‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’

‘दुर्लभ पाटेबाघ हेर्न बर्दिया निकुञ्ज जाऔँ’

बर्दिया, भदौ २९ । बर्दिया राष्ट्रिय राष्ट्रिय निकुञ्जमा बुधबार दिउँसो जिप सफारी चल्दै थियो । सफारीमा वन्यजन्तु छविकार सागर गिरी, बर्दिया निकुञ्जका गेम स्काउट वीरेन्द्र अधिकारी, कर्णाली जंगल क्याम्पका व्यवस्थापक जगत रिजाल र सवारी चालक देवेन्द्र शाही थिए ।

दिउँसो २ बजे निकुञ्जबाट शुरु भएको जंगल सफारीको टोली अपराह्न ४ बजे झण्डै
१० किलोमिटर उत्तर बाल्कुने नजिकै पुग्यो । सडक छेउमै १० मिटर पर आराम गर्दै थियो विश्वकै दुर्लभ पाटेबाघ । जगत रिजालले एक्कासि बाघ लस्केको देख्नुभयो । ‘टाइगर, टाइगर’, रिजालले संकेत गर्दै गाडी रोक्न भन्नुभयो ।

घना झाडीमा विश्वकै दुर्लभ मानिएको भाले पाटेबाघ आराम गरेर बसिरहेको थियो । बाघ आफ्नै सुरमा थियो । उसलाई नबिथोलेसम्म मान्छेलाई आक्रमण गर्दैन भन्ने सबैलाई थाहा थियो । सबै जनाले बाघको तस्वीर कैद गरे । “दुई घण्टाको अन्तरालमै बाघ भेटिनु ठूलो उपलब्धि हो,” वन्यजन्तुको फोटो खिच्दै आउनुभएका ‘आई क्लिक फर कन्जरभेसन’का संस्थापक सागर गिरीले भन्नुभयो, “बर्दिया बाघ अवलोकनका लागि उत्कृष्ट गन्तव्य हो ।”

सन् २०१३ को बर्दिया राष्ट्रिय निकुञ्जमा दुर्लभ वन्यजन्तु पाटेबाघ ५० वटा भेटिएको थियो । गत साल मात्रै गरिएको आन्तरिक गणनामा बाघको सङ्ख्या बढेर ६२ पुगेको बताउनुहुन्छ, निकुञ्जका प्रमुख संरक्षण अधिकृत रमेश थापा । निकुञ्जस्थित गेरुवा नदी तटीय क्षेत्रमा बाघका लागि व्यवस्थित बासस्थान छ । निकुञ्जका प्रमुख संरक्षण अधिकृत थापा भन्नुहुन्छ, “गेरुवा तटीय क्षेत्रमा पानी, आहारा र बासस्थानको सम्मिश्रण छ । त्यसैले यहाँ बाघ सधैँ हुन्छ ।” बाघले उक्त तटीय क्षेत्रमा आफ्नो टेरिटोरी ९क्षेत्र० बनाएर मिलेर बसेको थापाको बताउनुहुन्छ ।

बर्दिया निकुञ्जको ९६८ वर्ग किलोमिटर क्षेत्र मध्य बबई उपत्यका, तीनकुने, लालमाटे, धनेशताल, बाल्कुने, भेल्लर ट्री, किङफिसरलगायत क्षेत्रमा बाघ पाइन्छ । यी मध्ये अधिकांश समय तीनकुने र बाल्कुनेमा बाघ देखिने संरक्षणकर्मी जगत रिजाल बताउनुहुन्छ । हुन त नेपालमै सबैभन्दा बढी बाघ चितवन राष्ट्रिय निकुञ्जमा छ । नेपालमा १९८ बाघ पाइएकामा १२० बाघ चितवन निकुञ्जमा छ । बर्दियामा ५०, बाँकेमा चार, पर्सामा सात र शुक्लाफाँटामा १७ वटा बाघ रहेको राष्ट्रिय तथ्याङ्क छ ।

पाटेबाघ विश्वमा दुई हजार ५०० को हाराहारीमा रहेको तथ्याङ्क छ । नेपाल, भारत, भुटान र बंगलादेशमा यो बाघ पाइन्छ । नेपालमा आगामी मंसिर, पुसबाट राष्ट्रिय रुपमा बाघको गणना हुन लागेकाले बाघ अझै बढ्ने अनुमान गरिएको छ । तर चितवनमा भन्दा बर्दियामा बाघ सहज रुपमा अवलोकन गर्न सकिन्छ । मुख्यगरी चितवनमा हात्तीलाई समेत ढाक्ने घाँस छ । त्यसमा बाघ सजिलै लुक्ने भएकाले मुस्किलले देखिन्छ ।

“बर्दियामा पानीको मुहान र उसको क्षेत्र निश्चित छ, त्यही क्षेत्रमै ऊ धुमिरहने हुँदा केही घण्टा कु¥यो भने भेटिन्छ,” आई क्लिक फर कन्जरभेसनका सागर गिरी भन्नुहुन्छ, “चितवनमा घना जंगल छ, बासस्थान धेरै छन्, जसले गर्दा बाघ देख्न मुस्किल पर्छ ।” जहाँ बाघ छ, त्यहाँको पर्यावरण स्वस्थ हुन्छ, अरू धेरै वन्यजन्तुको पनि बासस्थान राम्रो हुन्छ । जीवजन्तुको उच्च स्थानमा हुन्छ बाघ । कसैकसैले जंगलको राजा भनेर भन्ने गर्छन् । बाघ पारिस्थितिक प्रणालीको उच्च प्रजाति भएको उल्लेख गर्नुभयो बर्दिया निकुञ्जका प्रमुख रमेश थापा ।

बाघको सङ्ख्या बढाउन उसको बासस्थानसँगै आहारा प्रजातिसमेत जोगाउन कार्यक्रम केन्द्रित गरेको थापा बताउनुहुन्छ । बर्दियामा हरेक वर्ष बाघ र आहारा प्रजातिको अध्ययन अनुसन्धान गर्ने गरेको र समुदायसँग मिलेर संरक्षणका काम गर्ने गरिएको छ । यस वर्ष ‘स्वस्थ पर्यावरणका लागि बाघको संरक्षण’ भन्ने नारासहित बाघ दिवससमेत मनाइएको छ । सन् २०१० मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रुसमा भएको बाघसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा प्रतिबद्धता जनाएअनुसार बाघलाई सन् २०२२ सम्ममा दोब्बर पार्ने लक्ष्य नेपालको छ । सन् २००९ मा १२१ रहेको बाघ सन् २०१३ को गणनामा १९८ पुगेको छ ।

अब लक्ष्य पूरा गर्न नेपालमा २४२ बाघ बनाउनुपर्ने चुनौती छ । अहिलेकै अवस्था रहने हो भने सन् २०२२ मा बाघको सङ्ख्या दोब्बर पार्ने लक्ष्य पूरा हुने चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्याल बताउनुहुन्छ । बाघ कम भए पनि राम्रो बासस्थान र घनत्व निश्चित ठाउँमा भएकाले बर्दियामा देख्न सहज हुने अर्याल बताउनुहुन्छ । बाघ जोगाउने अभियानमा मुख्य समस्या चोरी तस्करी हो । त्यसपछि वन विनाश, मिचाहा प्रजातिका झार, अतिक्रमण, भौतिक पूर्वाधार, जैविक मार्गका सडकलगायत समस्या छन् । मानव वन्यजन्तु द्वन्द्व र बासस्थान खण्डीकरणले पनि बाघ संरक्षणमा चुनौती थपिरहेको छ ।

मुख्यगरी बासस्थान व्यवस्थापन, आहारा प्रजातिको संरक्षणसँगै तस्कर नियन्त्रण, घाँसेमैदान र पानीपोखरी व्यवस्थापन जरुरी हुन्छ । हालै चितवनमा एउटा विज्ञ समूहले गरेको अध्ययनमा पाँच प्रतिशत बाघले मानवीय जोखिम बढाएको देखाएको छ । यसलाई हेर्दा पनि मानिसलाई कुनै कारण बिना बाघले आक्रमण गरिहाल्दैन । आफ्नो क्षेत्र निर्धारण गर्न नसकेका बाघले अन्यत्र जान खोज्दा मान्छे भेटेमा मात्रै आक्रमण गर्ने राष्ट्रिय प्रकृति संरक्षण कोष चितवनका प्रमुख तथा बाघ विज्ञ डा चिरञ्जीवी पोखरेल बताउनुहुन्छ ।

बाघको आनिबानीबारे डा पोखरेलले भन्नुभयो, “मान्छेले नै उसको क्षेत्र बिगारेकाले समस्या आएको हो । अब हामीले नै ऊ हिँड्ने बाटोलाई सहज पारिदिनुपर्छ ।” सिमसार घाँसेमैदान व्यवस्थापन र स्थानीयवासीसँगको समन्वय तथा समुदायमा आधारित युवा परिचालन अभियान बर्दियामा नमूना रहेकाले पनि बाघको संरक्षण राम्रो रहेको वन मन्त्रालयका वातावरण शाखा प्रमुख डा महेश्वर ढकाल बताउनुहुन्छ ।

कर्णाली नदीको पानी ढलोसँगै घाँसेमदान र आहारा बढी प्रजाति पाइने भएकाले पछिल्लो समयमा तुलनात्मक रुपमा अन्तभन्दा बर्दियामा बाघ सहज देखिने ढकाल बताउनुहुन्छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय