बागमतीबाट निकालियो उन्नाइस मेट्रिक टन फोहोर

बागमतीबाट निकालियो उन्नाइस मेट्रिक टन फोहोर

काठमाडौँ, माघ १५ । उपत्यकाका प्रमुख नदी सफाइ गरी १९ मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको छ । बागमती सफाइ महाअभियानको १९४ औँ हप्तामा आज गैरीगाउँदेखि शान्तिनगर पुलसम्मको नदी क्षेत्रमा सफाइ गरी १० मेट्रिक टन फोहोर व्यवस्थापन गरिएको अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख राजेशप्रसाद सिंहले जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न बागमती समिति, काठमाडौँ महानगरपालिका, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको संस्थागत सहभागिता थियो । सफाइको नेतृत्व पूर्व सचिव किशोर थापाले गर्नुभएको थियो ।

सफाइमा प्रहरी अतिरिक्त महानिरीक्षक प्रतापसिंह थापा, नेपाल टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, अधिकार सम्पन्न बागमती समितिका सञ्चालक समिति सदस्यलगायत अभियानकर्मीको उपस्थिति थियो ।

आजको सफाइमा भारतको हरिद्वारको विद्या आश्रमका चार कन्याको पनि सहभागिता थियो । ती कन्या बागमती सफाईमै सहभागी हुन नेपाल आउनुभएको आयोजना प्रमुख सिंहले बताउनुभयो । सफाईमा टेलिकमको वार्षिकोत्सवका अवसर पारेर कर्मचारीको पनि उल्लेख्य उपस्थिति थियो ।

सो अवसरमा टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सफाई महाअभियानलाई ३०० जोर बूट, ३०० जोर स्थायी पञ्जा, १०० ट्रयाक सुट, ५० डोको र ५० फलामको सुइरो हस्तान्तरण गर्नुभयो ।

सफाईसँगै यस क्षेत्रका घरदैलोमा पुगी जनचेतनामूलक अभियान सञ्चालन गर्ने क्रममा सुकुम्वासी बस्तीमा भगवती कार्कीका दुई अपाङ्ग छोराहरुलाई बाँधेर राखिएको अवस्थामा फेला पारेपछि उपचार एवम् शिक्षा दीक्षाका लागि रु एक लाख ३८ हजार ९६० सहयोग सङ्कलन भएको मुक्तिनाथ विकास बैंकका सञ्चालक नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

“टेलिकमले सामाजिक उत्तरदायित्व अन्तर्गत रु एक लाख, बैंकले रु १० हजार र सफाईमा उपस्थितबाट रु २८ हजार ९६० सङ्कलन गरिएको, थप उपचार एवम् शिक्षा दीक्षाका लागि के गर्न सकिन्छ भन्ने विषयमा छलफल भइरहेको छ”– उहाँले भन्नुभयो ।

रुद्रमती सफाईको १५३ औँ हप्तामा आज नीलोपुलदेखि गोपीकृष्ण पुलसम्मको क्षेत्रमा सफाई गरी दुई मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समाजका उपाध्यक्ष रोहित गिरीले जानकारी दिनुभयो ।

सफाईमा काठमाडौँ महानगरपालिकाका वडा नं ४ र ७ कार्यालयका कर्मचारी, स्थानीयवासी, वडा नागरिक मञ्चका पदाधिकारीहरु लगायतको सहभागिता थियो । सफाईको नेतृत्व प्रहरी अतिरिक्त महानिरीक्षक विज्ञानराज शर्माले गर्नुभएको थियो ।

अर्को शनिबार १५४ औँ हप्ताको रुद्रमती सफाई गोपीकृष्ण पुलदेखि भत्केको पुल क्षेत्रसम्म गरिने उपाध्यक्ष गिरीले बताउनुभयो । विष्णुमती सफाईको १२६ औँ हप्तामा आज तारकेश्वर नगरपालिकाको महादेव खोलामा सफाई गरी छ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

महादेव खोलाको सफाईमा स्थानीयवासीको कम सहभागिता जुटेको अभियानकर्मी बिजेन्द्र लामाले बताउनुभयो । धेरैजसोले सेफ्टी ट्याङ्की नबनाई सिधै खोलामा ढल हालेको पाइएको उहाँले जानकारी दिनुभयो ।

नख्खुखोला सफाईको ७० औँ हप्तामा आज कार्यविनायक नगरपालिका वडा नं २ फूलबारीमार्ग र फूलबारी बगैँचा सफाई गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको नख्खुखोला सरसफाई अभियानका संयोजक बलुदेव पाण्डेले बताउनुभयो ।

सङ्कलन गरिएको फोहर नेप्से म्याक प्रालिले व्यवस्थापन गर्नेछ । यसैगरी गुह्येश्वरीमाथिको बागमती नदीमा राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाज लगायत संस्थाले सफाई गरेका छन् । रासस

एक सय ३५ उपसचिवहरूको सरुवा, करिब तीन दर्जन भुमिकाबिहिन

काठमाडौँ । सरकारले एक सय ३५ जना उपसचिवहरूको सरुवा तथा जिम्मेवारी हेरफेर गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ३१ गतेसम्म भन्दै विभिन्न मन्त्रालय, विभाग तथा संघीय निकायमा कार्यरत रहेका उपसचिवहरूको जिम्मेवारी फेरबदल गरेको सूची सार्वजनिक गरेको हो ।  सरुवा सूचीमा रहेका उपसचिवहरूलाई शिक्षा, श्रम तथा रोजगारी, गृह, उद्योग, स्वास्थ्य, वन तथा वातावरण, भूमि व्यवस्था, जलस्रोत तथा सिँचाइ लगायतका विभिन्न मन्त्रालयहरूमा खटाइएको छ भने त्यसमध्ये करीब तीन दर्जनजति उपसचिवहरुलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखेर भुमिका बिहिन बनाइएको छ ।

पत्रकार महासंघका कार्यवाहक अध्यक्ष बिष्टद्वारा राजीनामा

नेपाल पत्रकार महासङ्घका कार्यवाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् । विष्टले असोज १२ गते महासङ्घको निर्वाचन अनिश्चितकालका लागि स्थगित भएपछि विष्टले राजीनामा दिएका हुन् । आफ्नो राजीनामा उनले भनेका छन ‘विधान अनुसार महासङ्घको सदस्यताको फारम नभरेका, शुल्क नबुझाएका, पत्रकारिता क्षेत्रमा रहेको प्रमाण पेश नगरेका, जिल्ला र प्रदेश समितिबाट सिफारिस नभएका करिब साढे ४ सय व्यक्तिका विषयमा जिल्ला अध्यक्षहरूले प्रश्न उठाएपछि  सङ्गठनहरूले त्यसको उत्तर  दिन र जिम्मेवारी लिन नसक्दा यही असोज १२ गतेका लागि तोकिएको निर्वाचन नहुने निश्चित भएको हो । क्रियाशील पत्रकारले सदस्यता लिन र जोगाउन सङ्घर्ष गर्नु पर्ने तर पत्रकारिता क्षेत्रले नै नचिनेका व्यक्तिलाई घरमै सदस्यता पुर्याउने गलत अभ्यास हुर्किँदै जानु लज्जाको विषय हो । सङ्गठनहरूको दबाबमा त्यस्ता व्यक्तिलाई सदस्य स्वीकार गर्दै  जानु महासङ्घको गम्भिर झुल भएको  स्वीकार गर्नु पर्दछ ।’ विष्टले व्यक्तिगत र पदाधिकारीको हैसियतले सदस्यताको छिनाझप्टीमा कतै संलग्न नभएपनि २०८१ साल असोज १२ गते तोकिएको  निर्वाचन हुन नसकेकोसहित महासङ्घबाट  भएका सबै कमजोरीहरूको नैतिक जिम्मेवारी लिँदै  कार्यवाहक अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् । महासंघको निर्वचन समितिले आजै एक सूचना प्रकाशित गरि निर्वाचनका कार्यक्रम स्थगित भएको जानकारी दिएको थियो । महासङ्घमा विवाद चर्किएपछि महासङ्घको अध्यक्ष पदबाट विपुल पोखरेलले यस अघि नै राजीनामा दिइसकेका छन् ।

चाडबाड लक्षित सहुलियत पसल सुरु, ६१ स्थानमा सञ्चालनको तयारी

काठमाडौं । चाडबाडलाई लक्ष्य गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीले सहुलियत पसल सुरु गरेको छ ।  संविधान दिवसको अवसर पारेर सञ्चालनमा ल्याइएको छुट पसलबाट सर्वसाधारणले धेरै सस्तोमा सामान किन्न सक्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेश आचार्यले जानकारी दिनुभयो । एक साताभित्र ४२ जिल्लाका ६१ ठाउँबाट सहुलियत पसल सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो । किलोमा न्यूनतम ५ रुपैयाँ छुटले गरिब जनतालाई धेरै राहत मिल्ने प्रादेशिक कार्यालय प्रमुख भीम थापाले जानकारी दिनुभयो । संख्याका हिसाबले छुट पसल थोरै भए पनि अनलाइनमार्फत बिक्री गरिने खाद्यान्नमा पनि छुट दिइने उहाँको भनाइ छ । खाद्य र साल्टजस्तै दुग्ध विकास संस्थानले पनि सहुलियत पसल सञ्चालन गर्दै आएको छ । डीडीसीले भदौ १ देखि नै छुटमा बिक्री गर्दै आएको छ । डीडीसीले दुग्ध पदार्थअनुसार किलोमा १ सय ४० रुपैयाँसम्म छुट दिएर सामान बेचिरहेको छ । सरकारले सर्वसाधारणलाई छुट दिन सुपथ पसल सञ्चालन गरे पनि धेरैजसो पसल सुगममा मात्रै छन् ।

आफू ज्युँदो हुँदै कम्युनिस्ट आन्दोलनलाई एकतावद्ध गर्ने वामदेवको प्रतिज्ञा

काठमाडौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्ने आफ्नो सङ्कल्प रहेको बताउनुभएको छ । बिहीबार कार्ल विक्रम थापाद्वारा लिखित ‘अमेरिकाको सङ्क्षिप्त इतिहास र संविधान’ पुस्तक लोकार्पण तथा विमर्श कार्यक्रममा बोल्दै राष्ट्रिय सभा सदस्य गौतमले यस्तो बताउनुभएको हो । सांसद गौतमले कम्युनिस्ट पार्टीहरुलाई एकीकरण गरेर एउटै पार्टी बनाउने आफ्नो उद्देश्य रहेको भन्दै सोही अनुरुप काम गरिरहेको बताउनुभयो । उहाँले कम्युनिस्ट पार्टीहरुलाई एकतावद्ध गर्नका लागि आफु बाहेक अरुले भुमिका खेल्न नसक्ने जिकिर गर्नुभयो । सांसद गौतमले अन्य कम्युनिस्ट पार्टीका नेताहरु एकआपसमा शत्रुवत व्यवहार गरिरहेका र आफ्नो सबैसँग मित्रवत सम्बन्ध रहेको भन्दै आफूले एकतावद्ध गर्नसक्ने दाबी गर्नुभयो । उहाँले कम्युनिस्ट पार्टीहरु एकतावद्ध हुनुको विकल्प नभएको बताउनुभयो । सांसद गौतमले विगतमा आफ्नै प्रयासमा तत्कालिन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बिच एकता गरेर नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० बनाएको भएपनि आफू लगायतका शिर्ष नेताहरुले बुद्धि पु¥याउन नसक्दा एकता नटिकेको बताउनुभयो ।

लोकप्रिय