यस्ता छन्, नवलपरासी नगर हाँक्ने कांग्रेसी रथीहरु
ललितपुर, बैशाख २४ । नेपाली कांग्रेसले नवलपरासी जिल्लाको प्रदेश नं। ४ मा पर्ने नगरपालिकाका प्रमुख र उपप्रमुख पदमा पार्टीका उम्मेद्वारहरुको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।
कावासोती नगरपालिका
नेपाली कांग्रेसले नवलपरासी जिल्लाको कावासोती नगरपालिका प्रमुखमा ४७ बर्षीय युवा नेता महेन्द्र प्रसाद पोख्रेललाई उम्मेदवार बनाइएको छ । माध्यमिक विद्यालयमा अध्ययनरत रहँदै राजनीतिमा संलग्न भएका पोख्रेल २०४६ सालको जनआन्दोलनसंगै राजनीतिमा लागेका हुन् ।
ऐतिहासिक जनआन्दोलनमा सक्रिय रुपमा सहभागी भएका पोख्रेल २०४७ सालमा ने वि संघ क्षेत्र नम्वर २ नवलपरासीका क्षेत्रीय सभापति थिए । २०४९ सालमा बालकुमारी क्याम्पस चितवनको स्वतन्त्र विद्यार्थी यूनियनका सदस्य रहेका पोख्रेलले २०६२ देखी १३ औं महाधिवेसनसम्म पार्टीको जिल्ला कार्य समिति सदस्य रहदा जिल्ला कार्य कार्य सम्पादन समिति र तरुण विभाग प्रमुखको जिम्मेवारी पनि सम्हालेका थिए ।
मध्यविन्दु सामुदायिक स्मुती अस्पताल कावासोतीको अध्यक्ष र कुमावर्ती बहुमुखी क्याम्पस कावासोतीको संचालक समिति सदस्य पोख्रेल २०६८ देखी २०७२ सम्म लुिम्बनी आदर्श डिग्री कलेज र २०६० देखि २०६८सम्म स्थानीय ज्ञानोदय माध्यमिक विद्यालयको सञ्चालक समितिको सदस्य रहेका थिए ।
उपप्रमुख उम्मेदवार खगिसरा गुरुङ्ग
झण्डै तीन दशकदेखि राजनीतिमा सक्रिय रहँदै आएकी खगिसरा गुरुङ्गलाई नेपाली कांग्रेसले कावासोती नगरपालिकाको उपप्रमुखमा उम्मेदवार बनाएको छ ।
कावासोती २ स्थायी बसोवास भएकी खगिसरा २०४६ सालको आन्दोलनदेखि सक्रिय राजनीतिमा प्रवेश गरेकी हुन् ।
२०५२ सालमा किसान संघ अन्तर्गतको महिला विभागका क्षेत्रीय सदस्य हुँदै २०५९ सालमा जिल्लाको क्षेत्रीय सभापतिसमेत भएकी खगिसरा पार्टीको महासमितिमा पटक पटक निर्वाचित भएकी थिइन् ।
शिवमन्दीर महिला बहुद्देश्यीय सहकारी संस्था र शिव सामुदायिक अध्ययन केन्द्र कावासोतीको अध्यक्ष रहेकी खगिसरा लुम्बिनी डिग्री कलेजको सञ्चालक समितिको सदस्य समेत हुन् ।
देवचुली नगरपालिका
नेपाली कांग्रेसका तर्फबाट देवचुली नगरपालिका प्रमुखका उम्मेद्वार बनेका मेयरका पूर्णप्रसाद श्रेष्ठ पार्टीको राजनीतिमा झण्डै साढे चार दशक योगदान गरिसकेका जिल्लाका अग्रज राजनीतिज्ञमा हुन् ।
तनहुँको साबुङ्गमा जन्मेका श्रेष्ठ २०२१ सालदेखि नै नवलपरासीको राजनीतिमा प्रवेश गरेका थिए । भूमिगत रहँदा २०२८ सालमा नेपाली कांग्रेसको क्षेत्र नम्वर १ को क्षेत्रीय सदस्य रहेका श्रेष्ठ २०४६ सालमा पार्टीको प्रगतिनगर गाविस उपसभापति भएका थिए ।
२०५२ सालदेखि गाउँ सभापति हुनुभएका श्रेष्ठ तीन कार्यकाल सभापति र सल्लाहकार रहेका श्रेष्ठ २०७३ मा देवचुली नगरपालीकाका पार्टी सभापति भए ।
२०४३ सालदेखि उनी स्थानीय पृथ्वी माध्यमिक विद्यालयको सञ्चालक समितिका सदस्य रहदै आएका छन् ।
उपप्रमुख लक्ष्मी बस्ताकोटी
नेपाली कांग्रेसले देवचुली नगरपालिकामा उपप्रमुखमा उम्मेदवार बनाएको लक्ष्मी बस्ताकोटी पनि साढे तीन दशकभन्दा लामो समयदेखि राजनीतिमा सक्रिय छिन् ।
देवचुली माध्यमिक विद्यालयमा अध्ययनरत रहँदा नै २०३६ सालमा नेविसंघको साधारण सदस्यता लिएकी बस्ताकोटी २०३८ सालमा नवलपरासी जिल्लाको नेविसंघ क्षेत्रीय सदस्य भएकी थिइन् ।
२०४२ सालमा महिला संघको साधरण सदस्य बनी २०४८ मा जिल्ला सहसचिव बनेकी लक्ष्मी २०६४ सालमा जिल्ला सदस्य हुँदै १२ औं महाधिवेशनमा महासमिति सदस्य भएकी थिइन् ।
साना किसान सहकारी संस्थाकोे अध्यक्ष रहनुभएकी बस्ताकोटी नेपाल रेडक्रस र मानवअधिकार तथा शान्ति समाजको आजीवन सदस्य रहनुका साथै प्राकृतिक अस्पताल रजहरको सञ्चालक समितिमा सदस्य पनि छिन् ।
मध्यविन्दु नगरपालिका
१७ बर्षको उमेरदेखि नै नेपाल विद्यार्थी संघको साधारण सदस्य बनेर राजनीतिमा संलग्न चन्द्र बहादुर रानालाई नेपाली कांग्रेसले मध्यविन्दु नगरपालिका नवलपरासीको प्रमुख पदमा उम्मेदवार बनाएको छ ।
२०३५ सालमा सानो ठिमी क्याम्पसमा नेपाल विद्यार्थी संघको इकाई सचिव रहेका चन्द्रबहादुर २०३६ सालको विद्यार्थी आन्दोलन र जनमत संग्रहमा सक्रिय रुपमा लागेका थिए । २०४२ सालमा नेपाली कांग्रेसले आरम्भ गरेको सत्याग्रहमा सक्रिय सहभागी भएका राना २०४८ सालमा जिल्ला कार्य समितिको सदस्य हुन् । सो जिल्ला कार्यसमितिमा रहेर प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी समेत सम्हालेका राना २०५० सालमा जिल्ला कार्य समितिको सहसचिव थिए ।
हल पार्टीको महासमिति सदस्य रहेका चन्द्रबहादुर पटक पटक महाधिवेशन सदस्यमा पनि निर्वाचित भएका थिए ।
स्नातकोत्तर तह उत्तीर्ण गरेर माध्यमिक विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी समेत सम्हाली सकेका चन्द्रबहादुर मगर संघ नेपालको सल्लाहकार पनि हुन् ।
गैँडाकोट नगरपालिका
नेपाली कांग्रेसले पार्टीप्रति समर्पित, विकासप्रेमी, शिक्षानुरागी तथा समाजसेवी गजेन्द्र आलेलाई गैडाकोट नगरपालिकाको प्रमुखमा मतदाताको सामु प्रस्तुत गरेको छ भने बिष्णु सापकोटा (कंडेल)लाई उपप्रमुख पदमा अगाडि सारेको छ ।
नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छः प्रचण्ड
काठमाडौं। पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन) को आयोजनामा आजदेखि काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन उद्घाटन गर्दै उहाँले यस्तो धारणा राख्नुभएको हो । ‘नेपालले विश्व शिक्षा प्रणालीमा आफूलाई प्रस्तुत गर्ने समय आएको छ । अहिले शिक्षाको खोजी बर्षेनी अर्बौं रूपैयाँ बिदेशिएको छ । यो लगानी स्वदेशमै रोक्न गुणस्तरीय र विश्वस्तरीय शिक्षा प्रणाली विकास गर्नुपर्छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘विदेशी विद्यार्थीलाई आकर्षित गर्दै नेपाललाई शैक्षिक गन्तव्यको रूपमा स्थापित गर्न सकिन्छ । त्यसका निम्ति व्यवस्थित अनुसन्धान, वैज्ञानिक नीति र सार्थक पहल आवश्यक हुन्छ ।’ निजी क्षेत्रको प्रयासले प्रतिस्पर्धात्मक शिक्षाको विकास एवं राष्ट्रिय र अन्तर्राष्ट्रिय मञ्चमा प्रतिस्पर्धा गर्न सक्षम जनशक्तिको विकासमा महत्वपूर्ण योगदान पुगेको उल्लेख गर्दै उहाँले सरकारी र निजी क्षेत्रले एक–अर्काको बलियो पक्षलाई सदुपयोग गर्दै सहकार्य गर्नुपर्ने बताउनुभयो । ‘साझेदारीले शिक्षाको गुणस्तर सुधार्न, सबैलाई समान अवसर उपलब्ध गराउन र देशको समग्र शैक्षिक विकासमा ठूलो भूमिका खेल्छ । शिक्षासम्बन्धी संविधानप्रदत्त व्यवस्था र अधिकारसहित दुवै क्षेत्रको साझा प्रयासले मात्र नेपाललाई शिक्षित र समृद्ध समाजतर्फ अघि बढाउन सम्भव हुनेछ’– उहाँले भन्नुभयो– ‘यसका निम्ति सदाझैँ यहाँहरूको सहकार्य र सहयोगात्मक भूमिका रहने मैले विश्वास लिएको छु ।’ शिक्षामा लगानी भनेको भविष्यमा देशलाई सक्षम बनाउने बाटो भएको उल्लेख गर्दै उहाँले उच्च नैतिक संस्कारयुक्त, राष्ट्रिय आवश्यकताको बोध गर्न सक्ने, सीपमूलक, उद्यमशीलतामुखी, देशभक्तिपूर्ण भावनाद्वारा अभिप्रेरित, नवप्रवर्तनमा आधारित शिक्षाले मात्र आजको कार्यभार पूरा गर्नसक्ने बताउनुभयो । ‘नेपालको शिक्षा विकासमा विविध चुनौतीहरू छन्, जुन गहन र बहुआयामिक छन् । यी चुनौतीहरू नीतिगत, प्राविधिक, सामाजिक र आर्थिक पक्षहरूसँग सम्बन्धित छन् । शिक्षा क्षेत्रमा पर्याप्त नीतिहरू बनेका छन् तर तिनको कार्यान्वयन कमजोर छ’– अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘बढ्दो शहरीकरण र बसाइसराइ, घट्दो जनसंख्या दर, शैक्षिक जनशक्तिको विदेश पलायन, परनिर्भरमुखी सोँच, पाश्चात्य शिक्षा एवं संस्कृतिको बढ्दो प्रभाव, विश्वव्यापीकरण जस्ता विषयहरूले हाम्रो शिक्षा नीति र संरचनामा गुणात्मक सुधार अनिवार्य छ । बौद्धिक पलायन नेपालको ठूलो समस्या बन्दै आएको छ । यसलाई रोक्न विद्यालय तहदेखि नै एकातिर सिपमूलक र व्यवहारिक शिक्षा दिएर बौद्धिक जनशक्तिलाई देशभित्रै उत्पादनमा केन्द्रित गर्ने गरी कार्यक्रम बनाउन आवश्यक छ भने अर्कोतिर उनीहरुमा स्वाभीमानी, सिर्जनशील र आत्मनिर्भर सोंचको विकास गराउन आवश्यक छ ।’ संविधानले परिकल्पना गरेको समाजवादउन्मुख आर्थिक सामाजिक व्यवस्थाको जग बसाल्न नयाँ पुस्तामा देशप्रति मायाँ गर्ने, श्रमप्रति सम्मान गर्ने र नवप्रवर्तनमा आधारित उत्पादितमा केन्द्रित हुने सोंचको विकास विद्यालय तहदेखि नै गराउन आवश्यक रहेकोमा जोड दिंदै उहाँले आफ्नो नेतृत्वको सरकारले शिक्षा क्षेत्रको सुधारका लागि महत्वपूर्ण थालनी गरेको बताउनुभयो । संघीय शिक्षा ऐन संसदसम्म पुर्याएको उल्लेख गर्दै उहाँले संसदको आगामी अधिवेशनबाट यसलाई पारित गर्न जोड गरिने र ऐनले निजी विद्यालयहरूको सञ्चालन, शुल्क निर्धारण र व्यवस्थापनमा स्पष्ट र कानुनी दिशानिर्देश गर्ने बताउनुभयो । आफ्नो नेतृत्वको सरकारले विश्वविद्यालय लगायतका शैक्षिक संस्थामा मेरिटोक्रेसी लागू गर्ने घोषणा मात्र नगरी लागु गरेर देखाएको उल्लेख गर्दै उहाँले अहिलेको सरकारले ती प्रयासहरूमाथि आक्रमण थालेको बताउनुभयो । ‘सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप बढाएको छ । मेरिटोक्रेसीबाट आएको शैक्षिक नेतृत्वको मानमर्दन गर्ने, शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने, सुशासनका प्रयासहरूमाथि हमला गर्ने लगायतका अवान्छित क्रियाकलाप भइरहेका छन्’– उहाँले भन्नुभयो– ‘यी सबै घटनाक्रमलाई मैले गम्भीरतापूर्वक हेरेको छु । म यही मञ्चबाट भन्न चाहन्छु– देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने यो गतिविधि सचेत नेपालीहरूका निम्ति सैह्य हुने छैन । सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा हाम्रो लडाइँ जारी रहनेछ । भ्रष्टाचार र बेथितिका विरूद्ध नयाँ शिराबाट सङ्घर्षको झण्डा उठ्नेछ ।’
प्रचण्ड सचिवालयले भन्यो- 'गगनको अभिव्यक्तिमा ओरालो बाटोको मनोदशा राम्रैसँग छचल्कियो'
काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाको अभिव्यक्तिलाई प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले खण्डन गरेको छ। कांग्रेस महामन्त्री गगन थापाको अभिव्यक्ति गगन थापाको ओरालो बाटोको मनोदशाबाट ग्रसित भएर आएको टिप्पणी गरेका हुन् । आज (बिहीबार) काठमाडौँको कीर्तिपुरमा कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले ‘प्रचण्ड’ले प्रधानमन्त्री भइदिनुपर्यो भनेर हप्तामा एकपटक खबर पठाउने गरेको दाबी गरेका थिए। यसैको खण्डन गर्दै प्रचण्डको सचिवालयले वक्तव्य जारी गरेको हो। प्रचण्डका स्वकीय सचिव रमेश मल्लले लेखेका छन्, ‘महामन्त्रीजी ! कीर्तिपुरको निर्वाचनमा नेका (नेपाली कांग्रेस) को ओरालो बाटो तपाईंको मनोदशाबाट राम्रैसँग छचल्किएछ। यति कुरा हेक्का राख्नुस्, माओवादी अब कसैलाई प्रधानमन्त्री बनिदिनुस् भनेर हिँड्दैन, माओवादी नयाँ जनादेशसहित आफैँ प्रधानमन्त्री बन्ने हैसियत बनाउँछ।’
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षको जनमत सङ्ग्रहजस्तै होः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंसिर १६ गते हुने उपनिर्वाचन २०८४ को निर्वाचनका लागि आँखिझ्याल हुने बताउनुभएको छ । माओवादी केन्द्र कीर्तिपुरले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले कीर्तिपुर नगरपालिकासहित देशभरका ४४ स्थानमा हुने उपनिर्वाचनले ८४ को चुनावको नतिजा इंगित गर्ने बताउनुभएको हो । ‘यो पटक यो नगरपालिकाबाट दिने सन्देश र ४४ वटा उपनचुनावबाट दिने सन्देश ८४ को लागि आँखीझ्याल हुनेछ । यहाँबाट ८४ कस्तो हुनेछ भन्ने देखिन्छ’– उहाँले भन्नुभयो । अध्यक्ष प्रचण्डले कोही कसैको पनि डर, धाक, प्रलोभन र लोभमा नफसि विकास निर्माणको अभियानमा अघि बढ्न आग्रह पनि गर्नुभयो । अध्यक्ष प्रचण्डले उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबिचमा जनमत सङ्ग्रह भएको बताउनुभयो । उहाँले सरकार पक्षलाई भ्रष्टाचारीको संज्ञा दिँदै भ्रष्टाचारको विपक्षमा उभिएका दलका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । ‘जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो, यो निर्वाचन’– उहाँले भन्नुभयो– ‘मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन् ।’ उहाँले नेपाली जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा रहेको भन्दै हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै भएको बताउनुभयो । उहाँले वर्तमान सरकार असंवैधानिक र अप्राकृतिक ढंगले बनेको बताउनुभयो । अहिले सरकारको नेतृत्व गरिरहेकाहरूमा नै भ्रष्टाचारको तिर सोझिएपछि अप्राकृतिक ढंगबाट सरकार बन्न पुगेको स्पष्ट गर्दै उहाँले भन्नुभयो– ‘भ्रष्टाचारविरोधी अभियानको तीर ठूलो ठाउँमा पुग्ने भयो । त्यो अहिले सरकारको नेतृत्व गरेकाहरूकै ठाउँमा पुग्ने भयो। सिधा, सरल छ । यहाँ घुमाएर गर्नुपर्ने कुरा छैन । बेचन झा र प्रतिक थापा पक्राउ परेपछि फरार अभियुक्त गिरफ्तार भइसकेपछि भ्रष्टाचारविरोधी अभियानको सुई कता सोझियो भन्ने बुझ्नुभएकै छ ।’ ‘राजनीतिक परिवर्तन भए पनि जनताको अवस्था परिवर्तनका लागि नयाँ संकल्प, एउटा नयाँ अभियान र एउटा नयाँ आन्दोलन आवश्यक रहेको औल्याउँदै उहाँले थप्नुभयो– ‘म थाकेको छैन । फेरि आन्दोलन गरेर जनताको सुशासन, सामाजिक न्याय र आर्थिक विकासको आकांक्षा पूरा गर्ने वातावारण बनाउन मैले रातदिन देशभरी खटिरहेको छु ।’ मंसिर १६ को निर्वाचनमा माओवादी केन्द्रलाई विजयी बनाउन आह्वान गर्दै अध्यक्ष प्रचण्डले भन्नुभयो– ‘म ऐतिहासिक अपिल गर्न चाहन्छु । यो सामान्य कुरा छैन । यो सामान्य चुनाव जित र हारको कुरा मात्रै छैन । यो नेपाली जनताले जित्ने या नेपालका दलाल विचौलियाहरू, अहिले राज्य केही विचौलियाहरूले चलाउने गरेका छन्,’ उनले भने, ‘मैले त्यही विचौलियाहरूको सेटिङ भत्काउने कोशिस गरेँ । मैले गरेको गल्ती भन्नुहुन्छ भने त्यही हो । पहिला दुई दुई पटक संसद् विघटन संविधान मिचेर गर्दा सेटिङमा भत्काइएको थियो । र यो सेटिङ भत्काउनैपर्छ भनेर हामीले ठूलो ठूलो आन्दोलन गरेका थियौँ । त्यतिबेला साँच्चै त्यो सेटिङ भत्किएको थियो ।’
उपनिर्वाचन : कीर्तिपुरको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्ड
काठमाडौं । मंसिर १६ गते हुने उपनिर्वाचनलाई लक्षित गर्दै नेकपा (माओवादी केन्द्र) कीर्तिपुर नगरपालिकाले चुनावीसभा आयोजना गर्ने भएको छ । माओवादी केन्द्र कीर्तिपुर नगरपालिकाले एक पोस्टर सार्वजनिक गर्दै मंसिर १३ गते २ः३० बजे कीर्तिपुर नःगाउँ दोबाटोमा चुनावी सभा गर्ने जनाएको छ । सभालाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मेयर पदका उम्मेदवार प्रा.डा.शिवशरण महर्जन लगायतले सम्बोधन गर्ने बताइएको छ । कीर्तिपुरका सबै वडामा भइरहेको उम्मेदवारसहितको घरदैलो कार्यक्रममा व्यक्त जनमत एवं माओवादी उम्मेदवारप्रति विभिन्न राजनीतिक दल र व्यक्तिवाट प्राप्त समर्थनका कारण माओवादीको जित सुनिश्चित भएको माओवादी केन्द्रले जनाएको छ। माओवादी कीर्तिपुर नगर समितिका अध्यक्ष धनबहादुर महर्जनका अनुसार मंगलवार एकीकृत समाजवादीवाट मेयरका उम्मेदवार भानु रिजालले आफ्नो उम्मेदवारी निस्क्रिय पार्दै महर्जनलाई मतदान गर्न अपिल गरेका छन् । सरल स्वभावका मर्हजनलाई जिताउन विगतमा टुटफूटभएका विप्लव नेतृत्वको माओवादीसहित विभिन्न समूह सक्रिय भएका छन् । करिव ४३ वर्षदेखि कीर्तिपुरमा प्राध्यापन, समाजसेवा, विकास निर्माण र जनताका कामहरुमा संलग्न रहँदै आएका शिवशरण महर्जनको व्यक्तित्वका कारण निर्वाचन जित्नेमा पार्टी ढुक्क रहेको माओवादी केन्द्र कीर्तिपुरले जनाएको छ ।