प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय(भिडियो)

प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती गर्ने मन्त्रिपरिषद्को निर्णय(भिडियो)

काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालयका ६८ वटा दरबन्दी कटौती गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले त्यस्तो निर्णय भएको जानकारी दिइन् ।

“प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा कार्यालयको पुनर्संरचनासहितको संगठन तथा सर्वेक्षण स्वीकृत गर्ने भन्ने निर्णय भएको छ । यस अनुसार प्रधानमन्त्री कार्यालयको हालको दरबन्दीमा ६८ वटा दरबन्दी कम हुने भन्ने छ,” उनले भनिन् ।

शर्माले प्रधानमन्त्री कार्यालयको ६८ दरबन्दी कटौती भएको बताइन् । प्रधानमन्त्रीले एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री कार्यालयको पुनर्संरचनाबाट सुरु गर्ने भनेको र सोही अनुसार भएको उनले बताइन ।

देशको स्वाधीनता संकटमा छ: मतदानअघि राष्ट्र र भविष्य सम्झन वर्षमान पुनको भावुक अपिल (भिडियाेसहित)

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी नेता तथा पूर्वमन्त्री  वर्षमान पुन  अन्ततले  राष्ट्रिय स्वाधीनता यतिबेला संकटमा परेको बताउँदै देशको भविष्य, युवाहरूको अवस्था र ऐतिहासिक बलिदानलाई स्मरण गरेर मतदान गर्न मतदातासँग अपिल गर्नुभएको छ । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै उहाँले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन राष्ट्रको स्वाधीनता, सुशासन, समृद्धि र रोजगारी सुनिश्चित गर्ने महत्वपूर्ण अवसर भएको बताउनुभयो । उहाँले आफ्नो दलले यी विषयलाई प्रमुख एजेन्डाका रूपमा अघि सारेको उल्लेख गर्दै देशले अहिले सुशासन र समृद्धिको खोजी गरिरहेको र युवाहरूलाई रोजगारीको आवश्यकता रहेको बताउनुभयो । उहाँले मतदान गर्नु अघि राष्ट्रको स्वाधीनता, देशको भविष्य, युवाहरूको अवस्था तथा सहिदहरूको बलिदानलाई एकपटक सम्झन आवश्यक रहेको बताउनुभयो । विगतका ऐतिहासिक संघर्ष, हजारौँ सहिदहरूको बलिदान र पूर्वजहरूले देशको रक्षाका लागि गरेको योगदानलाई स्मरण गर्दै सचेत निर्णय गर्न उहाँले आग्रह गर्नुभयो । पुनले नेपाली कम्युनिस्ट पार्टीले विगतदेखि नै सुशासन, समृद्धि र सामाजिक न्यायका पक्षमा काम गर्दै आएको बताउनुभयो । उहाँले महिला, मजदुर, किसान, दलित, जनजाति, मधेशी तथा कर्णालीजस्ता पिछडिएका क्षेत्रका समुदायलाई राज्यको मूलधारमा ल्याउन पार्टीले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । संविधान र कानुनमार्फत महिलाको सम्पत्तिमा अधिकार सुनिश्चित गर्न, राजनीतिक सहभागिता बढाउन र उत्पीडित समुदायको प्रतिनिधित्व स्थापित गर्न पार्टीले पहल गरेको उहाँले बताउनुभयो । हाल करिब ३० प्रतिशत महिलाहरू सम्पत्तिको मालिक बन्न सफल भएको र एकतिहाइ महिला राजनीतिक तथा सार्वजनिक क्षेत्रमा स्थापित भएको अवस्था सिर्जना हुनुमा पनि पार्टीको योगदान रहेको उहाँको भनाइ थियो । देश निर्वाचनको संघारमा रहेको उल्लेख गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा, सुशासन र समृद्धिका लागि पार्टीले निरन्तर काम गर्दै आएको बताउनुभयो । उहाँले तारा चिह्नमा मतदान गरेर पार्टीका उम्मेदवारलाई विजयी गराउन आग्रह गर्दै यसमार्फत जनताले आफ्नो राष्ट्रभक्ति, स्वाधीनता र सुशासनप्रतिको प्रतिबद्धता व्यक्त गर्न सक्ने बताउनुभयो । उहाँले नेपाली कम्युनिस्ट पार्टीले विगतमा युवाहरूमा चेतना जगाउने, मजदुर–किसानका हकअधिकार स्थापित गर्ने र स्वाभिमानी नागरिक तयार गर्ने काम गरेको बताउनुभयो । साथै अझै धेरै काम गर्न बाँकी रहेको स्वीकार गर्दै स्वाधीनता, समृद्धि, सुशासन र रोजगारी सिर्जनाका लागि थप प्रतिबद्धतासहित अघि बढ्ने बताउनुभयो । पार्टी र नेताहरू पूर्ण रूपमा कमजोरीरहित नभएको स्वीकार गर्दै उहाँले विगतका सीमाहरू सच्याउँदै पुनः जनताको सेवामा समर्पित हुने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

जनयुद्धका उपलब्धि आत्मसात् गर्दै समाजवादको नयाँ यात्रा सुरु हुन्छ : प्रचण्ड

रुकुम पूर्व । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धका ऐतिहासिक उपलब्धिलाई आत्मसात् गर्दै देशलाई समाजवादतर्फ अग्रसर गराउने नयाँ अभियान सुरु गरिने घोषणा गर्नुभएको छ। जनयुद्धको आधारभूमि रुकुम पूर्वमा ३१ औँ जनयुद्ध दिवसको अवसरमा भिडियाे शुभकामना सन्देशमा सम्बोधन गर्दै संयोजक प्रचण्डले नेपालमा आमूल परिवर्तनका लागि सुरु गरिएको जनयुद्ध तीस वर्ष पूरा गरी एकतीसौँ वर्षमा प्रवेश गरेको उल्लेख गर्दै यसलाई सम्पूर्ण उत्पीडित वर्ग–समुदायको गौरवपूर्ण इतिहासको रूपमा स्मरण गर्नुभयो । “आजको दिन हामी सबैका लागि गर्व, सम्मान र प्रेरणाको दिन हो,” उहाँले भन्नुभयो, “रुकुम, रोल्पा, जाजरकोट, सल्यानजस्ता क्रान्तिका आधार क्षेत्रबाटै समाजवादको नयाँ यात्रा सुरु गर्ने हाम्रो संकल्प छ ।” संयोजक प्रचण्डले जनयुद्धले सामन्ती राजतन्त्रको अन्त्य गर्दै लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न ऐतिहासिक भूमिका खेलेको उल्लेख गर्नुभयो । तर जनयुद्धका उपलब्धिलाई अझै पूर्ण रूपमा संस्थागत गर्न नसकिएको स्वीकार गर्दै उहाँले गरीब, महिला, दलित, आदिवासी र जनजाति समुदायले भोगेका समस्या र बलिदानलाई बेवास्ता गर्न नहुने बताउनुभयो । “यहाँका जनताले बगाएको रगत र भोगेका असंख्य चुनौतीहरू अझै पूर्ण रूपमा सम्बोधन हुन सकेका छैनन्,” उहाँले भन्नुभयो, “त्यसैले अब फेरि नयाँ संकल्प, नयाँ दृढता र नयाँ अभियानको आवश्यकता छ ।” देशमा सुशासन, सामाजिक न्याय र समृद्धि स्थापना गर्न फेरि एकपटक जनताको शक्तिमा भरोसा गर्दै अघि बढ्नुपर्ने उहाँको जोड थियो । संयोजक प्रचण्डले सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू, आदिवासी, जनजाति, दलित र महिलासँग मिलेर शान्तिपूर्ण तर दृढ ढंगले समाजवादको अभियान अगाडि बढाइने स्पष्ट गर्नुभयो । “यो अभियान राष्ट्र बचाउने, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान हुनेछ,” उहाँले भन्नुभयो । उहाँले रुकुम पूर्वलाई क्रान्तिको केन्द्रीय किल्ला उल्लेख गर्दै संयोजक प्रचण्डले यही भूमिबाट देशभर नयाँ ऊर्जा, नयाँ प्रेरणा र नयाँ चेतना फैलिने विश्वास व्यक्त गर्नुभयो । जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण देशवासीलाई शुभकामना दिँदै उहाँले जनताको बलिदान र संघर्षलाई कहिल्यै नबिर्सने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।  “देशलाई जोगाउन, सुशासन स्थापना गर्न र जनताको समृद्धिको आकांक्षा पूरा गर्न अब फेरि एकपटक नयाँ संकल्प, नयाँ दृढता र नयाँ अभियानका साथ अघि बढ्नुपर्ने आवश्यकता छ । यही उद्देश्यका साथ, म रुकुम पूर्व आइपुगेको छु। क्रान्तिको केन्द्रीय आधार क्षेत्र-रुकुम, रोल्पा, जाजरकोट, सल्यानजस्ता जिल्लाबाट समाजवादको नयाँ यात्रा सुरु गर्ने हाम्रो संकल्प पुनः दोहोर्‍याउन चाहन्छु ।,” उहाँले भन्नुभयो, यहाँका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू, आदिवासी, जनजाति, दलित, महिला तथा सम्पूर्ण जनतासँग मिलेर-हिजो जसरी उत्साह, प्रेरणा र दृढ संकल्पका साथ अघि बढेका थियौँ, आज पनि देशलाई त्यस्तै संकल्प र साहसको आवश्यकता परेको छ। नयाँ सन्दर्भमा हामी शान्तिपूर्ण ढंगले समाजवादको अभियानलाई अगाडि बढाउँदै, फेरि एकपटक राष्ट्र बचाउने, नेपाली जनताको आत्मसम्मान र आत्मनिर्णयको अधिकारको रक्षा गर्ने अभियान सञ्चालन गर्न प्रतिबद्ध छौँ। जनयुद्ध दिवसको अवसरमा रुकुम पूर्व आएर तपाईंहरूमाझ यो संकल्प व्यक्त गर्न पाउँदा म अत्यन्तै गौरवान्वित महसुस गरिरहेको छु। मलाई दृढ विश्वास छ-क्रान्तिको यो केन्द्रीय किल्लाबाट देशभरिका सहिद परिवार, बेपत्ता परिवार, घाइते तथा अपाङ्ग योद्धाहरू र आम जनतामा नयाँ प्रेरणा, नयाँ ऊर्जा र नयाँ आशा फैलिनेछ। फेरि एकपटक जनयुद्ध दिवसको अवसरमा सम्पूर्ण देशवासीमा यही किल्लाले नयाँ चेतना र उत्साह प्रदान गर्नेछ भन्ने विश्वास व्यक्त गर्दै, म सबैलाई हार्दिक शुभकामना अर्पण गर्दछु।  

खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेको छु : प्रधानमन्त्री प्रचण्ड (भिडियो)

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई उच्च प्राथमिकता दिएर काम गरेका कारण खेल क्षेत्रको विकासमा ऐतिहासिक प्रगति हुँदै गएको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल वादोरियो कराते डो संघद्वारा आयोजित ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएको र खेल क्षेत्रका पूर्वाधार निर्माणमा उच्च प्राथमिकता दिएको भन्दै खेलाडीहरूका निम्ति यो सुखद् कुरा भएको बताए। सम्बोधनमा प्रधानमन्त्रीले भने, ‘‘मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको कुरा तपाईहरूले महशुस गर्नुभएकै होला। देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ।’’ प्रधानमन्त्रीले भने, ‘‘मेरै पहलमा नेपाल सरकारको गत कार्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको छ। अब ती रंगशालाहरूको निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्नेछ। नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो हो। आजको युगमा खेलकुदको बहुआयमिक महत्व भएकोमा प्रधानमन्त्रीले जोड दिँदै त्यसका निम्ति सरकारले गम्भीरतापूर्वक काम गरिरहेको बताए। उनले भने, ‘‘आजको दुनियाँमा खेलकुदको महत्व बहुआयमिक छ। हाम्रोजस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्व रहन्छ। विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्दछन्।’’ सम्बोधनको पूर्णपाठ सर्वप्रथम नेपाल वादोरियो कराते डो संघको आयोजनामा सुरू भएको ‘‘चौंथो राष्ट्रिय वादोरियो खुला कराते प्रतियोगिता २०८०’’ को भव्य सफलताको शुभकामना व्यक्त गर्दै आयोजक साथीहरूमा हार्दिक बधाइ ज्ञापन गर्दछु । साथै, उद्घाटन सत्रमा प्रमुख अतिथिको रूपमा आमन्त्रण गरी प्रतियोगिता अवलोकन गर्ने र मेरा विचारहरू राख्ने अवसर प्रदान गर्नुभएकोमा आयोजकप्रति हार्दिक आभार प्रकट गर्दछु । मैले बुझेसम्म नेपाली करातेमा मुख्यतः चार विधा हुन्छन्, वादोरियो, सितेरियो, सोतोकान र गोजुरियो । त्यसमध्ये वादोरियो निकै सक्रिय विधामा पर्दछ । नेपाल वादोरियो कराते डो संघले हरेक वर्ष राष्ट्रिय प्रतियोगिता, अन्तर्राष्ट्रिय सहभागिता, रेफ्री सेमिनार, रिफ्रेसर कोर्स जस्ता महत्वपूर्ण र अनिवार्य गतिविधि नियमित रूपमा गर्दै आएको मैले जानकारी पाएको छु । वादोरियोका हजारौं खेलाडीहरू अहिले पनि देशभरि प्रशिक्षणरत हुनुहुन्छ । त्यसअनुरूप वादोरियोले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा राम्रो सफलता हासिल गर्दै आएको छ । यसका निम्ति तपाईहरू बधाइका पात्र हुनुहुन्छ । वादोरियोले भर्खरै सम्पन्न दक्षिण एसियाली कराते च्याम्पियनसिप, बंगलादेशमा सम्पन्न पाँचौं दक्षिण एसियाली कराते च्याम्पियनसिप, १९औँ संस्करणको एसियन खेलकुद प्रतियोगिता (एसियाड) लगायत विभिन्न राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपाली खेलाडीहरू राम्रो नजिता हात पारेका छन्, महत्वपूर्ण पदकहरू जितेका छन् । त्यसैगरि नेपालले ९ पटक अन्तर्राष्ट्रिय प्रतियोगिताको सफल आयोजना गरिसकेको छ । यो हाम्रा निम्ति खुसी र गौरवको विषय पनि हो । देशभरिका खेलाडीहरूलाई समेटेर अन्तर्राष्ट्रिय गतिविधि गर्नेमध्ये वादोरियो संघ देखिएको छ । मैले यसअघि पनि चारवटा अन्तर्राष्ट्रिय प्रतियोगिताको उद्घाटन गरी खेलाडी साथीहरूलाई हौसला प्रदान गर्ने काम गरेको छु । मैले भन्दै आएको छु– नेपाल अपार सम्भावनाले भरिपूर्ण देश हो । देशको विकास र प्रगतिका निम्ति हामीसँग प्रशस्त सम्भावनाहरू छन् । तर, त्यसमध्ये पनि राम्रो सम्भावना बोकेको क्षेत्र खेलकुद नै हो । पछिल्लो दशक खेलको क्षेत्रमा नेपालले गरेको प्रगतिले पनि यो यथार्थलाई पुष्टि गर्दछ । त्यसैले पनि मैले आफ्नो तेस्रो कार्यकालमा खेल क्षेत्रलाई सबैभन्दा बढी महत्व दिएको छु । मेरो तेस्रो कार्यकालमा खेलाडीहरूको वृत्ति विकास र प्रोत्साहनलाई केन्द्रमा राखेर काम गर्दै आएको कुरा तपाईहरूले महशुस गर्नुभएकै होला । देशभित्र र बाहिर विभिन्न प्रतियोगितामा विजय प्राप्त गर्ने खेलाडीहरूलाई सरकारको तर्फबाट पटकपटक पुरस्कृत र सम्मानित गर्दै आएका छौँ । मेरै पहलमा नेपाल सरकारको गत कार्तिकमा बसेको मन्त्रिपरिषद् बैठकबाट मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा समावेश गर्ने निर्णय गरेको छ । अब ती रंगशालाहरूको निर्माण कार्य द्रूत गतिमा अगाडि बढ्नेछ । नेपाली खेलकुदको इतिहासमा यति छोटो अवधिमा खेल क्षेत्रमा भएको प्रगति सम्भवतः इतिहासमै पहिलो हो । मैले प्रष्ट रूपमा भन्दै आएको छु– अब खेल क्षेत्र शारीरिक र मानसिक स्वास्थ्यमा मात्रै सीमित रहेन । आजको दुनियाँमा खेलकुदको महत्व बहुआयमिक छ । हाम्रोजस्तो विकासशील देशका निम्ति खेलकुद क्षेत्र अर्थतन्त्रको महत्वपूर्ण आयाम हुन सक्छ, अन्तर्राष्ट्रिय कुटनीतिमा समेत यसको बहुआयमिक महत्व रहन्छ । विश्व राजनीति, अर्थतन्त्र, पर्यटनको विकास र अन्तर्राष्ट्रिय सम्बन्धका दृष्टिले समेत खेलकुद क्षेत्र र खेलाडीहरूले राष्ट्रिय दूत र पुलको काम गर्न सक्दछन् । यस अर्थमा खेल क्षेत्रको विकासलाई केवल युवाहरूको मुद्दा होइन, राष्ट्रको बहुआयमिक र बहृत्तर हितको मुद्दाका रूपमा हेर्नु र बुझ्नुपर्दछ । यस राष्ट्रिय प्रतियोगिताले समेत नेपालको खेल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गर्ने मैले विश्वास लिएको छु । कराते खेलको विकासमा अनवरत रूपमा क्रियाशील भइरहनु पक्कै पनि सजिलो विषय होइन । तर, संघका अध्यक्ष हरिशरण केसीको नेतृत्वमा तपाईहरूले जसरी नियमित रूपमा रचनात्मक गतिविधि गरिरहनुभएको छ, त्यो कुरा सम्पूर्ण खेलप्रेमी युवाहरूका साथै हामीजस्ता नीतिनिर्माताहरूका निम्तिसमेत प्रेरणादायी छ । तसर्थ, आगामी दिनमा समेत यस्ता गतिविधिहरूले थप उचाइ र रचनात्मक भूमिकाका साथ निरन्तरता पाउनेछन् भन्ने मेरो विश्वास छ । अन्त्यमा, प्रतियोगितामा सहभागी सम्पूर्ण खेलाडीहरूमा विजय र निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्दै यस प्रतियोगिताको भव्य सफलताको कामनासहित विदा हुन्छु । धन्यवाद ।

नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक छ : प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति निर्माणमा जनताको नियमन, निगरानी र हस्तक्षेप आवश्यक रहेकोमा जोड दिँदै आफूले एक्काइसौं शताब्दीको जनवादलाई फरक ढंगले लागू गरिरहेको बताएका छन् । सोमबार दिउँसो जनतासँग माओवादी विशेष रूपान्तरण अभियानको समापनका निम्ति बागमती प्रदेश, उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशद्वारा संयुक्त रूपमा आयोजित समीक्षा बैठकमा बोल्दै प्रधानमन्त्रीले आफूले शासन प्रणालीमा जनताको निगरानी र हस्तक्षेप लागू गर्न लागेको बताएका हुन् ।   बैठकमा नीति तथा कार्यक्रम र बजेटको परम्परागत ढाँचा बदलेर जनप्रतिनिधि र जनताको प्रत्यक्ष सहभागिता हुने ढाँचामा जाने तयारी गरिएको बताउँदै प्रधानमन्त्रीले त्यो २१ औं शताब्दीको जनवादकै नयाँ रूप भएको स्पष्ट गरे। प्रधानमन्त्रीले भने, ‘‘आज दिनभरि सिंहदरबारमा बसेर सरकारको नीति तथा कार्यक्रम र बजेटमा क्रमभंग गर्नेबारे छलफल भएको छ। बजेटको परम्परागत ढाँचाले देशको विकास र रूपान्तरण सम्भव छैन भनेर नै मैले अघिल्लो वर्ष बजेटको ढाँचा बदल्ने कुरा गरेको थिएँ। आजबाट त्यसको थालनी भएको छ। नीति तथा कार्यक्रम प्रस्तुत भएपछि त्यसमाथि व्यापक बहस हुन्छ, त्यसका आधारमा बजेट बन्छ। यो सबैभन्दा लोकतान्त्रिक ढाँचा र प्रक्रिया हो। सरकारको नीति तथा कार्यक्रम र बजेटमा जनता र जनप्रतिनिधिहरूको निगरानी, नियन्त्रण र हस्तक्षेप चाहिन्छ भनेर नै यो विधि अपनाउँदैछौं। हामीले २१ औं शताब्दीको जनवादमा भनेका थियौं– राज्यमा जनताको निगरानी, नियन्त्रण र हस्तक्षेप लागू गर्नेछौं, यो पनि आफैमा त्यसको एक रूप हो।’’ सरकारले एक वर्षको अवधिमा नयाँ काम गरेको र आगामी वर्ष थप प्रभावकारी कार्ययोजनाका साथ अगाडि बढ्ने प्रधानमन्त्रीले स्पष्ट पारे । उनले भने, ‘‘सरकारले एक वर्षको अवधिमा राम्रो काम गरेको छ। केही नयाँ चीज भएको छ, केही नयाँ रेकर्ड बनेको छ। इतिहासमै नभएको भ्रष्टाचारविरूद्धको अनुसन्धान भएको छ, सेवा प्रवाह र सुशासनमा पनि त्यस्तै पहल लिइएको छ। यसले देशभित्र र बाहिर राम्रो उत्साह पनि आएको छ। यसमा नै टेकेर आगामी वर्ष थप राम्रो गरिनेछ, यसमा सिंगो पार्टीले सरकारलाई सहयोग गर्नुस्।’’ प्रधानमन्त्री प्रचण्डले छिटै पार्टीको स्थायी समिति बैठक बसेर विधान सम्मेलनको तयारी गरिने र त्यसले पार्टी थप व्यवस्थित बन्ने बताउनुभयो। प्रधानमन्त्रीले भने ‘‘पार्टी विधानको मस्यौदा तयार भएको छ। छिटै स्थायी समितिको बैठक बस्छौं र विधान तल्ला कमिटीहरूमा पठाउने निर्णय गर्छौं। विधान सम्मेलन अभियानका रूपमा अगाडि बढ्छ। यस बीचमा पार्टी एकताको प्रक्रिया पनि अगाडि बढ्नेछ, समाजवादी मोर्चा पनि सुदृढ हुँदै जानेछ।’’ 

लोकप्रिय