यसकारण जिताउनु पर्छ विना मगरलाई : उपाध्यक्ष बस्नेत

यसकारण जिताउनु पर्छ विना मगरलाई : उपाध्यक्ष बस्नेत

काठमाडौं, कात्तिक १९ । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष सुरेन्द्र बस्नेतले बिना मगरलाई अत्यधिक बहुमतले जिताउन अपिल गरेका छन ।

जनयुद्धका क्रममा २७ महिना भैरबनाथ गणमा विताएकी साहसिक विधार्थी नेतृ विना मगरलाई कञ्जनपुर जिल्ला र सग्रह महिलाको उत्थानका लागि अत्यधिक मतले जिताउन बस्नेतले सामाजिक स्ञ्जाल फेसबुकमा स्टाटस लेख्दै सबैमा अपिल गरेका हुन ।

उनलाई युद्धको समयमा आंखामा कालो पट्टी वांधेर चरम यातना सहित वेपत्ता वनाइयो । हिटलरी यातना झेल्दै आस्था वचाएर नयाँ जीवन पाई पुाः क्रान्तिकारी झण्डा वोक्न आइन्। उनी एउटी जिउँदो सहिद हुन् त्यसैले उनलाई अत्यधिक मतले जिताउनु पर्छ ।

यसकारण जिताउनु पछृ विना मगरलाईः
१.विना २०५४ सालदेखि नै क्रान्तिकारी आन्दोलनमा लागेर अघि वढेकी एक जुझारु र साहसी विद्यार्थी नेतृ हुन्। कञ्चनपुरवाटै राजनीतिक यात्रा थालेकी विना कठो‍र संकटकालकै विचमा आरआर क्याम्पसकी अध्यक्ष भइन्, काठमाडौं जिल्लाकी अध्यक्ष भइन्, केन्द्रीय सदस्य, सचिवालय सदस्य भइन्।

२.उनी मानव बधशाला भनेर चिनिने तत्कालीन शाही सेनाको भैरवनाथ गणमा २७ महिना वेपत्ता भइन्। उनलाई आंखामा कालो पट्टी वांधेर चरम यातना सहित वेपत्ता वनाइयो । हिटलरी यातना झेल्दै आस्था वचाएर नयाँ जीवन पाई पुनस् क्रान्तिकारी झण्डा वोक्न आइन्। उनी एउटी जिउँदो सहिद हुन्।

३.२०६५ सालको स्ववियु निर्वाचनमा राजधानीको सरस्वती क्याम्पसमा उनले अखिल,नेविसंघ सहितको ६ वटा संगठनको संयुक्त गठवन्धनलाई एक्लै पराजित गरेर स्ववियु सभापति जितेकी हुन्।

४.गत संविधानसभा चुनावमा उनी कञ्चनपुरमा झिनो मतले पराजित भइन्।त्यसपछि पनि त्यहि क्षेत्रमा उनी लगातार रुपमा पार्टी र संगठन विस्तारमा लागि रहिन् ।

५. हो विना पनि मान्छे नै हुन्। उनवाट एकपटक कमजोरी भयो,त्यसवापत पार्टीको कार्वाही पनि वेहोरिन्।यस बापत सायद उनले जीन्दगीभर दण्डित हुनु नपर्ला।

६.माओवादी आन्दोलनमा विनाको आफ्नै परिचय,योगदान र पहिचान छ । त्यसैले कञ्चनपुरको विकास र समृद्धिका निम्ति संयुक्त वाम गठवन्धनकि साझा उम्मेदवार क।विना मगरलाई जिताऔं।

बाढी पहिरो अपडेटः मृतकको संख्या १०० पुग्यो, ६५ जना बेपत्ता

काडमाडौं । बाढी पहिरोबाट मृत्यु हुनेको संख्या १०० पुगेको छ। पछिल्लो प्रकोपबाट ४० जना घाइते छन् भने ६५ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयका अनुसार सबैभन्दा बढी क्षति काठमाडौं उपत्यकामा भएको छ। काठमाडौं, भक्तपुर, ललितपुरमा गरी ४८ जनाको मृत्यु भएको छ। १५ जना घाइते छन्। बिहीबारदेखि परेको अविरल वर्षातका कारण काठमाडौं उपत्यकामा २१ जना बेपत्ता रहेको मन्त्रालयले जनाएको छ। बाढी पहिरोबाट कोशी प्रदेशमा  १३ जनाको मृत्यु, ३ घाइते र ९ जना बेपत्ता छन्। मधेसमा २ जनाको मृत्यु र १ जना बेपत्ता छन्। बागमतीमा ३७ जनाको मृत्यु, २२ घाइते र ३२ बेपत्ता छन्। गण्डकीमा मानवीय क्षति भएको छैन। लुम्बिनी प्रदेशमा दुई जना बेपत्ता छन्। बाढी, पहिरोबाट १९५ वटा घर पूर्ण क्षति भएका छन्। दुई हजार ९०५ जनाको सकुशल उद्धार गरिएको प्रहरीले जानकारी दिएको छ।

आज यी स्थानमा वर्षा हुने, भोलिदेखि मौसममा सुधार आउने

काठमाडौैं । देशभर आज मौसम आंशिकदेखि साधारणतया बदली रहने छ । आगामी २४ घण्टामा कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेश प्रदेशलगायत कोशी र लुम्बिनी प्रदेशको तराई क्षेत्रमा हुरीबतासको पनि सम्भावना रहेको भन्दै महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो, सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम, ठूला तथा साना नदी नाला र खोलामा पानीको सतह बढ्ने जोखिम तथा भूक्षयजस्ता प्रकोपको जोखिम र क्षतिबाट बच्न समेत महाशाखाले सचेत गराएको छ । ती क्षेत्रमा नदी क्षेत्र आसपासका निर्माण कार्य, दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आज राति कोशी, मधेश र वाग्मती प्रदेशमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहने जानकारी दिएका छन् । उनले बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहने बताए । महाशाखाको मौसम विश्लेषणअनुसार कोशी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको छ । यी पाँच प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मौसमविद लामिछानेका अनुसार सोमबार पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सोमबार बिहानदेखि दिउँसोसम्म हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ भने साँझदेखि वर्षा कम भएर जाने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

अध्यक्ष प्रचण्डले आह्वान गरेको सर्वदीय बैठक स्थगित

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आह्वान गरेको सर्वदलीय बैठक स्थगित गरिएको छ ।  अध्यक्ष प्रचण्डले अविरल बर्षा, बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न आज विहान १० बजे बस्ने गरी हिजो राति नै सर्वदलीय बैठकको आव्हान गर्नुभएको थियो । नेपाल सरकारले पहल लिन ढिलाइ गरेको अवस्थामा प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले अध्यक्ष प्रचण्डले  हिजो राति नै सर्वदलीय बैठक आह्वान गरेको तर अब सरकारले पनि सर्वदलीय बैठक बोलाएकाले छुट्टै बैठक गरिरहन आवश्यक नदेखेर स्थगित गरिएको प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयो । 

अध्यक्ष प्रचण्डको आह्वानमा सर्वदलीय बैठक बस्दै

काठमाडौं, १३ असोज । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सर्वदलीय बैठक आह्वान गर्नुभएको छ ।  अविरल बर्षा,बाढी पहिरो र त्यसबाट उत्पन्न परिस्थितिबारे छलफल गर्न सर्वदलीय बैठकको आव्हान गर्नुभएको हो । विहान १० बजे नेकपा माओवादी केन्द्र संसदीय दलको कार्यालय, सिंहदरबारमा बैठक बस्ने छ । यसअघि शनिबार माओवादी केन्द्रले विज्ञप्ति जारी गर्दै बाढी, पहिरो र डुबानमा परेका जनताको उद्धारमा जुट्न पार्टीपंक्ति, मोर्चा र आम नागरिकलाई अपिल गरेको थियो । 

लोकप्रिय