माओवादीले घोषणा गर्यो माडीको विशेष बिकास प्याकेज

माओवादीले घोषणा गर्यो माडीको विशेष बिकास प्याकेज

नयाँ माडीको निर्माण को बाम सपना

नेकपा माअाेवादी केन्द्रका अध्यक्षले चितवन माडीका लागि ४८ बुँदे विशेष बिकास प्याकेज घोषणा गरेका छन् ।

  •  माडी उपत्यकाभित्र भित्री र बाहिरी गरी दुईवटा चक्रपथ निर्माण गरिने छ, जसअन्तरगत सेरुवाबाट गोद्धक, बसन्तपुरबाट सोमेश्वर, कीर्तनपुरबाट हरिनगर, गोपालनगर र गौरीनगर (माछापोखरी) र खरकट्टाबाट बैकुण्ठ तालसम्मको करीब २५ किलोमिटर बाटो तत्काल पिच गरिनेछ ।
  • मौजुदा दुईवटै कृषि सडकहरु दुबै कृषि सडकहरु ‘क’ (सेरुवा-शिखारीपुर-अम्वाबास-सिम्रहनी-शितलपुर-खैरहनी-बेलुवा-लक्ष्मीबास हुँदै देवेन्द्रपुर-कान्तिपुर-गणेशकुञ्ज हुँदै बगहीँ) र ‘ख’ (गर्दी-भैरवपुर-बैराठ-इनारबरुवा-हरिनगर-गोपालनगर-घाँघर-शिवद्वार हुँदै कृष्णनगर हुँदै बगहीँ)को स्तर उन्नती गरी कालोपत्रे गरिनेछ ।
  • माडीभित्रका अन्य भित्री सडकहरुको स्तरोन्नती गरिनेछ ।
  • चितवन राष्ट्रिय निकुञ्ज भित्रको राप्ती पुलदेखि रेवा पुलसम्म बाटो चौडा गरी स्तरीय ग्राभेलिङ (पिच) गरिने छ ।
  • राष्ट्रिय महत्वको बिषय बनाई चितवन राष्ट्रिय निकुञ्जमा हवाई ब्रिज (आकाशे पुल)को निर्माण पहल गरिने छ ।
  • हुलाकी सडकको स्तरोन्नती गरी मगुई, बाँदरमुडे, रिमाल खोला, चन्द्रे खोला, जीवनपुर खोला, खरकट्टा खोला, वैकुण्ठ खोला, टम्टा खोला, घाँघर खोला, बगई खोला आदि खोलाहरुमा पक्की पुल निर्माणको प्रक्रिया सुरुवात गरिने छ ।
  • माडीका सम्पूर्ण ठाडा खोलाहरुमा तटबन्धन गरिने छ ।
  • बहुउद्देश्यीय रीउ परियोजना निर्माण गरी बगहीँदेखि पाँचपाण्डवसम्म नदी एवं बन्यजन्तुको बस्तीप्रवेश नियन्त्रणका लागि ड्याम निर्माण गरी चार लेनको वाइपास रोड बनाइने छ ।
  • स्वीकृत मगोइ सिंचाई परियोजना निर्माण कार्य अन्तरगत दुई बर्षभित्र नहर बनाई सञ्चालनमा ल्याइनेछ र रीउ एवं परुई सिंचाई परियोजना सुरुवात गरिनेछ ।
  • बाल्मीकि आश्रम, पाँचपाण्डव (गोद्धक), सोमेश्वर गढी र बैकुण्ठे क्षेत्रलाई देशकै मुख्य धार्मिक एवं पर्यटकीय क्षेत्रका रुपमा विकास गरिने छ ।
  • एक वर्षभित्रमा माडीका हरेक घरमा बिजुली पु-याइनेछ । विजुली नपुगेका बस्तीमा बैकल्पीक उर्जाको व्यवस्था गरी उज्यालो माडीको घोषणा गरिने छ ।
  • आगामी दुई बर्षभित्र डिप बोरिङ गरी हरेक घरमा स्वस्थ सफा र शुद्घ पिउने पानी पु-याइने छ ।
  • तत्काल माडी क्याम्पसको स्तरोन्नती गरी स्नातकोत्तर (मास्टर्स) तहका साथै विज्ञान र प्राविधिक शिक्षा सञ्चालन गरिने छ ।
  • माडीका सबै मा.वि. मा ९-१२ मा प्राविधिक शिक्षा पठनपाठन गराइनेछ । सबै आधारभुत विद्यालयलाई अनिवार्य अङ्ग्रेजी र गुणस्तरीय शिक्षा एवं प्राथमिक तहमा अत्याधुनिक बालमैत्री (मन्टेश्वरी) कक्षा सञ्चालन गरिने छ ।
  • दराई, बोट, चेपाङ, तामाङ, दलित र परिचयपत्रका आधारमा विपन्न र सुकुम्वासी समुदायका वालबालिकाहरुलाई उच्च शिक्षा निःशुल्क व्यवस्था गरिनुका साथै समग्र विकासको प्याकेज कार्यक्रम सञ्चालन गरिने छ ।
  • दिवाकर स्मृति बहुप्राविधिक शिक्षालय निर्माण गरी सञ्चालनमा ल्याइने छ ।
  • २४सै घण्टा डक्टरको उपस्थितिमा माइनर अप्रेसन समेत गर्न मिल्नेगरी बसन्तपुरमा ५१ सैयाको हस्पिटल निर्माण गरी नौवटै वडाहरुमा प्राथमिक स्वास्थ्य केन्द्रको स्थापना गरिने छ ।
  • दाँत, आखा र प्रसुती सेवाका निम्ति छुट्टै उपचार केन्द्रहरु निर्माण गरिने छ । सुविधा सम्पन्न ५ थान एम्वुलेन्स सहित एक ब्लड बैंकको व्यवस्था गरिने छ ।
  • परिचय पत्रका आधारमा विपन्न वर्गका जनताको सवै खाले उपचार निःशुल्क गरिने छ ।
  • वर्गका आधारमा मालपोतको व्यवस्था गरिने छ ।
  • बाँदरझुला, कुसुमखोला, पौहारी, छरछरे, कान्तिपुर, मजुवा, ढिकुरबारी, बनकट्टा आदि ठाउँका जनताको वास्तविकता अध्ययन गरी सुकुम्वासी र बाढीपीडितहरुलाई उचित बसोबासको व्यवस्था मिलाई लालपुर्जा वितरण गरिने छ ।
  • सिमरा र अमेलिया गाउँलाई रीउ नदी वारी व्यवस्थित एवं नमुना गाउँ बनाई सारिने छ ।
  • पाँचपाँण्डव द्रौपतीनगर सितलपुर छरछरे ढुकुरबारी मझुवा स्याउलीवास घोसरी लक्ष्मीनिवास लगायतका वस्ती साथै अन्य क्षेत्रका ऐलानी पर्ती जमिनमा बसोवास गर्नेलाई लालपुर्जा वितरण गरिने छ ।
  • मोही आन्दोलनवाट स्थापित मोही अधिकारको संरक्षण गरिने छ । मोही किसानलाई लालपुर्जाको व्वस्था गरिने छ ।
  • आदिवासी (थारु) जातीको संङ्ग्रहालय निर्माण गरिने छ । थारु जातीको भाषा, साहित्य र सँस्कृतिको जगेर्नाका गर्नका लागि विशेष कार्यक्रम ल्याइने छ ।
  • अपाङ्गहरुको पहिचान गरी ह्वील चेयर लगायतका साधन वितरण गरी जीवनयापन भत्ता दिइने छ । आगामी विकास निर्माणका पुर्वाधारहरुलाई अपाङ्ग मैत्री बनाइने छ ।
  • बसन्तपुरमा अन्तराष्ट्रिय स्तरको खेलकुद स्टुडियम निर्माण गर्ने तथा बरुवा, बगहीँ, कल्याणपुर र बनकट्टामा उच्च स्तरीय खेल मैदान निर्माण गरिने छ ।
  • नौ वटै वार्डमा कवर्ड हलको निर्माण गरिने छ ।
  • माडीको छरछरेमा अत्याधुनिक एवं सुविधासम्पन्न बृद्धाश्रम बनाइने छ ।
  • ठोरी केरुङ अन्तरदेशिय लोकमार्गलाई माडीबाट लैजाने व्यवस्था गरिने छ ।
  • ठोरी नाकालाई स्तरोन्ती गर्न स्थानिय तहहरुका बिच समन्वय गरी अन्र्तदेशीय आर्थिक कारोवारको ट्रान्जिट पोइन्टको रुपमा स्थापना गरिने छ ।
  • आयमुलक र शीपमुलक कार्यक्रम तथा घरेलु र साना उद्योगहरुलाई अगाडि बढाइने छ ।
  • राष्ट्रिय निकुञ्जबाट हुने जंगली जनावरको बस्तीप्रवेश रोकथामका लागि विद्युतीय तारवार गरी भए गरेका क्षतीप्रति दुई हप्ताभित्र सतप्रतिशत क्षतीपुर्तिको व्यवस्था गरिने छ ।
  • बन्यजन्तु आक्रमणबाट जीउज्यान क्षती हुँदा न्यूनतम् दश लाख क्षतीपुर्तीको व्यवस्था गरिनेछ ।
  • राष्ट्रिय निकुञ्जका ऐनहरुले जनमैत्री हुनेगरी शंसोधन गर्न पहल गरिनेछ ।
  • जैविक विविधता संरक्षण र जलवायु परिवर्तनका असरहरुलाई कम गर्न अनुकूलन कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
  • दिवाकर बाटिका, एकता स्तम्भ, छरछरे मितेरी पार्क र सहिद स्मृति पार्कको निर्माण कार्य पुरा गरिने छ ।
  • एक वडा एक विशेष कृषि उत्पादन इकाई स्थापनाको नीति अनुरुप प्राङ्गारिक कृषि उत्पादन कार्यक्रम सञ्चालन गरि कृषकहरुको आयस्तर विकास गरिनेछ ।
  • मत्स्य, फलफुल, पशुपालन, तरकारी खेतीलाई पकेट क्षेत्रका रुपमा विकास गरी अनुदानको व्यवस्था गरी किसानहरुलाई व्यवसायप्रति उत्साहित गरिने छ
  • नदीकिनारका बगर क्षेत्रमा एकल एवं कृषि सहकारीहरुमार्फत बगर खेती कार्यक्रम सञ्चालन गरिनेछ ।
  • खेतीयोग्य जमीनहरुमा डिप बोरिङ्, थोपा सिंचाई लगायतका सिंचाइको व्यवस्था मिलाइनेछ ।
  • रेवा नदी किनारमा पाण्डवनगर, अमिलिया, धोवाहा, सिमरा र बगहीँलाई पर्यटकिय क्षेत्रको रुपमा विकास गरिने छ ।
  • राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावरको अवलोकनका लागि भ्युटावरहरु निर्माण गरिनेछ भने भ्युटावरको वरपर ‘वाल्ड लाइफ क्याम्प’ मोडलका होमस्टे र होटल सञ्चालन गरिनेछ ।
  • माडीका ठाडा खोलाहरु जमिनभन्दा माथि उठ्दैछन् । त्यसलाई हल गर्न माडी नगरपालिकाको मातहतमा रहनेगरी स्थानीय जनताको समेत सेयरमा ठूला क्रसर उद्योग सञ्चालन गरिनेछ ।
  • सहकारीमार्फत चिरानी (स-मिल) उद्योग सञ्चालन गरिनेछ ।
  • फोहोरमैला व्यवस्थापन गर्न आधुनिक डम्पिङ्ग साइडको निर्माण गरिनेछ ।
  • सहिद तथा योद्धाहरुको स्मृतिमा पार्क, हरेक वार्डमा पिकनिक स्पट र बाल उद्यानको निर्माण गरिनेछ ।
  • माडीलाई नगर विकासको मापदण्ड अन्तरगत सुन्दर र समृद्ध माडी बनाइने छ ।
  • बृद्धभत्ता लगायत अन्य सामाजिक सुरक्षा भत्ताहरु थप गरी वितरणको व्यवस्था सहज र सर्वसुलभ बनाइने छ ।

अध्यक्ष प्रचण्डद्वारा ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान

काठमाडौं, १३ असोज । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गर्नुभएको छ। उहाँले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गर्नुभएको हो । तामाङले हिजो शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उहाँकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाउनुभएको थियो । टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए । खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गर्नुभएको थियो । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ । सँगै बगेका राजुका भाई २२ वर्षीय राज आफै पौडेल उत्रनुभएको थियो भने राजकी छोरी ४ वर्षीया शेर्तु साहको अवस्था अज्ञात रहेको छ । ‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिनुभयो । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उहाँले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताउनुभयो । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताउनुभयो । काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुनुहुन्छ । उहाँका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गर्नुभएको थियो । सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताउनुभयो । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताउनुभयो । उहाँले सानोमा सुनकोशी नदीमा पौडी खेल्दा सिकेको सिपले दुई जनाको ज्यान बचाउन सकेको बताउनुभयो ।

झ्याप्लेखोला पहिरोबाट थप १५ शव निकालियो, मृतकको संख्या २९

काठमाडौं ।  झ्याप्ले खोलामा पुरिएका  १५ जनाको शव निकालिएको छ । फेला परेका शव गोरखाबाट काठमाडौंतर्फ आउँदै गर्दा सम्पर्कविहीन भएको बसका यात्रु हुन सक्ने प्रहरीले अनुमान गरेको छ । पहिरो पन्छाउने क्रममा झ्याप्ले खोलामा एउटा बस पुरिएको अवस्थामा फेला परेको थियो । अहिले बस निकाल्ने काम भइरहेको छ । सोही क्रममा शव फेला परेको हो । फेला परेको बस आधामात्रै देखिएकाले बस नम्बर पहिचान भइसकेको छैन । सशस्त्र प्रहरी, नेपाली सेना, नेपाल प्रहरीसहितको टोली उद्धारमा खटिएको छ । झ्याप्ले खोलामै हिजो दुई वटा बस पुरिएको अवस्थामा फेला परेका थिए । ती बसबाट हिजो १४ जनाको शव निकालिएको थियो । (अद्यावधिक गरिएको ।)

शेखर कोइरालाको प्रश्न– मन्त्री निवासनजिकै नागरिकले बचाउ बचाउ भन्दा नसुन्ने सरकार कहाँ छ ?

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विपद् व्यवस्थापन र नागरिकको जिउधनको सुरक्षा गर्ने कुरामा सरकार उदासिन देखिएको बताउनुभएको छ । कांग्रेसको सल्यान–काठमाडौं सम्पर्क समितिले शनिवार काठमाडौंमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले देशका प्रायः सबै राजमार्ग बन्द भएको प्रसङ्ग उल्लेख गर्दै सरकारको आलोचना गर्नुभएको हो । ‘राजधानी काठमाडौं उपत्यका र बाहिरी जिल्लाको सडक सम्पर्क टुटेको छ । जिल्ला सदरमुकामहरू सडक सम्पर्कबाट विच्छेद छन् । बस्तीहरू डुबानमा छन् । नागरिकहरू चरम सङ्कटमा छन् । तर सरकार कहाँ छ ?’  नेता कोइरालाले हेर्दाहेर्दै र देख्दादेख्दै राजधानीमै मान्छे बगाएको घटनालाई समेत सरकारले बेवास्ता गरेको आरोप लगाए । सरकार भनेको केवल कुर्सी र पदमात्रै नभएको बताउँदै उनले प्रश्न गर्नुभयो– ‘मन्त्री क्वार्टरकै छेउबाट नागरिकले बचाउ बचाउ भन्दै बगेको घटनाले राज्यलाई अलिकति पनि छोएन ?’ मौसम पूर्वानुमान महाशाखाले मिति नै तोकेर भारी वर्षा हुन्छ भनेपनि सरकार सजग नहुँदा ठूलो मानवीय क्षति भएको कोइरालाको भनाइ छ । सरकारको यो चरम लापरबाही रहेको उनले दाबी गरे ।  कोइरालाले यस विपत्तिको घडीमा उद्धारमा जुट्न पार्टीका हरेक तहका नेताहरूलाई आग्रहसमेत गर्नुभयो । अविरल वर्षासँगै आएको बाढीपहिरोमा परेर शनिवार साँझसम्म देशभर ६६ जनाको मृत्यु भएको छ । बिहीवारदेखि परेको अविरल वर्षापछि आएको बाढीपहिरोमा परेर ६९ जना बेपत्ता भएका छन् । सबैभन्दा बढी मानवीय क्षति काठमाडौं उपत्यकामा भएको छ । उपत्यकामा ३४ जनाको मृत्यु भएको छ भने २१ जना बेपत्ता भएका छन् ।

बेपत्ताको खोजी र पुनर्स्थापनाको काम युद्धस्तरमा अघि बढाउन प्रचण्डको आग्रह

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपत् व्यवस्थापनमा सरकार उदासिन देखिएको भन्दै बेपत्ताको खोजी, घाइतेको उपचार, पुनर्स्थापना र पुनर्निर्माणको कामलाई युद्धस्तरमा अघि बढाउन सरकारलाई आग्रह गर्नुभएको छ ।  उहाँले आज प्रेस वक्तव्यमार्फत यस्तो आग्रह गर्नुभएको हो ।  प्रस्तुत छ, वक्तव्यको पूर्ण पाठ केही दिनयताको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको छ । पछिल्लो विपद्मा मात्रै झण्डै एक सय बढी नागरिकको ज्यान गएको छ भने ठूलो संख्यामा बेपत्ता र घाइते भएका छन् । हजारौं नागरिक घरवारविहीन भएका छन् । बाढी र पहिरोका कारण व्यक्तिका निजी सम्पत्तिदेखि सार्वजनिक पूर्वाधारको क्षेत्रमा ठूलो क्षति भएको छ । राष्ट्र र जनताले भोग्नुपरेको यो क्षति र पीडाप्रति गहिरो दुःख व्यक्त गर्दछु । मृतकहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।  अहिले पनि ठूलो संख्यामा नागरिक बेपत्ता भएकाले उनीहरुको खोजी गर्नु, घाइतेहरुको उपचार गर्नु, घरबारविहीन भएकाहरुलाई सुरक्षित गर्दै पुनस्र्थापनाको काम सुरु गर्नु पहिलो कर्तव्य हुनेछ । तत्काल बेपत्ता नागरिकको खोजी, घाइतेहरुको निःशुल्क उपचार र विस्थापितहरुलाई पुनस्र्थापनाका लागि सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । भारी वर्षाको पूर्वाअनुमान हुँदाहुँदै पनि संभावित जोखिम पहिचान गरेर क्षति न्यूनीकरणका लागि सरकारले तत्काल पहलकदमी लिन नसकेकोप्रति दुःख व्यक्त गर्दछु । राजधानीमै उद्धारका लागि लामो समय प्रतिक्षा गर्दागर्दै बाढीमा बग्नुपर्ने जुन पीडादायी अवस्था देखियो, यसले जनताप्रति सरकारको चरम उदासीनता पुष्टि गर्दछ ।  अहिले पनि विभिन्न स्थानमा मुख्य राजमार्गसहित सडक, सञ्चार र विद्युतका पूर्वाधार क्षतिग्रस्त अवस्थामा छन् । नेपालीहरुका मुख्य पर्व दशैं तिहार नजिकिएकाले युद्धस्तरमा पुनर्निर्माणका काम थालेर सबै आधारभूत सेवा पूर्ववतरुपमा सञ्चालनका लागि तत्काल पहल अघि बढाउन सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु । हाम्रो पार्टीका सम्बन्धित क्षेत्रमा रहनुभएका सबै नेता कार्यकर्ता साथीहरु उद्धार र पुनस्र्थापनाको काममा लागिरहनुभएको छ । उहाँहरु सबैलाई धन्यवाद दिंदै बेपत्ता नगारिकको खोजी, बिस्थापितहरुको पुनस्र्थापना, क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका कार्यमा निरन्तर लाग्न पुनः निर्देशित गर्दछु ।  

लोकप्रिय