ट्रम्पको अपिल पुनरावेदन अदालतबाट पनि खारेज

ट्रम्पको अपिल पुनरावेदन अदालतबाट पनि खारेज

एजेन्सी, वासिङट्न, माघ २८ । अमेरिकाको संघीय पुनरावेदन अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पको अपिल खारेज गरेको छ । सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा बन्देज लगाउने आफ्नो आदेशलाई एक संघीय अदालतले रोकेपछि उनले सानफ्रान्सिस्कोस्थित पुनरावेदन अदालतमा त्यसविरुद्ध अपिल गरेका थिए ।

तर तीन जना न्यायाधीशको इजलासले सर्वसम्मतिका आधारमा ट्रम्पको अपिललाई खारेज गरेको छ । उक्त निर्णयसँगै ट्रम्पले इरान, इराक, सोमालिया, सुडान, सिरिया र यमनसहित सात मुस्लिम राष्ट्रका नागरिकलाई अमेरिका प्रवेशमा रोक लगाउने योजना अन्यौलमा परेको छ।

न्यायाधीशहरूले भनेका छन्, ‘ट्रम्पले बन्देज लगाएका ७ मुस्लिम राष्ट्रका नागिरिकले अमेरिकामा कुनै आतंकवादी गतिविधिमा संग्लग्न रहेको प्रमाण अदालतमा प्रस्तुत भएन ।’
राष्ट्रपतिले राष्ट्रिय सुरक्षाका निम्ति लिएका कदमविरुद्ध अदालतले केही गर्न नसक्ने भन्ने सरकारको भनाइलाई पनि अदालतले खण्डन गरेको छ। अदालतले भनेको छ–संवैधानिक लोकतन्त्रमा अदालतको भूमिका महत्वपूर्ण हुन्छ ।

गत हप्ता न्यायाधीश जेम्स रोबार्टले ट्रम्पको आदेशलाई अन्तिम फैसला नभएसम्म लागू नगर्न आदेश दिएका थिए। रोबर्ट रिपब्लिकन पार्टीबाट राष्ट्रपति बनेका जर्ज डब्ल्यु बुशले नियुक्त गरेका न्यायाधीश हुन् ।

ट्रम्पको अपिललाई खारेज गर्ने तीन न्यायाधीशमध्ये दुई जना डेमोक्रयाटिक र एक रिपब्लिकन पार्टीका राष्ट्रपतिबाट नियुक्त भएका हुन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार अब राष्ट्रपति ट्रम्पले सर्वोच्च अदालतमा अपिल गर्न सक्नेछन्। अहिले त्यहाँ ८ न्यायाधीश रहेकोमा ४ जना रिपब्लिकन र ४ डेमोक्र्याटिक पार्टीबाट नियुक्त भएका हुन् ।

यदि रिपब्लिकन पार्टीका राष्ट्रपतिद्वारा नियुक्त भएका न्यायाधीशले ट्रम्पको पक्ष लिए सर्वोच्च अदालतको मत ४र४ मा बाँडिने छ। त्यस्तो अवस्थामा तल्लो अदालतको फैसला सदर हुनेछ ।

श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवारको भारी अग्रता

श्रीलंकाको राष्ट्रपति चुनावमा वामपन्थी उम्मेदवार अनुरा कुमारा दिशानायकेले अग्रता लिएका छन्। राष्ट्रपतिका लागि शनिबार मतदान सकिएलगत्तै मतगणना भएकोमा नेशनल पिपुल्स पावरका उम्मेदवार दिशानायकेले सुरूवातदेखि नै अग्रता लिएका हुन्। सुरूवातमा हुलाकमार्फत आएका भोट गनिएको थियो। हुलाकमार्फत आएका मतगणना सकेर मतपेटिकाको गणना जारी रहेको बताइएको छ। समाचार संस्था एशोशियटेड प्रेसका अनुसार आइतबार बिहानसम्म कुल गणना भएको मतको ४७ प्रतिशत मत दिशानायकेले प्राप्त गरेका छन्। विपक्षी दलका नेता साजिथ प्रेमदासाले २८ प्रतिशत र राष्ट्रपति रनिल विक्रमासिंघेले  १५ प्रतिशत मत ल्याएका छन्। राष्ट्रपति निर्वाचित हुनका लागि कुल मतको ५१ प्रतिशत मत प्राप्त गर्नुपर्छ। यसपालिको चुनावका लागि १ करोड ७० लाग नागरिक मतदानका लागि योग्य रहेकामा शनिबार ७० प्रतिशतले मतदान गरेका थिए। मतदान सकिएसँगै शान्तिपूर्ण ढंगले मतगणना गर्न  कर्फ्यू लगाइएको थियो। चुनावमा ३८ जनाले उम्मेदवारी दिएका थिए। अपदस्त राष्ट्रपति गोटाबाया राजापाक्षका भतिजा नमल राजापाक्ष पनि उम्मेदवार थिए। उनले तीन प्रतिशतमात्रै मत पाएका छन्।  सन् २०२२ मा गोटाबाय राजापाक्षे अपदस्त भएपछि श्रीलंकाले चरम आर्थिक संकट खेपिरहेको छ। यसपालि त्यहाँ वामपन्थी उम्मेदवारले जित्ने निश्चित भएको बताइएको छ।  वर्तमान राष्ट्रपति रनिल विक्रमासिंघे र विपक्षी दल नेता साजित प्रेमदासाले  वामपन्थी उम्मेदवार दिशानायेकेलाई बधाई दिइसकेका छन्। विदेशमन्त्री अली साबरीले पनि सामाजिक सञ्जाल प्लेटफर्म एक्समार्फत जानकारी गराउँदै दिशानायेकेको जित सुनिश्चित रहेको बताएका छन्। 'रनिल विक्रमासिंघेको चर्को प्रचारका बाबजुद जनताले आफ्नो निर्णय गरे। उहाँहरूले दिनुभएको म्याण्डेटको सम्मान छ,’ उनले भनेका छन,' उनले एक्समा लेखेका छन्। 

आतिशी बन्ने भइन् दिल्लीमा मुख्यमन्त्री

काठमाडौं । भारतको दिल्लीमा नयाँ मुख्यमन्त्रीको नाम घोषणा भएको छ । अब आतिशी मार्लेना दिल्लीकी नयाँ मुख्यमन्त्री बन्ने भएकी हुन् । दिल्ली सरकारका मन्त्री गोपाल रायले आतिशी नयाँ मुख्यमन्त्री बन्न लागेको जानकारी दिएका हुन् । उनले भनेका छन्- आतिशी कठिन परिस्थितिमा दिल्लीको मुख्यमन्त्री बन्न लागेकी हुन् । रायले भनेका छन्- भारतीय जनता पार्टीले आम आदमी पार्टी फुटाउने तथा सरकार ढाल्ने प्रयास गरेको छ । तर, हामीले उसका हरेक प्रयासलाई विफल पारेका छौँ । मंगलबार बिहान बसेको संसदीय दलको बैठकले आतिशी दिल्लीको मुख्यमन्त्री बन्ने निर्णय गरेको हो । उनलाई सर्वसम्मत रूपमा मुख्यमन्त्रीको रूपमा अघि सारिएको रायले बताएका छन् । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवाल जेलमा हुँदा आतिशीले महत्त्वपूर्ण भूमिका निभाएकी थिइन् । केजरीlलले मुख्यमन्त्रीबाट राजीनामा दिने घोषणा गरेसँगै आम आदमी पार्टीले उनैलाई मुख्यमन्त्रीका रूपमा अघि सारेको हो ।

इजरायलको आक्रमणमा राष्ट्रसंघका कर्मचारीसहित १८ जनाको मृत्यु

काठमाडौं । इजरायली सेनाले केन्द्रीय गाजामा रहेको संयुक्त राष्ट्र संघले सञ्चालन गरिरहको एक विद्यालयमा आक्रमण गर्दा कम्तीमा १८ जनाको ज्यान गएको छ। प्रत्यक्षदर्शीका अनुसार ‘महिला र बच्चाहरू’ टुक्राटुक्रा भएका छन्। यसरी मारिने मध्य ६ जना युनाइटेड नेसन रिलिफ एन्ड वर्क एजेन्सी (यूएनआरडब्लुए)मा आबद्ध थिए। युद्ध सुरु भएयता त्यहाँका कर्मचारीको ज्यान नै जाने गरी भएको यो सबै भन्दा ठुलो हमला हो। सो आक्रमणमा सेल्टरका मेनेजरको समेत मृत्यु भएको छ। पछिल्लो अवस्था हेर्दा त्यहाँ भुइँमा फोहोर छरिएका छन्। रगत सुक्दै गएपछि वातावरण नै दुर्गन्धित भएको छ। प्रत्यक्षदर्शीका अनुसार मानिस खाना पर्खिरहेको समयमा सो आक्रमण भएको थियो। इजरायल गाजा युद्धमा अहिलेसम्म ४१ हजार भन्दा बढीको ज्यान गएको छ भने ९५ हजार भन्दा बढी विस्थापित भएका छन्। पछिल्लो घटना अनुसार एक ४६ वर्षीया महिलाको छातीमा गोली हानेर हत्या गरिएको छ। इजरायल अधीनस्थ वेस्ट बैंकको दक्षिणी सहर तुबासको शिविरमा रहेका उनलाई यसरी गोली हानिएको हो। यसअघि बुधबार तुबासमा हवाई आक्रमणमा इजरायली सेनाले प्रहार गरेको गोलीबाट ५ जनाको ज्यान गएको थियो। गत वर्षको ७ अक्टोबरदेखि सुरु भएको यस युद्धले हरेक दिन यस्ता बिभत्स घटना भएका छन्। यसैबिच, हमासले वार्ताको मध्यस्थता गरिरहको पक्षसँग युद्ध विरामका लागि आफूहरू तयार रहेको कुरा जानकारी गराएको छ। यस युद्धमा इजिप्ट र कतारले मध्यस्थता गरिरहेका छन्। इजरायलले लगातार आक्रमण गरेको छ भने हमासले बन्दीकोसमेत हत्या गरिसकेको छ। युद्ध विरामको प्रयासमा हमासका नेता सकारात्मक भएको मध्यस्थता गरिरहेका दुई पार्टी इजिप्ट र कतारको तर्फबाट बाहिर आइसकेको छ। यत्ति मात्र होइन इजरायलको थप आशयको बारे पनि चर्चा हुन थालेको छ। कतारस्थित हमाम विब खालिफा रङ्गशालाका एक प्राध्यापकका अनुसार इजरायलको ध्यान दक्षिण र उत्तर जोड्ने गाजाको कोरिडोरमा केन्द्रित छ।

दक्षिणपन्थी बार्नियरलाई प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा देशव्यापी प्रदर्शन

पेरिस । हालै सम्पन्न निर्वाचनमा सबैभन्दा बढी मत ल्याएको वामपन्थी गठबन्धन नयाँ लोकप्रिय मोर्चा (NPF) लाई उपेक्षा गर्दै दक्षिणपन्थी राजनीतिज्ञ मिशेल बार्नियरलाई नयाँ प्रधानमन्त्री नियुक्त गरिएपछि फ्रान्समा बिरोध चर्किएको छ।  राष्ट्रपति इम्यानुएल म्याक्रोनले ट्रेड यूनियन र NPF को आव्हानमा प्रदर्शन सुरु भएको हो । प्रदर्शनकारीहरुले  जनमतको उपेक्षा गर्दै दक्षिणपन्थी व्यक्तिलाई प्रधानमन्त्रीका उम्मेदवार बनाएको बिरोध गरेका छन् । गृह मन्त्रालयले शनिबार देशभर १,१०,००० जना प्रदर्शनकारी भेला भएको जनाएको छ तर प्रदर्शनकारीले भने तीन लाख बढी जनता प्रदर्शनमा सहभागी भएको दावी गरेका छन् । र्याडिकल फ्रान्स अनबाउड पार्टीका अनुभवी नेता जीन-लुक मेलेन्कोनले राष्ट्रिय प्रदर्शनमा "जति सक्दो बलियो एक्यवद्धता" का लागि आह्वान गरेका छन्। आन्दोलनकारीहरुले देशैभरी करिब १३० वटा विरोध कार्यक्रमहरूको तालिका बनाइएको थियो, जसमा सबैभन्दा ठूलो प्रदर्शन शनिबार दिउँसो पेरिसको केन्द्रीय भागबाट सुरु भयो। वामपन्थी नेता मेलेन्कोन पेरिसको प्रदर्शनमा सामेल भए, र "लोकतन्त्रका लागि  म्याक्रोनको कू रोको" लेखिएको नारासहितको गाडीको पछाडि उभिएर भाषण दिए। वामपन्थीहरू आफ्नै प्रधानमन्त्रीका उम्मेदवार लुसी कास्टेट्सलाई म्याक्रोनले अस्वीकार गरेकोमा क्रोधित छन्।

लोकप्रिय