कथा: निमोठिएको गुलाब – २
दिन झन-झन् बिक्षिप्त बन्दै थियो । मनमा उनको यादसिबाय केही थिएन । निद्राले त आँखाबाट बसाइँ सरिसकेको थियो । दिन त जसोतसो काट्थें तर रात कटाउने साथी आँसु मात्रै थियो । आँसुले सिरानी भिजाएरै सारा रात कट्थें । मोबाइलको घण्टी बज्नासाथ उनको याद झन बल्झिएर आउँथ्यो । आउने प्रत्येक कलमा उनैको बोली चाहन्थ्यो मनले । तर उनको नाम लेखेको कल आएन । अहँ आउँदै आएन ।
आजकल मेरो दिनचार्य पुरै फेरिएको थियो । साथीहरूसितको साथ छुटेको महिनौ भैसकेको थियो । मनिसको आगमन र बोली सुन्दा पनि रिसको पारो चढेर ह्वात्तै माथि पुग्थ्यो । मेरो यो पारा देखेर मेरो साथी ऐन निकै चिन्तित बनेको थियो । दिनौं जसो फोन गर्थ्यो उसले, घुम्न जाने फिल्म हेर्ने जाने कुरा गर्थ्यो । तर म बहाना बनएरै टार्थें ।
एकदिन ऊ मेरै रुममा आएर कराउन थाल्यो, “यदि मलाई बचपनदेखिको साथी ठान्छस् भने मसँग हिंड् नत्र मसँग कुनै सम्बन्ध छैन भन ।”
उसको यो कुराले मलाई तर्सायो । म नचाहेरै भए पनि सहमति जनाए । उसले मलाई घुमाउनको लागि सहर्षथारा लिएर गयो । त्यहाँ हाम्रा अरु साथीहरू पनिरहेछन् – नरेस, अमोल र समिर पनि । ऐनसँग ती सथिको परिचय मैले नै गराएको थिएँ । दोस्रो वर्ष चल्दै गर्दा ऐन भने मन्यजमेन्ट पढ्थ्यो । साथीहरूसँगको त्यो बसाइले अलिकति सहज भयो । त्यो दिन कमसेकम उसको याद त्यति आएन । म अलिकति एकोहोरिएको थाहा पाउनसाथ साथीहरू बहाना बनाइहाल्थे हँसाउने । त्यस रात अलि सजिलै सुते जस्तो अनुभव भयो । हाम्रो भेटघाटको क्रम फेरि बाक्लियो । साँझमा चोकको पसलमा बसेर चिया पिउने क्रम फेरि सुरु भयो ।
यसै बीचमा उसको खबर बुझ्न उसका सबै साथीलाई कल गरे । नबिना, सरिता, अञ्जली, मनिषा कोही बाँकी राखेन । तर उनीहरूको जवाफ नि उस्तै थियो,”हाम्रो फोन नि उठाउदिन । न त उसले नै गर्छे छुटेपछि ।”
म सोच्थें – ऊ कसरी एक्लिएर बाँच्न सक्छे ? म सगँ रिसाए पनि उसका साथीसित त कन्ट्याक्टमा हुनुपर्ने ।
पीडै-पीडाका बीच दिन ब्यथित हुँदै गए । समयले उसको यादको घाउ बिस्तारै पुर्न थाल्दै थियो । म पनि आफ्न दैनिकक्रममा फर्कने थाले नतिजा आयो प्रथम श्रेणीमा उतिर्ण पनि भएछु । घरबाट जागिर खोज्नको लागि प्रेसर आउन थाल्यो ।
धेरै ठाउँको कोसिसपछि एक ठाउमा जगिर को लागि अफर आयो । मन निकै खुसी भयो । घरमा फोन गरेर सुनाएँ,”बुबा जागिरको लागि कम्युनिटी सपोर्ट ग्रुप भन्ने NGOबाट फोन आयो, भोलि पोखरा जानुपर्ने भयो अन्तर्बार्ताको लागि ।”
भोलिपल्ट लागें पोखरातिर । मेरो साथी समिर उतै थियो । उसकै रूममा बस्ने कुरा भयो । निकै रमाइलो भयो त्यो साँझ हामी लेकसाइडमा गयौं । साँच्चिकैको फरक अनुभूति छुट्टै किसिमको आनन्द त्यो साझको, लाईभ म्युजिकसँग रमाउनुको ।
बारमै हुँदा फेरि उसको कमिको आभास भयो । उसको साथ त्यहाँ भएको भए त्यो साझ अँझ स्वर्णिम हुन्त्यो होला । तर के गर्नु ऊ निष्ठुरी बनेर मबाट टाढा बनिसकेकी थिई । मन बुझाउने कोसिस गरे । साथीले बाटोमा फर्कदै गर्दा भन्यो तलाई बीच-बीचमा भावनाको यादले झस्कायो है । मैले टाउको मात्रै हल्लाएँ ।
अर्को दिन अन्तर्वार्ता थियो । मनमा अलि अलि डर पनि थियो । लागे कम्युनिटी सपोर्ट ग्रुप्को अफिस नयाँबाटोतिर । अन्तर्बार्ता सफल भयो, जागिर बाग्लुङ्मै हुने भयो । म मुस्कान सहित बाहिरिएँ । पहिलो फोन बुबालाई नै गरें । तर मन त यो कुरा सुनाउने अरुलाई नै थियो । तर विवश थिए म सम्झेरै मात्र चित्त बुझाउन । त्यो रात झन मस्ती मै बित्यो । पुरानै ठाउँ लेकसाईड अनि साथी समिर ।
जागिर बाग्लुङ्मै भएसि अप यहाँको बसाइ अनिश्चित थियो । जुन ठाउमा पुग्थे जहाँ उनीसँग भेट हुन्थे मलाई गिज्याइरहेको भान मलाई पर्थ्यो । दिनभर अफिसको काममा ब्यस्त साझको साथीहरूसितको बसाइ दिन जनतन कटेकै थिए । तर रात आफ्नै ब्यथा बोकेर बित्थे । जागिरकै मेलोमा सानो कामकोलागि बुर्तिबाङ्ग जानुपर्ने भयो ।
बाग्लुङ् बजारदेखि ८ घण्टे यात्रा त्यो पनि कच्चि सडक । साँझ अबेर झन्डै ५ बजे म त्यहाँ आइपुगे र बसको लागि होटेल खोज्न थलें । त्यहाँ म ३ दिन बस्नु थियो स्वास्थ्य शिक्षा अन्तर्गत एच आई भि एड्सको जानकारी प्रदान गर्ने कार्यक्रम चलाउन । कार्यक्रमस्थल भएको दलित बस्तीमा मलाई निकै पीडा भो त्यहाँको बस्तुस्थिति देख्दाँ । जहाँ बालबालिका एकसरो कपडामा थिए । जुन वर्षौं नपखालिएका झै देखिन्थे । सरसफाइ पनि निकै कमजोर, बच्चाहरू अनियन्त्रित रुपमा सौच गर्दै थिए, सबैतिर भाँडा अनियन्त्रित देखिन्थे । घरहरू पोत्नै बिर्सिएकाझैं वर्षौ । खानेपानीको अवस्था त झन कुरै गर्न नमिल्ने । सबै घरमा चुलो बलिरहेको थियो । तर आगोभन्दा बढी धुवाकोमुस्लो देखिन्थे । त्यसैमा झन चुरोटको धुवा थप्दै अर्धबैंशे महिलाहरू । मन भित्रैबाट रोयो । अनुभूति भो एच् आईभि एड्सको शिक्षा होइन सरसफाइको लागि शिक्षा अवाश्यकता थियो । तर पनि म बाध्य थिएँ सोही कार्यक्रम चलाउन । मैले कार्यक्रमको ढाँचा परिवर्तन् गरी दुवै विषय मिसाएर कार्यक्रम सम्पन्न गरे । त्यो बस्तीका केही तस्वीर मेरो क्यामेरामा कैद थिए । म त्यहाको बसाई टुङ्गाउदै फेरि बाग्लुङ् फर्किएँ ।
म अफिस फर्किएर आफ्नो फिल्ड प्रतिवेदन तयार पार्दै थिएँ । मेरो मोबाइलमा घण्टी बज्यो । फर्केर हेरें त्यो कल भावनाको नामबाट आएको थियो । म फेरि एकपटक झस्किएँ, मन असन्तुलित बन्यो । मेरो मनमा रिसको पारो चढेर निकै माथि पुग्यो । फोन काटिदिएँ । फेरि कल आयो । मन नलागि नलागि उठाएँ, तर केही बोलिन । ऊ एकोहोरो भनिरहेकी थिई,”के छ हजुरको खबर? के गर्दै हुनुहुन्छ?”
मलाई बोल्न मनै लागेन, फोन काटिदिएँ । उसको कल लगातर आएको थियो तर म आफ्नो कामतिर लागे झै गरे । २१ औ कल पछि एउटा टेक्स्ट् आयो,”प्लिज् मेरो कल उठाउन ल ।”
मैले रिप्लाई गरें,”अब के नै बाँकी छ र बोल्नु ? म काममा ब्यस्त छु ।”
उसले फेरि म्यासेज गरी,”म तिमीलाई साँझ कल गर्छु love u ।”
मैले म्यसेजको प्रतिकृया दिनूनपर्ने ठाने । म आफ्नो काममा मन लागाउन सकिन । फेरि उसले एकपटक मेरो मनलाई बिथोल्न सफल भई । मेरो अनुहारको चमक हरायो मन अँध्यारो भयो । मैले मेरो साथी ऐनलाई कल गरे आजको कुरा सुनाएँ । ऐनले उसको कुरामा ध्यान नदिन र मनलाई ढुक्क् बनाउन भन्यो । तर मेरो मन उसको कलले पगाल्न थालिसकेका थियो । घडीले ५ बजाउन नपाउँदै फोनमा उसैका कल आउन सुरु भयो । मेरो नियमित कामहरू सकिन अँझै १ घण्टा जति लाग्थ्यो, फोन काटिदिएँ । बारबार कल आएसि म अलि काम गर्न असजिलो महसुस भयो । मेरो बोसको ध्यान मैतिर परेको देखें। म्यासेज गरें I’m still on office call me after 1 hour ।
कोठामा पुग्दा म निकै उदास बनें । मनभरि ऊप्रतिको आक्रोश भरिएर आयो । मनले भन्यो,”उसलाई एक पटकमै कल नउठ्दा यति पीडा हुने म यत्रा दिन कसरी काटें होला । ऊ किन त्यो सोच्दिन ? आज म उसलाई आफ्नो नहुनुको पीडा बोध गराउँछु ।”
उसको त्यो कलले मेरो बिर्सिएको अतित सम्झ्यायो, खाटो बसेको घाउको खाटो उक्कायो । पीडामै रम्न सिकेको मन फेरि भक्कानिने बनायो । वास्तवमै उसले फेरि मलाई पुरानै मोडमा फर्काई हजारौ घुम्ती घुमाएर । उसको कल आउने क्रम फेरि सुरु हुन थाल्यो । म झन् उत्तेजित् बन्दै गए रिसले । १० पटकको लगतार्को कलपछि फेरि म्यासेजको टोन बज्यो । म्यासेज उसैको थियो ऊ लेख्दै थिई,”तिमी के भयौ ? किन मलाई तड्पाउदैछौ ?”
मलाई झन रिस उठ्यो, लेखें,”तिमी यसलाई तड्पाउने भन्छौ है ? अनि तिम्रो आजसम्मको व्यवाहारले मलाई के गर्यो तिमीलाई हेक्कासम्म छ ?”
फेरि उसको कल आयो । रिसकै झोकमा उठाएँ अनि भनें,”तिमीले मलाई रुवाएर अँझै पुगेको छैन है भावना ?”
ऊ सुँक्कसुँक्क रोई मात्र । म झन् क्रोधित बन्दै गए,”जो स्वार्थी बन्दै तड्पाउन खोज्छ उसकै आँसु धेरै ? तिमी मैले नउठाएका १० कल सम्झेर रुन्छ्यौ, म के गरौं भावना तिमीले नउठाएका ती हजारौ कल अनि अनुत्तरित सयौँ म्यासेजको बदलामा ?”
मेरो मनमा रिसको आगो शान्त भएन म के-के बोल्न पुगेछु मलाई नै पत्तो भएन। उसले फोन काटिदिई । केही बेर त यसै रिसाएरै बसें तर उसको त्यो बोलीले मनलाई यति पगालिसकेको थियो कि म उसले गर्ने कलको प्रतिक्षामा बसिरहे ।
घन्टा बिते, तर उसको कल आएन । म आफै कल गर्न तयार भएँ । अघिसम्म रिसको आगोमा जलेको मन एकै छिनमा यति पग्लियो जुन बर्णन गर्न नि असमर्थ थिएँ । मैले फोन लागाएँ, एक घण्टी जान नपाउँदै उसले कल उठाई र रुन्चे स्वरमा भनी,”अँझै केही भन्न बाँकी छ कि ?”
मैले शान्त हुँदै भनें,”भन्न र सोध्न त यति कुरा छन् कि भावना तिमी रातभर जवाफ दिएरै बसे पनि सक्दैनौ ।”
ऊ सुँक्क-सुँक्क गर्दै थिई, सोधेँ,”तिमी यत्रो समय कहाँ हराएको ?”
ऊ नाजवाफ बसिरही । मैले फेरि भनें,”म तिम्रो लायक कहिल्यै बनिन है भावना !”
उसले रुँदै उत्तर दिई,”यी सब कुरा म भेटेरै भन्छु केही दिन पर्ख ।”
“भावना, मेरो धैर्यताको बाँध टुटिसक्यो । अब म केही धैर्य गर्न नि सक्दैन । मेरो मुटु यति छिया-छिया बनिसक्यो कि अब टाल्ने कुनै चिज नै छैन होला यो धर्तीमा । तिमी किन बार-बार मलाई टुक्राउँछौ ? तिमीले दिएका सब चोटहरू म अचानो बनी सधैं सहेरै बसौं ।”
ऊ केही बोलिन, रोई मात्र रही । मैले अघि भनें,”भावना, रुनु सम्स्याको समधान होइन । सायद गल्ती मेरो नै थियो होला तिमीलाई यति धेरै माया गर्नु, तिमीप्रति यो प्रेम दर्शाउनु ।”
“गल्ती न तिम्रो थियो न मेरो । यो सबै समयको खेल रहेछ,” ऊ यत्ति बोली ।
“गल्ती समयको होइन, मेरै हुनुपर्छ । पहिलोपटक तिमी हराउँदै तिमीप्रतिको मोह त्याग्नुपर्ने मैले त्यो नै ढुलो भूल भयो मेरो ।”
ऊ सरी भन्दै थिई, म अँझै उसँग निहु खोजिरहेको थिएँ । यतिकैमा उसले भनी,”मप्रति यति धेरै नै गुनासो रहेछ त म तिम्रो जीवनबाट टाढा बनिदिउँला ।”
“नजिक त महिना दिनलाई मात्रै हुन्छौ भावना, बाँकी दिन त ताढा नै छौं । बस् तिमीलाई सम्झेरै काट्य त छु नि !”
ऊ फेरि रुन थाली । जब ऊ रुन सुरु गर्थी, मेरो मन पग्लिहाल्थ्यो ।
“समस्या खासमा के हो भावना ? तिम्रो मनको यथार्थ के छ प्लिज भन । तिमी आफै भन यो तड्पाइ कहिलेसम्मको ?”
“म तिमीलाई छिट्टै भेट्छु, अनि भन्छु ।” ऊ अरु केही बोलिन ।
“कहिले भेट्छौ त ?”
“खोइ थाहा छैन तर छिट्टै ।”
“फेरि हराउने त हौली नि तिमी ।”
ऊ केही बोलिन एकछिन अनि भनी,”म कहिल्यै हराउने छैन अब ।”
“यो कुरा पनि पहिलेका झैं नबनून है भावना ।”
“गुड नाइट्, टेक् केयर्” भन्दै उसले फोन राखी ।
“गुड नाईट्,” मैले यति भने ।
साँझ-बिहान ऊसँगको कुराकानी यसरी नै बितिरहेका थिए । म अफिसबाट निस्कनै लगेको थिएँ, उसले म्यासेज् गरी,”अनलाइन आऊ” भन्दै । म एकछिन रोकिएँ, जाऊँ या अफिस नै बसेर ऊसँग कुरा गरौं भनेर । मेरो मनले अफिस छाड्ने छाँट नै गरेन । फेरि फर्किएँ र बसें आफ्नो कुर्चीमा । अनि खोले फेसबुक ।
फेसबुक खोल्न नपाउदै उसकै म्यासेजको बिप् बज्यो । लेखें,”किन अनलाइन बोलाको ?”
“तिमीसँग बोल्न नि !” उसले सिधा उत्तर दिई ।
“अनि साँझ बोलेर हुन्नथ्यो ?”
“नाइँ, विशेष कुरा छ के !”
“के कुरा ?” म अलि उत्सुक भएँ ।
उसले भनी,”म फेरि बाग्लुङ् आउँदै छु ।”
म झस्किएँ,”अब फेरि तड्पाउने भयौ ?”
उसले हाँस्दै भनी,”किन तड्पाउनु र तिमीलाई ?”
“कहिले पो नतड्पाई राख्या छौ र भावना ?”
उसले फेरि 😛 लेखेर पठाई ।
“तिमी आज निकै खुसी छौ हो ?”
“किन नहुनु त ! फेरि जो बाग्लुङ् आउँदै छु, फेरि त्यो तिम्रो साथ मिल्दै छ ।”
म केही बोलेन एक्छिन । उतैबाट म्यासेज आयो,”म कहिले आऊँ ?”
“आउने तिमी हो तिम्रो मर्जी ।”
“मप्रतिको रिस अँझै मरेको छैन कि कसो हँ ?”
“किन मार्नु छ र ?”
“म तिमीलाई भेटेसि सब कुरा फेरिदिन्छु ।”
“हुन्छ भावना सब कुरा फेर्दिनु सक्छौ भने यो तिमीलाई माया गर्ने मन अनि मुटु पनि साटिदिनु फेरिदिनु ।”
उसले फेरि रिसाएको स्टिकर पठाई । मैले जवाफ दिएँ,”म यही दिनको प्रतिक्षामा छु तिम्रो मुखबाट ती अनुत्तरित सयौं प्रश्नको जवाफ माग्ने ।”
“सब प्रश्नको जवाफ पर्सी पाउनेछौ, म पर्सी आउँछु ।”
हुन्छ भन्नुबाहेक मसँग अरु कुनै शब्द थिएन ।
अन्य रात जस्तो लागेन । आजको रात केही समयपछि फेरि रात अनिद्रामै बित्ने निश्चित थियो । किन किन फेरि उनको तस्वीर अगाडि नाचिरहयो । न त कुनै गम थियो न त कुनै खुसी नै । पर्सी भेट्ने कुराले बस मनमा एउटा अनौठो भाव पैदा भयो, छटपटी पनि सँगसँगै पैदा भयो । रात घडीको सुई हेर्दा हेर्दै कट्यो । त्यो दिन अफिस बिदा थियो निद्रा नपरेकोले होला बिहान १० बजेसम्म बिस्तारामै पल्टिरहे उठ्ने कुनै जागर थिएन । ११ बज्नै लाग्द थियो ऐनले फोन गरेर घुम्न जाने भन्न थाल्यो । मैले मुड नभएको कुरा गरें । तर ऊ अड्डी कसेरै बस्यो,”हामी सब तयार छौं, तँलाई के भा’को हँ ? कि फेरि उसैको लागि हामीलाई बिर्सन थालिस् ?”
यो कुराले मलाई झस्कायो । भावनासँग कुरा हुना थालेपछि हाम्रो भेट्घाट पुन: पातलिएको थियो । म अवाक भएँ, उसले फेरि भन्यो,”यार् हिड न जाऊ के !”
म बाध्य भएँ,”जाने चाहिं कहाँ ?”
“अग्लो पुल हेर्न ग्यादि ।”
“ह्या नाजाऊ भो ।”
मेरो जवाफ् सुनेपछि उसले रिसाउँदै भन्यो,”तँ यस्तै होस्, त्यसको एक कल के आको थियो हामीलाई बाल नि दिन छाडिस् ।”
“सरी यार्, म भर्खर् उठ्या, ढिला हुन्छ होला । तिमीहरू जाऊ ल ।”
उसले म नगए नजाने अड्डि कस्न थलेसि म बाध्य मे स्वीकार्न उसको कुरा ।
लामो समय पछिको साथीहरूसँगको बसाई निकै रमाइलो रह्यो । मैले मेरा साथीको अनुहार यति फुर्तिलो पहिले देखेको थिइन । साथीहरूले पुलसँगैको रेस्ट्रुरेन्टमा बसेर खाजा खाने निर्णय गरे । साथीहरू खाजाभन्दा बढी झ्याप हुने तरखरमा थिए । उनीहरूले खाजाभन्दा पहिले ड्रिन्क्सको मेन्यु पल्टाउन थाले । म भने चुपचाप उनीहरूलाई हेरिरहेको थिए । साथीहरूले भोड्का पिउने निर्णय गरे तर मेरो भने मुड थिएन । मैले नपिउने कुरा दर्साएँ, तर उनीहरू ५ जनाकोसामु के चल्थ्यो र मेरो । झण्डै २ घण्टाको बसाइपछि हामी त्यहाँबाट बाहिरियौ ।
रुममा पुग्दा रात परिसकेको थियो । रुम नपुग्दै फोन आयो उसको । मैले गिजाउदै भनें,”आज म ससुराली गाउँ आ’को थिएँ नि, तिमीलाई त देखिन नि !”
उसले हाँस्दै भनी,”आज ससुराली पो रे ?”
“हो त !” मेरो जवाफ सुनेपछि ऊ एकछिन मज्जाले हाँसी ।
“कहाँ गको थियौ र ?”
“ससुराली गाउँ क्या ?”
“ह्या, भन न कहाँ गा’को ?”
“ग्याग्दी घुम्न साथीहरूसित ।”
“म त्यही थिएँ नि फुपूकोमा ।”
मैले हाँस्दै भने,”आज दिउँसो नै फोन भा’को भए फुपूसासूको दर्शन हुने रहेछ ।”
“हुन्थ्यो नि आजकल मेरो याद आउने भए पो कल गर्थ्यौ ।”
“के साथीहरूसँग घुम्न जाँदा तिमीसित फोन गरेरै बसौ ?”
“हिजो त केही भनेनौ त ?”
“आज एक्कासि बनाएछन् के साथीले योजना । तर आज यत्रो मौका फुत्कियो फुपूसासूसित तिम्रो हात मागेर आउनु पर्ने ।”
“मर्ने मन छ कि क्या हो मलाई ?”
“एकदिन त थाहा हुनु नै छ, आजै भन्दिन्थे नि ।”
“बदमास, म भोलि आउँछु, गुड् नाइट् लभ यु,” भन्दै फोन राखी ।
दिनभरको हिडाई र साझको मस्तिले रात सजिलै बित्यो । बिहान उठ्दा ८ बजेछ, म झस्किएँ । अफिसको आलिकति काम बाँकी थियो । हतार हतार त्यो सक्ने कोसिस गरे । १० बजेतिर उसको म्यासेज आयो,”साँझ ५ बजेसम्म बाग्लुङ् आउछु भेट्ने है” भन्दै ।
“हस्” भनी रिप्लाइदिएँ अनि लागे अफिसतिर ।
अफिसको दैनिकी अलि व्यस्त थियो, कामहरू धेरै थुप्रिएका थिए । अँझै अफिस पुग्दा हेड अफिसको अनुगमन् भन्ने मेलले झन् झस्कायो । दिनभर फुर्सद भएन । ४ बजेतिर उसको कल आयो तर उठाउन सक्ने अवस्था थिएन । म काममै व्यस्त भएँ । ५:३० बजे आफिसबाट निस्कदा मोबाइलमा ४५ कल र ४ ओटा म्यासेज् सबै उसैको थिएँ । म झस्किएँ, उसको अन्तिम म्यासेजले झन् झस्कायो,”तिम्रो माया कतिरहेछ देखाइहाल्यौ नि ।”
चार पटकसम्म कल गर्द उसले उठाइन, पाचौ कलमा बल्ल उठ्यो । ऊ रिसाउँदै भन्न थाली,”के गर्न फोन गरेको ?”
“के गर्न रे, के भयो ? म अफिसमा बिजी थिएँ । आज अनुगमन् आको थियो ।”
“बाहना हो तिम्रो,” ऊ अँझै रिसाउदै थिई ।
कुरा मोड्ने प्रयास गरें,”कहाँ भेट्ने त ?”
ऊ “पर्या छैन भेट्न किन भेट्नु पर्यो ?” भन्दै झर्कन थाली ।
“के हो, आज घरदेखि नै धम्काउने योजना बनाएर आको हो र ?”
ऊ केही बोलिन ।
“म कहाँ आऊ ?” फेरि सोधें ।
“पर्दैन । म साथीकोमा छु ।”
“भोलि मलाई भेट्ने फुर्सद छ ? भोलि नि त्यही अफिस छ ।”
म केही बोलिन । केही छिन फोनमै सुन्यता छायो ।
“आऊ के साँझ एकछिन । अनि जाउली,” बस यति भने ।
अन्त्यमा ऊ सहमत भई ऊ । पुरानै ठाउ हल्लनचोकमा भेट्ने कुरो भयो । मनमा अलि कौतुहलता पैदा भयो । झन्डै ६ महिनापछि उसको र मेरो फेरि भेट हुँदै थियो । एक पटक मनले मारिसकेको हाम्रो प्रेम फेरि मनको कुनाबाट टुसाउँदै थियो । मनले खै अर्कै आभास गर्दै थियो ।
जब ऊ मेरो अगाडि देखिई, म झस्किएँ । उसको पहिरन पहिले पहिले जस्तो थिएन । उसका आँखामा पहिले झै गाजल थिएन न त ओठमा लिपिस्टिक नै पोतिएको थियो । ऊ दुब्लाएर सानी बने झैं देखिएकी थिई । ऊ सदा कुर्था सरवालमा सजिएकी थिई । म उसको त्यो रुप देखेर मेरो मन अत्तालियो । ऊ मलाई देख्ने बित्तिकै झ्याम्मै अङगालोमा बाँधिई । म उस्को त्यो बानीले अलि अचम्मित परें । उसले पहिले त्यस्तो व्यवाहर कहिल्यै देखाएकी थिएन ।
ऊ रुन थाली । मैले उसको कानमा अरुले देखिरहेको र शान्त हुन भने । ऊ एक्कासि मेरो अङगालोबाट पर भागी । उसले कतै एकान्त ठाउँमा जाने इच्छा व्यक्त गरी, हामी लाग्यो रुद्रेपिपलतिर ।
बाटोमा जादै गर्दा ऊ निकै मौन थिई । उसका आँखाबाट आँसु झरिरहेको स्पष्ट देखियो ।
“के भयो भावना ? तिमी किन रुँदैछौ ?”
“केही भएको छैन,” उसले जवाफ दिई ।
“नत्र तिम्रो आँखामा आँसु किन बग्दैछ ?”
जब हामी ब्याडमिन्टन् कवर्डहल सँगैको चौतारीमा बस्यौं । उसको रुवाई चर्को भयो । म उसलाई सम्हाल्न असफल भएँ । उसको आँखाको आँसु देखेर मेरो आँखा रसाउन थाले । बस मैले उसले झै देखाएर जाहेर गरेको थिइन । ऊ फेरि मेरो अङ्गालोमा बाधिई र किस गर्न थाली ।
मै झन अन्योल्मा परें उसको त्यो प्रबृति देखेर । ऊ शान्त हुन झन्डै १० मिनेट लाग्यो । उसका रसाएका आँखा म आफैंले पुछिदिएँ । मन नलाई नलाई सोधें,”तिमी यत्रो समय कहाँ हराएको ?”
“म बाध्य थिएँ । घरमा बुबाले हाम्रो कुरा थाहा भएपछि सब कुरा बिग्रियो । मलाई कसैको फोन उठाउन दिनुहुदैनथ्यो, न त बोल्न नै । एउटा केटी भएर बाँच्न कति गारो हुन्छ । त्यो पनि मेरोजस्तो अबुझ परिवारमा तिमी बुझ्दैनौ ।”
मैले अरु धेरै कुरा खोतल्न आवश्यक ठानिन,”अनि बाग्लुङ् ?”
“मेरो फुपूले यहाँ कतै जागिर मिलाइदिन्छु र मेरो सामुमा राख्छु भनेसि पठाउनु भा’को ।”
“ठिक छ नि । अब सब पुरानै जस्तै हुन्छ,” मैले भन्ने अरु केही भेटिन ।
ऊ फेरि मबिना एक्लिएर बाँच्न नसक्ने भन्दै रुन थाली ।
“म पनि तिमीबिना बाँच्न कहाँ सक्छु र भावना !”
योभन्दा बढी त के भन्न सक्थे र ? उसका निर्दोष आँखाले मेरो अनुहार हेरिरहन्थे । तर मेरो आँखाले उसको अनुहारमा पहिलेको जस्तो खुसी कतै भेटिन । झन्डै एक घण्टाको बसाइपछि हामी छुटिने निधो गर्यौं । मैले उसलाई मेरो कोठातिर हुँदै बिदा गर्ने विचार गरे । ऊ हुन्छ भन्दै हिंडी । मैले फेरि उसका हात समाउदै हिड्ने मौका पाए लाग्यो । उसको यो साथभन्दा ठुलो कुरो केही छैन यो धर्तीमा । उसको मेरो भेट नभएको कुनै साँझ थिएन । पहिले जस्तै गरी साँझमा पानीपुरी खाने क्रम फेरि सुरु भयो । हाम्रो सामिप्यता निकै नजिक बन्यो सायद । यसलाई रोक्ने कुनै बार नै थिएन शारीरिक सुखसम्मका सुखहरू साटिइसकेका थिए ।
समय यसरी नै बित्दै थियो । एकदिन ऊ घर जाने भन्दै मेरो कोठामा आई । एक घण्टा जति बसेर गई । छुट्ने बेला उसका आँखा रसाएका मैले स्पष्टै देखे । त्यो बेला उसको मनमा मप्रतिको प्यार छर्लङ्ग भयो । मनमा अलिकति भए नि सन्तोष पैदा भयो ।
जब ऊ घर गई, फेरि ऊ बिलाई । न उसको फोन आयो न उसको म्यसेज । फोन गर्दा फोन स्विच अफ भन्थ्यो । आयो त केबल उसको याद मात्रै । मेरा दिन फेरि अँधेरिन थाले । न त जगिरको लागि आफिस जनै मन लग्न थाल्यो । अफिस गए पनि काममा कुनै दिल लाग्दैनथ्यो । झन्डै १५ दिनपछि उसको म्यासेज आयो । जब त्यो म्यासेज हेरें धर्ती नै फाटे झैं भयो, आकास सबै आफैंमाथि खसे झैं भयो । मुटुमा Heart Attack को दुखाई भए झैं लाग्यो । म्यासेजमा लेखिएको थियो i am getting married ।
मेरो आसाका सबै कुरा हुरिले उडाएर लग्यो । ऊ अर्कैको बेहुली बन्दै थिई । मैले म्यासेजको उत्तर दिने कुनौ शब्द भेटिन। बस आँखामा आँसुका धारा बग्न थाले । मेरा ती गन्तव्य सबै ढोङ्ग्रा बने । उसको त्यो म्यासेजले मलाई के बनायो त्यो आफैलाई पत्तो भएन । उसको यादले उज्यालो मन नपर्ने बनायो । मेरो दैनिक जीवनचक्र सब परिवर्तन् भयो । उसको यादमा बस्नु दिन रात रुनु । त्योभन्दा बढी मेरो दैनिकी केही थिएन । न त आफिस जन्न्थे न कोही साथी सँग भेटघाट नै हुन्थ्यो । बस म फेरि डिप्रेसनको सिकार बन्न पुगे ।
उसले बिहे त गरी । तर मेरा सब आशा तथा गन्तव्य टुटेर गए । म गन्तव्यबिहीन भए । उसको यादमा दिनरात पागल बन्ने, बस् पागल-प्रेमी, बनें ।
(कथामा उल्लेखित पात्र तथा स्थान काल्पनिक हुन् । कसैको जीवनसँग मेल खाएमा केबल संयोग मात्रै हुनेछ।)
लु सुनको कथा: क्रान्तिकारीको रात
रात गहिरो थियो। गाउँको कुनामा रहेको सानो टहरामा एक टुकीको मधुरो उज्यालो बलिरहेको थियो। त्यो टहरामा बसेका थिए, स्याओ चेन, एक जवान क्रान्तिकारी। उसको अनुहारमा थकान थियो, तर आँखामा आगोको ज्वाला। ऊ रातभर कागजमा केही लेख्दै थियो– क्रान्तिको सन्देश, जसले गाउँका मानिसहरूको मनमा आशा जगाउन सक्थ्यो। स्याओ चेन गाउँको साधारण परिवारमा जन्मिएको थियो। उसका बा-आमा किसान थिए, जसले वर्षौंदेखि जमीन्दारको खेतमा पसिना बगाएका थिए। तर स्याओ चेनले सधैं प्रश्न गर्थ्यो, “हाम्रो पसिनाको फल किन हामीले पाउँदैनौं?” स्कूलमा पढ्दा उसले किताबहरूमा स्वतन्त्रता र समानताको कुरा पढ्यो। ती शब्दहरूले उसको मनमा आगो सल्कायो। उसले गाउँमा फर्केर मानिसहरूलाई बुझाउन थाल्यो, “हामीले यो अन्याय सधैं सहनुपर्दैन। हामीले लड्नुपर्छ!” तर गाउँलेहरू डराउँथे। “जमीन्दारसँग लड्ने? त्यो त मृत्युको बाटो हो,” उनीहरू भन्थे। स्याओ चेनलाई यो डरले कहिल्यै रोकेन। ऊ रात-रातभर गाउँका जवानहरूसँग भेट्थ्यो, उनीहरूलाई एकजुट हुन सिकाउँथ्यो। उसले लेखेका पर्चाहरू गाउँका पर्खालहरूमा टाँसिन्थे, जसमा लेखिएको हुन्थ्यो– “जाग! आफ्नो हकको लागि लड!” त्यो रात, स्याओ चेनलाई थाहा थियो, जमीन्दारका मानिसहरू उसको पछि लागेका छन्। गाउँमा उसको बारेमा कुरा फैलिसकेको थियो। उसका साथीहरूले भने, “स्याओ चेन, भाग! तँलाई पक्रेर मार्छन्!” तर उसले हाँस्दै भन्यो, “भागेर म कसरी क्रान्तिको कुरा गर्छु? यो त मेरो गाउँ हो, म यहाँ लड्छु।” रातको अन्तिम पहरमा, टहराको ढोका ढकढकायो। स्याओ चेनले आफ्नो लेखेको पर्चा लुकायो र ढोका खोल्यो। त्यहाँ जमीन्दारका गुन्डाहरू उभिएका थिए, हातमा हतियार बोकेर। “स्याओ चेन, अब तँ सकियौ!” एकजना गुन्डाले चिच्यायो। स्याओ चेनले शान्त स्वरमा भन्यो, “तिमीले मलाई मार्लान्, तर मेरो विचारलाई मार्न सक्दैनौ। यो गाउँ एकदिन जाग्नेछ।” त्यो रात, स्याओ चेनलाई समातेर लगियो। भोलिपल्ट बिहान, गाउँको चौरमा उसलाई फाँसी दिइयो। गाउँलेहरू चुपचाप हेरिरहेका थिए। कोही-कोहीको आँखामा आँसु थियो, कोही डरले थरथर काँपिरहेका थिए। तर त्यो दिनपछि, गाउँमा केही परिवर्तन आयो। स्याओ चेनका पर्चाहरू गाउँका पर्खालहरूमा फेरि देखा परे। जवानहरू रात-रातभर भेट्न थाले। उनीहरूले स्याओ चेनको सपना बोकेर लड्ने बाचा गरे। स्याओ चेनको मृत्युले गाउँमा क्रान्तिको बीउ रोप्यो। उसको बलिदानले मानिसहरूलाई बुझायो– डरले होइन, साहसले स्वतन्त्रता जितिन्छ।
कथाः भूतलाई हेर्ने आँखा
दिपक तिमल्सिना तपाईंहरूको बाल्यकालमा आत्मा, भूतप्रेत, तर्साउने आत्मा भन्ने विषयमा विभिन्न कथाहरू सुन्नुभएको होला । मृत्युपछिको यात्रा प्रायः नर्क र स्वर्गमा पुग्ने कल्पना गरिन्छ। जसले मृत्यु देख्यो, त्यो फर्केर धर्तीमा आउदैन यो ध्रुवसत्य कुरा हो। वास्तवमा आज तपाईहरू माझ यस्ता केही तथ्यपरक एवम् विश्लेषणात्मक रूपका कथा प्रस्तुत गर्ने छु। एकदिनको कुरा हो, करिब रातको सात बजेतिर म घरबाट टिभि हेर्न भनी गाउँको घरमा लागे। घरमा पुग्न करिब ३० मिनेट लाग्थो। बाटो पूरा गोरेटो अनि अप्ठ्यारो थियो। बुढापाकाका अनुसार करिब ७८ वर्ष पहिले त्यहाँ एक जनाको भिरमा खर काट्ने क्रममा खसेर मृत्यु भएको रहेछ। म विस्तारै ओरालो लाग्दै गए, कत्तैबटा खस्राक खुस्रूक आवाज आयो। मेरो मन अत्तालियो। भूतप्रेत हाम्रो खेवाली पुलाउ हो भनी हिम्मतका साथ अझ अगाडि बढें। फेरि सोचे आज साँच्चै भूतको अनुहार हेर्ने हो। मसँग हिन्दु धर्मकर्म अनुसारको जन्यौ छदै छ भनी टर्च निभाएँ। टर्च निभ्नासाथ एउटा जुनकीरीलाई देखे । त्यसाई छुन खोजे तर एक्कासी हरायो। अलि परतिर जुनकीरीहरूको जत्था थियो। एकछिन चुप लोर बसें सबै हरायो। मेरो मन अच्चानक बहक्किन थाल्यो। त्यसपछि टर्च लाइट तलतिर बालेर दायाँतिर अनुहार मोडें, त्यहाँ सेतो बोरा जस्तो केही चिज थियो । बिस्तारै टर्च लगें, त्यही ठाउमा नै । मान्छे मरेको कथा मेरो मनमा झलझलि आइनैरहेको छ। एक्कासि हेरेको त त्यहाँ त रूख मात्र छ। म अत्ताल्लिए छिटोछिटो पाइला चालेंं । हतार हतार अघि बढे मुटुको धड्कन बढिरहेको थियो तर पनि अब कहिले पुग्ने हो गन्तव्य भनी सोचिरहें। त्यहा माथि लामाहरूको झाँक्री मन्त्र लगाउछन् भन्ने सुनेको थिएँ । कसैलाई राति देख्यो भने बनझाँक्रीले लग्छन भनी बच्चादेखि नै हामिलाई तर्साइएको थियो। मेरो होस हवास गुम्यो । पहिलोपटक आउदा त बुबा सँगै हुनुहुन्थो र डर पनि लागेको थिएन। आज अचानक यो सब चिज हुँदा अब भोलिदेखि यहाँबाट नआउने प्रण लिएँ। मससँग भएको ॐ नमः सिवाय मन्त्र फुक्दै अघि बढे। यसरी भोलिपल्ट घरमा सबै कुरा सुनाएपछि आमाले भन्नुभयो कि खुर्सानीको एक दाना गोजीमा राख्नुपर्छ वा अगुल्टो बोकेर डिड्नुपर्छ तब मात्र तर्साउदैन। म जहिल्यै एक खुर्सानीको खिल्ली बाकेर जान थालेपछि केही भएन। मलाई म निकै शक्तिशाली भएको अनुभव हुन थाल्यो। म त्यतिखेर कक्षा ७ मा पढ्थे । मैले एक एक घटना आफ्ना साथीहरूलाई सुनाउन थालें । त्यसै क्रममा एक साथीले भन्यो त्यसो भए हजार हजारको बाजी ल त रातको १२ बजे आर्यघाट पुगेर आइजो अनि तलाई म मान्छु । मलाई लाग्यो आज बाजी जितिने भो, एकदमै उत्साहित भएर फोनमा मम्मीलाई आज म घर आउदिन साथीकोमा बस्छु भनें। त्यसपछि रातको ११ः३० बजे आर्यघाट पुगें, त्यहा धेरै मलामीहरू रहेछन्। एउटी आमाको लाश जलाएर अन्तिम चरणको हड्डीहरू ठोस्दै थिए। यसरी म सर्त अनुसार त्यहा पुगेर करिब आधा घण्टापछि फर्किए। म खुसी हुँदै आउदै थिए घर नजिक फर्किएर आइपुग्नै लाग्दा गोजी छामे खुर्सानी नै छैन रैछ। त्यसपछि म हतार हतार साथीको कोठामा गई हेर्छु त मेरो पाइन्ट साथीले नै लगाईरहेको रहेछ। उसलाई उठाएर उसको गोजीको खुुर्सानी निकाल्दै भनें– यार तैले यो के गरेको ? उसले भन्यो– ‘तैले नै मेरो पाइन्ट पहिले लगाएको होस्।’ ‘पुगेर आइस’– उसले सोध्यो । ‘अँ आए’– जवाफ फर्काएँ । उसले नरम स्वरमा भन्यो त्यो मेरो गोजीको चोर गोजीमा छ हजारको नोट निकालेर लैजा । म विस्तारै उसको नजिक गई सुते। अनि सोच्न थालें ओहो ! यो सब कसरी सम्भव भयो। असरी समस्या समाधान गर्ने त खुर्सानी थिएन, मेरो हिम्मत र आत्मविश्वास नै थियो । यो भूत प्रेत, आत्मा, धामी झाक्री त सबै भ्रम न रहेछन, जुन हाम्रो समाजले हाम्रो अवचेतन मनमा बाल्यकालदेखि नै विभिन्नका कथाका माध्यमले हालेका रहेछन्। आत्मविश्वास, हिम्मत र साहसले मानिसको डरलाई पनि मेटाउने रहेछ। यो सब त भ्रम पो रहेछ, मेरो मनको डर। अहिले मेरो भूतलाई हेर्ने आखा यसरी फेरिएको छ।
त्यसपछि उनी कहिले फर्किनन् !
शान्ति पनेरु मौसम धमिलो । चारैतिर सन्नाटा थियो । शिशिर ऋतुको आगमन मनमा बेचैन तर जीवन प्रतिको उज्जल सपनाको अदृष्य आकृति एक साथ मस्तिष्कमा कैद थियो । हाम्रो यात्रा अटुट माया दृढ बिश्वास अनि दृढ सङकल्प यात्रा अबिचलित थियो । अचम्म छ, नियम भनौ या कर्तव्यनिष्ट जिम्मेवारी बोध हाम्रो दैनिकी जस्तै भयो । कतै उद्देश्य नभेटिएर अलमलिएको यात्री जस्तै थियौं हामी । भुगोलको अनज्ञिता, विकेन्द्रित कार्ययोजना हाम्रा लागि फलामकै चिउरा सरह थियो । तर मित्रतामा आत्मियभाव हामीमा अझै प्रगाढ थियो । हामीलाई दिएको जिम्मेवारी जति सुकै चुनौती मोलेर भए पनि पुरा गर्नुपर्छ भन्ने कुरामा अडिग थियौं हामी । नेतृत्वले गर्ने बिश्वासलाई कहिल्यै पनि कमि हुन दिएनौं । समयले पनि कहिलेकाँही जिन्दगीकै ठूलो परीक्षामा अनायसै सामेल गराईदिन्छ । तेस्तै थियो र भयो हामीमा पनि । एक अथक यात्री, कलिलो मस्तिष्क, कडा जिन्दगीका अग्नि परिक्षाहरु । सायद, पास भईन्छ या फेल । जीवनका भोगाईले बारबार परीक्षा दिईरह्यो । उ बारबार भन्थी, ‘हामी महासमरका यात्री हौं । बीचमा को कहाँ छुटिन्छौं, कसैलाई पत्तो छैन ।’ लाग्थ्यो, जीवनका हाम्रा सपना, साझा जिम्मेवारी फरक उद्देश्य अबिचलित तर यात्रा सँगै, पार्टीकै योजनामा थियौं । मिठा अनुभुतिका स्मृति, शुभचिन्तकहरुको जो देशको मायामा आफ्ना हरेक ब्यक्तिगत ईच्छालाई तिलान्जली दिएका हुन्छन् । उनिहरुका अनुभव, अतीत र वर्तमान हाम्रा लागि एक पाठशाला जस्तै थिए । हामी सुनिरह्यौं । उनिहरुका भोगाई । म बिचैमा जिज्ञासु बन्दै बोल्न पुगें । ‘सजिना, हाम्रा गन्तव्य सोझ्याउनु पर्ने होईन र ? मेरा अनुत्तरित प्रश्न निर्भिकताका साथ प्रस्तुति हुने उसको स्वभाव प्रति म सधैं नतमस्तक थिएँ । समय आफ्नै रफ्तारमा दौडदै थियो । हामी कसैको पर्खाईमा बेलुकीको मिरमिर साँझ हाम्रा धैर्यतालाई छिचोल्दै थियौं । त्यही बखत् कोही परिचित आवाज ठोकिदै आउछ र सम्मानमा बदलिदै जान्छ । ‘साथीहरु हामी एउटा महत्वपुर्ण मिसनमा सहभागी बन्दै छौं ।’ सेन्सिटिभ ईलाका हाम्रो लागि कम चुनौतिपूर्ण थिएन । सामान्य छलफल पछि हामी अर्को पोईन्ट जानु थियो । हाम्रो अन्तिम बिन्दु त्यही ठाउँ भेट्ने गरि छुटियौं । काम र कर्तव्य प्रतिको उत्सुकतामा रमाउदै हामी त्यतै हानियौं । बाटामा अनगिन्ति तिता मिठा कुरा गर्दागर्दै उसका भावना पोखिएको पत्तै पाईन उसले । जिन्दगीले परीक्षा पनि कस्तो कस्तो लिन्छ । अनायसै मेरो मन चिप्लियो । भन्न म ताकेता गर्दै थिए । हामी वर्गीय लडाईमा छौं । उ भन्दै गई ‘मृत्युलाई पचाउदै महासागरमा हेलिएका छौं । जीवन कहाँ कति खेर के हुन्छ, कसलाई के थाहा ?’ अनकन्टार जङ्गलको बाटो छिचोल्दै गन्तव्य छोट्याउँदै थियौं । फेरि उ बोली ‘मैले उसको जिम्मेवारी पनि पुरा गर्नु छ अनु ।’ म जिज्ञासु भावमा सोधें । उ लजिलो भाबमा बोली ‘सेबक, म उसलाई धेरै माया गर्थे र उ पनि मलाई । तर अचम्मको उसको प्रम स्नेह कसरी सम्झनु जस्को जीवित वा मृत कुन अबस्थामा छ सुईको सम्म छैन, तर उसकै लागि हर रात दिन स्मृतिमा जीवित राख्नु, यो कस्तो प्रेमभाव ।’ मनमा कतिपय उसका प्रेमिल शब्दहरुका प्रस्न मेरा मन भित्रै कैद भए । आज सम्म पनि उत्तर छैन र थिएन । कैयौं, भावना जीवित हुँदाहुदै गन्तव्य आईपुग्यो । हामी पुग्दा सबै जम्मा भईसक्नु भएको रहेछ । पोखरा उसका लागि अनुकुल हाम्रा लागि प्रतिकुल । प्रतिकुलतालाई छिचोल्दै हामी योजना कार्यान्वयनको पक्षमा दृढताका साथ सहभागी भयौं । कार्य बिभाजन पछिका कार्यन्वयन पनि उतिकै जटिल थियो हाम्रा लागि । कहिलेको मिलन कहिलेको बिछोड जीवन रफ्तारमा नै थियो । ‘राम्रो सँग होसियारी अपनाउनु’ मैले बोलें । उ भाबुक अनि आत्मा बिश्वासका साथ बोली –‘म कहिँ ढलें भने मेरो शन्देश पु¥याईदिनु र भन्नू, क्रान्तिमा अबिचलित लागि रहनु ।’ हामी फेरि भेट्ने मीठो आशामा छुटियौं । युद्धको नियम तेस्तै नै छ । भावना भन्दा निर्ममता प्यार जस्तो । बेलाबेलामा झस्काई दिने मृत्यु पनि कति मीठो ,आन्नदको । अफसोच, उसका अबोध भावना कसैको पर्खाईमा तड्पिएकी पूरा हुन नपाईनै अधुरै रहने त्रासले हरपल सताईरह्यो । उज्यालोलाई पाखा लगाउँदै रातहरुको सन्देश पाएको आभास भयो । मनमा त्रास सँगै फुल जस्तै मुस्कुराएको आस, मिसन जसरी नि पुरा गर्नु पर्ने चुनौती थियो हाम्रा लागि । दिन रात जस्तै थियो तर रात हाम्रा दिनमा परिणत हुन्थ्यो । हामी नजिकै सेल्टरमा थियौं । हाम्रा गतिबिधिले उनिहरुका उपस्थिति सिबिलमा परिचालन गरेछ । हाम्रा गतिबिधिलाई उ सम्म पु¥याउने । हाम्रो आन्दोलन प्रतिको तिक्तता जो सँग थियो उसले पु¥यायो । रातीको समय अँधेरी रातलाई चिर्दै मिरमिर उज्यालोको सङ्केत दिदै गर्दा कसैका राक्षसी बुट बज्रियो । घरै छेउमा आवाज आयो ‘ठोक ’ । थोरै पनि दया नभएका राक्षसी हात उसका कोमल शरिरमा बज्रिन पुग्छ । भाग्दै गरेको योद्धा पटक पटक लडेर पनि खुनी पञ्जा बाट उम्किन सफल रह्यो । शिव र आकास छिनभरमै बर्साएको गोलीले गिज्याउदै पछ्याउँथ्यो । तर एक निरीह महिला जो हजारौ बुट उसका शरिरमा बज्रिदा पनि आफुलाई मृत्युसँग हस्ताक्षर गरिनन् । क्रान्तिको बाधक बन्दै बनिनन् । हामी नजिकै बाट उसका गतिबिधि नियाल्दै थियौं । सयौं बर्दिधारीहरुका बिचमा एक निरीह नारीलाई हातमा फलामे जँजिरले बाधेर पनि आफ्नो कायरतामा बहादुर ठान्दै थियो उ । हामी नजिकै एक अबोध अन्जान जस्तै थियौं । पर्ख र हेर हाम्रा लागि यहि अन्तिम उपाय । एकछिनमा अर्काे दानब भाब झल्काउँदै आयो र भन्यो ‘यसले हामीले भनेको मानिन, यसलाई जङ्गलमा लगेर तड्पाई तड्पाई मार्नुपर्छ ।’ कति क्रुर छ । निरङ्कुशता भित्र रहेका दानवहरुलाई हामी केही पर जङ्गलबाट नियालिरह्यौं । उसका निरीह अनुहार । तर उसमा कुनै निरिहता थिएन । थियो त बदलाभाव । भन्दै थिई ‘तँ एक मार्दैमा उ हजार जन्मिदैछ, क्रान्तिको यात्रा हो रोकिन्छ र कहाँ ?’ कतै उ मृत्युलाई सहज ठान्दै थिई । लाग्थ्यो उनि हरेक क्रान्तिका अधुरा सपना पुरा गर्न हामीलाई निर्देश गर्दै थिई । समय हाम्रा लागि अनुकुल पटक्कै थिएन । एउटा सहयोद्धा छिनभरमै खुनी पिपासुको पन्जामा परेको क्षण । मनमा बेचैन छाउँदै आयो । आशा म¥यो । उ बिना हजारौ सहयात्रीहरुको भिडमा एक्लो महसुस गरायो । धेरै रातहरु निदाउन सकिन । कयौं दिनहरु रातजस्तै भए मेरा लागि । आफुलाई सम्हाल्दै फेरि एक पटक उठ्ने कोशिस गरेँ र दुश्मनलाई भनें ‘तिम्रो बदला पनि त लिनुछ !’उनलाई सम्झिएर प्रण गरें ‘तिम्रो सपना पुरा गरेरै छाड्नेछु ।’
शिल्पीमा नेपालको शिक्षा प्रणाली दर्शाउने नाटक ‘ज्ञानको चिहान’
काठमाडौं ।नेपालको शिक्षा प्रणाली दर्शाउने ‘ज्ञानको चिहान’ नामक नाटक गोठाले नाटक घरमा मञ्चन भैरहेको छ । जुन युवा विद्यार्थी अविभावक तथा शिक्षा क्षेत्रसँग सरोकार राख्ने सबैले हेर्नुपने नाटक रहेको छ । पुस १३ देखी शिल्पीको गोठाले नाटकघर बत्तिसपुतलीमा मञ्चन सुरु भएको उक्त नाटक ‘ज्ञानको चिहान’ ले विभिन्न राजनीति दलका विद्यार्थी संगठन र क्षमता योग्यताका आधारमा भन्दा पनि राजनीतिक नियुक्ति र भागबण्डामा विश्व विद्यालयका पदाधिकारी तथा प्राध्यापक छनोट हुने चंगुलमा फसेको शिक्षा प्रणालीलाई दर्शाउने काशिस नाटकले गरेको छ । शिक्षामा व्यापारिकरण मौलाएको, विश्वविद्यालयका भवनहरू खण्डहर हुँदै गएको, विश्वविद्यालयकको गुणस्तर खस्किँदै गएको, वैज्ञानिक शिक्षा प्रणालीको विकासमा ध्यान नपुगेको जस्ता कुराहरु जोडदारसँग नाटकमा उठाइएको छ । विश्वविद्यालयमा विद्यार्थी संगठनको आवरणमा हुने गुण्डागर्दी, प्राध्यापकमाथिको अनावश्यक आरोप, सार्वजनिक शिक्षा सुधार गर्न चाहानेहरु एक्लै बनेको जस्ता विषयवस्तु कथाले जीवन्त रुपमा उठान गरेको छ । नाटकले राजनीति आफैमा खराब नहुने कुरालाई जोड दिएको देखिन्छ । विद्यार्थी राजनीतिका केही पात्र र प्रवृतिमा समस्या रहेको उल्लेख गर्दै नाटकले सचेत मान्छेहरु राजनीतिलाई सहि बाटोमा हिडाउन आफैं सक्रिय हुन प्रेरित समेत गरेको छ । साथै, विश्वविद्यालयमा ज्ञानको उत्पादन नभई सप्लाई हुने गरेको भन्ने भाष्य मार्फत नेपालको शैक्षिक प्रणाली माथि निकै तिखो प्रहार गरीएको छ नाटकमा । राष्ट्रिय इस्युहरुमा विश्व विद्यालय बोल्नुपर्ने र देशको मस्तिष्कको रुपमा विश्वविद्यालयले काम गर्नसक्नुपर्ने जस्ता विषयले आम विद्यार्थीको आफ्नै नाटक जस्तो बनेको छ ज्ञानको चिहान । विद्यार्थी संगठनहरूको भागवन्डामा होइन् विभिन्न खोज तथा अनुसन्धानमा केन्द्रित भएर देश निर्माणका लागि मुख्य भूमिका खेल्नुपर्ने नाटकले सन्देश दिन खोजेको छ । अनेरास्ववियु क्रान्तिकारीका केन्द्रीय अध्यक्ष पञ्चा सिंहको परिकल्पनामा र अनेरास्ववियु (क्रान्तिकारी)का केन्द्रीय शैक्षिक विभागको सहकार्यमा कलासी प्रोडक्सनले नाटक मञ्चन गरेको हो । संगीत सापकोटाले निर्देशन गरेको नाटक ‘ज्ञानको चिहान’लाई पूर्णबहादुर गन्धर्व, नरेश रेग्मी र आशिष घिमिरेले लेखेका हुन् । नाटक पुस ३० गतेसम्म मञ्चन हुने प्रोडक्सन म्यानेजर सगुन पोख्रेलले जानकारी दिइन् ।

