जनयुद्धका घाईते जग प्रशाद शर्मा ‘अपार’ दाङ क्षेत्र नं‍‍. ३ ‘१’ का साझा उम्मेदवार

जनयुद्धका घाईते जग प्रशाद शर्मा ‘अपार’ दाङ क्षेत्र नं‍‍. ३ ‘१’ का साझा उम्मेदवार

दिपक बोहरा/

तुलसीपुर, कात्तिक १९ । तीन दशक देखी राजनीतिक यात्रामा रहेका जगप्रशाद शर्मा ‘अपार’ अहिले दाङ क्षेत्र नं। ३ को ‘क’ बाट प्रदेशको उम्मेदवार बनेका छन् । राजनीतिमा स्वच्छ छबि बनाएका तुलसीपुर उपमहानगरपालिका १२ क्याम्पस रोड निबासी अपार बाम गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् ।

सादा जीवन, उच्च बिचार, सरल, कुसल संगठक ,राजनीतिक नेतृत्वका बिश्वास पात्र रहेका अपार बिगत तीन दशक देखी पार्टीको राजनीतिमा क्रियाशिल हुँदै आएका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका अपार बिद्यार्थी कालदेखी नै भुमिगत हुनु पर्ने बाध्यता रह्यो । जसले गर्दा उनी उच्च शिक्षा हाँसिल गर्नबाट बञ्चित भए । २०४३ देखी बिद्यार्थी राजनीति शुरु गरेका अपार सानै उमेरमा भुमिगत भए । २०४६ सालमा उनले जनआनदोलनमा सक्रिय सहभागी भए ।

२०४७ सालमा पार्टीको सदस्यता प्राप्त गरेका उनले २०४९ देखी ०५१ सम्म ग्रामिण बर्ग संघर्षको नेतृत्व गरे । २०५२ साल फागुण १ गते देखी शुरु भएको जनयुद्धको पहलकर्ताका रुपमा उनी थिए । २०५३ सालमा पार्टीको रुकुम जिल्ला कमिटि सदस्य भएका उनी सोही बर्ष देशकै पहिलो एम्बुसको नेतृत्व गरे । युद्धकै क्रममा २०५५ सालमा उनी घाईते भए । उनलाई आँखामा छर्रा गोली लाग्यो । आँखाको उपचारकै क्रममा थिए, तर उनले हिम्मत हारेनन्, उनी घाईते हुँदा पनि नियमित लडि रहे । सोही बर्ष उनले पार्टीको क्षेत्रीय व्युरो सदस्यको जिम्मेवारी सम्हाले । उनी २०५७ सालमा भएको दोस्रो राष्ट्रिय सम्मेलनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका थिए ।

उनी पार्टी भित्रै निकै त्याग, तपस्या गरेका नेताको रुपमा चिनिन्छन् । आन्दोलनकै क्रममा उनले देशका बिभिन्न क्षेत्रको नेतृत्व गर्दै आए । पार्टीकै नेतृत्वका लागि उनलाई कहिले पुर्ब त , कहिले पश्चिम खटाईयो । उनले ईमन्दारीपुर्बक जिम्मेवारी सम्हाले ।

राजतन्त्रको अन्त्य गर्न, संघीय गणतन्त्रको स्थापन गर्न र देशको सम्बद्धिका लागि थालिएको १० बर्षे जनयुद्धको बिभिन्न तह र तप्काको नेतृत्वका लागि देशका बिभन्न क्षेत्रमा नेतृत्वका लागि खटाईयो । २०६७ देखी उनले दाङलगायत पश्चिम नेपालको पार्टीको नेतृत्व तहको जिम्मेवारी निर्बाह गर्दै आएका छन् । उनी २०४६ देखी ०५५ सम्म रुकुममा, २०५६ देखी ५८ सम्म प्रबासमा, २०५९ देखी ६६ सम्म पुर्बी नेपालमा नेतृत्वका लागि खटाईएको थियो ।

पार्टीको बिभिन्न आन्दोलनको नृेतृत्व गर्दै आएका उनले निकै दुःख, कष्ठ पनि झेल्नु प¥यो । उनी २०५१ सालमा डोल्पा हिरासतमा ८ दिन र २०५५ सालमा लखनउमा तीन दिन जेलमा बस्नु प¥यो । पार्टीको हरेक तह र तप्कामा संघर्ष गर्दै आएका उनी अहिले समाजबाद आधार तयार गर्न चुनाबी लडाईमा छन् ।

उनले समाजबादको आधार तयार पार्ने, ७० बर्ष देखीको अस्थाई सरकारलाई अन्त्य गरी स्थायी सरकार निर्माण गर्ने, संघीयता कार्यान्वयन गर्ने तथा दाङलाई प्रादेशीक राजधानी बनाउने मुख्य एजेण्डा अघि सारेका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय