जनचेतनादेखि देशकै नमूना गाउँ बनाउने महोत्तरीका जनप्रतिनिधिको उदघोष

जनचेतनादेखि देशकै नमूना गाउँ बनाउने महोत्तरीका जनप्रतिनिधिको उदघोष

महोत्तरी, असोज १३ । महोत्तरीमा सम्पन्न भएको स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिका प्रमुखहरुले एकसय दिनको अवधिमा स्थानीय तहमा आफूले चुनावी घोषणापत्रमा उल्लेख भएकामध्येका सामाजिक परिवर्तन गरेर देखाउने अठोट लिएका छन् ।

बीस वर्षपछि स्थानीयस्तरको विकास गर्नका लागि जनताद्वारा चुनिएका महोत्तरीका नवनिर्वाचित गाउँपालिका तथा नगरपालिकाका प्रमुखहरुले अबको एकसय दिनको अवधिमा जनतालाई उपहार दिन तत्परता देखाएका छन् ।

जिल्लाको सदरमुकाम एवं सबैभन्दा पुरानो नगरपालिकाको रुपमा परिचित रहेको जलेश्वर नगरपालिकाका प्रमुख रामशंकर मिश्रले अब नगरभित्रका हरेक गल्लीमा एम्बुलेन्स, शववाहन, प्रहरीको गाडी, वारुणयन्त्रजस्ता सवारीसाधन सुलभरुपमा ओहोरदोहोर गर्नका लागि तत्कालै बाटो मर्मत गर्न लगाएको जानकारी दिए ।

शहीद परिवारका लागि अक्षय कोष स्थापना गरी स्थानीयस्तरको हरेक निकायलाई भ्रष्टाचारमुक्त क्षेत्र बनाइने घोषणा उनले गरे।

यता नेपालमै प्रसिद्ध रहेको एकीकृत नमूना मुसहर बस्ती भएको बर्दिबास नगरपालिकाका प्रमुख विदुर कार्कीले आगामी दिनमा नमूना काम गरेर देखाइने प्रतिबद्धता जनाए । अब बर्दिबासमा नयाँ शिराबाट नमूना कामको थालनी गर्ने उनले बताए ।

त्यस्तै, गौशाला नगरपालिकाका प्रमुख शिवनाथ महतोले नगर सरसफाइ गर्ने आफ्नो लक्ष्य रहेको प्रतिक्रिया दिए । भ्रष्टाचार र गुण्डागर्दीमुक्त नगरलाई विकसित गरी नगरभित्रमा नै नगर यातायात सञ्चालन गरिने प्रतिबद्धता जाहेर गर्नुभयो । जनताको नोकर भएर काम गर्ने भन्दै अवश्य नै जनताको हकहितमा नै हरपल अगाडि बढ्ने बताए ।

बीस वर्षपछि जनताले आफूलाई चुनेकाले अब जनतालाई स्थानीयस्तरबाटै सिंहदरबारको कामकाज हरेक वडा कार्यालयबाट छिटोछरितो तवरले गराइने मनरा सिस्वा नगरपालिकाका प्रमुख विनोदकुमार सिंहको भनाइ छ । अबको एकसय दिनमा स्थानीय शासन पूर्णरुपमा लागू गरिने सिंहले बताए ।

जिल्लाकै अति नै पिछडिएको क्षेत्रका रुपमा परिचित भंगहा नगरपालिकामा शिक्षा, स्वास्थ्य, सडक र सिँचाइको अनुभूति हुनेगरी कामकाज गरिने प्रमुख सञ्जीवकुमार साहले बताए । विद्यालय सुध्रिए हरेक तह आफैँ सुध्रिने भएपछि आफ्नो पहिलो कर्तव्य शिक्षालाई सुधार्ने योजना रहेका उनले बताए ।

पिपरा गाउँपालिकाको हरेक चोकचोकबाट अबको १५ दिनभित्र मदिरा, गाँजा सेवन गर्ने कार्य पूर्णरुपमा रोकथाम गरिने प्रमुख विनोद चौधरीले बताए । यस्ता कुलतमा फसेर युवायुवती गलत संगतमा फस्दै गएकाले भविष्यका कर्णधारलाई बचाउन हरेक किसिमले आफैँले रोकथामका लागि अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

भ्रष्टाचारी र काममा अटेर गर्नेलाई कारबाहीको दायरामा ल्याएर जनतालाई सुलभ र भरपर्दो सुविधा कार्यालयबाट कार्यसम्पादन गर्ने व्यवस्था मिलाइने वलवा नगरपालिकाका प्रमुख विनोदकुमार यादवले प्रतिबद्धता व्यक्त गरे ।

समाजमा जरा गाडेको सामाजिक कुरीति बालविवाह, बहुविवाह, जातीय भेदभाव, छुवाछूतलाई अन्त्य गर्नका लागि दशैँ सम्पन्न भएलगत्तै ठोस कार्यनीति अवलम्बन गरी गाउँपालिकाभित्र जनचेतनामूलक कार्यक्रम अगाडि बढाइने प्रमुख राजकुमार यादवले बताए ।

घर घरमा जनचेतनामूलक कार्यक्रम ल्याएर यस्ता कुरीतिलाई आफ्नो कार्यकालभित्र न्यूनीकरण गरेर छाड्ने यादवले धारणा राख्नुभयो ।

त्यस्तै, राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य शरतसिंह भण्डारीको गृहनगर औरही नगरपालिकाको प्रमुखमा निर्वाचित सुनिलकुमार यादवले हरेक जनताले प्रत्यक्षरुपमा लाभान्वित हुने गरी कार्यसम्पादन गरी परिवर्तन गरिने बताए । इतिहासमै नगरेका कार्य आफ्नो कार्यकालमा गरेर औरहीलाई विकासको दृष्टिकोणले देशभरिमा नै परिचित गराउने उनले दावी गरे । रासस

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय