राजधानीमै छ्याप्छ्याप्ती नक्कली नोट

राजधानीमै छ्याप्छ्याप्ती नक्कली नोट

कैलाली । कैलालीको धनगढीमा फेरि नक्कली नेपाली रुपैया“को कारोबार गर्ने गिरोह सक्रिय भएको आशंका गरिएको छ । केही दिनयता लगातार नक्कली रुपैयाँ फेला पर्न थालेपछि फेरि गिरो सक्रिय भएको आशंका गरिएको हो ।

व्यापारीले अहिले फाटुफुट रुपमा जाली नोट फेला परिरहेका बताएका छन् । उनीहरुका अनुसार सबैभन्दा बढि एक हजार र पॉच सय नेपाली नक्कली रुपैयॉ भेटिरहेका हुन्् । तर, प्रहरीमा भने एउटा पनि उजुरी परेको छ । जसले गर्दा जाली नोट बिक्री गर्ने गिरोह ढुक्ककासाथ सक्रिय भएको स्थानीय र व्यवसायीले गुनासो गरेका छन् ।

प्रहरीको निगरानी कम पुग्दा प्रदेश सातको अस्थायी राजधानी धनगढीमा फेरि जाली नोट कारोबार गर्ने गिरोह सक्रिय भएको हो । बिहिबार सॉझ मात्रै धनगढी एलएन चोक स्थित एक मोबाइल ग्यालरीका संचालक मेघराज जोशीलाई ग्राहकले जाली नोट दिएर झुक्याएका छन् ।

साँझ अबेर सामान बिक्री गरेर पॉच सय रुपैयॉ सुरक्षित राखेका उनले विहान राम्रोसंग हेर्दा नक्कली नोट भएको थाह पाए । नोट झट्ट हेर्दा सक्कली जस्तो नै देखिन्छ । राम्रोसंग हेर्दा भने नक्कली नोट नै देखिने गरेको व्यवसायी कमल बलमे बताए ।

यस्तै, केही दिन अघि धनगढीका स्थानीय फणीन्द्र साउ‘द पैसा जम्मा गर्न बैक पुगे । जम्मा गर्ने बेला बैंकका क्यासरले थाह पाएपछि उनले खप्की खाए । खप्पी खाएपछि उनी अचम्मीत भए । बल्ल थाह पाए जम्मा गर्न लागेको पच्चीस हजारको गड्डीमा एक हजार नेपाली रुपैयॉ नक्कली रैछ ।

यीत प्रतिनिधिमूलक घटना मात्रै हुन् । यस्ता घटना धनगढीमा अहिले दिनहु‘ सुनिने गरेका छन् । तर प्रहरीसम्म भने जाली नोट कारोबार भइरहेको भनेर एउटा पनि उजुरि परेको छैन ।

गत र चालू आर्थिक वर्षको हालसम्म जाली नोट कारोबार भइरहेको एउटा पनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक सागर बोहराले बताए ।

यो भन्दा पहिले फेला पर्ने गरेका नक्कली नेपाली रुपैया“ रंगीन फोटोकपी गर्ने गरिएकाले फुस्रो र कमसल हु‘दा सहजै चिन्ने गरिन्थ्यो ।

तर, केही दिनयता बजारमा देखा परेका १ हजार र ५ सयको नोट उच्चस्तरीय प्रेसमा छापिएकाले सक्कली बराबरकै गुणस्तरको देखिने गरेको व्यवसायीको भनाई छ । मुलुकी ऐन अनुसार जाली नोटका कसुरदारमाथि विगोबमोजिम जरिवाना र १० वर्ष कैद हुने ब्यवस्था छ ।

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने

काठमाडौं । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल कार्तिक २३ गतेदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गको कार्य क्षमता बढाउनका लागि रनवेसँग समानान्तर हुनेगरी ट्याक्सी वे बनाउन काम गर्नु परेकाले दैनिक १० घण्टा बन्द हुने भएको बताइएको छ । विमानस्थलको धावनमार्गको क्षमता अभिवृद्धिका लागि दैनिक १० घण्टाका दरले काम गर्दा करिब ५ महिना लाग्ने हुँदा कार्तिकमा नै काम गर्नुपरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले स्पष्ट पारेको छ।

एकीकृत समाजवादीमा एक पद एक व्यक्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले सबै तहका कमिटीमा ‘एक पद एक व्यक्ति’ प्रणालीका आधारमा कार्यविभाजन गर्ने भएको छ । सङ्गठनलाई सुदृढीकरण गर्दै गतिशील बनाउन पार्टीका सबै तहका नेतालाई व्यवस्थापन गर्न ‘एक पद एक व्यक्ति’को अवधारणा कार्यान्वयन गर्न लागिएको बताइएको छ । पार्टीमा आलोचनात्मक टिप्पणी गर्ने, फरक विचार पक्षधरलाई ठोस जिम्मेवारीमा केन्द्रित गर्नेगरी नेताको जिम्मेवारीको कार्यविभाजन गर्न लागिएको सचिव सोमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । पार्टी संरचनामा कार्यविभाजन गर्न पार्टी अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा सम्मानित नेता झलनाथ खनाल, महासचिव घनश्याम भुसालसहित सात पदाधिकारीको कार्यदल गठन गरिएको छ । कार्यदलले पार्टीका असन्तुष्ट नेतासँग छलफल गरी उनीहरूलाई पनि केन्द्रीय जिम्मेवारी प्रदान गर्ने तयारी गरेको पनि जनाइएको छ । हाल अध्यक्ष नेपाल विदेश भ्रमणमा हुनुहुन्छ । उहाँ स्वदेश फिर्ता भएपछि पार्टी विभागीय प्रमुख तथा जनवर्गीय सङ्गठन, प्रदेश इन्चार्ज तोकिने र आवश्यकतानुसार अन्य नेताहरूको कार्यविभाजन गरिने जनाइएको छ । पार्टीले समान विचारधारा भएका पार्टी, कम्युनिष्ट पार्टीको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेका नेताहरूसँग कार्यदलले छलफल गरेको पनि सचिव पाण्डेयले जानकारी दिनुभयो ।

प्रहरी महानिरीक्षक इन्टरपोलको ९२औँ महासभामा सहभागी

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) वसन्त कुँवर अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) को ९२ औँ महासभामा सहभागी भएका छन् । स्कटल्यान्डमा आयोजित महासभा कार्तिक २२ सम्म सञ्चालन हुनेछ । इन्टरपोलको महासभामा सहभागी हुन आईजीपी कुँवर कार्तिक १८ गते बिहान १ बजे त्यसतर्फ प्रस्थान गरेका थिए । महासभामा सशस्त्र प्रहरी बलका डीआईजी अन्जनी कुमार पोखरेल र नेपाल प्रहरीका एसपी कोमल शाह पनि सहभागी छन् । १९६ सदस्य राष्ट्रहरूको सहभागिता रहने यस इन्टरपोल महासभामा इन्टरपोलका महत्त्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान रहेको छ । जसमा नेपालले पनि भाग लिनेछ ।

पोखरामा रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार

काठमाडौं । रवि लामिछानेलाई राजनीतिक प्रतिशेधका आधारमा पक्राउ गरिएको भन्दै विसमर्थकहरुले प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । आज पोखराको जिरो किलोमा आयोजित प्रदर्शनमा प्रहरीले अश्रुग्यास प्रहार गरि तिररवितर पारेको हो।  प्रदर्शनका क्रममा रास्वपा समर्थकहरु जिरो किलोबाट वाइचोक तर्फ अघि बढेका थिए । प्रहरीले वाइचोकबाट प्रवेश निषेध गरेको थियो । सोही क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेको हो । सो क्रममा प्रहरीले ४ राउन्ड अश्रुग्यास प्रहार गरेको छ । प्रदर्शनस्थलबाट सभापति लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित  प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।  पूर्वउपप्रधान एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछानेलाई सहकारी ठगी तथा संगठित अपराध कसुरमा काठमाडौँबाट पक्राउ गरी पोखरा लगिएको थियो । तर संसदीय छानबिन समितिले क्लिन चिट दिइसकेको अवस्थामा रविमाथि राजनीतिक प्रतिशोध साँधिएको र हिरासतमा राख्ने नियतले आकर्षित नै नहुने कसुर लगाइएको भन्दै पोखरा लगायत देशभर आन्दोलन भईरहेको छ । 

लोकप्रिय