नबिल बैंकको खुद नाफामा ६.६४% वृद्धि

नबिल बैंकको खुद नाफामा ६.६४% वृद्धि

काठमाडौं, कार्तिक १५ । नबिल बैंकले चालु आवको पहिलो त्रैमासमा ८५ करोड १४ लाख ६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

अघिल्लो आर्थिक वर्षको यही अवधिको तुलनामा ६.६४ प्रतिशतले खुद नाफा वृद्धि गर्न बैंक सफल भएको हो । अघिल्लो वर्ष बैंकले ७९ करोड ८३ लाख ६५ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

बैंकले खुद ब्याज आम्दानी पनि ७. १० प्रतिशतले वृद्धि गरी १ अर्ब ३६ करोड ६ लाख ५७ हजार रुपैयाँ पुर्याएको छ ।

बैंकले २ लाख ९९ हजार रुपैयाँ राइट ब्याक गरेको छ भने संभावित जोखिमका लागि ९ करोड ४५ लाख १५ हजार रुपैयाँ छुट्याएको छ ।

नबिल बैंकले पनि नेपाल राष्ट्र बैंकले तोकेको ८ अर्ब रुपैयाँ चुक्ता पुँजी पुर्याएको छ । बैंकले गत आवको पहिलो त्रैमासको तुलनामा ३०.०७ प्रतिशतले चुक्ता पुँजी वृद्धि गरी ८ अर्ब ४ करोड ३२ लाख २१ हजार रुपैयाँ पुर्याएको छ ।

भारी मात्रामा चुक्ता पुँजी वृद्धि हुँदा प्रतिशेयर आम्दानी ९ रुपैयाँ ५७ पैसाले घटेको छ । हाल बैंकको प्रतिशेयर आम्दानी ४१ रुपैयाँ १० पैसा छ ।

बैंकले भारीमात्रामा चुक्ता पुँजी वृद्धि गर्दा खुद नाफा पनि सँगसँगै वृद्धि गर्दै लगेको देखिन्छ । यसबाट भविश्यमा बैंक झन् सबल बैंन्दै जाने अनुमान लगाउन सकिन्छ । बैंकको प्रतिशेयर नेटवर्थ पनि १४ रुपैयाँले घटेर १८४ रुपैयाँमा आएको छ ।

नबिलको रिजर्भ कोषमा ११.२४ प्रतिशत वृद्धि भएर ६ अर्ब ९० करोड ५० लाख ८२ हजार रुपैयाँ जम्मा भएको छ । यो आवको पहिलो त्रैमासमा बैंकको निक्षेप संकलन २.४५ प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ७ करोड ३० लाख ५९ हजार रुपैयाँ पुगेको छ ।

यसैगरी, ९४ अर्ब ९८ करोड ४४ लाख २४ हजार रुपैयाँ कर्जा लगानी गर्न बैंक सफल भएको छ । कर्जा लगानी पनि अघिल्लो वर्षको तुलनामा १३.६९ प्रतिशतले वृद्धि भएको हो ।

बैंकले खराब कर्जा भने १.०९ प्रतिशतबाट बढेर १.११ प्रतिशतमा पुगेको छ । कस्ट अफ फन्ड पनि १.८८ प्रतिशतबाट बढेर ४.४० प्रतिशत पुगेको छ । बैंकको इक्विटीमा प्रतिफल घटेको छ । इक्विटीमा प्रतिफल २७.०३ प्रतिशतबाट घटेर २३.४५ प्रतिशतमा आएको हो । एजेन्सी

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय