प्रचण्ड चमत्कारः चितवनमा ४ दिन, ४ सभा, २000 पार्टी प्रवेश, जित निश्चित

प्रचण्ड चमत्कारः चितवनमा ४ दिन, ४ सभा, २000 पार्टी प्रवेश, जित निश्चित

चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ चितवन यति बेला चितवनमा छन । गएको कात्तिक १६ गते चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा ददस्यका लागि उम्मेदवार दर्ता गर्न प्रचण्ड चितवन आएका हुन । गृह जिल्ला चितवन आएसँगै प्रचण्डले केहि नयाँ कुरा बोल्ने गर्छन । त्यसैले प्रचण्ड चितवन आएपछि सबैको ध्यान यतैतिर तानिन्छ ।चितवन यस्तो ठाउँ हो जहा“ हरेक नेपाली राजनीति परिवर्तनको लागि अभियानको आरम्भ हुने गरेका छन । चाहे पञ्चायतको विरुदको अभियान ,०४६ सालको जनआन्दोल होस वा ०६२/०६३ को नै किन नहोस् । चितवनलाई परिवर्तनको उदगम स्थल मान्निछ ।नेपालमा गणतन्त्र स्थापनापछि दुई पटक पधानमन्त्री भएका प्रचण्ड नेपाली राजनीतिको अभिभावकको भूमिकामा छन् । उनी अहिले चितवन क्षेत्र नं ३ को प्रतिनिधीसभा उम्मेदवार हुन् । कात्तिक १६ गते मनोनयका लागि चितवन आएका प्रचण्ड ४ दिनसम्म चुनाबी प्रचारप्रसारमा व्यस्त रहे । मनोनयपछि उनले भरतपुर गेष्ट हाउस चौरमा संयुक्त बाम गठबन्धनको सभालाई सम्बोधन , माडीमा दिवाकर तिर्थमाया स्मृती पुरुष भलिबल प्रतियोगिताको उद्घाटन ,बाम गठबन्ध क्षेत्र नं ३ को सम्पर्क कार्यालयहरुको उद्घाट ,प्रचण्ड विजय अभियानको उद्घाटन गरे ।यस बिचमा उनका बाल्यकालका साथीसग पनि भेटघाट गरेका थिए । पुर्व प्रधानमन्त्री प्रचण्डले ४ दिनमा अन्य पार्टीका करिब २ हजार भन्दा बढी कार्यकर्तालाई पाटी प्रवेश गराए । प्रचण्ड क्षेत्र नं ३ मा उम्मेदवारको रुपमा आए सगै चितवनको राजनीतिले नया“ मोड लिएको छ । प्रचण्डको उम्मेदवारी पछि राप्रपा चितवनका अध्यक्ष सहितको टोली माओवादी केन्द्र मा प्रवेश गरे । नयाँ शक्ति नेपालका ३ जना केन्द्रिय सदस्य सहितको टिम पनि माओवादी केन्द्र मा प्रवेश ग¥यो । यसले चितवनको राजनीतिमा नया“ तरङग पैदा गरेको छ ।गृह जिल्ला चितवन भएपनि अन्य ठाउँ बाट चुनाव लड्दै आई रहेका उनी यस पटक आफ्नै ठाउँ बाट उम्मेदवारी दिएका छन । देशकै नेतृत्व सम्हालि सकेका प्रचण्डले चितवन क्षेत्र नं ३ मा जिते चितवनकै विकास हुने आशा गरिएको छ । उनले चितवनको विभिन्न क्षेत्रमा पुगेर स्थान विशेष विकास निमार्णको घोषणा गरेका छन् । ४ दिने जिल्ला बसाईले उनको पक्ष्ँमा जनलहर सिर्जना भएको छ । यसले उनको जितलाई थप मजबुद बन्दै गएको देखिन्छ ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

कुन कुन राजमार्ग अवरुद्ध छन् ? (सूचिसहित)

काठमाडौं । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ। नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड, मध्य पहाडी लोकमार्गलगायत पूर्ण रूपमा अवरुद्ध छ ।

झ्याप्लेखोलामा पुरिएका दुई बस निकालिदै, अर्को बस पनि भेटियो

काठमाडौं । धादिङको धुनिबेशि नगरपालिका-९ झ्याप्लेखोलाको पहिरोमा पुरिएको अवस्थामा अर्को पनि बस फेला परेको छ। पुरिएरका दुईवटा बस निकालेर बाटो सफा गर्ने क्रममा अर्को पनि बस पुरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। स्काभेटरले खन्ने क्रममा अहिलेसम्म बसको थोरै भागमात्रै देखिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रल्हाद सिलवालले जानकारी दिए। ‘बसको पूरै भाग नदेखिएकोले कहाँको लागि छुटेको बस हो भन्ने पत्ता लागेको छैन,’  सिलवालले भने। यसअघि शुक्रबार गोरखाको लापुबेँसीबाट काठमाडौँका लागि छुटेको एउटा बस खानीखाेलाबाट सम्पर्कविहीन भएको थियो। लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो। बसमा रहेका यात्रुका आफन्तले खोजबिन गरिदिन आग्रह गरिरहेका छन्। बसका चालक र सहचालक समेत सम्पर्कमा नरहेपछि बस पहिरोमा परेको हुन सक्ने आशङ्का गरिएको छ। यद्यपि पहिरोले पुरिएको बस त्यही हो अथवा अरु नै हो भन्ने बिषय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। पहिरो पन्छाएर बस निकाल्ने काम भैरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

लोकप्रिय