७ दिनको लगातारको अाेरालोपछि म‌ंगलबार नेप्से परिसूचक ६ अंकले सुधार

७ दिनको लगातारको अाेरालोपछि म‌ंगलबार नेप्से परिसूचक ६ अंकले सुधार

काठमाडौं । मंगलबार नेप्से परिसूचक झण्डै ६ अंकले उकालो लागेको छ।

करिब सात दिनको लगातारको ओरालोपछि मंगलबार बजार बन्द हुँदासम्म ० दशमलव ४३ प्रतिशतको वृद्धिदर कायम गरी पाँच दशमलव ८६ अंकले उकालो लाग्यो ।

लगातारको ओरालोको बीच मंगलबार अधिकतम १९ अंकसम्मको वृद्धि पनि बढी कायम टिकाउने अपेक्षा लगानीकर्ताहरुको थियो । तर, १९ अंकसम्मको उकालो लागेको नेप्से क्रमश एक घण्टामा १४ अंक तल झर्‍यो । दिउँसो साढे एक बजे एक हजार ३७७ अंकमा पुगेको नेप्से साढे दुई बजेसम्म आइपुग्दा एक हजार ३६३ अंकमा झर्‍यो ।

त्यसपछिको आधा घण्टा नेप्सेमा सुधार देखियो । आधा घण्टामा झण्डै दुई अंको उकालो कायम भएपछि बजार बन्द हुँदा पाँच दशमलव ८६ अंकले वृद्धि देखिएको हो । यस दिन कारोबार रकम उत्साहापूर्ण भने देखिएन अघिल्लो दिनको तुलनामा झण्डै ४४ लाख बढीको कारोबार भएको छ।

१५३ कम्पनी कारोबारमा आएकोमा ११ लाख ५१ हजार ९६५ कित्ता सेयर पत्रको कारोबारबाट ५५ करोड ६८ लाख ६० हजार ३५७ रुपैयाँ बराबरको कारोबार भयो। मंगलबार ‘क’ वर्गका कम्पनीको कारोबारको मापन गर्ने सेन्सेटिभ इन्डेक्स एक दशमलव ५१ र सम्पूर्ण सेयर पत्रको कारोबारको मापन गर्ने फ्लोट इन्डेक्स शुन्य दशमलव ३६ अंकले उकालो लाग्यो। समूहगत परिसूचक तर्फ सेयर बजारमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका परिसूचक पाँच दशमलव ८६ र सबै भन्दा बढी होटल अन्तर्गतका परिसूचक ३१ दशमलव २६ अंकले उकालो लागे ।

यस दिन पनि जलविद्युत, विकास बैंक र विमा अन्तर्गतका परिसूचक उकालो लाग्न सकेनन्।

थाहाखबरबाट साभार

नेप्सेमा ५७.०३ अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक सोमबार ५७.०३ अंकले घटेर २५८०.७६ विन्दुमा बन्द भएको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि गिरावट आएको छ । यस दिन सात अर्ब ३६ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आइतबार १० अर्ब ३३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको थियो । १४ कम्पनीको मात्र सेयर मूल्य वृद्धि भएको छ । २२७ कम्पनीको सेयर मूल्य घटेको छ । तीन कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । घटेको बजारमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेको छ । हिमालयन हाइड्रोपावरको सेयर मूल्य ९.९९ प्रतिशतले वृद्धि भएको छ । गुडविल फाइनान्सको सेयर मूल्य ९.९१ प्रतिशतले घटेको छ । थ्री स्टार हाइड्रोपावरको सेयर मूल्य पनि ९.३६ प्रतिशतले घटेको छ । १३ वटै समूहको परिसूचक घटेको छ ।

नेप्से परिसूचक २४ सय अंकको बिन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २४ सय अङ्कको बिन्दुमा पुगेको छ । २७ महिनापछि नेप्से २४ सयको अंकको विन्दुमा पुगेको हो ।  दुई ठुला राजनीतिक दलहरू नेपाली कांग्रेस र नेकपा एमाले मिलेर दुई तिहाइ आसपासको बहुमत सरकार गठन गरेयता नेप्से परिसूचक बढ्दै आएको छ । असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले सम्झौता गर्ने भएपछि सोही दिन देखि बजार बढेको थियो । त्यसयताका १४ कारोबार दिन मध्ये परिसूचक २ दिन मात्रै घटेको छ ।  २०७८ चैत महिनामा नेप्से परिसूचक २४ सय अङ्कको बिन्दुमा थियो । त्यसयता निरन्तर घटेर १८ सय अङ्कको बिन्दुसम्म आइपुगेको नेप्से परिसूचक यतिबेला निरन्तर बढिरहेको छ । 

सेयर कारोबार बढ्दा नेप्सेपनि उकालो

काठमाडौं । सोमबार सेयरबजार ०.०७ अंकले हरियो भएको छ। सोमबार यो अंकले नेप्से बढ्दा १९८०.३४ विन्दुमा पुगेर रोकिएको छ।  योसँगै बजारमा २ अर्ब ९५ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ । सोमबार दिनभरिमा ७३ लाख ४१ हजार कित्ता सेयर बिक्री भएको छ।  नेपाल स्टक एक्सचेन्जका अनुसार आज ९९ कम्पनीको सेयर बढेको छ भने १२८ वटाको घटेको र १७ वटाको उही मूल्यमा कारोबार भएको छ।  सोमबार तीनवटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। पोखरा फाइनान्स र जानकी फाइनान्सको १० प्रतिशतले बढेको छ भने नेपाल फाइनान्सको पनि ९.९८ प्रतिशतले सेयर मूल्य बढेको छ।  लगानीकर्ताहरुको आज ६ प्रतिशतसम्म प्रतिसेयर नोक्सानी भएको छ । आज सर्वाधिक कारोबार भएको पोखरा फाइनान्स कम्पनीको १७ करोड ५४ लाख रुपैयाँको सेयर कारोबार भएको छ। 

नेप्सेमा सामान्य गिरावट

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज सेयर बजार मापक नेप्से परिसूचक सामान्य घटेको छ । बिहीबारनेप्से ३.२४ अंकले घटेर १९६५.९३ को विन्दुमा झरेको छ ।  आज ३०३ धितोपत्रको ६३ लाख १२ हजार ५५२ कित्ता सेयर दुई अर्ब ३६ करोड ६९ लाख ७५ हजार ५९४ रुपैयाँमा किनबेच भएको छ । १३ वटा उपसमूहमध्ये पाँच वटाको समूहगत सूचक बढ्दा बाँकी आठ वटाको समूहगत सूचक घटेको छ ।  यस दिन मल्टी प्रपोज फाइनान्स कम्पनीको सेयर मूल्य सर्वाधिक ९.९९ प्रतिशतले बढेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । त्यस्तै, आज सबैको लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ५.८३ प्रतिशतले घटेको छ ।  

लोकप्रिय