बैंकहरु बजारमुखी भइदिँदा ग्रामीण विकासमा बाधा पुग्ने

बैंकहरु बजारमुखी भइदिँदा ग्रामीण विकासमा बाधा पुग्ने

काठमाडौं, कार्तिक १२ । विदेशी लगानीमा खुलेका बैंकहरुको बारे सरकारी अवधारणा हामीले खोजिरहेका छौं । कुन आधारमा लाइसेन्स दिइन्छ र के के सर्तहरुमा बैंक खोलिन्छ । नेपालमा केही सिमित बैंकहरु विदेशी लगानीमा संचालीत छन् । तीमध्ये विदेशी लगानीमा खुलेको बैंक स्टाण्डर्ड चार्टर्ड पनि हो । तर यो बैंकलाई नेपालको कानुन, नीति, नियमनकारी राष्ट्र बैंकको निर्देशन केही पनि पालना गर्नु पर्दैन । गर्नुपर्ने भए किन पालना गराइएन वा गर्न दबाब दिइएन । यो बैंकले गरेका गतिविधि हेर्ने हो भने उसलाई पैसा कमाउनमात्रै नेपाल राखिएको र राष्ट्रिय हित विपरित जे जे गरेपनि हुन्छ भन्ने आधार देखिन्छ । यसरी बैंकहरु बजारमुखी भइदिँदा ग्रामीण विकासमा बाधा पुग्ने गरेको छ ।

चुक्तापुँजी वृद्धिमा कमजोर भएपनि स्टाण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड मुनाफा आर्जनमा सँधै अब्बल रहँदै आएको छ । हरेक वर्ष अरबौँको नाफा गरिरहेको बैंकको लगानीको स्थिती हेर्ने हो भने दयनिय नै छ । विदेशी लगानी रहेको यो बैंकले उत्पादनमूलक क्षेत्रमा लगानी, पुँजीवृद्धि, स्थानीय तहमा शाखा विस्तार लगायत नियामक निकायका थुप्रै निर्देशनहरुलाई बेवास्ता गर्दै आइरहेको छ । मुलुकको हितमा रहेर कुनै लगानी नगर्ने र नाफा आर्जनमा मात्रै केन्द्रित हुने भएकाले स्टान्डर्ड चार्टर्ड बैंकको थुप्रै आलोचना हुने गरेको छ ।

अनुत्पादक क्षेत्रमा बढी लगानी

अनुत्पादक क्षेत्रमा मात्रै बढी लगानी खन्याएर नाफा कुम्ल्याएको यो बैंकले उत्पादनमूलक क्षेत्रमा २० प्रतिशत लगानी गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनको पालना गरेको छैन । नयाँ मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले उत्पादनमूलक क्षेत्रमा वाणिज्य बैंकले गर्नुपर्ने लगानी २० प्रतिशतबाट बढाएर २५ प्रतिशत पुर्याएको छ । धेरै नाफा कमाउनका लागि तत्काल मुनाफा आर्जन हुने घरघडेरी, गाडी तथा ठेकेदार कम्पनीहरुमा मात्रै यो बैंकले लगानी गर्ने गरेको छ । हुन त, प्रायः बैंकहरुले यो नीतिको पालना गर्न सकेका छैनन् । जेठ मसान्तसम्ममा बैंकहरुले उत्पादनमूलक क्षेत्रमा १७।५ प्रतिशत लगानी गरेका छन् । जसमध्ये, स्टान्डर्ड चार्टर्ड बैंकको लगानी यस क्षेत्रमा अत्यन्तै न्युन रहेको छ । स्रोतका अनुसार, यो बैंकको लगानी उत्पादनमूलक क्षेत्रमा आठ प्रतिशत मात्रै छ । गत चैत्र मसान्तसम्मको तथ्यांक अनुसार, यो बैंकले ६९ अर्ब ५६ करोड ७४ लाख रुपैयाँ निक्षेप संकलन गरी ३७ अर्ब ३५ करोड ५९ लाख रुपैयाँ लगानीे गरेको छ ।

शाखा विस्तारमा आनाकानी

शाखा विस्तारमा समेत स्टान्डर्ड चार्टर्ड बैंकले आफूखुसी गर्दै आइरहेको छ । २७ वटा वाणिज्य बैंकहरु राष्ट्र बैंकको निर्देशनअनुसार स्थानीय तहमा जान तयार हुन यो बैंकले अस्वीकार गरेको छ । दुर्गम भेगमा बैंक पुर्याएर त्यहाँको ससानो पुँजीलाई पनि बैंकिङ क्षेत्रमा ल्याउने र समग्र मुलुकको आर्थिक विकासमा प्रयोग गर्ने राष्ट्र बैंक तथा नेपाल सरकारको उद्देश्य छ । तर, राष्ट्रिय हित भन्दा पनि पूर्ण रुपमा मुनाफा केन्द्रित यस बैंकले दुर्गम भेगमा शाखा खोल्न आनाकानी गरेको छ । सन् १९८७ मा नेपाल प्रवेश गरेको यस बहुराष्ट्रिय बैंकले हालसम्म नेपालमा १४ वटा शाखा र २३ वटा एटीएम सञ्चालनमा ल्याएको छ । जसमध्ये, सबैजसो शाखाहरु सहरी भेगमा मात्रै छन् ।

कृषिमा लगानी गर्दैन

उत्पादनमूलक क्षेत्रमा लगानी गर्न नै नमानेको स्टान्डर्ड चार्टर्डले सोही क्षेत्रअन्तर्गतको कृषिमा त झन् शून्य बराबर लगानी गरेको छ । नयाँ मौद्रिक नीतिमा वाणिज्य बैंकहरुले कृषिमा कुल कर्जाको ५ प्रतिशत लगानी गर्नुपर्ने व्यवस्था गरिएको छ । स्टान्डर्ड चार्टर्ड बैंकले यो निर्देशनको पनि पालना गरेको छैन ।

चुक्तापुँजीमा कमजोर

राष्ट्र बैंकले दिएको पुँजीवृद्धिको नीतिको समेत यो बैंकले राम्रोसँग पालना गरेको छैन । सुरुमा त पुँजीवृद्धि योजना बुझाउन नै ढिला गर्यो । अब राष्ट्र बैंकले तोकेको समयमा आठ अर्ब चुक्तापुँजी पुर्याउन सकेको पनि छैन । हुन त जम्मा पाँच बैंकको चुक्तापुँजी आठ अर्ब नाघेको छ । अन्यले पनि चुक्तापुँजी पुर्याउने अन्तिम तयारी गरिरहेका छन् । यो बैंकको भने पुँजी वृद्धि नै अन्यौलमा छ । पुँजीवृद्धि योजनाअनुसार यो बैंकले एफपिओ र बोनस सेयरबाट आठ अर्ब पुर्याउने जनाएको छ । तीन अर्ब ७४ करोड ९९ लाख रुपैयाँ चुक्तापुँजीलाई बढाउन यो बैंकले २५ लाख ५८ हजार एक सय ४० कित्ता एफपिओ जारी पनि गरिसकेको छ । उक्त एफपिओको प्रिमियरवापतको रकमबाट र गत आर्थिक वर्षको कमाईबाट बोनस सेयर जारी गरेर चुक्तापुँजी पुर्याउने यो बैंकको योजना छ ।

सूचना नदिएर आलोचित

यो बैंकको सबैभन्दा बढी आलोचना सूचना लुकाएका कारण भइरहेको छ । यो बैंकले अन्य बैंकमा जस्तो सूचना अधिकारी राखेको छैन । सञ्चार माध्यमलाई सूचना दिन समेत कन्जुस्याई गर्ने गरेको भन्दै यो बैंकको चर्को आलोचना हुने गरेको छ । हुन त यो बैंकले वर्षे्नि अनेकौँ अवार्डहरु पाउने गरेको छ । तर, नेपालीको मन जित्न भने सकेको छैन । यो बैंकबारे फोन गरेर जानकारी लिन खोजे बैंकका मार्के्टिङ डिपार्ट प्रमुख दिवाकर पौडेल वा नविन रानालाई कल ट्रान्सफर गर्छ । तर, उनीहरुलाई प्रश्न सोधे सिधै थाहा छैन भन्ने उत्तर आउने गरेको छ । बैंकिङ खबरले स्थानीय तहमा स्टान्डर्ड चार्टर्ड बैंकको शाखा सञ्जाल विस्तारको योजनाबारे सोध्दा बैंकका कर्मचारीहरुले उत्तर दिन चाहेनन् । यसरी पटकपटक नै यो बैंकले जानकारी लिन चाहनेलाई रित्तो हात फर्काउने गरेको छ । सूचना लिन बैंकमा नै पुगेपछि असहयोग गर्ने गरेको छ ।

स्टान्डर्ड चार्टर्ड बैंक लिमिटेड विदेशी लगानीमा स्थापना भएको बैंक हो । नेपालमा २०४४ सालमा स्थापना भएको स्टान्डर्ड चार्टर्ड बैंक नेपालमा स्टान्डर्ड चार्टड ग्रुपको ७५ प्रतिशत र नेपालीको २५ प्रतिशत लगानी छ । ग्रुपको लगानीमध्ये स्टाण्डर्ड चार्टर्ड अष्ट्रेलियाको ५० र स्टान्डर्ड चार्टर्ड बेलायतको २५ प्रतिशत लगानी छ । अनन्त नारायण अध्यक्ष रहेको यो बैंकको सीईओ जोसेफ सिल्भानस रहेका छन् । सीईओहित यो बैंकमा नौ जनाको एक्जिक्युटिभ कमिटि रहेको छ भने अध्यक्षसहित चार जनाको बोर्ड कम्पोजिसन रहेको छ । विश्वब्यापी मान्यता प्राप्त बैंक भए पनि सेयरधनीप्रतिको दायित्व निर्बाह र पारदर्शिता अबलम्बनमा समेत नेपालको स्टान्डर्ड चार्टर्ड निकै पछि परेको देखिन्छ ।

बैंकिङ खबरबाट साभार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३० रुपैयाँ ६१ पैसा र बिक्री दर १३१ रुपैयाँ २१ पैसा रहेको छ। युरो एकको खरिद दर १४४ रुपैयाँ ८६ पैसा र बिक्री दर १४५ रुपैयाँ ५३ पैसा रहेको छ। यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ६८ पैसा र बिक्री दर १६८ रुपैयाँ ३५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ८५ पैसा र बिक्री दर ३६ रुपैयाँ ०२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ७२ पैसा र बिक्री दर १३२रुपैयाँ ३२ पैसा रहेको छ । युरो एकको खरिद दर १४३ रुपैयाँ ४० पैसा र बिक्री दर १४४ रुपैयाँ ६ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ २० पैसा र बिक्री दर १६८ रुपैयाँ ९७ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४७ रुपैयाँ ० पैसा र बिक्रीदर १४७ रुपैयाँ ६७ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८८ रुपैयाँ ० पैसा र बिक्रीदर ८८ रुपैयाँ ४० पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १५ पैसा र बिक्री दर ३६ रुपैयाँ ३१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ २७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८७ पैसा रहेको छ । युरो एकको खरिद दर १४२ रुपैयाँ ८० पैसा र बिक्री दर १४३ रुपैयाँ ४५ पैसा रहेको छ । यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६६ रुपैयाँ ७०पैसा र बिक्री दर १६७ रुपैयाँ ४६ पैसा रहेको छ भने स्वीस फ्र्यांक एकको नेपाली खरिद दर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ । आज अष्ट्रेलियन डलर एकको नेपाली खरिद दर ८७ रुपैयाँ ४५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ २ पैसा र बिक्री दर ३६ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर (विवरणसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। राष्ट्र बैंकका अनुसार आज भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । यस्तै, आज डलरको खरिद दर १३१ रुपैयाँ शुन्य पैसा र बिक्री दर १३१ रुपैयाँ ६० पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ०८ पैसा र बिक्री दर १४३ रुपैयाँ ७३ पैसा रहेको छ। त्यस्तैगरी, बेलायती पाउण्ड एकको खरिद दर १६५ रुपैयाँ ७९ पैसा र बिक्री दर १६६ रुपैयाँ ५५ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ९४ पैसा र बिक्री दर ३६ रुपैयाँ ११ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।  

लोकप्रिय