दक्ष सांकेतिक शिक्षक नहुँदा बहिरा विद्यार्थी समस्यामा

दक्ष सांकेतिक शिक्षक नहुँदा बहिरा विद्यार्थी समस्यामा

कैलाली, पुस १ । बहिरा तथा फरक क्षमता भएका प्रदेश नं.७, का विद्यार्थी गुणस्तरिय शिक्षाबाट बञ्चित भएका छन् । सांकेतिक भाषामा बढाइ हुने विद्यालय तथा शिक्षकको अभावमा उनीहरु गुणस्तरिय शिक्षाबाट बञ्चित भएका हुन् । बहिरा विद्यार्थीको संख्या बढ्दै गए पनि आफू अनुकूल पढाई हुने विद्यालय भने नरहेको उनीहरुको गुनासो छ । दक्ष सांकेतिक भाषाका शिक्षक नहुँदा बिचमै बढाई छोड्ने बहिरा विद्यार्थीको दर पनि बढ्दै गएको छ । बहिरा विद्यार्थीका यस्ता थुप्रै समस्या भए पनि समाधानका लागि भने राज्य उदाशिन बनेको उनीहरुको क्षेत्रमा क्रियाशिल व्यक्तिहरुको गुनासो छ ।

प्रदेश नं.७ मा मात्रै तिन सय हाराहारी बहिरा विद्यार्थी छन् । तर, शिक्षक भने औंलामा गन्न सकिने मात्रै रहेका छन् । सरकारी दरबन्दी रहेका जम्मा सात जना शिक्षक छन् । दिनहुँ ‘बहिरा विद्यार्थीको संख्या बढ्दै गए पनि उनीहरुको समस्या समाधान गर्न राज्य उदाशिन छ । यो प्रदेशमा बहिराका लागि उच्च शिक्षा हासिल गर्न एउटा पनि स्कुल छैन । जसले गर्दा उनीहरुले उच्च शिक्षा हासिल गर्न बाग्लुङ, पोखरा, बैरहवा, काठमाडौं लगायत ठाउ“ जानु पर्ने बाध्यता रहेको बहिरा संघ कैलालीका कार्यक्रम संयोजक रमेश भट्टराइले बताए ।

मुलुक संघिय संरचनामा गइ सकेकाले बहिरा विद्यार्थीले पनि सुविधा पाउनेमा झीनो आश भने राखेका छन् । स्थानीय सरकार बनि सकेकाले लामो समय देखि भोग्दै आएका समस्या अब हल हुने उनीहरुले आशा राखेका हुन् । स्थानीय तहका जनप्रतिनिधिले पनि बहिरा विद्यार्थीले बर्षौं देखि भोग्दै आएका समस्या अन्त्य हुने बताएका छन् । आफ्नो कार्यकालमा बहिरा विद्यार्थीको समस्या समाधान गर्न हर सम्भव प्रयास गर्ने धनगढी उप–महानगरपालिका नगर प्रमुख नृपबहादुर वडले आश्वासन दिए ।

विभिन्न अभाव तथा समस्याकाविच प्रदेश नं.७ का बहिरा विद्यार्थी अध्ययन गरि रहेका छन् । न पढ्नलाई व्यवस्थित विद्यालय रहेका छन्, न त दक्ष शिक्षक । यस्ता समस्याले गर्दा बहिरा विद्यार्थी निकै दिक्क छन् । बहिरामैत्रि विद्यालय नहुँदा त झनै समस्या छ । बहिरा विद्यार्थीका यस्ता थुप्रै समस्या रहेकाले समाधानका लागि केन्द्रमा पहल भइरहेको राष्ट्रिय बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारीले बताए ।

प्रवेशीका परिक्षासम्म पनि बहिराका लागि पढाइ हुने विद्यालय नहु“दा सुदूरपश्चिमका अधिकांश विद्यार्थीले बिचमै पढाइ छोड्ने गरेका छन् । पर्याप्त सांकेतिक भाषाका शिक्षक नहुँदा पनि बहिरा विद्यार्थीलाई समस्या छ । बहिरा विद्यार्थीले यस्ता थुप्रै समस्या भोगी रहेका राज्यले थाह पाए पनि समाधानका लागि कमै अग्रसरता देखाएको पाइन्छ । त्यस कारण अब बहिरा विद्यार्थीका यस्ता समस्याको छिटो समाधान गर्न राज्यले ध्यान दिन जरुरी छ रहेको बहिरा विद्यार्थीले बताएका छन् ।

यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका–११, बेलामा रहेको श्री दक्षिणकाली प्रा.वी. बहिरा श्रोत कक्षाको दुइ कोठे भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले भवनको उद्घाटन गरेका हुन् । भवनको उद्घाटन गर्दै उनले आफ्नो पाँच वर्षिय कार्यकालमा अहिले तिन कक्षासम्म पढाइ हुँदै आएको विद्यालयलाई १२ सम्म बढाइ हुने बनाउने प्रतिवद्धता जनाए । बहिरा विद्यार्थीले उच्च शिक्षा हासिल गर्न जिल्ला बाहिर जानुपर्ने बाध्यता आफ्नो कार्यकालमा अन्त्य गर्ने मेयर वडले दाबी गरे ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर वडले विद्यालयमा सांकेतिक शिक्षक अभाव भएको गुनासो आएकाले उक्त समस्या शिघ्र समाधान गर्ने आश्वासन दिए । कार्यक्रममा बोल्ने धेरैले बहिरा विद्यार्थीले थुप्रै समस्या खेपी रहेको गुनासो गरेका थिए । समस्या समाधान गर्न कसैले पनि खासै ध्यान दिन नसकेको उनीहरुको भनाई थियो । कार्यक्रममा बहिरा महासंघ नेपालका केन्द्रीय अध्यक्ष केपी अधिकारी, बहिरा महांसघका जिल्ला अध्यक्ष दिनेश पनेरु, अभिभावक लगायतले बोलेका थिए ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय