प्रसाईको आन्दोलन केटाकेटी खेल जस्तो : देवेन्द्र पौडेल

प्रसाईको आन्दोलन केटाकेटी खेल जस्तो : देवेन्द्र पौडेल

काठमाडौँ। नेकपा (माओवादी केन्द्र) का सचिव एवं पूर्वमन्त्री देवेन्द्र पौडेलले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका अध्यक्ष दुर्गा प्रसाईंले एउटा स्कुलमा हुने विद्यार्थी जति मान्छे उतारेको टिप्पणी गरेका छन्। हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले दुर्गा प्रसाईले काठमाडौं उतारेजति मान्छे (७/८ हजार विद्यार्थी) बुटवलको कालिका माविमा नै रहेको बताएका हुन् ।

‘मैले त धेरै मान्छे देखिन । एउटा स्कुलमा हुन्थे त्यति मान्छे त। बुटवलको कालिका माविमा ८/९ हजार छन्,’ उनले भने । प्रसाईले ल्याएका मान्छेको बलमा देशको व्यवस्था परिवर्तन हुन्छ भन्नु केवल भ्रमबाहेक अरु केही हुननसक्ने उनले बताए। आफूहरुले प्रसाईंले काठमाडौं उतारे जति मान्छे एउटा सानो लडाईं लड्न जाँदानै लिएर गएको विगत उनले स्मरण गराए। उनले जनताले संघर्ष र बलिदानी गरेर ल्याएको लोकतान्त्रिक गणतन्त्र ढाल्छु भनेर केही मान्छे सडकमा आउनु केटाकेटी खेलबाहेक केही हुननसक्ने बताए ।

‘अढाई सय वर्षसम्म नेपाली जनताहरु सचेत भएर, दुख कष्ट गरेर, मेहनत गरेर एकात्मक, जहानिया, निरंकुश, सामन्ती राजतन्त्र नेपालका निम्ति ठीक छैन भनेर नेपाली जनताले त्यत्रो आन्दोन गरेको, अनि एक दुई जना मान्छेले सडकमा उभिएर म राजतन्त्र पर्काउँछु भनेर केटाकेटी खेलेजस्तो,’ उनले भने ।

अहिले दलबाट निर्वाचित जनप्रतिनिधिनै ३७ हजार रहेको बताउँदै उनले राजतन्त्रको नाममा चलखेल हुन थाले उनीहरु चुप लागेर नबस्ने समेत बताए । उनले निर्वाचित जनप्रतिनिधिहरु अहिले कोही पनि सडकमा नरहेको उनको भनाई छ। प्रसाईंले असम्भव कुरा गरेर चर्चामा आउन विभिन्न हर्कत गरेको उनले आरोप लगाए ।

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणालीमा दलको विकल्प दलनै र लोकतन्त्रको विकल्प लोकतन्त्रनै हुने उनको भनाई छ । पार्टीले राम्रो काम गरेनन् भन्ने कसैलाई लागेमा दल खोलेर जनताको विश्वास जितेर निर्वाचित भएर यो व्यवस्थामा शासन गर्ने छुट सबैलाई रहेको उनले बताए। यही व्यवस्थाको रसस्वादन गरेर केही सांसदहरुले संसद्म राजा भनेको भन्दै उनले आपत्ति जनाए । माओवादीले वंशीय शासन प्रणाली र एकात्मक व्यवस्थाको जहिले पनि खुलेर विरोध गर्ने उनले बताए । ुदलको विकल्प भनेको दलीय प्रणालीने हो। लोकतन्त्रको विकल्प लोकतन्त्रने हो। लोकतन्त्रमा अहिले बहाल भएका पार्टीहरुले कार्यसम्पान राम्रो गरेनन् भने दल खोलेर निर्वाचन आयोगमा दर्ता गराएर जनताको विश्वास जितेर आउनुपर्यो नि ।

उनले भने, ‘पुरानै प्रणाली ल्याउँछु भनेर बस्ने रु रसास्वादन गर्ने यही प्रणालीको, कतिपय एकदुई जना माननीय पनि हुनुहुन्छ। माननीयहरु अहिले पनि सदनमा राजा भनेर सम्बोधन गर्नुहुन्छ। राजा नेपालमा छैन। असंवैधानिक व्यवस्था किन बोलियो भनेर हामीले प्रतिवाद गरेका छौं।’

राजतन्त्रका नाममा राजावादीहरु सल्वलाई रहने हो भने राजतन्त्रको अन्त्य गरेर संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका शक्तिहरु एक ठाउँमा हुन्को विकल्प नरहेको उनको भनाई छ। उनले बाहिर हल्ला गरेजस्तो राजतन्त्रको पक्षमा माहोल रहेको कुरामा कुनै सत्यता नरहेको बताए ।

राजा इतिहासदेखि नै विवादित रहेको उनले भनाई छ । कोत पर्व, भण्डारखाल पर्व, नारायणहिटी दरबार काण्ड जस्ता काण्ड गरेर राजाले शासनसत्ता हातमा लिने काम गरेको उनले बताए। विरेन्द्रको परिवारको वंश नाश बाहिरबाट हमला गरेर नभएर पारिवारिक रुपमै भएको उनले बताए । आफ्नो वंश, दाजुभाईको संरक्षण गर्न नसक्ने राजतन्त्रले देश र जनतालाई परिवर्तन देला भनेर कल्पना गर्न नसकिने उले बताए । प्रसाईंको विगत, वर्तमान र भविष्यको कुनै टुंगो नरहेको उनले बताए ।

स्थानीय तह उपनिर्वाचनको कार्यतालिका सार्वजनिक

काठमाडौं ।  आगामी मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनको निर्वाचन कार्यतालिका स्वीकृत भएको छ । सरकारले निर्वाचनको मिति तोकेपछि निर्वाचन आयोगले उपनिर्वाचनको कार्यतालिका स्वीकृत गरी सार्वजनिक गरेको हो ।  आयोगले उपनिर्वाचन प्रयोजनका लागि दल दर्ताको अवधि असोज १० देखि १६ गतेसम्मलाई तोकेको छ । आयोगले निर्वाचनसम्बन्धी निर्देशिका, कार्यविधि, मापदण्ड तथा आचारसंहिता तयारी गर्ने, निर्वाचन सामाग्री, जनशक्ति व्यवस्थापन, मतदाता शिक्षा, तालिम तथा क्षमता विकास लगायत कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएको छ । आयोगका प्रवक्ता नारायणप्रसाद सापकोटाका अनुसार आयोगले कात्तिक २६ गते मतदाताको अन्तिम नामावली प्रकाशन गर्ने तथा मतदानस्थल निर्धारण गर्ने, कात्तिक ३० गते निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने, मंसिर २ गतेदेखि निर्वाचन कार्यक्रम सञ्चालन गर्ने र मंसिर १६ गते मतदानको व्यवस्था गर्ने कार्यतालिका स्वीकृत गरेको छ । २०७९ को निर्वाचनबाट निर्वाचित भएका जनप्रतिनिधिहरू पदमुक्त भएपछि रिक्त रहेका ४१ पदका लागि निर्वाचन हुन लागेको हो ।

नयाँ पुस्ताले देखेको प्रचण्ड सपना (फोटो फिचर)

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारबाट बाहिरएसँगै देशब्यापी जनभेटघाटमा जुट्नुभएको छ । सातै प्रदेशमा एकपटक नेता कार्यकर्तासँग भेटघाट सकेर उहाँले भदौ २९ र ३० गते पूर्वी नेपालका मोरङ, सुनसरी र झापाका विभिन्न कार्यक्रममा भाग लिनुभएको छ । तिनै जिल्लामा गरेर एक हजार पाँच सय बढीले पार्टी प्रवेश मात्रै गरेनन्, खासगरी नयाँ पुस्ता प्रचण्डलाई नजिकबाट देख्दा निकै हर्षित पनि भएको छ । अब देश बनाउने प्रचण्डले नै हो भन्दै उनीहरु यसपटक प्रचण्डसँग निकै आकर्षित पनि देखिए । त्यसकै छोटो झलकको रुपमा यहाँ फोटो फिचर राखिएको छ । तस्विर सौजन्यः प्रचण्ड सचिवालय  

अखिल(क्रान्तिकारी) प्रदेश १ को अध्यक्षमा चन्द्र बहादुर माङ्मु, यस्तो छ कार्यसमिति

काठमाडौं। नेकपा(माओवादी) केन्द्र निकट विद्यार्थी संगठनले देश भर भेला र सम्मेलन गर्दै आइरहेको छ । यसै सन्दर्भमा अखिल क्रान्तिकारीको प्रदेश १को प्रदेश समिति चयन गरेको छ । जसको अध्यक्षमा चन्द्र बहादुर माङ्मु रहनुभएको छ ।त्यस्तै उपाध्यक्षहरुमा पदम बहादुर खड्का, अम्बिर काजी कुलुङ, बिमल कार्की,प्रतिमा शाह र देव बाहिङ रहनुभएको छ । प्रमुख सचिवमा नयन राइ चयन हुनुभएको छ भने सचिवहरुमा प्रदिप घिमिरे आदेश थापा,हेमराज राइ, लक्ष्मी मण्डल, ऋषिहाङ राइ र कोषाध्यक्ष भने पछि टुंग्गो लगाइने भएको छ ।  

राष्ट्रियसभामा दुई समितिमा एमाले र माओवादीबाट सभापति निर्वाचित

काठमाडौं । राष्ट्रिय सभा अन्तर्गत विधायन व्यवस्थापन समिति सभापतिमा एमालेकी तुलसा दाहाल र सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा माओवादी केन्द्रका मायाप्रसाद शर्मा निर्वाचित हनुभएको छ । सभापति चयनका लागि सोमबार निर्वाचन भएको थियो । विधायन व्यवस्थापन समिति सभापतिमा निर्वाचित तुलसा एमालेकी सांसद हुनुहुन्छ ।  यसका लागि एकीकृत समाजवादीकी जयन्ती राई र एमालेकी तुलसाको उम्मेदवारी परेको थियो । कुल १५ मतमध्ये तुलसाले ८ र जयन्तीले ७ मत प्राप्त गर्नुभएको हो । सावर्जनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापतिमा भने मायाप्रसादको एकल उम्मेदवारी परेको थियो ।

लोकप्रिय