बोक्सी भनेर किशोरीलाई कुटपिट गरेकाे जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण

बोक्सी भनेर किशोरीलाई कुटपिट गरेकाे जाहेरी नलिने प्रहरी अधिकारीसँग स्पष्टीकरण

धनगढी, फागुन २७ । बोक्सीको अरोपमा किशोरी कुटपिट घटनाको जाहेरी दर्ता गर्न नमान्ने इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ दिनेश विष्टमाथि कारबाहीको प्रक्रिया अघि बढेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीले विष्टसँग लिखित स्पष्टीकरण मागेको छ ।

जिप्रकाका निमित्त प्रमुख डिएसपी सागर बोहराले गम्भीर घटनाको जाहेरी लिन ढिलाइ भएको देखिएकाले विभागीय कारबाहीको प्रक्रिया सुरु गरिएको बताए ।

घटनाको जाहेरी दर्तामा किन ढिलाइ भएको हो भनेर स्पष्टीकरण सोधिएको उनको भनाइ छ । ‘जाहेरी दर्तामा किन लापरबाही भयो भनेर स्पष्टीकरण माग गरेका छौंँ । चित्तबुझ्दो जवाफ आएन भने कारबाही हुन्छ,’ डिएसपी बोहराले भने ।

बिहीबार नै इलाका प्रहरी कार्यालय सुख्खडमा जाहेरी दिन गए पनि प्रहरीले जाहेरी दर्ता गर्नुको सट्टा मिलापत्र गराउन दबाब दिएको पीडित किशोरीका आफन्तले बताएका छन् । उनलाई बोक्सीको आरोपमा कुटपिट गर्ने रामबहादुर चौधरीलाई प्रहरीले पक्राउ गरेर बिहीबार नै छाडेको थियो ।

इलाका प्रहरी कार्यालय सुख्खडका निमित्त प्रमुख सइ विष्टले भने जनप्रतिनिधिसमेतको उपस्थितिमा पीडित र पीडक दुवै पक्षले मिल्ने सहमति जनाएपछि अभियुक्तलाई छाडिएको बताएका छन् । माफी मागेर पीडितको उपचार गराउने सर्तमा अभियुक्तलाई छाडिएको उनले बताए ।

अनुसन्धान सुरु, अन्य संलग्नलाई खोज्दै प्रहरी
बोक्सी आरोपमा किशोरीमाथि भएको यातनाको घटनाबारे प्रहरीले छानबिन सुरु गरेको छ । घटनामा संलग्न मुख्य व्यक्ति झाँकी रामबहादुर चौधरीबाहेकका अन्य दोषी खोज्न प्रहरी टोली परिचालन गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताए ।

पक्राउ परेका चौधरीलाई बोक्सीको आरोपअन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रजिअ रिजालले बताए । ‘घटनामा संलग्न अन्यको खोजी भइरहेको छ । जघन्य अपराधमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउँछौँ,’ उनले भने ।

शनिबार बेलुकीसम्म घटनामा संलग्न अन्य व्यक्ति पक्राउ परेका छैनन् । यातना दिने ‘भोलेबाबा’ भनिने रामबहादुर चौधरीलाई भने शुक्रबार नै पक्राउ गरिएको थियो ।

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख डिएसपी सागर बोहराले यातना भोगेकी युवतीलाई गोठबाट जबर्जस्ती उठाएर लैजाने तथा यातना दिन सहयोग गर्नेहरू खोज्न प्रहरी टोली परिचालन गरिएको बताए ।

घटनामा संलग्न थप एकजना किस्मती चौधरीको पहिचान भएको प्रहरीले जनाएको छ । ‘एकजनाको पहिचान भएको छ । पीडितको भनाइका आधारमा संलग्न अर्को एकजनाको पहिचान गर्दै छौँ,’ डिएसपी बोहराले भने, ‘दुवैजना फरार छन्, पक्राउ गर्न सिभिलमा समेत प्रहरी परिचालन गरेका छौँ ।’

युवतीको अवस्था खतरामुक्त
सेती अञ्चल अस्पतालमा उपचार गराइरहेकी राधाको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । उनको टाउको, छाती, आँखा, पेट, खुट्टा, घाँटीलगायत शरीरका विभिन्न भागमा चोट लागेको देखिएको चिकित्सकले बताए ।

ढाड र आँखामा बढी चोट देखिए पनि अवस्था भने खतरामुक्त रहेको डा। सजन केसीले बताए । भित्री चोट बढी लागेको देखिएको उनले बताए ।

पीडित युवती राधाले आँखा, घाँटीलगायत शरीरका विभिन्न भाग दुखिरहेको बताएकी छिन् । आफू राम्रोसँग बोल्न सक्ने अवस्था नरहेको उनले बताइन् ।

संलग्नलाई कारबाहीको माग
बोक्सी भन्दै यातना दिनेलाई कारबाही हुनुपर्ने माग पीडित पक्षले गरेको छ । ‘मेरी छोरीमाथि यातना दिनेलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ ।

कुटपिट गर्ने अरूलाई पनि प्रहरीले पक्राउ गर्नुपर्छ,’ पीडितकी आमा फुलकेशरी चौधरीले माग गरिन्, ‘दोषीलाई उम्किन नदिइयोस् ।’ पीडित पक्षले राहत र क्षतिपूर्तिसमेत माग गरेको छ ।

पीडितलाई भेटे मेयरले
घटनाका मुख्य दोषी छुटाउन भूमिका खेलेका घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीले बोक्सीको आरोपमा कुटिएर घाइते भएकी किशोरीलाई भेटेका छन् ।

सेती अञ्चल अस्पताल पुगेर शनिबार उनले पीडित र पीडितका आफन्तलाई भेटेका हुन् । पीडित युवतीसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै संलग्नलाई कारबाही गराउन सहयोग गर्ने बताए ।

‘फलफूल लिएर आउनुभएको थियो । एकछिन बसेर जानुभयो,’ पीडितकी दिदी सन्ध्या योगीले भनिन्, ‘उपचारमा र दोषीलाई कारबाही गर्न सहयोग गर्छौँ भन्नुभयो ।’

घटना भएकै दिन अभियुक्त रामबहादुरलाई पक्राउ गरिए पनि मेयर चौधरी, वडा नम्बर ५ का अध्यक्ष प्रेम रोकायालगातको रोहवरमा प्रहरीले रिहा गरेको थियो ।

मेयर चौधरीले घटनाका विषयमा पत्रकार सम्मेलनसमेत गरे । धनगढीमा पत्रकार बोलाएर उनले प्रहरी चौकीमा घटना मिलाउन आफ्नो कुनै भूमिका नरहेको दाबी गरे ।

‘भिड भएकाले प्रहरी चौकीमा गएको कुरा साँचो हो, तर मिल्नुपर्छ भनेर मैले भनेको छैन,’ उनले भने, ‘जाहेरी स्पष्ट नभएर प्रहरीले उजुरी दर्ता नगरेको होला ।’ जाहेरी स्पष्ट नभएकाले दर्ता नभएको प्रहरीले आफूलाई बताएको पनि उनले जनाए ।

प्रहरी चौकीभित्र पस्नुभयो, घटनाबारे बुझ्ने कामसम्म तपाईंले गर्नुभएन, आफ्नो दायित्व होइन ठान्नुभएको हो ? पत्रकारले सोधेको प्रश्नमा उनले भने, ‘जिम्मेवारी हो । दोषीलाई कारबाही हुनुपर्छ । कारबाहीका लागि हामी पनि सहयोग गर्छौं ।’

बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् ।

तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो ।

‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’

यस्ता व्यक्ति समाजका शत्रु भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए ।

विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् ।

घोडाघोडीका मेयर ममताप्रसाद सामाजिक सरोकारमा पछाडि, आर्थिक अनियमिततामा अगाडि

बोक्सीको आरोपमा कुटिएकी आफ्नै गाउँकी किशोरीलाई न्याय दिलाउनुको सट्टा मिलापत्र गराउन खोज्ने घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरी आफ्नो आर्थिक स्वार्थमा भने धेरै अगाडि छन् ।

उनले घोडाघोडी पर्यटन विकास बोर्डका लागि एक करोड रकम विनियोजन गरेर त्यसको परिचालन गर्न आफ्नै दाइ दायराम चौधरीलाई उपाध्यक्ष बनाएका छन् ।

बोर्डको अध्यक्ष ममताप्रसाद आफैं छन् भने उपाध्यक्षमा नियुक्त दाइलाई मासिक ३० हजार पाँच सय पारिश्रमिक दिने गरी कार्यकारी अधिकार दिएका छन् ।

प्रदेश ७ को संसद्मा प्रमुख मुद्दा – मिलापत्र गराउनेलाई कारबाही होस्
बोक्सीको आरोपमा कैलालीमा किशोरी कुटिएको घटना प्रदेश सभा ७ को शनिबारको बैठकमा प्रमुख मुद्दा बन्यो ।

खासगरी महिला सांसदहरूले पीडित किशोरी राधा चौधरीमाथि भएको निर्मम घटनाको डटेर विरोध गरे । उनीहरूले पीडितको जाहेरी दर्ता नगर्ने प्रहरी अधिकारी र जघन्य अपराधलाई मिलापत्रमार्फत सामसुम पार्ने जनप्रतिनिधिलाई कारबाहीको माग गरे ।

घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न उनीहरूले प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद मालमतीदेवी रानाले किशोरीलाई चरम यातना दिइएको घटना मिलापत्रमा गुपचुप पार्न खोज्ने प्रहरी प्रशासन र स्थानीय तहका जनप्रतिनिधिलाई कारबाही गर्नुपर्ने माग गरिन् । ‘बोक्सीको आरोपमा युवतीमाथि कुटपिट भएको छ ।

यातना दिइएको छ । स्थानीय तहका जनप्रतिनिधिले नै यो घटना मिलाउने प्रयास गरेका छन्,’ सांसद रानाले भनिन्, ‘घटना दबाउन खोज्ने सरकारी निकाय र स्थानीय तहका प्रतिनिधिलाई कारबाही होस् ।’

पीडितको उपचारको व्यवस्था सरकारले गर्नुपर्ने र घटनाको छानबिनका लागि संसदीय समिति गठन हुनुपर्ने माग उनले गरिन् ।

सांसद पूर्णा जोशीले घटनाको अनुसन्धान र पीडितको उपचारका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराइन् । ६ घन्टासम्म एक युवती निर्घात कुटिँदासम्म समाज रमिते बनेर बस्नुले हाम्रो समाज कता जाँदै छ भन्ने गम्भीर चिन्ताको विषय भएको उनले बताइन् ।

‘एउटी युवतीमाथि भएको अमानवीय घटनाप्रति यो समाज, यो सदन र सरकार स्तब्ध भएन भने हाम्रो समाज भोलिको समृद्धिका नाममा कतातिर जान्छ भन्ने कुरा चिन्ताको विषय हो,’ सांसद जोशीले भनिन्, ‘बोक्सीका नाममा युवतीमाथि निर्घात कुटपिट भएको छ ।

समाजले रमिते बनेर हेरेको छ । यो घटना मात्र होइन, प्रवृत्ति पनि हो । यसलाई दण्डनीय बनाउन सकेनौँ भने हाम्रो समाजमा छोरीबेटी बस्नै नसक्ने हुन्छ ।’

सांसद कुन्ती जोशीले विश्वभरका महिलाले आफ्नो अधिकारका लागि आवाज उठाउने दिनमै भएको अमानवीय घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न प्रदेश सरकारसँग माग गरिन् ।

पुरुष सांसद बोलेनन्
बोक्सीको आरोपमा युवतीमाथि भएको जघन्य अपराधविरुद्ध महिला सांसद बोले, तर पुरुष सांसदको मन छोएन । उनीहरूले संसद्को कार्यसूची शिरोपर गरे, जघन्य घटनालाई पाखा लगाए । तीन महिला सांसद बोलेपछि बैठकमा प्रदेश सभा नियमावली प्रस्तुत गरिएको थियो ।

त्यसो त सुरुमै नियमावलीको मस्यौदा सीधै पेस गर्ने कार्यसूचीमै बैठक अघि बढ्न खोजेको थियो । तर, महिला सांसदहरू चुप लागेनन् ।

बोक्सी आरोपमा भएको जघन्य अपराधबारे संसद्मा बोल्न पाउनुपर्ने माग उनीहरूले सभामुखसमक्ष राखे । अन्ततः तीन महिला सांसदलाई बोल्न दिने र त्यसपछि मस्यौदा पेस गर्ने सहमति बैठकले ग¥यो । यो निर्णयमा पुरुष सांसदहरूले ताली बजाए ।

‘तीनजना महिला सांसद बोलेपछि मस्यौदा पेस गर्ने सहमति गरायौँ,’ सांसद पूर्णा जोशीले भनिन्, ‘बैठक सुरु हुनुअघि यही सहमति गरिएको हो ।’

पीडितलाई मन्त्री र सांसदको आश्वासन
प्रदेश सरकारका मन्त्री तथा सांसदहरूले पीडित किशोरी तथा उनका आफन्तलाई भेटेर उपचार, राहत र संलग्नलाई कारबाहीका लागि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

पीडितलाई भेट्न अस्पताल पुगेकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनिता चौधरीले उपचारको सबै खर्च प्रदेश सरकारले व्यहोर्ने बताइन् ।

यसैगरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्ट, उपसभामुख निर्मला बडाल जोशी, सांसदहरू वीरमान चौधरी, मालामतीदेवी राना, माया तामाङ बोहरा, सुशीला बुढाथोकीलगायत पनि शनिबार सेती अस्पताल पुगे ।

उनीहरूले पीडित र पीडितका परिवारलाई भेटेर स्वास्थ्य अवस्था र घटनाबारे जानकारी लिए । भेटपछि सांसद चुनकुमारी चौधरीले दोषीलाई कारबाही गर्ने, पीडितको उपचार र राहतका लागि पहल गर्ने आश्वासन दिइन् ।

बलात्कारी र बोक्सी आरोपमा कुटपिट गर्ने दुवैलाई कारबाही – गृहमन्त्री थापा
गृहमन्त्री रामबहादुर थापा बादलले बालिका बलात्कार गर्ने र बोक्सीको आरोपमा कुटपिट गर्ने दुवैलाई कडा कारबाही गरिने बताएका छन् ।

तीन विद्यार्थी संगठन (अनेरास्ववियु, अखिल क्रान्तिकारी र नेविसंघ) ले दुवै घटनाका दोषीलाई कारबाहीको माग गर्दै बुझाएको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री थापाले कारबाही हुने आश्वासन दिएका हुन् ।

कैलालीको घोडाघोडी नगरपालिका–५ स्थित देउकलीकी राधा चौधरी बिहीबार बोक्सीको आरोपमा कुटिएकी थिइन् भने पर्साको सुगौलीपर्तेवामा ६ वर्षीया बालिका बलात्कृत भएको घटना बाहिरिएको थियो ।

‘तपाईंहरूले उठाएको मागमा गृह मन्त्रालय पूर्ण रूपमा सहयोग गर्न तयार छ,’ गृहमन्त्री थापाले भने, ‘आज नेपाली जनताको आवश्यकता यस्ता अपराधीविरुद्ध लड्ने नै हो, यी अपराधीलाई दण्ड दिनु नै हो । यो आजको आवश्यकता हो ।’

यस्ता व्यक्ति समाजका शत्रु
भएकाले कारबाही गरेरै छाड्ने थापाको भनाइ छ । पीडितको पक्षमा आवाज उठाएको भन्दै गृहमन्त्रीले विद्यार्थी नेताहरूलाई धन्यवाद पनि दिए ।

विद्यार्थीहरूले कानुनको खुकुलोपन र राज्यको दण्डहीनताका कारण यस्ता घटना बढ्दै गएकाले विद्यमान कानुन संशोधन गरी अपराधीलाई कडा कारबाही गर्न गृहमन्त्रीसमक्ष माग गरेका छन् । (नयाँ पत्रिका दैनिक)

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।