टर्कीका सय बढी न्यायाधिश र सरकारी वकिल निलम्बित

टर्कीका सय बढी न्यायाधिश र सरकारी वकिल निलम्बित

अङ्कारा, वैशाख २३ । टर्कीका न्यायाधिश र सरकारी वकिल गरी १०७ जनालाई शुक्रबार निलम्बन गरिएको छ ।

गुलेन आन्दोलनमा सहभागी भएको र उनीहरुलाई समर्थन गरेको आरोपमा तीनलाई निलम्बन गरिएको सरकारी अधिकारीले जनाएका छन् ।

टर्कीको न्यायाधिश र सरकारी वकिलको उच्च परिषद्ले उनीहरुलाई निलम्बन गर्ने निर्णय गरेको सरकारी समाचार संस्था अनादुलले जनाएको छ ।

सन् २०१६ को जुलाई १५ मा राष्ट्रपति एर्डोेगानलाई सत्ताच्यूत गर्ने उद्देश्यका साथ उहाँ विदामा रहेको बेला कूको प्रयास भएको थियो । जुन प्रयास असफल भएको थियो । कूुको प्रयास घन्टौँ लामो लडाइपछि एर्डोगान समर्थित सेनाले यसलाई नियन्त्रणमा लियो र त्यस प्रयासलाई विफल सावित गरिदिएको थियो ।

एर्डोगानलाई सत्ताच्युत गर्ने उद्देश्यले गरिएको असफल कूको प्रयासपछि सरकारले प्रहरी, सेना, शिक्षक, टर्की एयरलाइन्सका कर्मचारीसमेतलाई गरी करिब ५० हजारलाई जागिरबाट यसअघि नै बर्खास्त गरेका थियो । पत्रकार, उच्चस्तरीय व्यापारीलयागत हजाराँैलाई पक्राउ गरिएको थियो ।

टर्कीले असफल सैनिक विद्रोह गराउन इस्लामिक धार्मिक नेताद्वारा नेतृत्व गरिएको फेतुल्लाहसी आतङ्ककारी सङ्गठन (एफइटिओ)को संलग्नता रहेका आरोप लागेको थियो ।

अमेरिकामा स्वघोषित निर्वासनमा रहनुभएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको थियो ।

सरकारले धार्मिक नेता गुलेनलाई असफल सैनिक विद्रोहमा सलग्न रहेको बताइरहँदा गुलेन र उहाँ सम्बद्ध धार्मिक सङ्गठनले उक्त असफल कूुको प्रयासमा आपूmहरूको कुनै संलग्नता नरहेको जनाउँदै आएका थिए ।

गुलेन र उनका समर्थकले आफूहरू शान्तिपूर्ण आन्दोलनमा विश्वास गर्ने दाबी गर्दै आएका छन् । रासस/सिन्ह्वा

श्रीलङ्का निर्वाचनले दिएको सन्देशः तेस्रो शक्ति पनि पहिलो हुनसक्छ

काडमाडौं । श्रीलङ्कामा बामपंथी उम्मेदवार अनुरा कुमारा दिसानायके विजयी हुने पक्का जस्तै भएको छ ।  गत राष्ट्रपतीय चुनावमा उनी तेस्रो भएका थिए । स्थानको आधारमा तेस्रो भएका उनको मत प्रतिशत पनि ज्यादै कम आएको थियो । उनले ३।१६ प्रतिशतमात्रै मत पाउन सफल भएका थिए । यस्तै श्रीलंकाको वर्तमान संसदका २२५ सदस्यमा अनुरा कुमाराको गठबन्धनको सीट तीनमात्रै छ । अमेरिकी समाचार एजेन्सी एपीका अनुसार उनी राष्ट्रिय जनशक्ति एनपीपी नामको गठबन्धनको उनी नेतृत्व गर्छन् । एनपीपी गठबन्धनको महिला समूह, नागरिक समुह, राजनीतिक दल तथा ट्रेड युनियनहरू गरेर २१ घटक छन् । एनपीपीमा जोडिएको अनुरा कुमाराको दलको नाम जनमुक्ति मोर्चा जेभीपी हो । यो मोर्चामा अहिले महिला जेभीपी सशस्त्र युद्ध गरेको दल हो । तर, त्यो युद्धमा सर्वनाक पराजय भोगेर शान्तिपूर्ण राजनीतिमा आएको दल हो । जेभीपीले सन् १९७१ र सन् १९८७ मा शशस्त्र युद्ध गरेको थियो । युद्धमा ८० हजारको ज्यान गएको थियो र त्यसपछि दलले शान्तिपूर्ण राजनीतिक रोजेको फ्रान्स २४ ले उल्लेख गरेको छ । जेपीपीले सशस्त्र युद्ध गर्दा अनुरा कुमारा विश्वविद्यालयमा थिए । उनले सशस्त्र संघर्षमा भाग नलिएको बताउँछिन् श्रीलंकाकी पत्रकार नभोदया जयविक्रमा । उनी त्यो समयमा विद्यार्थी आन्दोलनमा भएको उनी बताउँछिन् ।  अनुरा कुमारा दिसानायके सन २०१४ फेब्रुअरी २ मा भएको जेभीपीको १७ औँ राष्ट्रिय महाधिवेशनबाट नेतृत्वमा आएका थिए । उनले सन १९८७ सालबाट राजनीतिमा आएर सन १९९१ मा जेभीपी दलमा जोडिएका थिए । सन २००० बाट श्रीलंकाली सदनमा आएका उनी सन् २००४ मै कृषि, पशुपन्छी, भू तथा सिँचाइमन्त्री भएका थिए । उनलाई मन्त्री बनाउनमा तत्कालीन राष्ट्रपति कुमारातुङ्गाको गठबन्धनको योगदान भएको विभिन्न मिडियाहरूले उल्लेख गरेका छन् । स्कुले दिनदेखि जेभिपीको राजनीतिमा जोडिएका दिसानायके सन् २०१४ मा पार्टीनेता नियुक्त भएका थिए । नेतृत्व सम्हालेदेखि नै उनले पार्टीलाई विगतको हिंसात्मक विगतबाट बाहिर ल्याउन प्रयास गरे । पार्टीनेता चुनिएलगत्तै सन् २०१४ मेमा बिबिसीसँगको अन्तर्वार्तामा दिसानायकेले पार्टीको विगतका हिंसाका लागि माफी मागे, जुन औपचारिक पार्टीतर्फबाट भएको त्यस्तो पहिलो माफीको आग्रह थियो । उक्त माफीप्रति पार्टीनेता तथा वामपन्थी तप्काले विरोध गरेका थिए ।  श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएदेखि नै देशको नेतृत्व दुई प्रभावशाली राजनीतिक समूह युनाइटेड नेसनल पार्टी (युएनपी) र श्रीलंका फ्रिडम पार्टी (एसएलएफपी) वा तिनले नेतृत्व गरेका गठबन्धन वा उनीहरूबाट छुट्टिएर गएको गुटले गरेका छन् । दिसानायके राष्ट्रपति बन्न जनतामाझ कायम यी गठबन्धनको प्रभावलाई तोड्नु आवश्यक हुन्छ । पार्टीको अहिलेको सबैभन्दा ठुलो सबलता भ्रष्टाचार नियन्त्रण गर्ने वाचा बनेको छ । यस वाचामा युवाहरू आकर्षित भएका छन् । तथापि, भर्खरै आर्थिक संकट भोगेकाले मतदाताका लागि देशको अर्थतन्त्रको अवस्था सबैभन्दा मुख्य मुद्दा बनेको छ ।  

श्रीलङ्काकामा जेभीपीको उतारचढावः युद्धको अनुभवदेखि सत्ता सञ्चालनको यात्रातिर

काठमाडौं । श्रीलंकाको आम निर्वाचनबाट वामपन्थी नेता अनुरा कुमारा दिसानायके राष्ट्रपति बन्ने निश्चित बन्दै गएको छ । अनुरा कुमारा दिसानायके श्रीलंकामा चर्चित मार्क्सवादी नेता हुन्। उनी पूर्व कृषिमन्त्री हुन्। भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका उनी २०२२ को आर्थिक मन्दीबाट आजित मतदातामाझ लोकप्रिय बन्दै गएका छन्। श्रीलंकाको २२५ सदस्यीय संसद्‌मा राष्ट्रिय जनशक्ति गठबन्धन अर्थात् एनपीपीको तीन सिट मात्र छ। एनपीपीमा विभिन्न २७ घटक तथा समूह सामेल छन्। यसको मुख्य घटक दल पिपुल्स लिबरेसन फ्रन्ट वा जनता विमुक्ति पेरामुना (पीएलएफ/जेभीपी) हो। दिसानायके त्यही दलको नेतृत्व गरिरहेका छन्। कुनै समय लिबरेसन टाइगर्स अफ तमिल इलमसँग तुलना गरिने जेभीपीले सन् १९७१ र १९८७ मा दुई पटक असफल सशस्त्र विद्रोह गरेको थियो। उनीहरू युद्धबाट सत्ता कब्जामा विश्वास गर्थे। दुवै विद्रोहमा लगभग ८० हजार नागरिकको ज्यान गुमेको थियो। त्यसपछि पार्टीले हिंसात्मक बाटो त्याग्यो र समाजवादी शक्तिमा परिणत भयो। यसले सन् २०१९ मा गठन भएको गठबन्धन मोर्चा एनपीपीको नेतृत्व गरिरहेको छ। संसद्‍बाट निर्वाचित राष्ट्रपति रनिल विक्रमासिंघेले अन्तर्राष्ट्रिय मुद्रा कोषको २.९ अर्ब अमेरिकी डलर ऋणलाई निरन्तरता दिने बताइरहेका बेला दिसानायकेले उक्त सम्झौताका विभिन्न बुँदामाथि पुनः वार्ता गर्ने प्रतिबद्धता जाहेर गरेका छन्। त्यसैगरी, भारी कर कटौतीको योजना पनि सार्वजनिक गरेका छन्। उनले आफू राष्ट्रप्रमुख निर्वाचित भएमा हरित ऊर्जाका क्षेत्रमा विदेशी लगानीकर्तालाई छानेर स्वागत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। विगत तीन दशकमा श्रीलंकाका प्रायः सबै नेताहरूले शक्तिशाली राष्ट्रपति पद खारेज गर्ने वाचा गरे पनि यसलाई पूरा गर्न असफल भएका छन्। दिसानायकेले पनि राष्ट्रपतीय प्रणाली खारेज गरी सन् १९७८ सम्म कायम रहेको बेलायती शैलीको संसदीय लोकतन्त्रमा फर्काउने प्रतिबद्धता जनाइरहेका छन्। उनको जितको सम्भावनालाई विभिन्न पक्षहरूबाट विश्लेषण गर्न सकिन्छ। पहिलो, उनी एक समाजवादी विचारधाराका समर्थक हुन् र आर्थिक असमानता तथा भ्रष्टाचारविरुद्ध आवाज उठाएर लोकप्रिय बनिरहेका छन्। यसले वर्तमान सरकारको नीतिप्रति असन्तुष्ट मतदाताको समर्थन प्राप्त गर्न मद्दत पुग्नेछ।  यस्तै, सामाजिक न्यायका लागि गरिएको कामका कारण पनि उनी युवाहरूमा लोकप्रिय बनेका छन्। उनले आफ्नो चुनावी अभियान युवा र नयाँ विचारधारामा विश्वास गर्ने जनतालाई लक्षित गरेका छन्। यसका साथै, सामाजिक सञ्जाल र डिजिटल मिडियाको प्रभावकारी उपयोग गरेका छन् जसले उनलाई युवाहरूमा अधिक पहिचान दिलाउन मद्दत गरेको छ। तर ठूलो राजनीतिक अनुभव र संसाधन भएका मुख्यधारका दलहरूसँग उनले प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छँदै छ।

इजरायलमाथि लेबनानबाट सय बढी रकेट प्रहार

काडमाडौं । लेबननले इजरायलको उत्तरी क्षेत्रमा रातभरि दर्जनौं रकेट प्रहार गरेको छ। इजरायली सेनाका अनुसार, हिजबुल्लाहले औद्योगिक र सैन्य स्थानहरूलाई लक्षित गर्दै यी आक्रमणहरू गरेको हो। इजरायली रक्षा बलले १०५ मध्ये अधिकांश रकेटहरूलाई रोकिएको भए पनि केही घरमा आक्रमण भएको जनाएको छ। रातभरि हवाई आक्रमणको चेतावनी सुनिएको थियो, र इजरायली सेनाले दर्जनौं युद्धक विमानहरूले लेबननको दक्षिणी क्षेत्रमा व्यापक रूपमा आक्रमण गर्न थालेको जनाएको छ। क्ष्म्ँ का प्रवक्ताका अनुसार, हिजबुल्लाहले इजरायली भूमितर्फ प्रहार गर्ने तयारी गरिरहेको थाहा पाएपछि यो आक्रमण गरिएको हो।  पछिल्लो हप्ता लेबननमा पेजर र वाकीटकी विस्फोट भएपछि हिजबुल्लाहले बदला स्वरूप इजरायलको उत्तरतर्फ रकेट प्रहार गरेको जनाएको छ। इजरायलले भने यस आक्रमणको जिम्मा लिएको छैन। अमेरिकी राज्य विभागले पनि लेबननमा रहेका आफ्ना नागरिकहरूलाई देश छोड्न सल्लाह दिएको छ, किनकि उडानहरू कम क्षमतामा सञ्चालन भइरहेको जनाइएको छ।

प्रत्यक्ष प्रसारणकै क्रममा अल जजीरा टेलिभिजनमा इजरायली सेनाको छापा

काठमाडौं । इजरायली सेनाले आफ्नो कब्जामा रहेको 'वेस्ट ब्यांक' को रमल्लामा रहेको अल जजीरा टेलिभिजन च्यानलको कार्यालयमा हतियारसहित छापा मारेको छ । कतारको दोहामा मुख्यालय रहेको अल जजीराको रमल्लास्थित कार्यालय बन्द गर्नसमेत इजरायली सेनाले आदेश दिएको छ । टेलिभिजनका वेस्ट ब्यांक ब्युरो चिफ वालिद अल-ओमारीलाई इजरायली सेनाले आइतबार उक्त आदेश हस्तान्तरण गरेको हो । इजरायली सेनाले बन्द गर्नुको कारण भने नखुलाएको अल जजीराले जनाएको छ । केही समय पहिले अल जजीरालाई इजरायलमा रिपोर्टिङ गर्न प्रतिबन्ध लगाइएको थियो । त्यसलगत्तै वेस्ट ब्यांकस्थित कार्यालय बन्द गर्न इजरायली सेनाले आदेश दिएको हो । गत मे महिनामा इजरायली सरकारले इजरायलमा अल जजीराको प्रत्यक्ष प्रसारणमाथि समेत रोक लगाएको थियो । सुरुमा ४५ जना दिनका लागि बन्द भने पनि इजरायलमा अल जजीराका पत्रकारले अहिले पनि रिपोर्टिङ गर्न पाएका छैनन् । 'पत्रकारहरूमाथि यसरी निसाना साध्नु सत्यलाई मेटाउन खोजिएको हो । साथै मानिसहरूलाई साँचो सूचनाबाट वञ्चित गर्नु हो,' वेस्ट ब्यांकका ब्युरो चिफ ओमारीले भनेका छन् । गत वर्षको अक्टोबरदेखि चलिरहेको इजरायल-हमास युद्धमा पत्रकारहरू चपेटामा परेका छन् । इजरायली सुरक्षा फौजको कारबाहीमा अहिलेसम्म १७३ जना पत्रकार मारिएको गाजास्थित सरकारी अधिकारीहरूद्ये जनाएका छन् । अल जजीराका इस्माइल अल घौल र समिर अबुदाका पनि इजरायली सेनाको कारबाहीमा मारिएका थिए ।

लोकप्रिय