जनप्रेमी र विकासप्रेमी पार्टी मात्रै अस्तित्वमा : शर्मा

जनप्रेमी र विकासप्रेमी पार्टी मात्रै अस्तित्वमा : शर्मा

रुकुम, कात्तिक १९ । नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता जनार्दन शर्माले अब देशमा जनप्रेमी र विकासप्रेमी पार्टी मात्रै अस्तित्व रहने दावी गरेका छन । दस महिनाभन्दा धेरै सरकार नटिक्ने भएकाले जनता पनि अलमलमा परेको उनले बताए ।

बिनाविभागीय मन्त्रीसमेत रहेका शर्माले वामहरु मिलेर आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनमा दिइएको उम्मेदवारी गठबन्धन मात्र नभएर पार्टी एकताको प्रक्रिया रहेको बताएका छन् ।

जिल्ला सदरमुकाम खलंगामा आइतबार प्रेस चौतारी र प्रेस सेन्टरले गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले समय अभावका कारण मात्रै एमाले माओवादीले आ–आफ्नै उम्मेदवारी दिनु परेको बताएका हुन् ।

‘हामी पार्टी एकता गरेरै निर्वाचनमा जाने तयारीमा थियौं,’ शर्माले भने, ‘केही प्राविधिक कुरा नमिल्नु तथा समयाभाव अर्को समस्या रह्यो ।’तत्कालै पार्टी एकता सम्भव नभएपछि ६०/४० सिट बाँडफाँडका आधारमा निर्वाचनमा जाने र निर्वाचनलगत्तै पार्टी एकताको तयारी भइरहेको उनको भनाइ छ ।

देश र राष्ट्रिय हितको साथै समयको मागबमोजिम नै कम्युनिस्ट एकताको प्रक्रिया सुरु भएको तर्क शर्माले गरे । कम्युनिस्ट एकताको सन्देश निर्वाचनलगत्तै एमाले र माओवादी एक भएर दिने उनले बताएका छन् । राजनीति स्थिर नहुँदा देश स्थिर भइरहने अवस्था नरहेकाले विकास निर्माण संभव नदेखिएपछि एकता प्रक्रिया थालिएको उनले बताए । ‘जब राजनीति नै स्थिर नभए आर्थिक समृद्धि देशको विकास सम्भव नै देखिएन, त्यसैले पनि ठूलो रिस्क मोलेर पार्टी एकताको प्रक्रिया थालिएको हो,’ उनले भने ।

अब बन्ने सरकार ५ वर्षसम्म रहने भन्दै उनले त्यसपछि जनताले दल तथा उम्मेदवारी छान्ने अवसर पनि पाउने उनको भनाइ छ । दस महिनाभन्दा धेरै सरकार नटिक्ने भएकाले जनता पनि अलमलमा परेकाले अब जनप्रेमी र विकासप्रेमी पार्टी अस्तित्व मात्रै रहने उनले बताए ।

देशले स्थायी सरकारको महसुस गरेको र वाम तथा लोकतान्त्रिक ध्रुविकरण सुरु भएकाले अब देशमा विकास र आर्थिक समृद्धिले पनि फड्को मार्न धेरै समय नलाउने शर्माको जिकिर छ ।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय