म्यादी प्रहरीमा चर्काे विवाद, सिडिओ र एस्पि पनि विवादित

म्यादी प्रहरीमा चर्काे विवाद, सिडिओ र एस्पि पनि विवादित

भक्तपुर, कार्तिक १५ । आसन्न प्रदेश र प्रतिनिधि चुनावको लागी म्यादी प्रहरी छनौटको क्रममा पछिल्लो सामाजिक संजाल फेसबुकमा प्रहरी बर्दीमै प्रश्नपत्र खोसेर आफै उत्तरपुस्तिकालाई भरेको दिएको भिडियो र तस्विर भईरल भईरहेको छ । त्यो भिडियो महानगरिय प्रहरी परिसर भक्तपुरमा हवल्दार शैलेन्द्र बस्नेत र सिपाही कुमार श्रेष्ठ हो । त्यो भिडियो र तस्विर हो व्रहाण्डी खेल मैदान भक्तपुरको ।

म्यादी भर्ना छनौटमा प्रहरीबाटै यस्तो हुदाँ समेत सम्वधित निकायबाटै यतिसम्म नालायक हुदाँ समेत स्थानिय प्रशासनले दोषीमाथी कारवाही गर्ने आट गरेको छैन्न् । महानगरिय प्रहरी परिसर भक्तपुरले उल्टै म्यादी प्रहरीहरुलाई तालिममा समेत प्रत्यक्ष रुपमा जिम्मेवारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत हवल्दार वस्नेत र असई कुमार श्रेष्ठले छनोट स्थलमै गएर पैसा लिएका र सेक्स गर्नेहरुलाई छनोट विना नै भर्ना गराएका तथ्य समेत फेला छ ।

स्थानिय तहको निर्वाचनमा म्यादी प्रहरी छनोटमा घुस खानेदेखी सेक्स काण्डसम्म लफडा समेत भोगेका बस्नेत र श्रेष्ठले महानगरिय प्रहरी परिसर भक्तपुरले म्यादी प्रहरी भर्ना छनोट प्रकृयामा समावेश नै नगरी पाँच हजार देखी दश हजारसम्म लिएको पाईएको छ । केहीयता विभिन्न बाहनामा त्रसित बनाएर ति एकल महिलालाई भर्नामा सहयोग गर्ने बाहनामा पटक पटक यौन सम्र्पक गरेको पीडितले नाम नबन्ने शर्तमा मेरोजिल्ला डट कम लाई बताईन् ।

उनले भनिन् यसरी कतै उजुरी गर्दा समाजमै बदमान हुने डरले कतै उजुरी नदिएका बताईन् । म्यादी प्रहरी मै भर्ना भएका अर्का एक युवकले भने हामीहरु धेरै पाँचदेखी देश हजारसम्म बुझाएर छनोटमा परेको बताए । उनीहरुले पैसा हाकिमलाई समेत दिनुपर्ने कता पैसा दिएको भने तरुन्तै तालिमबाटै निकाल्ने धम्की दिने गरेको बताए ।

म्यादी प्रहरी छनोटमा सहभागी एक प्रहरीले भने म्यादी प्रहरी छनोटमा प्रहरी उच्च स्रोतदेखी सिडिओले समेत आफन्त भएको भनेर भर्ना गरेको बताए । उनले भने अधिकाशं प्रहरीकै आफन्त र श्रीमती भएकाले कोटा प्रणाली विधि अपनाएको बताए । भक्तपुर प्रहरीले भक्तपुरमै कोटा प्रणाली नै जस्तो गरेर प्राय धेरै प्रहरीहरुकै श्रीमतीहरु म्यादी प्रहरीमा भर्ना भएका छन् । भक्तपुरका केहि पत्रकारका श्रीमती र आफन्त भर्नाको लागी सिडियो र एस्पी कार्यालय धाएका थिए ।
यस विषयमा भक्तपुरको सिडियो द्रोण पोखरेल र महानरिय प्रहरी परिसर एस्पी किरण राणालाई प्रतिक्रया लिन खोज्दा केहि जवाफ दिन चाहाएन्न् ।

यसै विषयमा महानगरिय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख आयुक्त एआईजी जय बहादुर चन्द्रले जिल्लामा म्यादी प्रहरी छनोटमा सिडिओ अध्यक्ष रहने कार्यविधि रहेकाले त्यसको छनविन समेत सिडिओ मतहतले गर्ने हुदाँ त्यसमा दोषीलाई कार्हवाही गर्ने अधिकार समेत सिडिओलार्इ नदिएको कारबाही गर्ने आफुले नमिल्ने बताए । आसन्न प्रदेश र प्रतिनिधि चुनावको लागी ६ सय म्यादी प्रहरी छनोट भएका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय