राष्ट्रकविलाई नसुहाएको ‘फौजी पोशाक’

राष्ट्रकविलाई नसुहाएको ‘फौजी पोशाक’

कुसुम भट्टराई/

सय वर्षको उमेर टेक्नै लागेका राष्ट्रकवि माधव घिमिरेले गतवर्ष एक भेटमा भनेका थिए, ‘मेरो महाकाव्य अब सकिनै लाग्यो ।’ राष्ट्रकविको त्यो महाकाब्य कहिले आउला भनेर व्यग्र प्रतिक्षा भइरहेको थियो, गएको पुसमा जेष्ठ नागरिकहरुले आयोजना गरेको पुनर्मिलन समारोहमा उनले भने, ‘अब म सय वर्ष पुग्नै लागें, सय वर्षको समारोहमा महाकाव्यको विमोचन हुनेछ ।’

वाह सिर्जना शक्ति ! वाह साहित्य शक्ति ! वाह शब्दको शक्ति ! त्यसैले त हो, आजसम्म राष्ट्रकविलाई दीर्घायू बनाएको । राजा महेन्द्रलाई भक्कानिन बाध्य पार्ने ‘गौरी’ शोककाव्य लेखेका कविको अजेय शक्ति भनेकै सिर्जनशीलता हो, जुन नदीझैं अहिले पनि गडगडाएर प्रवाहित भइरहेकै छ ।

त्यो दिन उनको मुहारमा दिव्य कान्ति, भगवान बुद्धकोजस्तो आनन्दित र स्थितप्रज्ञ मुस्कान अनि लहरे फूलको जस्तो लयात्मक बोली र चाल देख्दा लाग्थ्यो, राष्ट्रकवि ‘इन्लाइटेड’ भइसके ।

यो आभास मलाई केही वर्षपहिले पनि भइसकेको थियो, जब उनले एउटा उच्च चेतनाको कुरा गरेका थिए । सुरेन्द्र महर्जन ‘अमर’को उपन्यास विमोचनका लागि हामी कपुरधारास्थित निवासमा जाँदा राष्ट्रकविले भनेका थिए, ‘हामी कविहरु यो सारा ब्रम्हाण्ड कृष्ण विवर (ब्ल्याक होल)मा गएर समाप्त हुन्छ भनेर मान्दैनौं । हामी सर्जक हौं, हामी ध्वंशको हैन, सिर्जनाको कुरा गर्छौं, यो सँसारलाई सिंगार्ने कुरा गर्छौं ।’

‘ब्ल्याक होल थ्यौरी’ सुत्रपात गर्ने महान वैज्ञानिक स्टेफन हकिङले पनि भनिसकेका छन्, ‘ब्ल्याक होलमा छिरिसकेपछि पनि पदार्थको अन्त्य हुँदैन, बरु त्यसबाट फेरि अर्को संसारको सिर्जनाको क्रम आरम्भ हुन्छ ।’

यसैलाई राष्ट्रकविले कवितामा उन्दै लेखे :

‘वैशाखको पहिलो फूल अचम्म हो खाली

मेरो कहीँ अन्त्य छैन, आरम्भ हो खाली’

कविताका यी दुई पंक्तिमै सारा दर्शन समेटिएको छ । र, कुनै समबुद्ध पुरुषले मात्र यस्तो कुरा सोच्न सक्छ । यस्तो महान सर्जक, जो स्वयंप्रकाशित, स्वयंसम्मानित अनि स्वयं सुशोभित हुन्छ, उसका सामु कुनै पद या उपाधि भनेको गौण हो ।

मुर्झाएको मुहार

सार्वजनिक मञ्चहरुमा देखिँदा प्रायः आकाश खुलेजस्तो मुस्कान छाडने राष्ट्रकवि माधव घिमिरेको एउटा अस्वाभाविक गाम्भीर्य झल्कने तस्वीर हालै मिडियामा देख्न पाइयो ।

तस्वीर मलाई अनौठो लाग्यो, जसमा राष्ट्रकवि जंगी पोशाकमा सजिएका छन् । मलाई मात्र हैन, त्यो तस्वीर अरुलाई पनि अनौठै लागेको रहेछ । पत्रकार एवं लेखक केदार शर्माले आफ्नो फेसबुक स्टाटसमा लेखिहाले, ‘जुन लुगा लगाउँदा मान्छेको अनुहार उज्यालो हुन्छ, त्यही सुहाउँदिलो हुन्छ । मेरा प्रिय कविवर, त्यस्तो मीठो मुस्कानका मालिक तपाईको अनुहार केको बोझले यस्तो बनायो ?’

उनको स्टाटसमा एउटाले टिप्पणी ठोके, ‘सैनिक अनुशासनको बोझले’ ।

खासमा प्रश्न पोशाकको पनि थिएन, प्रश्न राष्ट्रकविको मुस्कानको पनि थिएन । प्रश्न थियो, राष्ट्रकविलाई दिइएको उपाधिको, जुन यतिबेला आलोचनाको विषय बनिरहेको छ । राष्ट्रकविलाई नेपाली सेनाको मानार्थ सहायक रथीको उपाधि दिइएको घटनाले कला, साहित्य क्षेत्रमा तिब्र प्रतिकृया उत्पन्न भएको छ ।

राष्ट्रकवि मात्र हैन, नेपाल प्रज्ञा प्रतिष्ठानको कुलपतिसमेत भइसकेका जीवित किंवदन्तीलाई ‘एकतारे जर्नेल’ बनाइँदा मान भयो कि अपमान ? राष्ट्रकविलाई सहायक रथी बनाएर महारथीहरुले स्यालुट खान मिल्छ ? यो कस्तो महारथ हासिल गर्न खोजिएको हो ? प्रश्नहरु धरै खडा भएका छन् र यसबारेमा सामाजिक सञ्जालहरुमा कलाकार, साहित्यकार र पत्रकारका तीखा टिप्पणी आइरहेका छन् ।

पत्रकार केदार खड्काले यसलाई ‘राष्ट्रकविको घटुवा’ भनि टिप्पणी गरेका छन् । उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, ‘सय वर्ष पुग्नै लागेका राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाले मानार्थ सहायक रथीको पदवी दिएर सिपाही बनाएछ । नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिसमेत भइसकेका घिमिरेलाई यसरी सेनाले घटुवा दर्जा भिडाउनु कत्ति पनि सुहाएन है । अब सेनाको बर्दी लगाएर सहायक रथी घिमिरेले उहाँभन्दा सिनियर रथीबृन्दलाई कसरी स्यालुट ठोक्नुहुन्छ, हेर्न रमाइलो होला ।

सेना सुरक्षाका बारेमा कलम चलाउँदै आएका पत्रकार पर्शुराम काफ्लेले पनि यो निर्णयको आलोचना गरेका छन् । उनले लेखेका छन्, ‘राष्ट्रकविको गरिमा राष्ट्रपति/प्रधानमन्त्री वा यस्ता औपचारिक ओहोदाभन्दा धेरै माथि छ । सेनाको मानार्थ सहायकरथी बनाएर राष्ट्रकविलाई सहसचिवभन्दा कम औपचारिक मर्यादामा सीमित पारिएको छ । सेनाको अनुचित प्रस्ताव मानेर देउवा सरकारले गल्ती गरेको छ ।’

मानभन्दा माथिको मान्छे

०६० सालमा सूर्यबहादुर थापा सरकारले कविवर माधव घिमिरेलाई ‘राष्ट्रकवि’को उपाधि दिएको थियो । तात्कालीन मुख्यसचिव डा. विमल कोइराला आफैं कवि भएकाले उनकै पहलमा त्यो सम्भव भएको थियो । खासमा त्यो नेपाली साहित्य, कला, संस्कृति र सिर्जनाप्रति राज्यको सर्वोच्च सम्मान थियो ।

जो आफैं आकाश हो, उसलाई एक टुक्रा इन्द्रेणीमा सीमित गर्ने काम नगरेको भए हुन्थ्यो । नेपाली साहित्यका एक महान र दुर्लभ सम्पदालाई आफ्नै मौलिक, स्वाभाविक र प्राकृतिक सौन्दर्यको बान्कीमै रहन दिएको भए हुन्थ्यो

राजनीतिमा लागेर कुनै पनि नेपाली सर्वोच्च पद ‘राष्ट्रपति’ बन्न सक्छ । सेनामा भर्ती भएर कोही पनि नागरिक ‘प्रधान सेनापति’ बन्न सक्छ । प्रहरीमा भर्ति हुनेहरुका लागि सर्वोच्च पद भनेको ‘आईजीपी’ हो । ठीक त्यसैगरी एउटा कविले पनि सर्वोच्च पद पायो, राष्ट्रकवि । अझ, साहित्य र कला विधाको समाजमा प्रभाव, लोकप्रियता र गरीमा अन्यविधाभन्दा उच्च भएकाले राष्ट्रकविको स्थान सबैभन्दा माथि छ । घिमिरे जनताको हृदयको राजा भइसकेका छन् । उनलाई त्यसभन्दा तलका झिना मसीना पगरी गुथाउनु जरुरी थियो र ?

राष्ट्रकवि घिमिरे जीवित किंवदन्ती झैं भएका छन् । सय वर्ष टेक्नै आँटेका र यो उमेरमा पनि ‘महाकाब्य लेखिरहेको छु’ भन्दै आएका राष्ट्रकवि आफै मान, सम्मान, गरीमा, ख्याती र लोकप्रियताका भण्डार हुन् । जसले बोल्दा पनि गीत र कविताको रस धारा प्रवाहित हुन्छ, त्यस्तो कवि हामीले देख्न पाउनु नै अदभूत घटना हो ।

जो आफैं आकाश हो, उसलाई एक टुक्रा इन्द्रेणीमा सीमित गर्ने काम नगरेको भए हुन्थ्यो ।

नेपाली साहित्यका एक महान र दुर्लभ सम्पदालाई आफ्नै मौलिक, स्वाभाविक र प्राकृतिक सौन्दर्यको बान्कीमै रहन दिएको भए हुन्थ्यो ।

कविवरको उच्च व्यक्तित्वको सजिव र सुन्दर चित्रमा जथाभावी रंग नपोतेको भए हुन्थ्यो । पोतियो, सुन्दर चित्रमा सानो धब्बा लाग्यो ।

जो आफै सम्मानको सगरमाथा भइसक्यो, उसलाई थप मानको के खाँचो ? जो आफै जन जनको हृदयको राजा भइसक्यो, उसलाई ‘एकतारे जर्नेल’ नदिएको भए हुन्थ्यो । दिइयो, अनि प्रतिक्रिया आयो, ‘राष्ट्रकविको घटुवा भयो ।’

सम्मान गर्नेले कसलाई कस्तो सम्मान गर्ने हो, त्यो जानेन भने त्यो सम्मान असल नियतले गरिएको भए पनि ‘अपमान’ भइदिनसक्छ भन्नेतर्फ सम्बन्धित सबैको ध्यान जानु आवश्यक छ ।

आज पनि भारी वर्षा हाेला ?

काठमाडौं । देशका केही भागमा आज वर्षाको सम्भावना छ । हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । काठमाडौंमा बिहानैबाट वर्षा सुरु भएको छ ।  जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो कोसी तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ । तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्म वर्षा र हिमपात हुनेछ ।  तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ । विभागले राति कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशलगायत देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने बताएको छ । बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।  कोसी, मधेस र वाग्मती प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोसी र वाग्मतीका केही उच्च पहाडी र हिमाली भूभागमा हिमपातको पनि सम्भावना छ । तराई भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । मौसमविद् विनोद पोखरेल आज रातिदेखि नेपालभर वर्षा हुने उच्च सम्भावना रहेको बताउँछन् । “अब हुने वर्षा अलि छोटो समयको लागि देखिन्छ,” उनी भन्छन्, “तर, केही ठाउँमा भारी वर्षाको सम्भावना भने बाँकी नै छ ।”  हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु र तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ ।

आज कुन विदेशी मुद्राकाे विनिमयदर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ २० पैसा र बिक्रीदर १५२ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।  युरोपियन युरो एकको खरिददर १७९ रुपैयाँ २० पैसा र बिक्रीदर १७९ रुपैयाँ ९१ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०७ रुपैयाँ १७ पैसा र बिक्रीदर १०७ रुपैयाँ ९९ पैसा, स्वीस फ्रयांक एकको खरिददर १९५ रुपैयाँ ६० पैसा र बिक्रीदर १९६ रुपैयाँ ३८ पैसा कायम गरिएको छ ।  अस्ट्रेलियन डलर एकको खरिददर ११० रुपैयाँ ३० पैसा र बिक्रीदर ११० रुपैयाँ ७३ पैसा, क्यानेडियन डलर एकको खरिददर १११ रुपैयाँ ४० पैसा र बिक्रीदर १११ रुपैयाँ ८४ पैसा, सिंगापुर डलर एकको खरिददर ११९ रुपैयाँ ९२ पैसा र बिक्रीदर १२० रुपैयाँ ३९ पैसा तोकिएको छ ।  जापानी येन १० को खरिददर नौ रुपैयाँ ६९ पैसा र बिक्रीदर नौ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ ।  साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपैयाँ ५७ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, कतारी रियाल एकको खरिददर ४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर ४१ रुपैयाँ ९२ पैसा कायम भएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ७० पैसा र बिक्रीदर चार रुपैयाँ ७२ पैसा, यूएई दिराम एकको खरिददर ४१ रुपैयाँ ४४ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६० पैसा, मलेसियन रिंगेट एकको खरिददर ३८ रुपैयाँ ८० पैसा र बिक्रीदर ३८ रुपैयाँ ९५ पैसा तोकिएको छ ।  साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ३४ पैसा र बिक्रीदर १० रुपैयाँ ३८ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १६ रुपैयाँ ४८ पैसा र बिक्रीदर १६ रुपैयाँ ५४ पैसा  र डेनिस क्रोनर एकको खरिददर २३ रुपैयाँ ९८ पैसा र बिक्रीदर २४ रुपैयाँ आठ पैसा तोकिएको छ ।  राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १९ रुपैयाँ ४४ पैसा र बिक्रीदर १९ रुपैयाँ ५२ पैसा, कुवेती दिनार एकको खरिददर ४९६ रुपैयाँ ९८ पैसा र बिक्रीदर ४९८ रुपैयाँ ९४ पैसा तोकेको छ ।  बहराइन दिनार एकको खरिददर ४०३ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४०५ रुपैयाँ चार पैसा, ओमनी रियाल एकको खरिददर ३९५ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३९६ रुपैयाँ ८८ पैसा रहेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।

सडक सुविधाले कीचकबद्ध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा । प्रसिद्ध पर्यटकीय स्थल कीचकबद्ध र नेपालकै होचो स्थान कचनकबल जाने सडक स्तरोन्नति गरिएपछि पर्यटकीय चहलपहल बढेको छ । भद्रपुर नगरपालिका–२ स्थित १९ बिघा क्षेत्रफलमा फैलिएको कीचकबद्ध पर्यटकीय क्षेत्र महाभारतकालीन विराट राजाको दरबार, उनको सेनापति किचकको बध भएको स्थान र दुई हजार वर्षभन्दा पुरानो मानव इतिहाससँग जोडिएको छ । त्यसैगरी, कचनकबल गाउँपालिका–४ स्थित कचनकबल समुद्र सतहबाट ५८ मिटरको उचाइमा रहेको नेपालको सबैभन्दा होचो स्थानका रूपमा प्रसिद्ध छ । चन्द्रगढी विमानस्थलबाट १० किलोमिटर टाढा रहेका यी दुवै पर्यटकीय स्थल महेन्द्र राजमार्गको बिर्तामोड, चारआली र पूर्वीनाका काँकरभिट्टाबाट २८ देखि ४३ किलोमिटरको सडक दूरीमा छन् । कचनकबललाई जोड्ने सडक हाल कालोपत्रे भइसकेको छ । किचकबधस्थलको डेढ किलोमिटर नजिक कालोपत्रे सडक पुगिसकेको कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समितिका सचिव बमबहादुर कोइरालाले बताए । “काँकडभिट्टा, भद्रपुर, चारआली र बिर्तामोड जताबाट आए पनि कालोपत्रे सडक किचकबधस्थल नजिक पुगिसकेको छ”, सचिव कोइराला भन्छन्, “पहिलेपहिले सडकमार्ग अप्ठेरो छ भनेर गुनासो आउँथ्यो । अहिले कीचकबद्ध आउँदा जुन बाटो प्रयोग गरे पनि सजिलो छ । आगामी दिनमा सरकारले बजेट छुट्याएर किचकबधस्थलसम्मै कालोपत्रे पुर्याइने आशा गरेका छौँ ।” कीचकबद्ध क्षेत्रको उत्खननबाट पुरातत्त्व विभागले दुई हजार वर्ष पुराना सामग्रीहरू फेला पारेपछि यसको अवलोकन गर्न आउनेको सङ्ख्या बढेको उनले बताए । पुरातत्त्व विभागको पटकपटकको उत्खननका क्रममा फेलापरेका धातुका प्राचीन भाँडावर्तन, माटाका सामग्री र सुराहीलाई विदेशमा लगेर कार्बन परीक्षण गरिएको थियो । कार्बन परीक्षणबाट ती सामग्री २२ सय वर्ष पुरानो रहेको पुष्टि भएको उत्खननको नेतृत्व गर्दै आएका उद्धव आचार्यले बताए । उनका अनुसार उत्खननबाट उत्तर पूर्वमा एउटा बहुतले ठुलो भवन, दक्षिणतिर अर्को भवन, उत्तरपश्चिमतिर सुरक्षाकर्मी बस्ने सानो कोठालगायत पाँच वटा भौतिक संरचना फेलापरेको छ । भवनका इँटा सतहभन्दा माथिसम्म आइपुगेका छन् । विसं २०५९ मा पहिलोपल्ट यहाँ उत्खनन गरिएको थियो । यस क्षेत्रको संरक्षण र पर्यटकीय विकासका लागि कीचकबद्ध धार्मिक, ऐतिहासिक तथा पर्यटकीय स्थल संरक्षण समिति सक्रिय रहँदै आएको छ । यहाँ पर्यटकीय आकर्षणका लागि २० फिट अग्लो भीम–किचकको प्रतिमा, पोखरी र रमणीय वनभोजस्थल, बाल उद्यानलगायतका भौतिक संरचना निर्माण गरिएका छन् । अध्ययन, मनोरञ्जन र बिदा मनाउन आउनेहरूको सङ्ख्या थपिँदै गएको हुँदा कीचकबद्ध क्षेत्रमा विगतको तुलनामा पर्यटकीय चहलपहल बढेको सचिव कोइरालाले जानकारी दिए । नेपालको सबैभन्दा होचो स्थान कचनकबलमा समेत कालोपत्रे सडक पुर्‍याइएको छ । होचो स्थान हेर्नका लागि बाह्य तथा आन्तरिक पर्यटक अब राजमार्गबाट एक घण्टाभन्दा कम समयमा कचनकबल पुग्न सक्ने कचनकबल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए । “विगतमा ग्राभेल र धुलाम्य सडकका कारण पर्यटकलाई सास्ती हुने गरेको थियो”, उपाध्यक्ष भट्टराई भन्छन्, “बनियानी बजारबाट कचनकबल स्तम्भसम्म पुग्ने मुख्य पहुँच मार्ग अहिले कालोपत्रे भइसकेको छ ।” उक्त होचो स्थानमा पर्यटकीय आकर्षणका लागि पोखरीमा माछा आकारको प्रतिमालगायतका भौतिक संरचना निर्माण गरिएको उनले बताए । कचनकबल पुग्ने सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारीसाधनबाट आउने पर्यटकको चहलपहल बढेको उनले जानकारी दिए । भ्रमणका लागि पुग्नु भएका बिर्तामोडका गोपाल काफ्लेले नेपालकै प्रमुख पर्यटकीयस्थलका रूपमा परिचित कचनकबलमा कालोपत्रे सडकको पहुँच पुगे तापनि पर्यटकको बसाइ लम्ब्याउने किसिमका सुविधाको अझै अभाव रहेको बताए । महेन्द्र राजमार्गलाई एसियाली राजमार्गको रूपमा स्तरोन्नति पूरा भएपछि यी पर्यटकीय स्थल बाह्य पर्यटकका लागि अझ बढी आकर्षणको केन्द्र बन्ने अपेक्षा गरिएको छ ।

पर्सामा  दुईदिनमा लागुऔषधसहित आठ जना पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले दुई दिनमा आठ जना लागुऔषध प्रयोगकर्तालाई पक्राउ गरेको छ । प्रहरीले लागुऔषध सेवनकर्ता खोजी एवं सुधार महाअभियानअन्तर्गत अभियान सञ्चालन गरिरहेको छ । वीरगञ्ज महानगर-१६ स्थित शङ्कराचार्य गेटस्थित चेक प्वाइन्टबाट भारतबाट नेपाल आउँदै गरेका पैदलयात्री तथा सवारीसाधनमा लुकाइछिपाइ राखेको लागुऔषधसहित आठ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए ।  भारतको रक्सौलबाट पैदल तथा सवारीसाधनमा आएका आठ जनाको साथबाट लागुऔषध खैरो हिरोइन, ट्याब्लेट बरामद भएको हो । पक्राउन परेकाहरूलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । पक्राउ पर्नेमा ठेगाना नखुलेका विकासकुमार साहको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद गरिएको छ । कविन पराजुलीको साथबाट ६०० मिलिग्राम खैरो हिरोइन बरामद भएको छ भने सागर घिमिरे, पूजा जिम्वा, अञ्जन थापा, रमेश बम्जन, राजु बनियाँ र अलिहदन मियाँको साथबाट थोरै परिमाणका खैरो हिरोइन र  प्रतिबन्धित ट्याब्लेटलगायत लागुऔषध बरामद गरिएको हो । लागुऔषध प्रयोगकर्ताबाट मधेस प्रदेश ०३-०२८ प ७६५६ नम्बरको मोटरसाइकल बरामद भएको प्रहरीले जनाएको छ ।