समृद्ध नेपाल मेरो परिकल्पना : प्रचण्ड

समृद्ध नेपाल मेरो परिकल्पना : प्रचण्ड

काठमाडौं, कात्तिक १९ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समृद्ध चितवन र नेपालको परिकल्पनासहित आफूले चितवन क्षेत्र नं. ३ बाट उम्मेद्वारी दिएको बताएका छन ।

आइतबार दिउँसो चितवनको गंगानगरमा आयोजित प्रचण्ड विजय अभियान कार्यक्रमको उद्घाटन गर्दै प्रचण्डले भने, “मलाई धेरै जिल्लाका साथीहरुले हाम्रो जिल्लाबाट चुनाव लड्नुपर्यो भनेर अनुरोध गर्नुभएको थियो । तर, मैले यसपटक चितवनबाटै चुनाव लड्ने अठोटका साथ आएको छु । म चुनाव जित्न मात्रै चितवन आएको होइन, चितवनको समृद्धिमार्फत् देशमा एउटा नयाँ सन्देश दिन र देशको नेतृत्व लिन तपाईहरुको बीचमा आएको छु ।”

“अब चितवनका सबै सडकहरु कालोपत्रे हुनेछन्, चितवनका सुकुम्बासीका समस्या समाधानका लागि बैकल्पिक व्यवस्था गरिनेछ” अध्यक्ष प्रचण्डले भने, “जंगली जनावरको आतंकलाई नियन्त्रण गर्न, नारायणी र राप्तीमा तटबन्ध गर्न, सबै सडकहरुलाई कालोपत्रे गर्न हामीले विशेष पहल गर्नेछौं । नारायणी र राप्तीमा तटबन्ध गरी रिङ्गरोड बनाएर चितवनको पर्यटकीय विकास गरिनेछ । पर्यटन, शिक्षा, स्वास्थ्य, जलविद्युतका सम्भावनाहरुलाई प्रचुर मात्रामा प्रयोग गरिनेछ । समृद्ध चितवनको निर्माण हाम्रो सपना हो ।”

कार्यक्रममा एमाले नेता देवी ज्ञवालीले राष्ट्रिय स्वार्थसामू व्यक्तिगत स्वार्थ प्रमूख हुन नसक्ने बताए । नेता ज्ञवालीले भने, “कतिपयले मलाई अस्तिको कुरा बिर्सिस् भनेर सोध्नुहुन्छ । हो मैले अस्तिको कुरा बिर्सें । राष्ट्रिय हितका सामू मेरो व्यक्तिगत स्वार्थ ठूलो हुन सक्दैन । नेपालमा एउटै कम्युनिष्ट केन्द्र बनाउने सपना सार्थक पार्न प्रचण्डको जीत अनिवार्य छ ।”

कार्यक्रममा शनिबार माओवादी प्रवेश गर्नुभएका राप्रपा प्रजातान्त्रिकका जिल्ला अध्यक्ष बद्री तिमिल्सिनाले प्रचण्डको विजयका लागि आफू माओवादी केन्द्रमा आएको बताउनु भयो । उहाँले भन्नुभयो, “बरु प्रचण्डलाई चितवन जरुरी नपर्ला । तर, चितवनलाई प्रचण्ड जरुरी छ । मैले माटो मूठीमा लिएर चितवनको विकास सोचें, समृद्धि सोचें । प्रचण्डको जीतले मात्रै चितवनको विकास सम्भव देखेर माओवादी केन्द्रमा आएको छु । हामीले प्रचण्डलाई कम्तिमा २० हजारको मत अन्तरले विजय बनाएर देखाउने छौं ।”

कार्यक्रममा बाम गठबन्धनका चितवन ३ ९क० का उम्मेदवार कृष्ण भूर्तेल, ३ ९ख० का उम्मेद्वार रामलाल महतो लगायतका वक्ताहरुले राजनीतिक स्थिरता र विकासका लागि बामपन्थीहरुले जित्नैपर्ने बताउनु भयो । आइतबार नै चितवनको चनौली र चम्पानगरमा आयोजित कार्यक्रमलाई अध्यक्ष प्रचण्डले सम्बोधन गर्नुभएको थियो ।

आइतबारका विभिन्न कार्यक्रममा नेपाली कांग्रेस र राप्रपा परित्याग गरी १०० भन्दा बढी कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चितवनमा प्रचण्डको उम्मेद्वारीसँगै प्रचण्ड विजय अभियानमा सामेल हुनेहरुको संख्या ह्वात्तै बढेको छ ।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय