यस्ता छन् ७ वटै दलबाट समानुपातिक सांसद बन्ने ११० उम्मेदवार (सूचीसहित)
काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधि सभाको समानुपातिकतर्फ थ्रेस होल्ड कटाउने ७ वटै राजनीतिक दललाई प्राप्त गरेको सिट संख्या अनुसार नाम छनौट गरेर पठाउन पत्राचार गरेको छ । आयोगले समावेशी समूहमा संख्या तोक्दै ७ वटै राजनीतिक दललाई ११० जना उम्मेदवार छनौट गरेर पठाउन पत्राचार गरेको हो ।
आयोगको पत्राचारपछि सात वटै दलले आफ्नो तर्फबाट सांसद बन्नेको नाम आयोगलाई ३ दिन भित्र पठाइसक्नुपर्नेछ । दलले आफूले यसअघि आयोगमा बुझाएको समानुपातिकको बन्द सूचीभित्रैबाटै संविधानले व्यवस्था गरेको समावेशी सूचीसमेत मिलाएर नाम पठाउनुपर्नेछ ।
यदि दलले कानूनअनुसार सांसद बन्नेको नाम नपठाएमा निर्वाचन आयोगले थप २ दिन राजनीतिक दललाई सच्याएर पठाउने मौका दिनेछ । त्यसपछि मात्रै निर्वाचन आयोगले ७ वटै दलबाट ११० सिटमा निर्वाचित उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ ।
प्रतिनिधिसभामा सातवटा दलले थ्रेसहोल्ड कटाएका छन् । एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा, जसपा र जनमत पार्टीले थ्रेसहोल्ड कटाएका छन् ।
समानुपातिकबाट एमालेले ३४, कांग्रेसले ३२, माओवादीले १४, रास्वपाले १३, राप्रपाले ७, जसपाले ५ र जनमतले पनि ५ सिट पाएको छ । समावेशी प्रतिनिधित्व हुने गरी दलहरूले बन्दसूचीबाट नाम छनोट गरेर आयोगमा पठाउनुपर्नेछ । दलहरूले पठाएको नामबाट आयोगले विजयी भएको प्रमाणपत्र समानुपातिक सांसदलाई दिनेछ ।
एमालेबाट ३४ जना उम्मेदवार (१९ जना महिला)
एमालेले ३४ जनाको नाम पठाउँदा हरेक समावेशी समूहबाट गरेर १९ जना महिलाको नाम भने अनिवार्य पठाउनुपर्नेछ । बाँकी रहेका १५ जनामा मात्रै पुरुष पठाउन पाइनेछ ।
खस आर्यबाट ११ जना
रघुजी पन्त
एकनाथ ढकाल
कुमार दसौदी
दयालबहादुर शाही (खस आर्य)
खिमलाल पोखरेल
मुक्तिप्रसाद पाठक
मेनकाकुमारी पोखरेल
सरिता भुसाल
शोभा ज्ञवाली
विजुला रायमाझी
निर्मला कोइराला
आदिवासी जनजातिबाट १० जना
देवीप्रसाद भट्टचन
हेमराज राई
कालुराम राई
भीमबहादुर खवास
नैनकला थापामगर
सुर्यकुमारी श्रेष्ठ
उर्मिला थेवे
इश्वरी घर्ति
रणकुमारी बलम्पाकीमगर
शान्ति श्रेष्ठ
दलित ५ जना
ईश्वरबहादुर रिजाल(विक)
प्रभु हजारा दुसाध
रुक्मणी राना बराइली
हर्कमाया विश्वकर्मा
इन्दिराकुमारी पन्थी
मधेशी ५ जना
गंगाप्रसाद यादव
अमृतलाल राजवंशी
वीना देवी
अमृतादेवी अग्रहरी
प्रतिक्षा तिवारी
थारु २ जना
सत्यनारायण चौधरी
अस्माकुमारी चौधरी
मुस्लिम १ जना
रुही नाज
काँग्रेसबाट ३२ जना (२९ जना महिला)
नेपाली कांग्रेसले ३२ सीट प्राप्त गर्दा सबैभन्दा बढी खस आर्यबाटै १० जनाको नाम पठाउँदैछ । उसले आदिवासी जनजातिबाट ९, दलित र मधेसीबाट ५–५, थारुबाट २ र मुस्लिम तथा पिछडिएको क्षेत्रबाट १–१ जनाको नाम पठाउनुपर्नेछ । कांग्रेसले सबै समावेशी समूहबाट गरेर २९ जना महिलाको नाम अनिवार्य पठाउनुपर्नेछ ।
खस आर्यबाट १० जना
प्रकाशशरण महत
अम्बिका बस्नेत
सरिता प्रसाई
आरजु राणा
ईश्वरी न्यौपाने
प्रतिमा गौतम
मञ्जु खाण
रमा कोइराला
कान्तिका सेजुवाल
मैना रावल (पिछडिएको क्षेत्र)
आदिवासी जनजातिबाट ९ जना
गोपालमान श्रेष्ठ
सरस्वती वजियम
लिलादेवी वोखिम
सिताकुमारी राना
सुशिला तामाङ
सपना राजभण्डारी
माया राई
कुसुम थापामगर
मनोरमा शेरचन
दलित ५ जना
शान्ती विक
रुपा विक
सीता मिजार
आशा विक
विष्णुमाया परियार
मधेशी ५ जना
बिमलेन्द्र निधी
नागिना यादव
मुक्ताकुमारी यादव
चन्दा चौधरी
संगीता मण्डल
थारु २ जना
कल्पना चौधरी
विनाकुमारी थनेत
मुस्लिम १ जना
जावेदा खातुन
माओवादीबाट १४ जना (१२ जना महिला)
नेकपा माओवादी केन्द्रले समानुपातिकतर्फ १४ सीट पाएको छ । उसले खस आर्य र आदिवासी जनजातिबाट ४–४ जनाको नाम पठाउनुपर्नेछ । दलित र मधेसीबाट २–२ तथा थारु, मुस्लिम र पिछडिएको क्षेत्रबाट एक–एक जनाको नाम पठाउनुपर्नेछ । १४ जनाको नाम पठाउँदा माओवादीले सबै समावेशी समूहबाट अनिवार्य १२ जना महिलाको नाम पठाउनुपर्नेछ ।
खस आर्य ४ जना
हितराज पाण्डे
पेशल खतिवडा
ज्ञानु बस्नेत
बिमला सुवेदी
आदिवासी जनजाति ४ जना
दुर्गा राई
मिना तामाङ
उर्मिला माझी
छिरिङल्यामु लामा (पिछडिएको क्षेत्र)
दलित २ जना
सुशिला श्रीपाईली
पार्वती विक
मधेशी २ जना
मिना यादव
उमरावतीदेवी यादव
थारु १ जना
रुपासोसी चौधरी
मुस्लिम १ जना
कल्पना मियाँ
रास्वपाबाट १३ जना (४ जना महिला)
पहिलो पटक संसदीय निर्वाचनमा सहभागी भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अपेक्षा गरेभन्दा राम्रो नतिजा ल्याएको छ । प्रत्यक्षतर्फ ७ सिट जितेको रास्वपाले समानुपातिकमा भने १३ सिट प्राप्त गरेको छ । उसले समानुपातिकतर्फ ११ लाख ३० हजार ३४० मत प्राप्त गर्दै संसदको चौथो शक्तिका रुपमा आफूलाई उभ्याएको छ । समानुपातिकमा १३ सिट पाएको राष्ट्रिय स्वतन्त्र पार्टीले खस आर्यबाट ४ र आदिवासी जनजातिबाट ३ जना, दलित र मधेशीबाट २र२ जना थारू, मुस्लिम र तथा पिछडिएको वर्गबाट १र१ जनालाई सांसद बनाउनुपर्ने हुन्छ ।
खस आर्य ४ जना
डोलप्रसाद अर्याल
गणेश कार्की
दिपक बोहोरा
डा.चन्दा कार्की
आदिवासी जनजाति ३ जना
इन्दिरा रानामगर
डा।ढाकाकुमार श्रेष्ठ
मेघबहादुर आले
दलित २ जना
सन्तोष परियार
कल्पना रोक्का
मधेशी २ जना
मनिष झा
लक्ष्मी तिवारी
मुस्लिम १ जना
असिम साह
थारु १ जना
अशोक चौधरी
पिछडिएको क्षेत्र १ जन
विनिता कठायत
राप्रपाबाट ७ जना (५ जना महिला)
थ्रेस होल्ड कटाउने तर १० प्रतिशतभन्दा कम मत पाउने दललाई भने समावेशी समूहबाट पठाउनुपर्ने संख्या निश्चित गरिएको छैन । तैपनि अधिकतमदेखि न्यूनतम संख्या भने तोकिएको छ । जसमा राष्ट्रिय प्रजातन्त्र पार्टीले पाएको ७ सीटमा खस आर्य र आदिवासी जनजातिबाट न्यूनतम २–२ र अधिकतम ३–३ जनाको नाम पठाउनुपर्नेछ । यस्तै थारु, दलित, मधेसी, मुस्लिमबाट अधिकतम १–१ र न्यूनतम एकजना पनि नपठाउन पाइन्छ । त्यस्तै पिछडिएको क्षेत्रबाट नपठाए पनि उसलाई कुनै फरक पर्नेछैन ।
खस आर्य २ जना
पशुपति शम्शेर जबरा
प्रकाशचन्द्र लोहनी
आदिवासी जनजाति २ जना
विना लामा
विनिता मगैया
दलित १ जना
अनिसा नेपाली
मधेशी १ जना
विना जयसवाल
मुस्लिम १ जना
नाजीया खातुन
जसपाबाट ५ जना उम्मेदवार (४ जना महिला)
जनता समाजवादी पार्टीले पाएको ५ सीटमा खस आर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित र मधेसीबाट भने अधिकतम १ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट एक जना पनि नपठाउँदा कुनै फरक पर्नेछैन ।
खस आर्य १ जना
प्रकाश अधिकारी
आदिवासी जनजाति १ जना
सुशिला श्रेष्ठ
दलित १ जना
सावित्रा विक
मधेशी १ जना
रञ्जुकुमारी झा
मुस्लिम १ जना
शहनाज रममान
जनमतबाट ५ जना उम्मेदवार (२ जना महिला)
थ्रेस होल्ड कटाउने अन्तिम दल जनमत पार्टीले पाएको ५ सीटमध्ये खसआर्य र आदिवासी जनजातिबाट अधिकतम २–२ जना र न्यूनतम १–१ जनाको नाम पठाउनुपर्नेछ । थारु, दलित, मधेसी र मुस्लिमबाट अधिकतमा १–१ जना र न्यूनतम एक जना पनि नपठाउन सक्नेछ । पिछडिएको क्षेत्रबाट जनमतले एक जनाको पनि नाम नपठाए कुनै फरक पर्नेछैन ।
खस आर्य १ जना
धनबहादुर बोहोरा
आदिवासी जनजाति १ जना
दयाराम प्रजापती
दलित १ जना
राजेशकुमार मण्डल
मधेशी १ जना
अनितादेवी शाह
मुस्लिम १ जना
जलेखा विवि
आज पनि भारी वर्षा हाेला ?
काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।” हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।
आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ । अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ । जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ । साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ । राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ । बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।
सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल
झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।
पर्सामा दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ
वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।

