प्रचण्डको एउटा ‘प्लान’ सफल, अब सर्वसाधारणले सिंहदरबार धाउन नपर्ने

प्रचण्डको एउटा ‘प्लान’ सफल, अब सर्वसाधारणले सिंहदरबार धाउन नपर्ने

सरकारले सिंहदरबार धाउनै नपर्ने गरी स्थानीय तहमा गाउँपालिका नै अधिकार दिएको छ । विकेन्द्रीकरणको माध्यमबाट जनताले प्राप्त गर्ने सेवा सुविधालाई छिटो, छरीतो र प्रभावकारी बनाउनका लागि स्थानीय तहलाई अधिकार दिएको हो ।

नेपालको संविधानमा व्यवस्था भए अनुसारका सुरक्षा, आर्थिक, सामाजिक, स्थानीय पूर्वाधार, बन तथा वातावरण, तथ्याँक संकलन तथा अभिलेख, सूचना संचार, भूमि व्यवस्थापन, उद्योग, पर्यटन, औषधी तथा विषादी, स्वास्थ्य प्रणाली र पशु चिकित्सा, मानव संसाधन विकास एवं समाज कल्याण अन्तर्गतका अधिकार गाउँपालिका तथा नगरपालिकालाई दिने गरी ऐन बनाउन लागिएको हो ।

स्थानीय तह शासन ऐन, २०७३ मा १३ सय ६० वटा विभिन्न अधिकारको उल्लेख गरिएको छ । जसमा मन्त्रालय, विभाग, क्षेत्र, अञ्चल तथा जिल्लाबाट सम्पादन हुने विभिन्न काम अव गाउँ गाउँमै हुने उल्लेख छ । ऐनको मस्यौदा तयार पारेर स्थानीय विकास मन्त्रालयले सहमतिको लागि कानुन मन्त्रालयमा पठाएको संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए ।

सरकारले यसरी स्थानीय तहमा अधिकार प्रत्यायोजन गरेसँगै जनयुद्धकालदेखि माओवादीले जनतालाई गाउँमै सरकारको अनुभुति दिलाउन भन्दै दिएको आश्वासन पनि पूरा हुने भएको छ ।

विभाग धाउनुपर्ने अस्पत्ताल र नर्सिङ्ग होमको अनु्मति स्थानीय तहमै
सरकारको नयाँ व्यवस्था अनुसार अस्पत्तालको अनुमति गाउँ तथा नगरपालिकाले नै दिन सक्नेछन् । १ सय सैया सम्मको जनरल अस्पत्ताल, नर्सिङ्ग होम, निदान केन्द्र, नीजि स्वास्थ्य संस्था, क्लिनिक लगायतको सञ्चालन अनुमति, नविकरण र नियमनको काम गाउँ तथा नगरपालिकाले गर्न पाउने भएका छन् । अहिलेसम्म १०० सैया सम्मको अस्पत्ताल र नसिंङ्गहोम, निदान केन्द्र र क्लिनिकहरुको दर्ता स्वास्थ्य सेवा विभागबाट अनुमति लिनुपर्ने व्यवस्था थियो । औषधी पसलको लागि विभिन्न क्षेत्रमा रहेका औषधी व्यवस्था विभागका शाखाहरुबाट अनुमति लिने र नविकरण गर्नुपर्ने व्यवस्था थियो ।
सूर्ति मदिरा र लागपदार्थमा नियन्त्रण गर्ने अधिकार पनि सरकारले गाउँ तथा नगरपालिकालाई नै दिने भएको छ । त्यसैगरी औषधी पसल दर्ता, स्वास्थ्य बीमा लगायतका सामाजिक सुरक्षा स्किम लागु गर्ने, खोप कार्यक्रम सञ्चालन, एम्बुलेन्स, रक्त सञ्चारसेवा लगायतको काम पनि गाउँ नगरबाटै हुने भएको छ ।

विद्यालय स्थापना, गाभ्ने र सार्ने पनि अधिकार
गाउँ तथा नगरपालिकाले आधारभूत र माध्यमिक तहसम्मको विद्यालय स्थापनाको अनुमति दिन सक्ने अधिकार पाएका छन् । यसअघि आधारभूत तहको जिल्ला शिक्षा कार्यालय र माध्यमिक तहको विद्यालयको अनुमति क्षेत्रले मात्र दिने पाउने व्यवस्था थियो । त्यसैगरी जिल्ला शिक्षा कार्यालयको अधिकार क्षेत्रको विद्यालय सार्ने, गाभ्ने र बन्द गर्ने तथा नियमन गर्ने अधिकार पनि गाउँ गाउँमा पुगेको छ । राष्ट्रिय र प्रादेशिक प्रारुप बमोजिमका पाढ्यक्रम र पाठ्यसामग्री निर्माण, कार्यान्वयन गर्ने अधिकार पनि गाउँ तथा नगरपालिकाले पाएका छन् ।
अनौपचारीक तथा पूर्ण साक्षरता कक्षा सञ्चालन, विशेष शिक्षा, शैक्षिक परामर्श सेवाको अनुमति एवं शैक्षिक कार्यक्रमहरुको अनुगमन पनि गाउँपालिकाबाटै हुने भएको छ ।

जिल्ला प्रशासनले गर्ने राहदानी सिफारीस र क्लव दर्ता गाउँबाटै
सरकारले जिल्लाबाटमात्र सिफारीस गर्दै आएको राहदानी अव गाउँ वा नगरपालिकाबाटै सिफारीस हुने भएको छ । स्थानीय तह शासन ऐन अनुसार स्थानीय तथ्यांक संकलन, अभिलेख, व्यक्तिगत घटना दर्ता, पाश्र्वचित्र तथा नक्सा तयार लगायतका अधिकार गाउँ र नगरपालिकालाई दिईएको छ । अहिलेसम्म तथ्यांक संकलनको काम केन्द्रिय तथ्यांक विभागले गर्दै आएको थियो ।

संघ संस्था र क्लव दर्ता
अहिलेसम्म जिल्ला प्रशासन कार्यालयले मात्र गर्ने गरेको संघसंस्था तथा क्लव दर्ताको काम अव गाउँपालिकाले गर्ने भएका छन् । दर्ता गर्दा प्रहरी रीपोर्ट, गाविसको सिफारीस, जिविसको अनुमति लागयतका झण्झटिलो प्रकृयाले गर्दा हप्तौ लाग्ने काम अव गाउँपालिकाबाट सहजै हुने भएको छ । समाज कल्याण सम्बन्धि अन्य कार्यपनि गाउँपालिकाको क्षेत्राधिकारमा सरेका छन् ।

सार्वजनिक विदा गाउँ नगरको अधिकार
स्थानीय तहमा सार्वजनिक विदा ब्यवस्थापन गाउँपालिकाबाटै हुने भएको छ । स्थानीय तह शासन ऐनले बिदा, उत्सव, जात्रा, उर्दी आदिमा विदा व्यस्थागर्ने अधिकार गाउँ र नगरपालिकालाई दिएको हो । भाषा संस्कृति लिलतकलाको संरक्ष र विकास तथा पुरातत्व प्राचीन स्मारक र संग्राहलय सम्बन्धि अधिकार गाउँ नगरलाई दिएको उल्लेख छ ।

रेडियो नविकरण, पत्रपत्रिका दर्ता र साना उद्योग तथा गेष्टहाउस दर्ता
स्थानीय क्षेत्रभित्र १ सय वाट सम्मका एफ एम रेडियो सञ्चालन, नविकरण र नियमन गर्ने अधिकार गाउँ तथा नगरपालिकालाई दिएको छ । अहिलेसम्म त्यो अधिकार सूचना तथा सञ्चार मन्त्रालयलाई मात्र थियो । त्यस्तै कुनै गाउँपालिकामा ईण्टरनेट, टेलिसेण्टर लगायतको अनुमति, नविकरण र नियमन पनि गाउँपालिकाले गर्न पाउने भएका छन् ।
जिल्ला प्रशासन कार्यालयले मात्र गर्दै आएको पत्रपत्रिका दर्ता, अनुगमन, अभिलेख र व्यवस्थापनको काम पनि अव स्थानीय तहबाट हुने छ ।
अहिले सम्म जिल्ला सदरमुकाममा हुने घरेलु तथा साना उद्योग विकास समितिले मात्र अनुमति दिने घरेलु तथा साना उद्योग दर्ता नविकरण अव गाउँ तथा नगरपालिकाले गर्न पाउने भएका छन् । उद्योग प्रवद्धनका लागि सीप विकास, तालिम, बजार सूचना, जिविकोपार्जनमा सुधार, लघुवित्त प्रवद्र्धन, कार्यस्थल सुरक्षा मापदण्डको लगायतको अधिकार पनि गाउँ तथा नगरपालिकाको क्षेत्रधिकारभित्र पर्ने भएको छ ।
यो बाहेक होमस्टे तथा गेष्टहाउस दर्ता, नविकरण र नियमनको काम पनि गाउँ तथा नगरपालिकाले गर्ने भएका छन् । स्थानीय पर्यटन पूवाधार विकास र पर्यटन सूचना केन्द्र स्थापना एवं सञ्चालनको काम पनि स्थानीय तहलाई नै दिईएको छ ।

लालपुर्जा वितरण
घरजग्ग्गा धनी पुर्जा वितरण कार्यलाई स्थानीय नागरीकको सहज पहुँच हुने गरी वितरण गर्ने, घरजग्गा रजिष्ट्रेसन, नापी, नक्सापासको काम अव गाउँपालिकाबाटे हुने भएको छ । त्यस्तै मालपोत, घरजग्गा तथा म्पत्ती कर बुझाउन जनताहरु जिल्ला सदरमुकाम पुग्नु नपर्ने भएको छ । कर तथा जग्गाको कित्ताकाट एवं श्रेस्ताको काम गाउँपालिका तथा नगरपालिकाबाटै हुने भएको छ ।
जिल्लाबाट अनुमति लिनुपर्ने घरजग्गा व्यवसाय दर्ता पनि गाउँ तथा नगरपालिकाले गर्ने भएका छन् । त्यस्तै निर्माण सामग्री एवं ज्याला मजदुरीको दररेट तोक्ने काम पनि गाउँबाटै हुने भएको छ ।
भू उपयोग नीति, योजना र कार्यक्रम तर्जुमा गरी भुीम व्यवस्थापनका काम गर्ने कार्यपनि स्थानीय तहले गर्न सक्नेछन् ।

सहकारी दर्ता र ठेक्का ब्यापार दर्ता
सहकारी डिभीजन कार्यलय पुग्नुपर्ने र धेरै समय धाउनुपर्ने सहकारी संस्था दर्ताको काम अव गाउँ तथा नगरपालिकाले आफै गर्ने भएका छन् । यसका लागि भने कार्यक्षेत्र तोकिएको गाउँ वा नगरभित्र हुनुपर्ने छ ।
यस्तै स्थानीय स्तरका व्यापारीक फर्म दर्ता अनुमति, नबिकरण र खारेजीको काम पनि स्थानीय तहबाटै हुने भएका छन् ।
निजि घर निर्माणको ठेक्का व्यवसाय, पेशा र सिपगत व्यवसाय आदिको पनि दर्ता, प्रमाणीकरण र नियमन स्थनीय तहको क्षेत्राधिकारभित्र सरेका छन् ।
अहिलेसम्म जिल्ला प्रशासन कार्यलय र आपूर्ति विभाग तथा मन्त्रालयले गर्ने गरेको बजार अनुगमन र मूल्य निर्धारण र नियमनको काम पनि स्थानीय तहले गर्न पाउने भएका छन् । उनीहरुले बजार मूल्य सूचि सम्बन्धि काम पनि गर्ने छन् ।

कृषि तथा पशुविमा र फर्म तथा सहकारी दर्ता
गाउ वा नगरपालिका भित्र कार्यक्षेत्र हुने कृषि सहकारी तथा कृषि फर्महरुको दर्ताको अधिकार सम्बन्धित स्थानीय तहलाई दिईएको छ । दर्ता खारेजी र नियमनको अधिकार समेत उसैलाई हुने छ । जेटि÷जेटिएको तालिम, प्रशिक्षण र व्यवस्थापनको काम पनि गाउँ वा नगरपालिकाले गर्ने छ ।
यसका साथै कृषि तथा पशुविमा, बधशालाहरुको अनुमति पनि स्थानीय तहको कार्यक्षेत्रका अधिकार भएका छन् ।
पशु नश्ल सुधार, चरण, आहारा, बधशाला स्थापना लगायत जिल्ला कृषि विकास कार्यालयले गर्ने सबै अधिकार अव गाउँ तथा नगरपालिकाले गर्नेछन् ।

रेल चलाउन पनि गाउँ नगरले पाउने
आफ्नो गाउँपालिका वा नगरपालिकाभित्र रेल चलाउन पाउने अधिकार पनि सम्बन्धित कार्यपालिकालाई दिईएको छ । आफ्नो क्षेत्रभित्र सवारी साधनको भाडा निर्धारण, सवारी रुट निर्धारण र अनुमति दिनुका साथै निजी यातायातको नियमन गर्न पाउने सम्मको अधिकार स्थानीय तहमा विकेन्द्रित गरी जनतालाई सेवा लिन माथील्लो निकायमा धाउने काम बन्द गरीएको छ ।
आफ्नो सिमाना क्षेत्रभित्र सडक पूर्वाधार र ट्राफिक व्यवस्थापन एवं सार्वजनिक यातायातको भरपर्दो व्यवस्था गर्ने अधिकार पनि गाउँपालिकाको हातमा परेको छ ।

पानीको महशुल निर्धारण तथा १० मेगावाटसम्मको विजुली निकाल्न पाउने
अव खानेपानी उपभोक्ताले प्रति लिटर कति पैसा बुझाउने भन्ने विषयको किनारा गाउँ तथा नगरपालिकाले नै लगाउन सक्ने छन् । त्यसैगरी आफ्नो क्षेत्र भित्र १० मेगावाटसम्मको विजुली निकाल्ने अधिकार पनि स्थानीय तहलाई छ ।
डिभिजन कार्यालयमा रहेको सिँचाईको कार्य र अंचलहरुमा रहेको जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयका नदि नियन्त्रण सम्बन्धि अधिकार अव गाउँ तथा नगरपालिकाले पाएका छन् ।
सुकुम्बासीलाई बसोबासको ब्यवस्थापन
सुकुम्बासी समस्या समाधान आयोगका जिल्ला स्थित शाखाहरुले गर्ने सुकुम्बासी व्यवस्थापनको काम अव गाउँ तथा नगरपालिकाले नै गर्ने छन् । सुकुम्बासीको पहिचान, तथ्यांक संकलन गरी उचित व्यवस्थापनको लागि स्थानीय तहलाई सरकारले अधिकार दिएको हो ।
यसका साथै बेरोजगारको तथ्यांक संकलन, गरीबको तथ्याँक संकलन तथा गरीबि निबारणका कार्यक्रम, र सहारकारी संस्था सञ्चालन अनुमति तथा स्थानीय बजार व्यवस्थापनको काम पनि स्थानीय तहबाट हुने छ ।
ज्येष्ठ नागरीक, अपांगता भएका व्यक्तिहरुको व्यवस्थापन, पुनस्थापना केन्द्र संचालन एवं सामाजिक सुरक्षा कार्यक्रम, दलित, जनजाती, महिला, बालबालिका, यूवा, अल्पसंख्यक, सिमान्तीकृत, विपन्न समुदाय लक्षित विभीन्न कार्यक्रम पनि स्थानीय तहबाटै हुने गरी अधिकार प्रत्यायोजन गरीएको छ ।

बन दर्ता र नविकरण तथा विपद् व्यवस्थापन
जिल्ला बन कार्यालयबाट हुने सामुदायिक , धार्मिक, कबुलियती र निजी बन तथा शहरी बन उपभोक्ता समितिको काम अव गाउँ तथा नगरपालिकाले गर्ने छन् । नसरी, जडिबुटी, मुहान संरक्षण र पोखरी निर्माण, बन डढेलो नियन्त्रण र रोकथाम लगायतका बन तथा भूसंरक्षणका सबै काम स्थानीय तहबाट हुने छन् ।
वातावरण संरक्षण, पर्यावरण तथा जैविक विविधता एर्व जलबायू परीवर्तन अनुकुलका सबै कार्यक्रम पनि गाउँपालिकाले गर्न पाउने छन् ।
विपद जोखिम न्यूनिकरणका लागि यसअघि जिल्ला तहबाट हुने सबै प्रकारका काम गाउँ तथा नगर कार्यपालिकाको अधिकार क्षेत्रभित्र सरेको छ ।
जिल्ला विकास समितिले गर्र्दै आएको खानीजन्य बस्तुहरु ढुंगागिटी, बालुवा, माटो, स्लेट, खरी आदिको संरक्षण उत्खनन र उपयोगको अधिकार स्थानीय तहले पाएका छन् ।

बजेटमा करका दर हेरफेर गर्नु गम्भीर आर्थिक अपराध होः पूर्वअर्थमन्त्री वर्षमान पुन (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता तथा प्रतिनिधिसभा सदस्य वर्षमान पुन ‘अनन्त’ ले बजेट निर्माण प्रक्रियामा करका दर हेरफेर गरिएको विषयलाई गम्भीर आर्थिक अपराधको संज्ञा दिँदै तत्काल संसदीय छानबिन समिति गठन गर्न माग गर्नुभएको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर बोल्दै पूर्वअर्थमन्त्रीसमेत रहनुभएका पुनले वर्तमान अर्थमन्त्रीले संसद्को रोष्ट्रमबाटै करका केही दरहरू हेरफेर गरिएको स्वीकार गरेको दाबी गर्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘अर्थमन्त्रीज्यूले संसद्को रोष्ट्रममा उभिएर सात वटा करका दरहरू हेरफेर गरेको कुरा खुला रूपमा स्वीकार गर्नुभएको छ। यो देशको अर्थतन्त्र र सार्वजनिक विश्वासमाथि गरिएको गम्भीर आर्थिक अपराध हो।’  सुरुमा विपक्षी दलहरूले राष्ट्र र जनताको सरोकारसँग जोडिएका विषयमा सामान्य जिज्ञासा मात्रै राखेको भए पनि अर्थमन्त्रीले त्यसलाई गम्भीर रूपमा नलिई अहंकारी शैलीमा जवाफ दिएको पुनको आरोप थियो। उहाँले अर्थमन्त्रीको व्यवहारले संसद्को गरिमा र सार्वभौमिकतामाथि नै प्रश्न उठाएको टिप्पणी गर्नुभयो। ‘अपराध सानो–ठूलो हुँदैन’ वर्तमान अर्थमन्त्रीले विगतमा पनि यस्ता अभ्यास हुने गरेको तर्क गर्दै आफ्नो बचाउ गर्न खोजेको आरोप लगाउँदै पुनले त्यसको कडा प्रतिवाद गर्नुभयो। उहाँले भन्नुभयो, ‘पुरानाले पनि गरे, अघिल्ला वर्षमा पनि भयो भनेर अहिलेको गल्तीलाई वैध बनाउन सकिँदैन। अपराध भनेको अपराध नै हो। चाहे ७३ वटा करका दर हेरफेर गरिएका हुन् वा एउटा मात्रै, त्यसको प्रकृति बदलिँदैन।’  उहाँले विगतका कमजोरी देखाएर वर्तमानमा भएको नीतिगत भ्रष्टाचारलाई ढाकछोप गर्न नहुने धारणा राख्नुभयो। ‘मेरो कार्यकालको पनि छानबिन होस्’ आफू स्वयं पनि पूर्वअर्थमन्त्री रहेको स्मरण गराउँदै पुनले आफ्नो कार्यकालको समेत छानबिन गर्न सरकारलाई खुला चुनौती दिनुभयो। उहाँले संसद्मा भन्नुभयो, ‘म आजको मात्रै कुरा गरिरहेको छैन। दुई वर्षअघि मैले पनि बजेट ल्याएको थिएँ। यदि कसैलाई शंका छ भने मेरो कार्यकालको पनि छानबिन होस्, गत वर्षको पनि होस् र यस वर्षको पनि निष्पक्ष छानबिन गरियोस्। सत्य जे हो, त्यो देशका सामु आउनुपर्छ।’  सभामुखको रुलिङ र विशेष समिति गठनको माग भाषणको अन्त्यमा पुनले संसद्को गरिमा जोगाउन, बजेट निर्माण प्रक्रियामा भएको भनिएको हस्तक्षेपको सत्यतथ्य सार्वजनिक गर्न तथा नीतिगत भ्रष्टाचारको छानबिन गर्न सभामुखबाट तत्काल रुलिङ हुनुपर्ने माग गर्नुभयो। उहाँले करका दर हेरफेरमा बिचौलियाको प्रभाव र चलखेल भएको आशंका व्यक्त गर्दै त्यसबारे सत्य तथ्य बाहिर ल्याउन विशेष संसदीय छानबिन समिति गठन गर्न आवश्यक रहेको बताउनुभयो। करका दर हेरफेरको विषयलाई लिएर विपक्षी दलहरूले संसद्भित्र र बाहिर निरन्तर प्रश्न उठाइरहेका बेला पूर्वअर्थमन्त्री पुनको यो अभिव्यक्तिले उक्त विवादलाई थप राजनीतिक र संसदीय महत्व दिएको छ।

प्रधानमन्त्रीको अभिव्यक्ति गम्भीर राष्ट्रघात भएको नेकपाको ठहर

काठमाडौँ । नेपाल–भारत सीमा विवादका विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा व्यक्त गरेको अभिव्यक्तिप्रति नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले कडा आपत्ति जनाएको छ। नेकपाले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत प्रधानमन्त्रीको भनाइलाई “गैरजिम्मेवारपूर्ण, राष्ट्रिय सार्वभौमसत्ता र भौगोलिक अखण्डतामाथिको प्रहार” भन्दै त्यसलाई गम्भीर राष्ट्रघातको संज्ञा दिएको छ। पार्टीले नेपालको ऐतिहासिक भूमि कालापानी, लिपुलेक र लिम्पियाधुराबारे राज्यको आधिकारिक अडान, ऐतिहासिक प्रमाण तथा जनभावनाविपरीत प्रधानमन्त्रीबाट आएको अभिव्यक्तिले राष्ट्रिय स्वाभिमानमाथि चोट पुर्‍याएको जनाएको छ। नेकपाले सीमा विवादजस्तो संवेदनशील विषयमा राज्यका कार्यकारी प्रमुखबाट तथ्य र इतिहासलाई तोडमोड गरी अभिव्यक्ति आउनु अत्यन्तै दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेको छ। विज्ञप्तिमा भनिएको छ, “अन्तर्राष्ट्रिय सीमामा हुने जमिन अतिक्रमण र सीमा क्षेत्रमा हुने जग्गाको भोगचलन वा अदलबदल दुई फरक विषय हुन्। कुनै पनि देशले अर्को देशको स्वामित्वमा रहेको भू–भागमा आपसी सहमति वा कानुनी अधिकारबिना अनधिकृत रूपमा भौतिक कब्जा जमाउने, संरचना निर्माण गर्ने वा सीमा विस्तार गर्ने कार्यलाई अतिक्रमण भनिन्छ। भारतले नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायतका क्षेत्रमा एकतर्फी रूपमा गर्दै आएको अतिक्रमणको ऐतिहासिक तथ्यलाई तोडमोड गरी नेपालले समेत भारतको जमिन कब्जा गरेको भन्नु गम्भीर राष्ट्रघात हो।” ‘सीमा विवाद होइन, अतिक्रमणको विषय’ नेकपाले भारतसँगको सम्बन्धलाई मित्रतापूर्ण र कूटनीतिक मर्यादामा आधारित बनाउनुपर्नेमा जोड दिँदै त्यसका नाममा नेपालको भूमि सम्बन्धी ऐतिहासिक सत्यलाई कमजोर पार्न नहुने बताएको छ। पार्टीका अनुसार कालापानी, लिपुलेक र लिम्पियाधुरा केवल सीमा विवादका विषय होइनन्, ती नेपालको सार्वभौमसत्ता, राष्ट्रिय अस्मिता र स्वाभिमानसँग प्रत्यक्ष जोडिएका विषय हुन्। नेकपाले सन् १८१६ को सुगौली सन्धि, त्यसपछिका नक्सा तथा विभिन्न ऐतिहासिक दस्तावेजले उक्त भूभाग नेपालकै भएको पुष्टि गर्ने दाबी गरेको छ। यस्ता प्रमाणका आधारमा नेपालका सबै राजनीतिक शक्ति, नागरिक समाज र देशभक्त जनसमुदाय एकमत हुँदै आएको अवस्थामा प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय सहमतिविपरीत देखिएको पार्टीको भनाइ छ। राष्ट्रिय एकतामाथि आघात पुगेको दाबी नेकपाले सीमा र सार्वभौमसत्ताका विषयमा नेपाली जनताबीच विगतदेखि नै बलियो राष्ट्रिय एकता कायम रहेको उल्लेख गर्दै प्रधानमन्त्रीको भनाइले त्यो एकतालाई कमजोर बनाउने खतरा पैदा गरेको जनाएको छ। पार्टीले राष्ट्रिय हितका सवालमा सरकारको नेतृत्व गर्ने व्यक्तिबाट तथ्यपरक, जिम्मेवार र राष्ट्रहितअनुकूल अभिव्यक्ति आउनुपर्नेमा जोड दिएको छ। “नेपालको भूमि नेपालको हो भन्ने विषय कुनै दल विशेषको मुद्दा होइन, यो समग्र राष्ट्रको साझा अडान हो,” विज्ञप्तिमा उल्लेख छ, “यस्तो संवेदनशील विषयमा प्रधानमन्त्रीले दिएको अभिव्यक्तिले नेपाली जनताको भावना आहत बनाएको छ।” प्रधानमन्त्रीसँग सार्वजनिक स्पष्टिकरणको माग नेकपाले प्रधानमन्त्री शाहसँग आफ्नो अभिव्यक्तिबारे सार्वजनिक रूपमा स्पष्टिकरण दिन माग गरेको छ। पार्टीले राष्ट्रिय हितविपरीत देखिने भनाइ फिर्ता लिन तथा सीमा समस्यामा नेपालको आधिकारिक अडानलाई सम्मान गर्न आग्रह गरेको छ। पार्टीका नेताहरूले सीमा सम्बन्धी विषयमा राजनीतिक दलहरूबीच मतभेद हुन सक्ने भए पनि राष्ट्रिय भूगोल र सार्वभौमसत्ताको प्रश्नमा कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने बताएका छन्। उनीहरूले सरकारलाई कूटनीतिक माध्यमबाट भारतसँग संवाद बढाउन, तर नेपालको भूमि र राष्ट्रिय हितका विषयमा दृढतापूर्वक उभिन सुझाव दिएका छन्। ‘देशभक्त शक्तिहरू एकजुट हुनुपर्छ’ विज्ञप्तिमार्फत नेकपाले सम्पूर्ण देशभक्त, राष्ट्रवादी र प्रगतिशील शक्तिहरूलाई राष्ट्रिय स्वाभिमान र भौगोलिक अखण्डताको रक्षाका लागि एकजुट हुन पनि आह्वान गरेको छ। पार्टीले सीमा अतिक्रमणको विषयलाई सामान्य राजनीतिक बहसका रूपमा नभई राष्ट्रिय अस्तित्वसँग जोडिएको विषयका रूपमा हेर्नुपर्ने धारणा राखेको छ। नेकपाको भनाइमा नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र राष्ट्रिय अखण्डताको रक्षा गर्नु प्रत्येक नागरिक, राजनीतिक दल र राज्य संयन्त्रको साझा दायित्व हो। त्यसैले राष्ट्रिय हितविपरीत देखिने कुनै पनि अभिव्यक्ति वा गतिविधिप्रति खबरदारी गर्नुपर्ने आवश्यकता अझ बढेको पार्टीले जनाएको छ। राष्ट्रिय स्वाभिमानको बहस फेरि केन्द्रमा प्रधानमन्त्री शाहको अभिव्यक्तिपछि नेपालको सीमा, राष्ट्रिय स्वाभिमान र विदेश नीतिसम्बन्धी बहस पुनः राजनीतिक वृत्तमा केन्द्रित भएको छ। विशेष गरी कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई लिएर विगतदेखि कायम रहेको राष्ट्रिय सहमति र संवेदनशीलताका कारण यस विषयले व्यापक चर्चा पाएको छ। यसै सन्दर्भमा नेकपाले आफ्नो विज्ञप्तिमार्फत राष्ट्रिय स्वाभिमान, भौगोलिक अखण्डता र सार्वभौम अधिकारको पक्षमा दृढतापूर्वक उभिने प्रतिबद्धता दोहोर्याएको छ। पार्टीले नेपालको भूमि, राष्ट्रिय हित र जनभावनामाथि कुनै प्रकारको सम्झौता स्वीकार्य नहुने स्पष्ट गर्दै सरकारलाई राष्ट्रहितअनुकूल भूमिका निर्वाह गर्न आग्रह गरेको छ।

निमोनियाको आशंकापछि नेपाली कम्युनिष्ट पार्टीका संयोजक प्रचण्ड अस्पताल भर्ना

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना हुनुभएको छ। प्रचण्डको सचिवालयका अनुसार स्वास्थ्यमा असहजता महसुस भएपछि उहाँलाई आज बिहान मेडिसिटी अस्पताल लगिएको थियो। अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणका क्रममा चिकित्सकहरूले निमोनियाको शङ्का गरेका छन्। मुख्य स्वकीय सचिव गोविन्द आचार्यले चिकित्सकहरूको सल्लाहअनुसार निमोनियाको आशङ्कामा प्रचण्डलाई मेडिसिटी अस्पतालमै भर्ना गरिएको जानकारी दिनुभयो। स्वास्थ्य अवस्था कमजोर भएका कारण प्रचण्ड शुक्रबार आयोजित गणतन्त्र दिवस समारोहमा समेत सहभागी हुनुभएको थिएन। उहाँको थप स्वास्थ्य परीक्षण तथा उपचार भइरहेको सचिवालयले जनाएको छ।

गणतन्त्रको विकल्प थप समृद्ध गणतन्त्र नै हो: राष्ट्रिय सभा अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले गणतन्त्र दिवस २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको सुदृढीकरण, संविधानको प्रभावकारी कार्यान्वयन तथा समृद्ध समाज निर्माणमा एकताबद्ध हुन आह्वान गर्नुभएको छ। अध्यक्ष दाहालले नेपाली जनताको ऐतिहासिक सङ्घर्ष, बलिदान र त्यागबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको औपचारिक घोषणा भएको दिनलाई ऐतिहासिक उपलब्धिका रूपमा स्मरण गर्दै स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्नुभएको हो। वि.सं. २०६५ जेठ १५ गते संविधान सभाबाट निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको घोषणा हुनु नेपाली जनताको सार्वभौम अधिकार, लोकतान्त्रिक आकाङ्क्षा र राजनीतिक चेतनाको महत्वपूर्ण उपलब्धि भएको उहाँले उल्लेख गर्नुभएको छ। शुभकामना सन्देशमा अध्यक्ष दाहालले विभिन्न कालखण्डका जनआन्दोलन, लोकतान्त्रिक सङ्घर्ष तथा परिवर्तनका अभियानमा जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आन्दोलनका क्रममा घाइते, अपाङ्ग तथा पीडित भएकाहरूप्रति सम्मान प्रकट गर्नुभएको छ। उहाँले गणतन्त्र केवल शासन प्रणालीको परिवर्तन मात्र नभई नागरिक अधिकार, समावेशिता, सामाजिक न्याय, समान अवसर तथा जनसहभागितामा आधारित लोकतान्त्रिक राज्य व्यवस्थाको आधार भएको उल्लेख गर्नुभएको छ। नेपालको संविधानले परिकल्पना गरेको समृद्ध, समुन्नत र न्यायपूर्ण समाज निर्माणका लागि संविधानको प्रभावकारी कार्यान्वयन, सुशासन, पारदर्शिता तथा दिगो विकासप्रति सबै पक्षको प्रतिबद्धता आवश्यक रहेको अध्यक्ष दाहालको भनाइ छ। अध्यक्ष दाहालले गणतन्त्रको विकल्प पश्चगामी वंशीय शासन प्रणाली हुन नसक्ने उल्लेख गर्दै अझ उन्नत, समृद्ध र जनमुखी गणतन्त्रको निर्माणतर्फ अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ। संविधानले निर्देशित गरेअनुसार समाजवादउन्मुख आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा सुशासनसहितको राज्य सञ्चालन अहिलेको प्रमुख आवश्यकता भएको उहाँले बताउनुभएको छ। गणतन्त्र दिवसले सम्पूर्ण नेपालीबीच राष्ट्रिय एकता, आपसी सद्भाव, लोकतान्त्रिक संस्कार तथा संविधानप्रतिको विश्वासलाई थप मजबुत बनाउँदै राष्ट्र निर्माणको साझा अभियानमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्दै अध्यक्ष दाहालले गणतन्त्र दिवस २०८३ को शुभकामना व्यक्त गर्नुभएको छ।