मधेसका निजामति कर्मचारी पनि आन्दोलनमा, एमालेलाई हठ र अहंकार त्याग्न अाग्रह

मधेसका निजामति कर्मचारी पनि आन्दोलनमा, एमालेलाई हठ र अहंकार त्याग्न अाग्रह

काठमाडौं, फागुन २५ । नेपाल मधेशी निजामती कर्मचारी मञ्चले सप्तरी घटनाको बिरोध गर्दै मधेस बन्दमा ऐक्यबद्धता जनाएको छ ।

सप्तरी घटनाको बिरोधमा विज्ञप्ती सार्वजनिक गर्दै मञ्चले राज्यको आतंक विरुद्घ एक शान्तिपूर्ण आन्दोलनमा जुट्न अपील गरेको छ ।

मञ्चका अध्यक्ष विनोदकुमार सिंहले एक विज्ञप्ति जारी गरी एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपुर्वक सम्वादमा आई संविधान संशोधनको लागी मार्ग प्रशस्त गर्न र मधेशवादी दलहरुलाई पनि सम्वादका माध्यमवाट समाधान खोज्न अनुरोध गरेका छन् ।
साथै सरकारलाई तत्काल सहमतिका लागी सार्थक सम्वादको वातावारण वनाउन समेत अनुरोध गरेका छन् ।

सरकार अत्याधिक वल प्रयोग र नृसंस दमनमा उत्रिदा अत्याधिक मानवीय क्षति हुन पुगेको निष्कर्ष निकाल्दै यस्तो नरसंहारका लागी सरकारले जिम्मेवारी लिनुपर्ने धारणा मञ्चको छ ।

पढ्नुस् विज्ञप्ती
शान्ति सुरक्षाको कारण देखाउदै कुनै दलको भ्रामक र उत्तेजित राजनैतिक यात्रालाई सरकारी अभियानको रुपमा परिभाषित गर्न आफ्नो हक, अधिकार र पहिचानका खातिर शान्तिपुर्ण तरिकाले आन्दोलनरत रहेका मधेशी समुदायको अधिकारमुखी लोकतान्त्रिक आन्दोलनलाई सुनियोजित रुपमै दवाउन सरकारद्वारा मिति २०७३ फाल्गुन २३ गते सप्तरीमा गराईएको ७ जनाको हत्या उपर यस मञ्चको गहिरो ध्यानाकर्षण भएको छ ।

यस मानेमा राष्ट्रिय खोप अभियानका लागी आफ्नो कर्तव्यपालनाको शिलशिलामा मघेशी भएकै कारण सप्तरी मै कार्यरत सि।अ।हे।व। आन्नद साह लगायतको हत्या र करिब २५ जना भन्दा बढी मधेशीहरुलाई घर घरवाट समातेर गहु वारीमा घिसार्दै लगी ताकी ताकी टाउको, छाती र पेटमा सुरक्षाका ठेकेदारहरुको गोलीवाट भए गराइएको निहत्ता र सोझासाझा मधेशीहरुको पाश्विक हत्या र हत्या प्रयास मध्ययुगिन क्रुर र वर्वर भएको मञ्चको ठहर छ । मञ्च उपरोक्त योजनागत हत्या र नश्लिय चिन्तन को घोर भत्र्सना गर्दै घटनामा शहादत प्राप्त गर्ने मधेशी शहिदहरु प्रति हार्दिक श्रद्घाञ्जली सहित मृतकका परिवार प्रति समवेदना र घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामनाका साथै घटनाको उच्चस्तरीय न्यायिक छानविन गरी दोषीहरु उपर कडा कारवाहीको माँग गर्दछौ । साथै मधेशी मोर्चाको आन्दोलन उपर एक्यवद्घता समेत जाहेर गर्दछौ ।

आदरणिय जनसमुदाय,

देशभक्ति सहितको राष्ट्रिय एकताका लागी राजनैतिक सहमति, राजनैतिक विश्वास र सहकार्य मार्फत मात्र समावेशी विकास र समृद्घ नेपालको परिकल्पना गर्न सकिन्छ । आपसी असमझदारी, टकराव र विभाजनले भावनात्मक ध्रुविकरणलाई मात्र पृष्ठपोषण गर्दछ । दिगो शान्ति, एकता र समृद्घीको लागी शान्तिपुर्ण, निष्पक्ष र प्रभावकारी निर्वाचन नै एक विकल्प हो, यसलाई नकार्न सकिन्न । तर सर्व स्वीकार्य निर्वाचनको लागी वर्तमान संविधानको संसोधन एक मात्र पुर्वाधार हुन सक्ने यर्थात सवैले वुझेका नै छौ । संविधान संसोधनले मात्र देशको सार्वभौमसत्ता, राष्ट्रिय एकता र अखण्डतालाई मजवुति प्रदान गर्ने वैज्ञानिक तर्कलाई आत्मसात गरि सकेका नै छौ ।

तर पनि गणितिय अहन्कार र हठवादिताको उन्माद चढेको गैर मधेशवादी सरकारी दलहरुको उत्तेजक अभिव्यक्ति र व्यवहारले मधेशलाई उत्तेजित र अपमानित गरि रहेको छ । त्यही दलीय उत्तेजना, अहन्कार र सरकारी लाचारीपनको परिणाम सप्तरी घटना भएको हाम्रो ठहर हो । यस्तो वेला सरकारले शान्ति सुरक्षाको उचित वातावरण वनाउन आवश्यक थियो । तर सरकार उल्टै अत्याधिक वल प्रयोग र नृसंस दमनमा उत्रिदा अत्याधिक मानविय क्षति हुन पुगेको हो । यसतो नरसंभारको लागी सरकारले जिम्मेवारी लिनै पर्दछ ।

आदरणिय आन्दोलनकर्मी मधेशी जनसमुदाय,
इतिहास साक्षी छ, शान्तिपुर्ण आन्दोलन सफल भएकै छ । राज्यको आतँक विरुद्घ एक ढिक्का भई शान्तिपुर्ण आन्दोलन मार्फत राज्य विरुद्घ ज्वारभाटा सिर्जना गर्दै धैर्यता र साहसका साथ अहिँसाको पथमा किमार्थ विचलित नहुन तमाम आन्दोलनरत मधेशी जनसमुदाय सँग मञ्च हार्दिक अपिल गर्दछ ।

अनत्यमा,

एमालेलाई हठ र अहंकार त्यागी जिम्मेवारीपुर्वक सम्वादमा आई संविधान संशोधनको लागी मार्ग प्रशस्त गर्न र मधेशवादी दलहरुलाई पनि सम्वादका माध्यमवाट समाधान खोज्न अनुरोध गर्दछौ । साथै सरकारलाई तत्काल सहमतिका लागी सार्थक सम्वादको वातावारण वनाउन समेत अनुरोध गर्दछौ । जय मधेश ।

विनोद कुमार सिंह
अध्यक्ष

भैरहवामा चार कम्पनीले एकैसाथ थाले अन्तर्राष्ट्रिय उडान

भैरहवा । सञ्चालनमा आएको दुई वर्षपछि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट चारवटा विमान कम्पनीले अन्तर्राष्ट्रिय उडान सुरु गरेका छन् । एकै पटक धेरै कम्पनीले अन्तर्राष्ट्रिय उडान थाल्ने भएपछि स्थानीय सरोकारवाला खुसी छन् । यसले लामो समय अन्तर्राष्ट्रिय उडानविहीन विमानस्थलमा रौनक छाएको छ ।  स्थानीय सरोकारवालाले यहाँबाट अन्तर्राष्ट्रिय उडानले निरन्तरता पाउने वातावरण बनाउन माग गरेका छन् । गत भाइटीकाको दिन यहाँ उडान थालेको थाई एयर एसियाको विमान शुक्रबार मध्याह्न दोस्रो पटक भैरहवा अवतरण गरेको थियो । शुक्रबार ७ यात्रु बोकेर आएको थाई एयर एसियाको विमान ३२ यात्रु लिएर फर्किएको छ । आउँदो साताबाट भने थाई एयर एसियाले सोमबार र बिहीबार उडान गर्ने तय भएको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत तालिकाअनुसार थाई एयर एसियाको विमान मध्याह्न सवा १२ बजेट यहाँ अवतरण गर्ने गौतमबुद्ध विमानस्थलका सूचना अधिकारी विनोद रावतले जनाए । एक घण्टा आराम गरेपछि यात्रु लिएर थाइल्यान्ड फर्किने तालिका छ । शनिबार कुवेतको जजिरा एयरलाइन्स र फ्लाई दुबईले यहाँबाट उडान सुरुवात गर्ने रावतको भनाइ छ । जजिराले सातामा तीन दिन भैरहवा–कुवेत उडान गर्नेछ । यसअघि १० महिना उडान भरेर स्थगन गरेको जजिरा शनिबार भैरहवा फर्किन लागेको हो । दुई वर्षअघि गौतमबुद्ध विमानस्थल उद्घाटनसँगै यहाँबाट उडान थालेको जजिराले जाडो सुरु भएपछि प्राविधिक कारण देखाउँदै उडान स्थगन गरेको थियो । जजिराले सातामा तीन दिन मंगलबार, बिहीबार र शनिबार उडान भर्नेछ । विमानस्थलका अनुसार जजिराको विमान बिहान ७ बजेर ३० मिनेटमा भैरहवा अवतरण गर्नेछ । यहाँबाट ८ बजेर ३० मिनेटमा कुवेतका लागि उडान भर्नेछ । रावतका अनुसार फ्लाई दुबईले दुबई–भैरहवा–काठमाडौं–दुबई उडान गर्ने जनाएको छ । फ्लाई दुबईले यहाँबाट साताका सातै दिन उडान गर्ने रावतले बताए । फ्लाई दुबईले शनिबारबाट दैनिक उडान थाल्ने गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले पुष्टि गरेको छ । नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृत उडान तालिकाअनुसार प्रत्येक दिन पौने दुई बजे फ्लाई दुबईको जहाज भैरहवा अवतरण गर्नेछ । पौने ३ बजे यहाँबाट उडान भर्नेछ ।

पुथा उत्तरगङ्गा गाउँपालिका उपाध्यक्ष पदमा नेकपा माओवादी केन्द्रबाट ज्ञानदेवी पुन सिफारिस

रकुम । रुकुमपूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा रिक्त उपाध्यक्ष पदको चुनावी प्रतिस्पर्धा गर्न नेकपा माओवादी केन्द्रको तर्फबाट ज्ञानदेवी पुन सिफारिस हुनुभएको छ । मंसिर १६ मा हुने उपनिर्वाचनमा नेकपा (माओवादी केन्द्र)बाट पुन सिफारिस हुनुभएको हो। नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटीको २ दिन सम्म चलेको विस्तारित बैठकले पुनलाई सर्वसम्मत सिफारिस गरिएको नेकपा (माओवादी केन्द्र) पुथा उत्तरगङ्गा गाउँपालिका कमिटी अध्यक्ष हर्क बहादुर कामीले बताउनुभयो । अध्यक्ष कामीका अनुसार १० जना आकाङ्क्षी मध्यबाट आपसी सहमतिमै पुन सिफारिस हुनुभएको हो ।  १० जना आकाङ्क्षीहरु आफै सहमति गरेर १ जनामा केन्द्रीकृत हुनु नै विजयको सन्देश दिनु भएको नेकपा माओवादी केन्द्र स्थायी कमिटी सदस्य तथा पूर्व मन्त्री गणेशमान पुनले बताउनुभयो । माओवादीको आधार इलाकाले परिचित रुकुम पूर्वको पुथा उत्तरगङ्गा गाउँपालिकामा माओवादी केन्द्रले काङ्ग्रेस एमालेको संयुक्त उमेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था रहेको मन्त्री पुनले बताउनुभयो  ।   गत महिना भाद्र २८ गते बाङ्लुङ भुङखानीमा भएको जिप दुर्घटनामा परि पुथा उत्तरगङ्गा गाउँपालिकाका उपाध्यक्ष भुपेन्द्रा बुढा, वडा नं. २ का वडा अध्यक्ष जस बहादुर श्रीपाली र उपाध्यक्षको आमा गोपीमायँ बुढासहित निधन भएका कारण उपाध्यक्ष पद र वडा अध्यक्ष पद रिक्त भएको थियो ।

प्रस्तावित न्यायाधीश निरौला र पाण्डेको नाम सर्वसम्मत अनुमोदन

काठमाडौं । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेको नाम सर्वसम्मत अनुमोदन गरेको छ । उहाँहरुलाई ११ असोजमा बसेको न्याय परिषद बैठकले सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त गर्न सिफारिस गरेको थियो ।

पुटिनले राष्ट्रपती ट्रम्पलाई बधाई दिंदै के भने ?, हेर्नुहोस्

सोची, रुस । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले संयुक्त राज्य अमेरिकाका नव निर्वाचित राष्ट्रपती डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् । पुटिनका प्रेस सचिव दिमित्री पेस्कोभका अनुसार पुटिनले ट्रम्पलाई बधाई दिएका हुन् ।  रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नोभेम्बर ७ मा भल्दाई इन्टरनेशनल डिस्कसन क्लबको पूर्ण सत्रमा बोल्दै डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएकोमा बधाई दिएका हुन् । पुटिनले आफ्नो बधाई सन्देशमा भनेका छन्, “म उहाँ (डोनाल्ड ट्रम्प) अमेरिकी राष्ट्रपति चुनावमा विजयी भएकोमा बधाई दिन चाहन्छु । मैले पहिले नै भनेको छु, हामी अमेरिकी जनताले विश्वास गर्ने राष्ट्र प्रमुखसँग काम गर्नेछौँ ।” बधाई दिएको भएपनि अहिलेसम्म औपचारिक रुपमा रुसी  राष्ट्रपति भ्लादिमिर पुटिनले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई बधाई पत्र भने पठाएका छैनन्। यसपटक अमेरिकी राष्ट्रपतिको चुनाव जितेपछि ट्रम्पले हालसम्म युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की, इजरायली प्रधानमन्त्री बिन्यामिन नेतान्याहु, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत विश्वका ७० नेतासँग टेलिफोनमा कुरा गरिसकेका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।  

लोकप्रिय