महामारीको रौद्र रुपः विवश र असहाय जनता, लास जलाउन समेत घण्टाै लाइन, एकैदिन साढे ३ लाख संक्रमित

महामारीको रौद्र रुपः विवश र असहाय जनता, लास जलाउन समेत घण्टाै लाइन, एकैदिन साढे ३ लाख संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना महामारीको भयंकर अवस्था देखा परेको छ । सरकार, स्वास्थ्य संस्था तथा नागरिकहरुको प्रयासका वावजूद समेत कोरोना संक्रमण रोकिन सकेको छैन । महामारीको यो भयानक त्रासदी झेल्न भारतीय जनता विवश बनेका छन् ।

कोरोना महामारीले सबैभन्दा बढी दयनीय अवस्थामा स्वास्थ्य संस्थाहरु रहेका छन् । अस्पतालहरुमा अक्सिजनको कमीका कारण चिकित्सकहरु भावविह्वल भएर सार्वजनिक अपिल गर्न पुगेका छन् ।

शनिबारका दिन मात्रै भारतमा ३ लाख ४९ हजार नयाँ संक्रमित थपिएका छन् । पछिल्लो चार दिनमा मात्रै भारतमा १० लाख भन्दा बढी संक्रमित थपिएका छन् । शनिवार मात्रै २७६१ जनाको मृत्यु भएको छ । यी मध्ये दर्जनौं बिरामीहरु अक्सिजनको कमीका कारण मर्न बाध्य बनेका छन् ।

भारतमा सबैभन्दा धेरै संक्रमण महाराष्ट्रमा देखिएको छ । शनिवार मात्रै महाराष्ट्रमा ६७ हजार १७० जनामा कोरोना देखिएको छ । महाराष्ट्रपछि कर्नाटक, केरला, नयाँ दिल्ली, उत्तर प्रदेशलगायतका राज्यमा कोरोना उच्च रहेको छ ।

सरकारले खोप अभियानलाई तीब्र पारेपनि कोरोनाको गति रोकिन सकेको छैन । कतिपय राज्यमा लकडाउनको घोषणा गरिएको छ । तर प्रवासी मजूदरहरु ठूलो संख्यामा घर फर्किने क्रम रोकिएको छैन ।

विश्वका कतिपय देशमा कोरोना बृद्धि दर घट्दै गएपनि भारतमा भने सबैभन्दा उच्च संक्रमण दर देखिएको छ । कोरोनाको संख्या बढ्दै गएपछि अस्पतालहरुमा बिरामीको चापमा बृद्धि भएको छ । कतिपय अस्पतालहरुले अक्सिजन नभएका कारण भर्ना लिन मानेका छैनन् ।

कोरोनाको उपचारमात्रै नभएर मृत्यु भएकाहरुको शव व्यवस्थापन गर्न समेत ठूलो संकट निम्तिएको छ । घाटहरुमा शव जलाउनका लागि ठाउँ नहुँदा आफन्तहरु घण्टौं लाइन लाग्न बाध्य बनेको भारतीय मिडियाहरुले जनाएका छन् । कतिपय स्थानमा शव जलाउनका लागि दाउराको अभाव भएपछि उखुको खोस्टा खोजेर शव जलाएको समेत समाचारमा उल्लेख छ ।

भारतीय मिडियाहरुले महामारीको यो त्रासदीमय अवस्था भारतीय इतिहासमैं उच्च भएको टिप्पणी समेत गरेका छन् । एबिपीका अनुसार, मानिसहरुले आफ्ना प्रियजनहरुको मृत्यु आफ्नै आँखा अगाडि देखिरहेका छन् तर उनीहरु असहाय बनेका छन् ।

अस्पतालमा एकपछि अर्को मृत्युले ठूला त्रासदी जन्माएको छ ।

यसैबीच भारत सरकारले विदेशबाट अक्सिजन आयात गरेको जानकारी दिएको छ । देशका कैयन शहरमा अक्सिजनको आपूर्ति गरिएको छ । तर बिरामीको चाप बढ्न थालेपछि सरकारले आपूर्ति गरेको अक्सिजन पर्याप्त हुन सकेको छैन ।

तस्वीरः रोयटर्स र एपी

यो पनि पढ्नुस्

भारतमा अक्सिजनकाे हाहाकार, दर्जनौं संक्रमितकाे मृत्यु, सेना लगाएर सबै प्लान्ट कब्जा गर्न केजरिवालकाे अपील

विश्वमै दुर्लभ डंगर गिद्ध नेपालमा बच्चा हुर्काउँदै

काठमाडौं । विश्वमै दुर्लभ मानिएको डंगर गिद्ध नेपालका १३ जिल्लामा पाइन्छ । सन् २०२३/०२४ मा सबैभन्दा धेरै कपिलवस्तुमा १ सय ७० वटा गुँड भेटिएका थिए । पन्छी संरक्षण संघ (बीसीएन) ले गरेको अनुगमनमा राजापानी, भृकुटी र प्रतिभा सामुदायिक वन तथा मायादेवी साझेदारी वनमा ती गुँड भेटिएका थिए । त्यहाँ १ सय २२ जोडीले बचेरा हुर्काएको बीसीएनका परियोजना अधिकृत दिलीप चन्द ठकुरीले बताउनुभएको छ । २०२३/२४ मा नवलपुरमा १ सय २२ जोडीले गुँड लगाएकोमा ८७ ले बचेरा हुर्काएका थिए । कञ्चनपुरमा १ सय १४ जोडीले गुँड लगाएकोमा ८६ वटाले बचेरा हुर्काएका थिए । दाङमा ९१ जोडीले गुँड लगाएकोमा ६८ ले बचेरा हुर्काएका थिए । पश्चिम तराईको वन क्षेत्र दुर्लभ डंगर गिद्धका बचेरा हुर्काउने उत्कृष्टस्थल बनेका छन् । सुरक्षाका लागि अग्ला वन क्षेत्रमा रहेका साल, असना, साज, कुसुम र सिमलका रुखमा गुँड बनाई गिद्धले बचेरा कोरलेका हुन् । डंगर ठूला रूखको १९ देखि २९ मिटर अग्लो ठाउँमा ओथारो बस्छ । डंगर गिद्धले एउटा मात्र अण्डा पार्छ । प्रकृतिको कुचिकार भनेर चिनिने लोपोन्मुख पन्छी गिद्ध प्रतिदिन संकटमा पर्दै गएका बेला यसको संख्या बढ्दै जानुलाई सकारात्मक मानिएको छ । बीसीएनले गर्दै आएको डंगर गिद्धको अध्ययनले तीन वर्षयता गुँड लगाउने जोडीको संख्या बढिरहेको देखाएको छ । २०२३/२४ मा डंगरका ६ सय ५८ जोडीले अण्डा पारेर बच्चा जन्माए पनि ४ सय ८० वटा मात्र उडाउन सफल भएको बीसीएनका गिद्ध संरक्षण अधिकृत अंकितविलास जोशी बताउनुहुन्छ । उहाँका अनुसार १३ जिल्लामा हिमाली, सानो खैरो, हाडफोर र सेतो गिद्धका ५३ गुँड भेटिएकामा ३२ वटा बचेरा मात्र उडेको रेकर्ड छ । यस्तै २०२२/२३ मा डंगर गिद्धका ५ सय ६९ जोडीले गुँड बनाएकामा ४ सय २ जोडी बचेरा उडाउन सफल भए । अन्य प्रजातिका ५७ जोडीले गुँड लगाएकामा ३६ जोडीले मात्र बचेरा उडाएका थिए । नेपालमा पाइने ९ प्रजातिका गिद्धमध्ये ६ प्रजातिले मात्र गुँड बनाएर बच्चा कोरल्ने गर्छन् । डंगर जस्तै सुन र सानो खैरो गिद्धले रूखमा गुँड लगाउँछन् । पहाडमा सल्लो र सिमलका रूखमा गुँड लगाउँछन् । हिमाली, हाँडफोर र सेतो गिद्धले पहाडका पहरा र खोचमा गुँड लगाएका हुन्छन् । ‘ओथारो बसेकामध्ये ७० प्रतिशत गिद्धले मात्र बच्चा हुर्काएर उडाएको देखिन्छ, कतिपयको अण्डामै बच्चा नपर्ने, बचेरा उडन सिक्दा लडेर घाइते भई मर्ने र विषादी भएका सिनोलाई आहारामा माउले बचेरालाई खुवाउँदा मर्ने समस्या हुन्छ,’ गिद्ध संरक्षण अधिकृत जोशीले भन्नुभयो । विज्ञ कृष्णप्रसाद भुसालका अनुसार प्रायः एक्लो बस्ने पोथी गिद्धले कात्तिक–मंसिरतिर प्रजननका लागि जोडी खोज्छ । जोडी नै मिलेर ओथारो बस्न गुँड बनाउँछन् र बच्चा हुर्काउँछन् । पुस दोस्रो–तेस्रो साता अण्डा पारेर गिद्ध ओथारो बस्छ । ५० देखि ६० दिनसम्म ओथारो बसेपछि माघ–फागुनमा बच्चा जन्मन्छ । ‘बचेरा ३ महिनाको भएपछि माउले उड्न सिकाउँछ,’ उहाँले भन्नुभयो । सन् १९९० ताका भारत र नेपालमा डंगर गिद्धको संख्यामा निकै घटेको थियो । भारतमा ९९.९ र नेपाल ९१ प्रतिशत बढी लोप भइसकेको थियो । डंगर गिद्ध लोप हुने प्रमुख कारणमा पशुमा लगाइने डाइक्लोफेनेक औषधि थियो । संरक्षणकर्मीको पहलमा सरकारले ०६३ जेठमा पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएपछि गिद्धको संख्या बढ्दै गएको हो । नेपालमा वयस्क डंगर गिद्धको संख्या सन् २०१६ मा बढेर २ हजार पुगेको थियो, त्यसयता भने संख्या अध्ययन भएको छैन ।

Why Women Had Better Sex Under Socialism

Communist women enjoyed a degree of self-sufficiency that few Western women could have imagined. When Americans think of Communism in Eastern Europe, they imagine travel restrictions, bleak landscapes of gray concrete, miserable men and women languishing in long lines to shop in empty markets and security services snooping on the private lives of citizens. While much of this was true, our collective stereotype of Communist life does not tell the whole story. Some might remember that Eastern bloc women enjoyed many rights and privileges unknown in liberal democracies at the time, including major state investments in their education and training, their full incorporation into the labor force, generous maternity leave allowances and guaranteed free child care. But there’s one advantage that has received little attention: Women under Communism enjoyed more sexual pleasure. A comparative sociological study of East and West Germans conducted after reunification in 1990 found that Eastern women had twice as many orgasms as Western women. Researchers marveled at this disparity in reported sexual satisfaction, especially since East German women suffered from the notorious double burden of formal employment and housework. In contrast, postwar West German women had stayed home and enjoyed all the labor-saving devices produced by the roaring capitalist economy. But they had less sex, and less satisfying sex, than women who had to line up for toilet paper. How to account for this facet of life behind the Iron Curtain? Consider Ana Durcheva from Bulgaria, who was 65 when I first met her in 2011. Having lived her first 43 years under Communism, she often complained that the new free market hindered Bulgarians’ ability to develop healthy amorous relationships. “Sure, some things were bad during that time, but my life was full of romance,” she said. “After my divorce, I had my job and my salary, and I didn’t need a man to support me. I could do as I pleased.” Ms. Durcheva was a single mother for many years, but she insisted that her life before 1989 was more gratifying than the stressful existence of her daughter, who was born in the late 1970s. “All she does is work and work,” Ms. Durcheva told me in 2013, “and when she comes home at night she is too tired to be with her husband. But it doesn’t matter, because he is tired, too. They sit together in front of the television like zombies. When I was her age, we had much more fun.” Last year in Jena, a university town in the former East Germany, I spoke with a recently married 30-something named Daniela Gruber. Her own mother — born and raised under the Communist system — was putting pressure on Ms. Gruber to have a baby. “She doesn’t understand how much harder it is now — it was so easy for women before the Wall fell,” she told me, referring to the dismantling of the Berlin Wall in 1989. “They had kindergartens and crèches, and they could take maternity leave and have their jobs held for them. I work contract to contract, and don’t have time to get pregnant.” This generational divide between daughters and mothers who reached adulthood on either side of 1989 supports the idea that women had more fulfilling lives during the Communist era. And they owed this quality of life, in part, to the fact that these regimes saw women’s emancipation as central to advanced “scientific socialist” societies, as they saw themselves. Although East European Communist states needed women’s labor to realize their programs for rapid industrialization after World War II, the ideological foundation for women’s equality with men was laid by August Bebel and Friedrich Engels in the 19th century. After the Bolshevik takeover, Vladimir Lenin and Aleksandra Kollontai enabled a sexual revolution in the early years of the Soviet Union, with Kollontai arguing that love should be freed from economic considerations. Russia extended full suffrage to women in 1917, three years before the United States did. The Bolsheviks also liberalized divorce laws, guaranteed reproductive rights and attempted to socialize domestic labor by investing in public laundries and people’s canteens. Women were mobilized into the labor force and became financially untethered from men. In Central Asia in the 1920s, Russian women crusaded for the liberation of Muslim women. This top-down campaign met a violent backlash from local patriarchs not keen to see their sisters, wives and daughters freed from the shackles of tradition. In the 1930s, Joseph Stalin reversed much of the Soviet Union’s early progress in women’s rights — outlawing abortion and promoting the nuclear family. However, the acute male labor shortages that followed World War II spurred other Communist governments to push forward with various programs for women’s emancipation, including state-sponsored research on the mysteries of female sexuality. Most Eastern European women could not travel to the West or read a free press, but scientific socialism did come with some benefits. “As early as 1952, Czechoslovak sexologists started doing research on the female orgasm, and in 1961 they held a conference solely devoted to the topic,” Katerina Liskova, a professor at Masaryk University in the Czech Republic, told me. “They focused on the importance of the equality between men and women as a core component of female pleasure. Some even argued that men need to share housework and child rearing, otherwise there would be no good sex.” Agnieszka Koscianska, an associate professor of anthropology at the University of Warsaw, told me that pre-1989 Polish sexologists “didn’t limit sex to bodily experiences and stressed the importance of social and cultural contexts for sexual pleasure.” It was state socialism’s answer to work-life balance: “Even the best stimulation, they argued, will not help to achieve pleasure if a woman is stressed or overworked, worried about her future and financial stability.” In all the Warsaw Pact countries, the imposition of one-party rule precipitated a sweeping overhaul of laws regarding the family. Communists invested major resources in the education and training of women and in guaranteeing their employment. State-run women’s committees sought to re-educate boys to accept girls as full comrades, and they attempted to convince their compatriots that male chauvinism was a remnant of the pre-socialist past. Although gender wage disparities and labor segregation persisted, and although the Communists never fully reformed domestic patriarchy, Communist women enjoyed a degree of self-sufficiency that few Western women could have imagined. Eastern bloc women did not need to marry, or have sex, for money. The socialist state met their basic needs and countries such as Bulgaria, Poland, Hungary, Czechoslovakia and East Germany committed extra resources to support single mothers, divorcées and widows. With the noted exceptions of Romania, Albania and Stalin’s Soviet Union, most Eastern European countries guaranteed access to sex education and abortion. This reduced the social costs of accidental pregnancy and lowered the opportunity costs of becoming a mother. Some liberal feminists in the West grudgingly acknowledged those accomplishments but were critical of the achievements of state socialism because they did not emerge from independent women’s movements, but represented a type of emancipation from above. Many academic feminists today celebrate choice but also embrace a cultural relativism dictated by the imperatives of intersectionality. Any top-down political program that seeks to impose a universalist set of values like equal rights for women is seriously out of fashion. The result, unfortunately, has been that many of the advances of women’s liberation in the former Warsaw Pact countries have been lost or reversed. Ms. Durcheva’s adult daughter and the younger Ms. Gruber now struggle to resolve the work-life problems that Communist governments had once solved for their mothers. “The Republic gave me my freedom,” Ms. Durcheva once told me, referring to the People’s Republic of Bulgaria. “Democracy took some of that freedom away.” As for Ms. Gruber, she has no illusions about the brutalities of East German Communism; she just wishes “things weren’t so much harder now.” Because they championed sexual equality — at work, at home and in the bedroom — and were willing to enforce it, Communist women who occupied positions in the state apparatus could be called cultural imperialists. But the liberation they imposed radically transformed millions of lives across the globe, including those of many women who still walk among us as the mothers and grandmothers of adults in the now democratic member states of the European Union. Those comrades’ insistence on government intervention may seem heavy-handed to our postmodern sensibilities, but sometimes necessary social change — which soon comes to be seen as the natural order of things — needs an emancipation proclamation from above. Kristen R. Ghodsee, a professor of Russian and East European studies at the University of Pennsylvania, is the author of numerous books on European Communism and its aftermath, including, most recently, “Red Hangover: Legacies of 20th-Century Communism.” This is an essay in the series Red Century, about the history and legacy of Communism 100 years after the Russian Revolution. Follow The New York Times Opinion section on Facebook and Twitter (@NYTopinion), and sign up for the Opinion Today newsletter.

नेपालीको मूलमन्त्र, समाजवादी गणतन्त्र

२१ औं शताब्दीमा सूचना प्रविधिको क्षेत्रमा तीव्र गतिमा अभुतपूर्व क्रान्ति भयो । कम्प्युटरको विकाससँगै विश्वले चामत्कारिक गतिमा एक पछि अर्को छलाङ्ग मारिरहेको छ । तीव्रता २१ औं शताब्तीको सबैभन्दा महत्वपूर्ण विशेषता हो । आर्थिक, सामाजिक र राजनीतिक क्षेत्रमा पनि विकास या विनास तीव्र गतिमा हुने गरेका छन् । नेपालको राजनीतिक स्थितिमा केही बर्षयता मात्रै असाधारण रुपले फेरबदल भएको छ । नेपाल साधन स्रोतले ज्यादै सम्पन्न छ तर संसारका गरिब देशहरुमध्येको एक हो । नेपालीहरु मिहिनेत, पौरख र बहादुरीताले विश्व किर्तिमानी छन् । तर गरिबीले छट्पटाईरहेका छन् । नेपाल इतिहासमा कहिल्यै उपनिवेश र पराधीन बनेन तर कहिल्यै स्वतन्त्र पनि हुन सकेन। नेपाली जनताले इतिहासदेखि ठूला–ठूला संघर्ष, कठोर साधना गरेर मुक्ति, परिवर्तन र विकासका सम्भावनाहरू अगाडि ल्याए तर वास्तविकताहरू अपहरित भए । पटक पटक ठूला–ठूला परिवर्तनहरू भए तर जनताको पक्षमा संस्थागत हुन सकेनन् । महान जनयुद्ध, संसदीय अभ्यास र शान्तिपूर्ण जनआन्दोलनले नेपालको इतिहासमा मात्रै नभएर विश्वकै ईतिहासमा एक नयाँ कायपलट गऱ्यो । यस नयाँ पृष्ठभूमिमा सारा नेपालीहरुको एउटै मुलमन्त्र बन्न गयो, त्यो हो नेपाली मोडेलको समाजवादी गणतन्त्र । यहाँ नपालीहरुको मूलमन्त्र नेपाली मोडेलको समाजवादी गणतन्त्र र यसको पृष्ठभूमिबारे सामान्य चर्चा गरौं । इतिहासमा खास खास मोडहरुमा कतिपय राष्ट्रहरुमा महान सम्भावनाहरु अगाडी आएको देखा पर्ने गर्छ । नेपाली समाजको अगाडि इतिहासमा देखा परेका त्यस्ता महान सम्भावनाहरू मध्ये तीनवटा सम्भावनाहरुको चर्चा गरौं । पहिलो सम्भावना: आजभन्दा २५० बर्ष अगाडि जतिखेर नेपाल बाईसे, चौबिसे राज्य हुँदै अनगिन्ती राज्यमा विभाजित थियो । साना–साना टुक्राटुक्री राज्यको भार जनतालाई असहाय रुपमा परेको थियो । किनकि राज्यको एकजना नागरिकले धेरै राज्यमा राजश्वकर तिर्नु पथ्र्यो । आवश्यकता राज्यको एकीकरणको थियो । त्यो आवश्यकताको नेतृत्व गर्न संयोगले राजा पृथ्वीनारायण शाह आइपुगे । पृथ्वीनारायण राजाका छोरा हुनुले अवसर पनि थियो । तर उनीसँग विशिष्ट क्षमता र प्रतिभा पनि थियो । उनैले नै राष्ट्रिय एकीकरण गरेर एकीकृत नेपालको जन्म दिए, तर पूंजीवादमा जाने बाटोलाई बन्ध्याकरण गरेर बलियो सामन्ती राज्य खडा गरे । पूंजीवादमा जाने बाटो बन्ध्याकरण नगरेको भए आज नेपाल विकसित राष्ट्रहरुकै दर्जामा पुग्ने थियो । यो राष्ट्रले एउटो ठूलो मौका र सम्भावना त्यही मोडमा गुमायो । परिणामत: २५० बर्ष भन्दा लामो समय सामन्तवादको नाईके राजतन्त्रले देशलाई कंगाल बनायो । जनताको जीवनस्तरलाई रसातलमा पुऱ्याइदियो । दोस्रो सम्भावना: इतिहासको अर्को कालखण्डमा अंग्रेजहरुले विश्वलाई नै आफ्नो उपनिवेश बनाउने अभियान चलाए । यही अभियानकै क्रममा भारतलाई निले र नेपाललाई आफ्नो बफादार कुत्ता जंगबहादुर मार्फत उपनिवेश बनाए । यसरी राणाहरुले १०४ बर्षसम्म देश र जनताबाट ब्रहमलुट मच्चाए । जहाँ जुन स्तरको दमन हुन्छ, त्यहाँ त्यही स्तरको प्रतिरोध र बिष्फोट हुने सार्वभौम नियम अनुसार जहानिँया राणा शाषणका विरुद्ध २००७ साल वरिपरि प्रतिरोध मात्र भएन्, राणा शाषण गर्ल्याम गुर्लुम ढल्यो । त्यो आन्दोलनको नेतृत्व काँग्रेस र कम्युनिष्टले गरे । राणा शाषणको अन्त्यसँगै २०१५ सालको आम चुनावमा काँग्रेसको २ तिहाई बहुमत र सरकारको नेतृत्व हुनुको नाताले देशलाई पूँजीवादी बाटोमा लैजाने स्वर्णिम कार्यभार काँग्रेसको काँधमा आयो । बिडम्वना काँग्रेस भित्रको गुटबन्दी र असक्षमता साथै राजा महेन्द्रको एम्बुसको कारण राष्ट्रले दोस्रो मौका तथा अवसर फेरि पनि नराम्रोसँग चुकायो । २०१७ सालदेखि पञ्चायतको बाटो हैन पूँजीवादी बाटोमा देश अगाडि बढेको भए आजसम्म देशको अवस्था अर्को ठाउँमा पुग्ने थियो । ३० बर्षीय पञ्चायती ब्यवस्थाले देशलाई खोक्रो मात्रै बनाएन, निरंकुश राजतन्त्रले बहुदल समेत ज्युँदै निल्यो । राणा शासनको अन्त्यसँगै आधा शताब्दी लामो समय पूँजीवादी बाटो अवरोध गरेर निरंकुश राजतन्त्रले जनतामा निरंकुशता मात्र थोपऱ्यो  । यसरी राष्ट्रले दोस्रो सम्भावना र मौका पनि गुमायो । तेस्रो सम्भावना: नेपालको इतिहासमै धर्ती आकाश हल्लाउने माओवादीको नेतृत्वमा २०५२ सालमा महान जनयुद्ध भयो । जसले सीमान्तकृत वर्गदेखी आम जनसमुदायमा अभूतपूर्व चेतनाको जागरण मात्र ल्याएन अजर अमर ठानिएको सामन्तवादको नाइके निरंकुश राजतन्त्रको जरा काटिदियो । अर्को तिर एमालेले संसदीय अभ्यास र प्रयोगमा आफुलाई अब्बल सावित गर्दै संसदीय आन्दोलनलाई नयाँ उचाईमा उठाईदियो । यी दुवै बामशक्ति र काँग्रेसको संयुक्त मोर्चाद्वारा आयोजित २०६२-०६३ को ऐतिहासिक जनआन्दोलनले राजतन्त्र फालिदियो । माओवादी र सात राजनीतिक शक्तिबीच विस्तृत शान्तिसम्झौता संविधान सभाको चुनाव, राजतन्त्रको अन्त्य, संघीय गणतन्त्रको घोषण गर्दै संविधान सभाबाट संविधान निर्माण प्रक्रिया अगाडि बढ्यो । संविधानसभाबाट संबविधान निर्माण र त्यसको कार्यान्वयनसँगै देशमा नयाँ युगको शुरुवात भयो । महान जनयुद्धको जगमा २०६२-०६३ को जनआन्दालनले सामन्ती निरंकुश राजतन्त्रको अन्त्य गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा, संविधान सभाको चुनावसँगै संविधान निर्माण र त्यसको कार्यान्वयन आदिले नेपालमा पूँजीवादी, जनवादी क्रान्तिले मूलभुत रुपमा पूर्णता प्राप्त गऱ्यो र देशमा समाजवादी क्रान्तिको ढोका खुल्यो । पूँजीवादी जनवादी क्रान्तिका कतिपय कार्यभार पूरा गर्दै समाजवादी क्रान्तिको महान कार्यभार पूरा गर्ने दायित्व अबका क्रान्तिकारीको काँधमा आइपुगेको छ । यो महान सम्भावना नेपाली राष्ट्रले प्राप्त गरेको तेस्रो सम्भावना र मौका हो । विगतमा यस्ता सम्भावनाहरु गुमेका छन र चुकेका छन् । विगतबाट गम्भीरतापूर्वक शिक्षा लिँदै यो सम्भावना तथा मौकालाई वास्तविकतामा बदल्ने संकल्प नै आजको जीवन मरणको संकल्प हो । २१ औं शताब्दीको पहिलो समाजवादी मुलुक नेपाललाई बनाउने नयाँ संकल्पका साथ दुई मुलधारका कम्युनिष्ट पार्टीहरुले एकता गरेर शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण भएको छ । अब राष्ट्रका अगाडि देखा परेको यो मौका र सम्भावना वास्तविकतामा बद्लिने सुनिश्चित पनि भएको छ । रुस चीनलगायत संसारका कतिपय देशहरुमा समाजवाद स्थापना गर्दा अन्तराष्ट्रिय परिस्थिती अलि भिन्नै थियो । विश्वयुद्धले थलिएको साम्रज्यवाद, मजदुर आन्दोलन एवं राष्ट्रिय मुक्ति आन्दोलनको लहर स्थापित कम्युनिष्ट पार्टी र दूरदर्शी नेतृत्वका साथै कतिपय देशमा समाजवाद स्थापन हुँदा साथ दिने समाजवादी शिविर पनि थियो । आज नेपालमा त्यो स्थिति छैन्, बरु भिन्दै ढंगका आधार र तथ्यहरू विद्यमान रहेका छन् । कुनै विश्वयुद्धकै सम्भावना अहिले देखा पर्दैन बरु साम्रज्यवाद विरोधी मोर्चा बन्न सक्छ । जे होस यति बेला नेपालमा यस्ता केही वस्तुगत तथ्य र आधारहरु विकास भएका छन् । कम्युनिष्ट पार्टीको नेतृत्व भएकाले ‘समृद्ध नेपाल र सुखी नेपाली’ भन्ने मूलमन्त्रको अभिभारा पूरा गर्दै जाँदा नेपालमा समाजवाद स्थापनाको आधार पनि तयार हुँदै जाने छ । अब वास्तविक समाजवाद स्थापना गर्ने आधार र तथ्य एवं चुनौती बारे चर्चा गरौं । १) बहुसंख्यक जनता वामपन्थी हुनु: नेपालमा अधिकांश जनता वामपन्थी छन् । जो जनयुद्ध शान्तिपूर्ण आन्दोलन र संसदीय संघर्षबाट खारिएर बनेको वाम जनमत हो । चिली, ईन्डोनेसिया, निकारागुवालगायतका देशमा सोवियतसंघबाट प्रभावित भएर वाम जनमत बनेको थियो भने रुस, चीनमा समाजवाद स्थापनपछि विशाल वाम जनमत विकास भयो । तर नेपालमा लामो समयदेखि विभिन्न चरित्रका संघर्षबाट खारिएर विकास भएको विशाल वाम जनमत हो । यो वाम जनमतको आकांक्षा नेपालमा समाजवाद स्थापना गर्नु हो । २) शक्तिशाली पार्टी र स्थापित नेतृत्वको टिम हुनु: विश्वभरी कम्युनिष्ट पार्टीको पहिचान निरंकुश, एकदलिय र अधिनायकवादका रुपमा चित्रित गरिएको छ । कम्युनिष्ट पार्टीको नेतृत्वलाई तानाशाहका रुपमा बदनाम गरिएको छ । तर नेपालको कम्युनिष्ट पार्टीको पहिचान लोकतान्त्रिक पार्टीका रुपमा भएको छ । आधा दर्जनबेसी राज्यको उच्च ओहदामा बसेका नेताहरुको टिम छ । हजारौं हण्डर ठक्कर खाएर आफूलाई अब्बल साबित गरिसकेका सयौं नेता र हजारौं कार्यकर्ताको विशालपंक्ति छ । विश्वमा कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा भएको बेला नेपालमा त्यसको ठिक विपरित अवस्थामा छ । पार्टीको जनतासँगको सम्बन्ध पानी र माछाजस्तो छ । पार्टी, सत्ता र सरकारमा छ । ३) स्थानीय तहदेखि केन्द्रसम्म वाम वर्चश्वको सरकार हुनु: देश पहिलो पटक संघीय प्रणालीमा गएको छ । सिंहदरबारको अधिकार गाउँसम्म पुगेको छ । संघीयता कार्यान्वयन र अधिकार सम्पन्न स्थानीय तह भएको बेला स्थानीय तहदेखी केन्द्रसम्म झण्डै झण्डै दुई तिहाई बहुमतको वाम सरकार छ । यो सरकारले न्यूनतम रुपमा आफ्नो ड्यूटी पूरा गर्न बित्तिकै समाजवाद निर्माणको पूर्वाधार खडा हुन्छ । समृद्ध नेपाल र सुखी नेपालीको सपना साकार हुन्छ । देशमा लामो समयदेखि कहिले राणा शासन, कहिले निरंकुश, राजतन्त्र र कहिले अस्थिरताको शिकार हुने विरासत अब सदाको निम्ति अन्त्य भएको छ । अब स्थिरता, सुशासन र समृद्धिको नयाँ युगको सुरुवात भएको छ । ४) समाजवादको बाधक दलाल नोकरशाही पुँजीवाद कमजोर हुनुः समान्तवादको अन्त्यसंगै अब नेपाली समाजको बाधक दलाल नोकरशाही पूँजीवाद हो । राणा, पञ्चायत र निरंकुश राजतन्त्रभन्दा दलाल, नोकरशाही, पूँजीवाद अहिले नै कमजोर छ । यसले गहिरोसंग आफ्ना जरा गाड्न पाएको छैन् र सुदृढ पनि छैन । नेपालमा राष्ट्रवादी भावना धेरै बलियो छ जसले दलाल पूँजीवादको हैन, आत्मनिर्भर तथा औद्योगिक पूँजीवादको विकास गर्न टेवा पुऱ्याउने छ । दलाल पूँजीवादहरुलाई राष्ट्रिय पूँजीवाद सम्पतिमा रुपान्तरण हुने अवसर पनि रहने भएकाले दलाल पूँजीपति वर्ग कम्जोर बन्दै जान्छ । ५) समाजवाद उन्मुख संविधान हुनु: संविधान सभाबाट निर्मित संविधानमा श्रमजीवी वर्गको हित अनुकुल ‘मौलिक हक’ सुनिश्चित गरिएको छ । आवश्यकता अनुसार संविधानको परिमार्जन र संशोधन गर्ने ढोका खुला गरिएको छ । संविधानको मूल प्रस्तावनामा समाजवाद-उन्मुख भनेर उल्लेख छ । संवैधानिक ढंगबाटै वास्तविक समाजवाद स्थापन गर्न सकिने बाटो पनि खुला गरिएको छ । बहुसंख्यक जनताको साथ र विश्वास लिएर संविधान संसोधन गर्न सकिने संवैधानिक प्रावधान सुनिश्चित गरिएको छ । ६) सम्राज्यवाद विरोधि संयुक्त मोर्चा: क्रान्ति र परिवर्तनको अन्तराष्ट्रिय प्रमुख बाधक साम्राज्यवाद हो । पूँजीवादको अन्तिम रुप साम्राज्यवाद रणनीतिक हिसावले कागजी बाघ हुँदाहुँदै तत्कालको निम्ति वास्तविक बाघ नै हो । तसर्थ सच्चा क्रान्तिकारीहरूको आपसी संयुक्त मोर्चाको साथसाथै साम्रज्यवाद विरोधी संयुक्त मोर्चा बन्ने आधार तयार भएका छन् । यतिबेला चीन, उत्तर कोरियालगायत दक्षिण अमेरीकि मुलुक समेतको शक्तिशाली मोर्चा बन्ने आधार प्रशस्त भएको छ । ७ ) नारा र गन्तब्यमा देश एकताबद्ध: अबको उद्देश्य र गन्तब्य समाजवादी गणतन्त्र कार्यक्रम र योजनाहरु नारामा व्यक्त हुन्छ । नारा जनवोली र जनजिब्रोबाट ब्यक्त हुन्छ । सबैका मन र मष्तिष्कमा बास गरेको नारा बलवान र शक्तिशाली हुन्छ । यतिबेला सबै नेपालीको साझा नारा बनेको छ ‘समृद्ध नेपाल र सुखी नेपाली’ । समृद्धि र सुख निश्चय पनि वर्ग पक्षधर हुन्छ । वर्गपक्षधर समृद्धि र सुखको उत्कर्ष भनेको समाजवादी गणतन्त्र नै हो । सबैको साझा र संयुक्त नारा अर्थात मुलमन्त्र भनेको समाजवादी गणतन्त्र नै हो । सामान्यतः कल्पनाबाट भावना, भावनाबाट विचार, विचारबाट भौतिक शक्तिको विकास हुन्छ । विचारको शक्तिले भौतिक शक्तिको रुप लिईसकेपछि त्यो शक्तिशाली बन्छ । उपरोक्त आधार र तथ्यहरुको विश्लेषणबाट नेपालमा समाजवाद स्थापना गर्न सकिन्छ भन्ने निष्कर्ष निकाल्न सकिन्छ । तर समाजवाद स्थापना गर्न समाजवादको मोडेल अर्थात् समाजवादी क्रान्तिको कार्यदिशा र समाजवादी क्रान्तिको नेतृत्व गर्न लायकको कम्युनिष्ट पार्टीको आवश्यकता पर्दछ । यी दुबै कुरा कतै पनि बनिबनाउ वा रेडिमेड रुपमा फेला पर्दैनन् । न त कुनै विज्ञ वा प्राज्ञहरुको दिमागबाट फुत्त झर्छन्, न त कतै ठूला–ठूला किताबका ठेलीहरुमा नै फेला पर्छन् । यो त दृढ ईच्छाशक्ति र संकल्प भएका लाखौं करोडौ मान्छेहरुले सामूहिक रुपमा खोज, अध्ययन र अनुसन्धानको महाअभियानबाट नयाँ संष्लेषणमा पुग्ने महान कार्य हो । महान मार्क्सले सर्वाधिक बढी बेलायत, जर्मन र फ्रान्स पढ्नु भयो । मुख्यत: पूँजीवाद पढ्नु भयो । त्यही पूँजीवाद पढेर दूध  निकाल्नु भयो , दही जमाउनु भयो, त्यही दही मथेर घ्यू निकाल्नु भयो । त्यही घ्यू वैज्ञानिक सिद्धान्त बन्यो । जो आज पर्यन्त आकाट्य छ, जड हैन गतिशील छ । २१ औं शताब्दीको युग सुहाउँदो , नेपाली विशेषता र मौलिकता अनुसारको समाजवादको मोडेल कस्तो हुनुपर्छ ? यो आजको सर्वाधिक महत्वपूर्ण वैचारिक कार्यभार हो । लक्ष्यप्रतिको दृढता र जनभावना प्रतिको लचकताले मात्र ठीक ठाउँमा पुग्न सकिन्छ । लक्ष्य प्राप्टीको दृढता भनेको जडता हैन न त जनभावनाप्रतिको लचकता भनेको वर्ग समन्वयता नै हो । विगतमा समाजवाद प्रयोगमा सिमा र कमीहरू रहे । सम्पूर्ण थोक राज्यको स्वामित्वको नाममा पार्टीको स्वामित्व र अझ एकाध ब्यक्तिको मात्रै स्वामित्वमा केन्द्रित भएर नेकरशाही प्रवृति हावी भयो । नजानिदो ढंगले राज्य नै निरंकुश र नोकरशााही हुन पुग्यो । कम्युनिष्टहरुलाई एकदलिय र अधिनायकवादीका रुपमा संसारभरि चित्रित गरियो । क्रान्ति, प्रतिक्रान्ति र असफल क्रान्तिबाट शिक्षा र पाठ सिकेर नयाँ मोडेलको समाजवादको विकास गर्न जरुरी छ । तीन खम्वे स्वामित्व रहेको नेपाली मोडेलको समाजवादको विकास नै आजको आवश्यकता हो । उत्पादनका प्रमुख साधन स्रोतहरुमा राज्यको स्वामित्व रहने, कतिपय साधन र स्रोतहरुमा समुदायको स्वामित्व रहने र कतियप साधन र स्रोतहरुमा ब्यक्तिको स्वामित्व रहने प्रणालीनै तीन खम्बे स्वामित्व प्रणाली हो । सामूहिक उत्पादन र सापेक्षित समान वितरण नै यसको मूल मर्म हो । सबैचिजमा व्यक्तिको स्वामित्व तर सामूहिक उत्पादन र असमान वितरणका कारण पूँजीवाद चिहानमा पुग्छ । त्यही चिहानबाट सचेत पहलको परिणाम समाजवादको स्थापना हुन्छ । नेपाली माडेलको समाजवाद विकास गरेर मात्र यहाँको समस्याको समाधान हुन्छ र संसारभरी नयाँ संदेश जान्छ । असल साध्य खराब साधनले पूरा गर्न सक्तैन । सुन्दर र महान साध्य प्राप्त गर्न सुन्दर र महान साधन नै चाहिन्छ । नेपालमा कम्युनिष्ट पार्टी स्थापना भएदेखि जनवाद,समाजवाद, साम्यवादमा मतभेद भएन तर जनवाद समाजवादमा पुग्ने बाटोको बारे लामो समय मतभेत भइरह्यो । यही कारण झण्डै आधा शताब्दी लामो समय त्यही क्रान्तिको बाटो कुन हो, भनेर दर्जनौ टुक्रामा कम्युनिष्टहरु फुटिरहे । आफुलाई सहि साबित गर्न र अस्तित्व रक्षा एवं विकास गर्न एकअर्कालाई संगीन आरोपहरु लगाईरहे । शसस्त्र संघर्षको बाटोबाट मात्र जनवादी क्रान्ति गर्न सकिन्छ भनेर तत्कालिन कोर्डिनेशन केन्द्रले झापामा हतियार उठायो । परिस्थिती तयार नहुँदै हतियार उठाउनु गलत भयो भनेर तत्कालीन केन्द्रीय न्जुक्लियसले झापा विद्रोहलाई उग्रवामपन्थी भटकाव भन्यो । कालान्तरमा त्यही कोके, शुरुमा मालेपछि एमालेका रुपमा विकास भयो भने त्यही केन्द्रीय न्युकलस, चौम, मशाल, एकताकेन्द्र हुँदै माओवादीमा विकास भयो । माओवादीले जनवादी क्रान्तिको निम्ति ०५२ सालदेखि महान जनयुद्धको थालनी गऱ्यो । एमालेले यो जनयुद्धलाई उग्रवामपन्थी भटकाव हुँदै आतंककारी देख्न पुग्यो भने माओवादीले संसदीय संघर्ष गरिरहेको एमालेलाई प्रतिक्रियावादमा पतनसम्म देख्न पुग्यो । यस्ता संगीन आरोप प्रत्यारोपका बावजुद एकआपसमा सहकार्य पनि भइरहेको थियो । परिणाम स्वरुपमा १२ बुँदे सम्झैता, विस्तृत शान्ति सम्झौता, संविधान सभाको चुनाव, संघीय गणतन्त्रको घोषणासम्म आइपुग्दा फरक स्थिती बनिरहेको थियो । पहिलो र मुख्य कुरा नेपालमा जनवादी क्रान्ति दस्ताबेजमा लेखे जसरी माओको नेतृत्वमा ची हैन नेपाली मौलिकतामा पूँजीवादी जनवादी क्रान्ति भयो भन्ने बुझाईमा एकरुपता देखियो । दोस्रो अब नेपाली क्रान्तिको बाटो भनेको शान्तिपूर्ण राजनीति र दलिय प्रतिस्पर्धा हो भन्ने निष्कर्ष समान ढंगको नै रहन गयो । तेस्रो अब नेपालमा गर्ने क्रान्ति भनेको जनवादी क्रान्ति नभएर समाजवादी क्रान्ति हो भन्ने निष्कर्षमा पनि समान बुझाई नै रह्यो । चौथो कुरा, तत्काल संविधानको कार्यान्वयन, अस्थिरताको अन्त्य, राष्ट्रको समृद्धि र जनताको जीवनस्तरमा परिवर्तन भन्ने निष्कर्षपनि एउटै रहन गयो । यसरी सारतत्व र अन्तरवस्तुका हिसाबले धेरै सैद्धान्तिक राजनैतिक बिषयहरु मिलिसकेपछि एकताको विकल्प पनि रहेन । माओवाद २१ औं शताबदीको जनवाद जनताको बहुदलीय जनवाद, इतिहासको मुल्यांकनलगायतका कतिपय विषयहरुमा आगामी एकताको महाधिवेशनमा छलफल गर्ने सहमति सहित दुई मुलधारका ठूला पार्टीहरुको गत जेठ ३ गते एकताको घोषणा भयो । जुन एकताले विश्वको ध्यान खिच्न सफल भएको छ । यी दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकताले एकातिर प्रचुर सम्भावनाहरुको ढोका खोलेको छ, अर्को तिर डरलाग्दा चुनौतीहरुलाई जन्मपनि दिएको छ । मुख्य कुरा एकताको रक्षा र विकास गर्ने चुनौती हो । मुल नेतृत्व टिममा प्रगाढ सम्बन्धको विकासमा र पार्टीभित्रका विभिन्न प्रवृतिहरु एक अर्काका बाधक हैन परिपुरकका रुपमा लिएर मात्र एकताको रक्षा र विकास गर्न सकिन्छ । लामो समय फरक धारा र स्कुलबाट अभ्यस्त भएर आएका पार्टीहरुको एकता पछि सामुहिक टिमस्प्रीट पैदा गर्न विधि र पद्धतिलाई संस्थागत गरेर मात्र सम्भव छ । नेपालको पूँजीवादी जनवादी क्रान्ति जनयुद्धकै जगमा भएको हो भन्ने एउटा पक्षले र संसदीय अभ्यास र आन्दोलनले उक्त परिवर्तनमा महत्वपूर्ण भूमिका खेलेको हो भन्ने अर्को पक्षले हृदयदेखि आत्मसात नगरी एकता सुदृढ हुन सक्दैन् । त्याग तपस्या बलिदानको जगमा खडा भएको नैतिक बल एवम् क्रान्ति र परिवर्तनका नारा ऐजेण्डाहरुलाई एउटा पक्षले आत्मसात गर्ने साथै लामो समय दलीय प्रतिस्पर्धा गर्दै आउँदा विकास भएको जनसम्बन्ध एवं विकास गरिएको विधि पद्धतिलाई अर्को पक्षले आत्मसात गरेर मात्र एकतालाई नयाँ उचाईमा उठाउन सकिन्छ । पुराना आग्रह पूर्वाग्रहबाट मुक्त भएर पुराना सोच मानसिकता र पार्टीहरु मिलेर नयाँ, सकारात्मक सोच र पार्टीको पुनर्गठनको मुल मर्मलाई आत्मसात गरेर मात्रै यो विशाल पार्टीको नेतृत्व गर्न सकिन्छ । निष्कर्षमा ज्वारभाटाका विरुद्ध जाने हिम्मत नगरी अबको भूमिका पूरा गर्न असम्भव छ । एकातिर पराजित भएको शक्ति आफुमाथि लागेको धुलो टकटकाउदै पराजयको कारण पत्ता लगाएर दशौं गुणा शक्तिशाली भएर आउछ भने अर्कोतिर जितेको शक्ति दम्भ, घमण्ड र अहंकारले फुलेको हुन्छ । अघि बढ्ने विनम्रता र सिक्नमा सिपालु नभएर यो चुनौतीको सामना गर्न सकिदैन् । एकातिर ज्ञान, अनुभव, पूँजी र प्रविधिको सिमा र कर्म छ भने अर्को तिर विद्युतिय गतिमा संघीयताको कार्यान्वयन गर्नुपर्ने आवश्यकता छ । एकातिर संविधान संसोधन गरेर कार्यकारी राष्ट्रपतीय प्रणालीमा लिनुछ, भने अर्को तिर राष्ट्र लाई एकतावद्ध गर्नु छ । एकातिर सीमित साधन स्रोत र पूँजीद्वारा रणनीतिक ढंगले भौतिक पूर्वाधार खडा गर्नु छ भने अर्को तिर आम जनताका असीमित अपेक्षाहरु पूरा गर्नुछ । यी कठिन तर अनिवार्य कार्यभारहरु हुन् । समाजवादप्रतिको अविचलित आस्था र संकल्प, जनता र पार्टीप्रतिको अदाम्य विश्वास, सकारात्मक र सृजनशील सोँच र भावनाले मात्र देश र जनतालाई एकताबद्ध गर्न सकिन्छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा एकताले मात्र समाजवादी गणतन्त्र स्थापन गर्न सकिन्छ । मान्छे समस्याको जड मात्र हैन् । समाधानको चाबी पनि हो । अब निराशा असंभव सम्भवमा, अभावहरु सम्पन्नतामा बदलिनेछन् । त्यागको भब्य जगमा सबैभन्दा क्रान्तिकारी नारा एजेण्डा र विशाल जनमतको समायोजन हुनेछ । समाजवादी गणतन्त्र स्थापन हुने छ । स्वर्णिम अक्षरले नयाँ इतिहास लेखिनेछ ।

आजको मौसम

लोकप्रिय