पटक गोरखाको खरिबोटमा मतदान गरेका सापकोटालाई अहिलेको तामझाम मन परेको छैन ।

उनले भने, “अहिले धेरै तामझाम भयो, प्रचार बढी भयो, राम्रो भएन, भोट कसरी हाल्ने सिकाउँदैन, तामझाम गर्दै बाटोबाटो हिड्छन् मात्रै,” उनले भने ।

विसं २०१५ मा स्याङ्जामा निर्वाचन नै गराउनु भएका ८९ वर्षीय बलराम पौडेल पहिलो निर्वाचनको पोलिङ अफिसर थिए । उनले स्मरण गरे, “मतदान गर्नेको औलाको कापामा मसि लाइन्थ्यो, फेरि मतदान गर्न आए छ घन्टासम्म थुन्ने अधिकार थियो ।” उनले थपे, “मतदाता कतिखेर आउने, कसरी आउने भनी सोधेर आउँथे ।” अहिले भोजभतेर गर्ने गरेको देखेका पौडेलले त्यतिबेला उम्मेदवारले चिया पनि नखुवाउने गरेको सुनाए ।

उनले भने, “त्यतिबेला उम्मेदवारको खर्च नै हुँदैनथ्यो ।” उम्मेदवारलाई गाउँको टाठाबाठाले मात्रै चिन्ने गरेको बताउँदै उनले अरुले गाउँमा सल्लाह गरेर एउटै उम्मेदवारलाई मतदान गर्ने चलन थियो ।

अहिले विकृति भित्रिएको भन्दै पौडेलले भने, “अहिले खर्च धेरै हुन थाल्यो ।” उनले थपे, “त्यतिबेला उम्मेदवारलाई भोट हुन्थ्यो, अहिले नोटमा भोट हुन्छ ।”

विसं २०१५ मा नौवटा राजनीतिक दलले निर्वाचनमा भाग लिएका थिए । त्यसपछि राष्ट्रिय जनमत संग्रह २०३६, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०३८, राष्ट्रिय पञ्चायत सदस्य निर्वाचन २०४३, प्रतिनिधिसभा निर्वाचन २०४८, प्रतिनिधिसभा निर्वाचन २०५१, प्रतिनिधिसभा निर्वाचन २०५६, संविधानसभाको पहिलो निर्वाचन २०६४ र संविधानसभाको दोस्रो निर्वाचन २०७० भएको थियो ।

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

काठमाडौ। नेकपा (माओवादी केन्द्र)ले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न केन्द्रीय कार्यालयमा हेल्प डेक्स राख्ने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा आज साझ बसेको केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो। बैठकले मौसम पूर्वानुमान अनुसार बाढीपहिरो र त्यसबाट हुनसक्ने क्षतिको आङ्कलन हँदाहुँदै सरकारले जोखिम पहिचान र पूर्वतयारीमा ध्यान नदिदा जनधनको क्षति बढ्न पुगेको निष्कर्ष निकालेको छ ।  बैठकले पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा आर्थिक जम्मा गर्ने र पार्टीपंक्तिलाई राहत पुनर्निर्माणमा केन्द्रित गर्ने निर्णय गरेको छ । त्यस्तै दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने लगायतका निर्णय पनि बैठकले गरेको छ। यस्ता छन् निर्णयहरू १.पार्टी सदस्य र निर्वाचित जनप्रतिनिधिहरूले राहत कोषमा जम्मा गर्ने । २.पार्टी सदस्य र पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधिह रू बाट राहत सहयोग राहत कोषमा जम्मा गर्ने । ३.दीर्घकालीन पुनस्थापना र पुनर्निर्माणका लागि आवाज उठाउने । ४.बाढिपहिरोको क्षतीबारे स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्न र आवश्यक सहजिकरण गर्न केन्द्रीय कार्यालयम हेल्प डेक्स राख्ने।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

लोकप्रिय