बेपत्ता छोराे खोज्न ‘हेरखोर’ पुजापाठ

बेपत्ता छोराे खोज्न ‘हेरखोर’ पुजापाठ

गुल्मी, असोज ३० । अर्घाखाँचीको पणेनी गाउँपालिकामा विवाहको एक हप्ता नवित्दै बेपत्ता भएका छोराको प्रहरी प्रशासनले खोज तलासमा ढिलाई गरेपछि तड्पीएर बसेका बाबुआमाले चिना हेराउने पण्डितदेखि धामी झाँक्रि गराएर मन बुझाई रहेका छन् ।

पणेनी गाउँपालिका वडा नम्वर ५ मैदान धारापानी टोलका ३० वर्षिय बेहुला हरिप्रसाद भट्टराई असोज २२ गते दिउँसो सन्धीखर्कबाट बेपत्ता भएका हुन् । उनले सोही गाउँपालिका वडा नम्वर–४ पटौटीकी २१ बर्षिया विष्णु घिमिरेसंग असोज १६ गते दशैंको टिकाको तेश्रो दिन विवाह गरेका थिए । श्रीमान बेपत्ता भएको पीडा खेप्न नसकेर विरामी भएकी नवदुलही आज नवौं दिनको दिन सन्धीखर्कस्थित जिल्ला अस्पतालमा भर्ना भएकी छन् ।

उहाँ वेपत्ता भएका दिनदेखि मेरो मुखमा पानी शिवाय अरु केहि परेको छैन्, उहाँको फोन आउँछ कि त उहाँ नै टुप्लुक्क कति वेला आई पुग्नु हुन्छ कि भन्ने झल्को लाग्छ तर खै कुन्नी उहाँ किन आउनु हुन्न । विवाह भएको चार पाँच दिनमै मैले यो अवस्था भोग्नु प¥यो, उनले ’ भनिन –‘मैले जस्तो अरु कसैले भोग्न नपरोस् ।

अस्पतालको शैयामा गलाअवरुद्ध पार्दै लौनौ मेरो उहाँलाई खोजि दिनुस भन्दै उनले डाको छाडिन् । ‘उहाँ वेपत्ता भएका दिनदेखि मेरो मुखमा पानी शिवाय अरु केहि परेको छैन्, उहाँको फोन आउँछ कि त उहाँ नै टुप्लुक्क कति वेला आई पुग्नु हुन्छ कि भन्ने झल्को लाग्छ तर खै कुन्नी उहाँ किन आउनु हुन्न । विवाह भएको चार पाँच दिनमै मैले यो अवस्था भोग्नु प¥यो, उनले ’ भनिन –‘मैले जस्तो अरु कसैले भोग्न नपरोस् ।’

यता उनका आमा वावुले गाउँमा हेराउने मान्छे कुनै खाली गरेका छ्रैनन् । हराउने भट्टराईका रुमकान्त भट्टराईले भने–‘ उहाँको खोजतलासमा प्रहरी प्रशासनबाट ढिलाई भयो, वुवा आमा रातै दिन रोएर वेहाल छ , उहाँहरुको मन बुझाउनका लागि हेराउने मान्छे एउटा खाली गरेका छैनौं , कसैले तिन दिनमा आाई पुग्छन भने , कसैले पाँच दिनमा भने कसैले सात दिन भने तर आज ९ दिन पुग्दा पनि दाजु नभेटिए पछि पण्डित बोलाएर घरमा ग्रहदशा कटाईदै छ । उनले थपे–‘ यसरी ग्रहदशा कटाए पछि दाजु भेटिनु हुन्छ भनेका छन् पण्डितले हेरौं कस्तो हुन्छ ।’

आज यतिका दिन वित्दा पनि जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले खोजतलास र अनुसन्धान फितलो गराएको उनका दाजु रेणुकान्त भट्टराईले गुनासो गरे । ‘हामीले खोजतलासका लागि त्यस कार्यालयमा उजुरी दिएको पनि यतिका दिन भई सक्यो’, भट्टराईले भने, ‘ प्रहरीले फेला पार्न नसक्नुले अनुसन्धान फितलो भएको अनुभुत गरेका छौं । ’

यस सम्वन्धमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख डिएसपी एकनारायण कोईरालासंग सम्पर्क राख्दा उनले मातहतका सम्पुर्ण ईकाईका प्रहरीहरु व्यापक रुपमा परिचालित गर्दा पनि फेला पार्न नसकेको प्रतिकृया दिए । उनले उनको कल डिटेलबाट पनि अनुसन्धान भई रहेको बताए ।

वेपत्ता भट्टराईका दाजुका अनुसार त्यस दिन दिउँसो १२ वजे र ३ मिनेटको समयमा सन्धीखर्कको एशियन लाईफ ईन्सुरेन्स कम्पनीमा किस्ता वुझाउन उनि पुगेको सिसीटिभिमा समेत देखा परेका छन् । किस्ता तिरी सकेपछि रशिद लिन पछि आउँछु भनेर त्यहाँबाट वाहिरिएका छन् ।

त्यहाँबाट अलि माथी सम्म हिँडिरहेको उनका छिमेकीले पनि देखेका छन् । त्यस अघि उनि राष्ट्रिय वाणिज्य बैंक सन्धीखर्कबाट ५० हजार निकालेर उनै सुनारलाई बुझाएका छन् ।
सुनारले उक्त रकम बुझेको र करिव १ वजेतिर घर फर्कियौं भनेर फोन गर्दा स्वीचअफ भएको पाएपछि परिवारजनलाई खवर गरेको बताईएको छ । सुनार घर फर्किएका छन र उनको पसल उनकै छिमेक मैदानमा रहेको छ ।

उनकी वेहुली विष्णु घिमिरेका अनुसार त्यस दिन १० वजेर ४० मिनेट जाँदा उनले श्रीमानलाई फोन गरेकी थिईन् । मैले फोन गरें, उहाँले उठाउनु भयो र अहिले बाटैमा छु, सन्धिखर्क गएर मैले गर्छु फोन भन्नु भएको थियो , त्यस पछि हाम्रो फोन हुन सकेन’– घिमिरेले भनिन्–‘ आफुहरु विच विवाहको दिन देखि निकै सुमधुर सम्वन्ध थियो ।’

के भन्नु हुन्थ्यो उहाँले रु भन्ने प्रश्नमा उनले भनिन्–‘तिहारको भाई टिका सम्म नवलपरासी विद्यालयमा जान्न । टिकाको अर्का दिन कार्तिक ५ गते तिमीलाई लिएर जान्छु र उतै बसौंला भन्नु भएको थियो ’उनले थपिन मैले त केहि अनुमान र्नै गर्न सकेकी छैन् ।’

यस घटनालाई परिवारका सदस्यहरुले निकै रहस्यम रुपमा लिएका छन् । केहि अनुमान नै गर्न नसकिएको परिवारको सवै सदस्यहरुको भनाई छ । उनका आमा वुवा र भाई वहिनीहरुमा रुवावासी छ । नव दुलही विच एक महिना अघि देखि चिनजान भएको थियो ।

विष्णुल भनिन्–‘एक महिना अघि मात्र उहाँसंग चिनजान भएको थियो , त्यस अघि मैले उहाँलाई देखेको पनि थिईन अँस्ती आफन्तले मागेर विवाह भएको हो । ’ स्नातक सम्म अध्यान गरेकी घिमिरे स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरीमा भर्ति समेत भईकी थिईन् ।

बेपत्ता शिक्षक भट्टराईलाई कुनै विमार नभएको , साथमा पैसा पनि धेरै नभएको र कसै संग दुश्मनी पनि नरहेको उनका दाजुले बताए । परिवारमा आसंकको अर्को पाटो कसैले अपहरण ग¥यो कि रु भन्ने छ ।

परिवारजनले खोज तलासका लागि सवै सञ्चार माध्यम , प्रहरी प्रशासन र आम नागरिक संग अपिल गरेका छन् । नव दुलही घिमिरे तनाव ग्रस्त हुँदै आज माईती घर पुगेकी छिन् ।
जिल्लाका विभिन्न विद्यालय हुँदै पछिल्लो चरण निमावि तह गाणित विषयका स्थाई शिक्षकका रुपमा भट्टराई नवलपरासीको डेढ मावि डेढगाउँमा कार्यरत थिए । उनि त्यस विद्यालयमा पनि नपुगेको विद्यालयले जानकारी दिएको छ ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय