यी हुन् १८ युवतीको जीवन बर्बाद गर्ने युवक

यी हुन् १८ युवतीको जीवन बर्बाद गर्ने युवक

हेर्दा सोझो र सुन्दर देखिने यी युवकको अनुहार मात्र हेरेर यिनलाई मूल्यांकन नगर्नुहोला । हेर्दा सिधासादा देखिने यी युवकले १८ युवतीको जीवन बर्बाद पारिसकेका छन् । यी युवकलाई प्रहरीले गिरफ्तार गरेपछि यस्तो रहस्य खुलेको हो । यी युवक भारतको उत्तर प्रदेश इलाहाबादका हुन् । उनीमाथि फेसबुकमा फरक फरक नामबाट आइडी बनाएर युवतीहरुलाई फसाउने, बलात्कार गर्ने र पछि उनीहरुलाई ब्ल्याकमेल गरेको आरोप छ ।

पछिल्लो पटक एक सरकारी कर्मचारीकी श्रीमतीलाई फसाएर ब्ल्याकमेल गर्दा उनी पक्राउ परेका हुन् । प्रहरीले उनलाई पक्राउ गरेपछि थप अनुसन्धान गर्दै जाँदा निकै आश्चर्यजनक तथ्यहरु खुलेका छन् । अहिलेसम्म यी युवकले १८ युवतीलाई फसाइसकेका छन् । तीमध्ये ३ इलाहाबादकै हुन् । यी युवकको वास्तविकता थाहा पाइसकेपछि पनि उनीहरुले बदनामीको डरले चुपचाप बसेका थिए । पछिल्लो समय उनले ब्ल्याकमेल गरेकी जर्ज टाउनकी एक महिलाको उजुरीको आधारमा प्रहरीले उनीविरुद्ध बलात्कार, ब्ल्याकमेलिङ, साइबर क्राइम र जालसाजीको अभियोगमा मुद्दा दर्ता गरी कारवाही अगाडि बढाएको छ ।

इलाहाबादका शहनवाज अहमद नामका यी युवक बीएसम्म पढाइ पूरा गरेपछि घरमै बस्थे । शहनाज ७–८ महिना पहिले गुजरात गएका थिए । त्यहाँबाट उनले गुजरातको एक सिमकार्ड लिए । त्यही मोवाइल नम्बरबाट उनले फेसबुकमा अर्पित शर्मा, इशान्त शर्मा र शहनवान नामका आइडी बनाए । त्यसपछि इन्टरनेट र मोवाइलका जानकार शहनवाज मोवाइल एपको माध्यमबाट युवतीहरुलाई फसाउन थाले । अगष्ट २०१७ मा शहनवाजले जर्जटाउनकी एक सरकारी कर्मचारीकी श्रीमतीसँग फेसबुकमा मित्रता गरे । उनले ती महिलालाई आफू विदेशमा व्यवसाय गर्ने र त्यहाँ भारतीय महिलाको आवश्यकता भएको बताए ।

फेसबुकमा च्याटमा गफ गर्दा गर्दै विस्तारै उनले ती महिलालाई आफ्नो जालमा फसाए । व्यवसायसँग सम्बन्धित कुरा गर्ने बहानामा उनले ती महिलालाई अर्पित शर्मा बनेर भेट्न पार्कमा बोलाए । त्यहाँ ती महिलालाई बलात्कार गरेर अश्लील भिडियो बनाए । त्यसपछि आफ्ना साथीसँग पनि यौन सम्बन्धको लागि दवाव दिइरहेका थिए । ती महिलाले अस्वीकार गरेपछि उनी निकै रिसाए । भिडियो भाइरल गरिदिने र श्रीमानलाई भिडियो पठाइदिने धम्की दिन थाले । त्यसपछि मलाई डराएर उनले भनेको मान्न थालिन् ।

महिलालाई जब शहनवाजको वास्तविकता थाहा भयो उनी निकै चकित परिन् । उनले एसपी र एसपी क्राइमसँग भेटेर मद्दत मागिन् । साथै प्रहरीमा उनले आफूले न्याय नपाए आत्महत्या गर्ने बताइन् । एसपी क्राइमले जाँचको लागि साइबर सेललाई खटाए । आइपी एड्रेसको सहयोगले शहनवाजलाई केही दिनमै प्रहरीले गिरफ्तार गर्यो । अनुसन्धानमा यो खुलेको छ कि शहनवाज केवल हिन्दू युवतीलाई मात्रै रिक्वेष्ट पठाउँथे । उनको जालमा अहिलेसम्म इलाहाबादका ३ सहित झण्डै १८ युवती फसेका छन् । उनले १८ मध्ये १४ युवतीलाई बलात्कार गरेको स्वीकारेका छन् ।

तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् ऐजेण्डा

काठमाडौँ । सङ्घीय संसद्अन्तर्गतका तीन संसदीय समितिको बैठक आज बस्न लागेको छ । संसद सचिवालयका अनुसार कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । ११ बजे नै बस्ने विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा विश्व जलवायु सम्मेलन (कोप २८) को कार्यप्रगतिबारे छलफल हुने बताइएको छ । त्यसैगरी, बैठकमा विश्व जलवायु सम्मेलन (कोप २९) मा नेपालको सहभागिताका लागि आवश्यक तयारीका सम्बन्धमा पनि छलफल हुने बताइएको छ । यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा नविकरणीय ऊर्जा तथा ऊर्जा दक्षता सम्बन्धी विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची छ ।

यस्तो रहनेछ आजको मौसम

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कर्णाली प्रदेशका केही स्थानहरू, गण्डकी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। यस्तै आज राति कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

अनेरास्ववियु (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलनको तयारी पूरा

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को २३औँ राष्ट्रिय सम्मेलनको तयारी पूरा गरेको छ ।  क्रान्तिकारीका अध्यक्ष पञ्चा सिंहले यही असोज १० देखि १४ गतेसम्म हुने सम्मेलनको तयारी पूरा गरिएको जानकारी दिनुभयो । यसअघि सम्मेलन असोज २ देखि ५ गते तोकिएकामा तीन प्रदेश कमिटीको सम्मेलन बाँकी रहेकाले नयाँ मिति तोकिएको उहाँले बताउनुभयो । सम्मेलनमा दुई हजार तीन सय २३ प्रतिनिधि सहभागी हुने भएका छन् । सम्मेलनले ३३ पदाधिकारीसहित दुई सय ४३ जनाको नयाँ केन्द्रीय कमिटी चयन गर्नेछ ।  उहाँका अनुसार यसपटक सम्मेलनमा सहभागी प्रतिनिधिले नै पदाधिकारी र केन्द्रीय कमिटी चयन गर्ने छन् । वर्तमान केन्द्रीय समितिले सम्मेलनमा सहभागी हुनका लागि आआफ्नो मातहतका कमिटीबाट निर्वाचित भएर आउनुपर्ने नयाँ व्यवस्था गरिएको छ । यसअघि वर्तमान केन्द्रीय कमिटी स्वतः सम्मेलनको प्रतिनिधिका रुपमा रहँदै आएका थिए ।  सम्मेलनको उद्‌घाटन सत्र कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान र बन्द सत्र किर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको सभाहलमा हुने छ । सम्मेलनको उद्‌घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गर्नुहुनेछ ।

जलवायु न्यायको माग गर्दै युवाहरु सडकमा

ललितपुर– जलवायु न्यायको माग गर्दै युवायुवतीको समूहले ललितपुरको जावलाखेलमा पिपुल्स क्लाइमेट मार्च २०२४ र्‍याली निकालेका छन् । र्‍यालीमा सहभागीले विभिन्न नारा लेखिएका ब्यानर र प्ला कार्ड बोकेका थिए । उनीहरूले विकसित मुलुकहरूले खनिज, पेट्रोलियम एवं औद्योगिक उत्सर्जनबाट प्रदुषण बढाउन मुख्य जिम्मेवार रहेको र यसको मारमा नेपाल जस्ता राष्ट्रहरू परेको भन्दै विकसित देशले नेपाल जस्ता देशलाई क्षतिपूर्ति दिनुपर्ने माग गरेका छन् । विकसित राष्ट्रहरूले नेपाल जस्तो कम हरितगृह ग्यास उत्सर्जन गर्ने देशलाई तिर्नुपर्ने दायित्व पनि ऋणको रूपमा दिन खोजेको भन्दै यसको विरोध समेत गरेका छन् । नेपालमा भएको यो र्‍याली ‘ग्लोवल विक अफ एक्सन इन साउथ एसिया’को सन्दर्भ पारेर पनि आयोजना गरिएको हो ।

लोकप्रिय